Showing posts with label sports. Show all posts
Showing posts with label sports. Show all posts

Saturday 9 January 2016

मेस्सीको हृयाट्रिकसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लियो

लिओनल मेस्सीको हृयाट्रिकको मदतमा ग्रानाडामाथि सहज जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा नाउक्याम्पमा भएको खेलमा मेस्सीले सुरुवाति दुई गोल १४ मिनेटभित्रै गरेका थिए । हृयाट्रिक गोल भने दोस्रो हाफमा मात्र सम्भव भएको थियो ।

बार्सिलोनाले ८ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । १४ औं मिनेटमा दोस्रो गोल गरे । बार्सिलोनाले पहिलो हाफमा थप गोल गर्ने केही अवसर सदुरुपयोग गर्न सकेन ।
दोस्रो हाफको ५८ औं मिनेटमा मेस्सीले हृयाट्रिक पुरा गरे । फिफा बालोन डि’ओरको घोषणा हुनु अघि मेस्सीले हृयाट्रिक गरेका हुन् ।
खेलको ८३ औं मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोना ४-० ले विजयी भएको छ । जितसँगै बार्सिलोना १८ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा उब्लिएको छ
दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ४१ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ४० अंक छ र, उसले एक खेल बढी खेलेको छ ।

जिदानको पहिलो खेलमा बेलको हृयाट्रिक

 प्रशिक्षकका रुपमा जिनेदान जिदानको पहिलो खेलमा रियल मड्रिडले ग्यारेथ बेलले हृयाट्रिकको मद्दतमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ ।


शनिबार राति भएको खेलमा रियल मड्रिडले डिपोर्टिभोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

रियल मड्रिडले १५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । क्लबका लागि लिगमा उनको यो १०० औं गोल थियो ।

२२ औं मिनेटमा बेलले खाता खोले । दोस्रो हाफको चौथो मिनेटमा नै व्यक्तिगत दोस्रो गोल गरेका बेलले ६३ औं मिनेटमा हृयाट्रिक पुरा गरे ।

खेलको अन्तिममा बेन्जिमाले दोस्रो गोल गरेपछि रियल मड्रिड ५-० गोल अन्तरले विजयी भएको छ ।

जितसँगै रियल मड्रिडले तेस्रो स्थानमा रहेको ४० अंक भएको छ र लिग लिडर बार्सिलोना भन्दा २ अंकले मात्र पछाडि छ । तर, रियलले एक खेल बढी खेलेको छ ।

Friday 28 November 2014

आफ्नो टिमले जितेपछि २८ घण्टा सेक्स

 चिली । जितको खुसियाली मानिसहरु आआफ्नै तरिकाले मनाउने गर्छन् । तर, चिलीकी एक पोर्नस्टारले  अली अनौठो तरिकाले मनाएकी छन् ।
विश्वकप फुटबलमा आफ्नो टिमको शानदार जितको खुसियाली उनले लगाचार २८ घण्टा सेक्स गरेकी मनाएकी हुन् । चिलीकी पोर्नस्टार मार्लिन डालले चिलीले अस्ट्रेलियामाथि प्राप्त गरेको जितमा १२ घण्टा र स्पेनमाथिको जितमा १६ घण्टा सेक्स गरेर खुसी सेलिब्रेट गरेकी हुन् ।
मार्लिन डालले यदि चिलीको टिमले अस्ट्रेलियालाई पराजित गरेको खण्डमा समर्थकसँग आठ घण्टा लगातार सेक्स गर्ने घोषणा गरेकी थिइन् । चिलीले अस्ट्रेलियालाई ३–१ ले पराजित गरेको थियो ।प्रतियोगितापछि मार्लिन डालले आफ्नो घोषणाअनुसार घरमा पार्टी आयोजना गरेकी थिइन् । मार्लिनले अबेरसम्म पार्टीमा भाग लिइन् र आफूलाई मन परेको पुरुषसँग सेक्स गरिन् । घोषणा त उनले ८ घण्टाको गरेकी थिइन् तर कार्यक्रम भने १२ घण्टासम्म चलेको थियो ।
चिलीकी पोर्टस्टार मार्लिन डालले चिलीले अस्ट्रेलियामाथिको जितपछि लगातार १२घण्टा र स्पेनमाथिको जितपछि उनले लगातार १६ घण्टा सेक्स गरिन् । मालिएन डालले यदि चिलीले अस्ट्रेलियामाथि जित हासिल गरे १६ घण्टा समर्थकसँग सेक्स गर्ने घोषणा गरेकी थिइन् ।
त्यसपछि मार्लिनले ट्वीटरमा फोटोसमेत पोष्ट गरिन् । तर, ट्वीटरले उनको एकाउन्ट ब्लक गरेको छ। चिलीले विश्व च्याम्पियन स्पेनलाई पराजित गरे आफ्नो सेक्स म्याराथन १६ घण्टा चल्ने घोषण गरेकी थिइन् । चिलीको जितपछि मार्लिनले त्यो घोषणा पनि पूरा गरिन् । एजेन्सी

Sunday 26 October 2014

चर्चित फुटबल खेलाडीको गोलि हानी हत्या !!

कार्तिक १०, काठमाडौं,  दक्षिण अफ्रिकाको फुटवल टीमका कप्तानको गोली हानी हत्या गरिएको छ । दक्षिण अफ्रिकाली टीमका लागि गोलकीपरसमेत रहेका सेनजो मेयीवाको हत्या उनकै गर्लफ्रेण्डको घरमा गरिएको हो ।

घटना जोहानसवर्गको दक्षिणमा रहेको वोसलूरुसस्थित प्रेमीको घरमा प्रहरीले जनाएको बीबीसीमा खबर छ । २७ वर्षीय सेन्जो मेयीवा ओरलांडो पाइरेट्सका तर्फबाट खेल्ने गर्दथे । हत्या कसरी कस्ले गर्‍यो भन्नेबारे विस्तृतमा खुलेको छैन ।

Friday 24 October 2014

डिभिजन थ्रीमा नेपालको पहिलो जित, बर्मूडा ८ विकेटले पराजित

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित भएको नेपालले बर्मूडालाई ८ विकेटले पराजित गरेको छ ।

जितपछि कप्तान पारस खड्काले भनेका छन्-‘बलरहरुले राम्रो प्रदर्शन गरे, व्याट्सम्यानहरुले पनि आफ्नो जिम्मेवारी पूरा गरे ।  हाम्रो टीमको क्षमता भएकै यहि हो । यो प्रदर्शनलाई दोहोर्‍याउनुपर्छ हामीले ।’

सेलोङ्गोर टर्फ क्लबमा बमूर्डाले दिएको १०१ रनको लक्ष्य नेपालले मात्र ११.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । राम्रो सुरुवात गरेको नेपालले २१ रन बनाउँदा पहिलो विकेटका रुपमा नरेश बुढायरलाई गुमाएको थियो ।

तर, नेपालको पारी सुवास खकुरेल र विनोद भण्डारीले सम्हाले । सुवास र विनोदले ५५ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार पारे ।
विनोद ४३ रनमा अविजित रहे । आक्रमक व्याटिङ गरेका विनोदले ३१ बलमा आठ चौका र एक छक्का हाने । सुवास ३० रनमा आउट भए । २२ बलको सामना गरेका उनले चार चौका र एक छक्का हानेका थिए ।

कप्तान पारस खड्का १४ रनमा अविजित रहे । सात बलको सामना गरेका उनले दुई चौका हानेका थिए ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको बर्मूडाले ४०.१ ओभरमा १०० रन जोड्दा सबै विकेट गुमाएको थियो ।

नेपाली बलरहरु हावी भएको खेलमा बर्मूडाका ७ जनाले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि क्रिष्टेनले २८ रन जोडे ।
नेपालका अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौचनले समान २/२ विकेट लिए भने सोमपाल कामी र सागर पुनले १/१ विकेट लिएका छन् । बिनोद म्यान अफ दि म्याच भएका छन् ।

नेपालको अागामी भेट सिंगापुरसँग अाइतबार हुने छ ।

Upcoming Match-
Nepal vs Singapore
nepal vs sinbgapore live match
nepal vs singapore division three match live streaming
singapore vs nepal match division 3 result
live nepal vs singapore

बर्मुडा माथि नेपालको शानदार जित

काठमाडौं, कार्तिक ७ । मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेटले पराजित गरेको छ । १ सय १ रनको लक्ष्य नेपालले ११ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा विनोद भण्डारीले अविजित ४३ रन बनाए । यस्तै, सुवास खकुरेलले ३० रन बनाएको नेपाली इनिङमा कप्तान पारस खड्काले अविजित १४ रनको योगदान दिए ।

यसअघि क्वालालम्पुरको सेलाङ्गोर टर्फ क्लबमा शुक्रबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको बर्मुडाले ४० ओभर १ बलमा अलआउट हुनुपूर्व सय रन मात्रै बनाउन सक्यो । बर्मुडाको लागि क्रिश्चियन बर्गेसले २८ रन तथा ट्रे माण्डर्सले २१ रनको योगदान दिए ।

पहिलो खेलमा नेपाल विहीबार युगान्डासँग २० रनले पराजित भएको थियो । जितसँगै नेपालले प्रतियोगितामा उपाधि दाबेदारी पस्केको छ ।

बलिङतर्फ नेपालका अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौचनले २–२ विकेट लिए ।

६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टिम डिभिजन ‘फोर’मा झर्नेछन् । -

Thursday 23 October 2014

डिभिजन थ्री क्रिकेटमा नेपालको खराव सुरुवात, युगाण्डासँग २० रनले पराजित

नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा खराव सुरुवात गरेको छ ।

उपाधि रक्षाको लक्ष्यका साथ मलेसिया आएको नेपाली टोली पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित भएको छ ।
किनरारा ओभलमा टस जितेर नेपालले फिल्डिङ रोज्यो ।

पहिले व्याटिङको निम्तो पाएको युगाण्डाले ५० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो । २३ रन बनाउँदा ५ विकेट गुमाएको युगाण्डाको पारी मुकोबी र मासबाले सम्हालेका थिए ।

छैटौं विकेटका लागि मुकोबी र मासबाले २३७ रनको साझेदारी गरे । मुकोबी ८४ र मासबा ५१ रनमा आउट भए ।cricket1
नेपालका कप्तान पारस खड्काले विकेट लिए भने सोमपाल कामी र बसन्त रेग्मीले समान २/२ विकेट हात पारे । सागर पुनले १ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको नेपालले ४८.५ ओभरमा १८३ रन बनाउँदा सबै विकेट गुमायो । नेपाली व्याट्सम्यानहरुले टिकेर खेल्न सकेनन् । नरेश बुढायरले १२२ बलमा चार चौका र १ छक्काको मदतमा ६२ रन बनाए ।

सुवास खकुरेल, शरद भेसवाकर र सागर पुनले समान २२/२२ रन बनाए । ज्ञोनन्द्र मल्ल र पारस खड्का १४/१४ रनमा आउट भए भने बसन्त रेग्मीले १० रन जोडे ।

मेहबुब आलम र विनोद भण्डारी समान ४/४ रनमा आउट भए । शक्ति गौचनले खाता नै खोल्न सकेनन् भने सोमपाल कामी १ रनमा अविजित रहे ।

Tuesday 21 October 2014

सुरुङ्गा गोल्ड कपको उपाधि झापा-११ लाई

४ कात्तिक, झापा । झापाको सुरुङ्गामा सञ्चालित सुरुङ्गा गोल्ड कपको उपाधि झापा-११ ले हात पारेको छ । मंगलबार कनकाई उच्च माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइन खेलमा कञ्चनजंघा स्पोर्टिङ क्लब सिलगढीलाई १-० को अन्तरले हराउँदै झापा-११ ले उपाधि जितेको हो ।
खेलको पहिलो हाफको २५ औं मिनेटमा झापा-११ का जर्सी नम्बर ८ का खेलाडी नरेन्द्र लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । सोही गोल नै खेलको निर्णायक गोल समेत भ
खेलमा कञ्चनजंघा फुटबल क्लबका जर्सी नम्बर १२ का खेलाडी निवास राना म्यान अफ द म्याच, कञ्चनजंघाकै राजु सिंह बेष्ट गोल किपर घोषित भएका थिए भने म्यान अफ द टुर्नामेन्ट झापा-११ का क्याप्टेन प्रवेश कटवाल घोषित भएका थिए । प्रतियोगिताको उपाधि जित्ने टोलीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ भने उपविजेता टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् । -
एको थियो ।  खेलको दोस्रोमा पटकपटक गोलका विभिन्न अवसरहरु सृजना भएको भएतापनि ती अवसरहरुको कुनै टिमले सदुपयोग गर्न सकेनन् ।

एसियाड भिलेजमा फोहोर गर्दा नेपाललाई जरिवाना

काठमाडौं- ५ कात्तिक,  खेलाडी र पदाधिकारीले फोहोर गर्दा १७ औ एसियाड (एसियन खेलकुद प्रतियोगिता)को आयोजकलाई नेपालले जरिवाना तिर्नुपरेको छ । आफू बसेको भिलेजका कोठाका भित्ता बिगारेको, फोहोर पोतेको र ढोकासमेत भाँचेको भन्दै आयोजकले क्षतिपूर्ति तिराएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एसियाडमा खेलाडीहरुले कोठा फोहोर गर्दा नेपालले तीन हजार डलर तिरेको खुलासा गरेका हुन् । उनले लेखेका छन् ‘लाजमर्नु भयो, नेपालका खेलाडीले भित्तामा कारेको, कोठा बिगारेको आदिको जरिवाना तीन हजार डलर राखेपले तिर्‍यो १७ औं एसियन खेलकुद आयोजकलाई,’ नयाँ पत्रिकामा खबर छ ।
दक्षिण कोरियाको इन्चोकमा सम्पन्न एसियाडमा सहभागी नेपाली टोलीका सेभ द मिसन छिमी उर्गेन गुरुङले पनि खेलाडी र पदाधिकारीका कारण आयोजकले नेपाललाई जरिवाना गराएको स्विकारे । उनले भने, ‘खेलाडी र पदाधिकारीले गरेको नराम्रो कामका कारण नेपाललाई फाइन लागेको हो ।’
इन्चोन भिलेजका लागि नेपालले राखेको डिपोजिटबाट जरिवाना तिरिएको गुरुङले जानकारी दिए ।

मिरोस्लाभ क्लोसको नक्कल गर्दा भारतीय फुटबलरको निधन (भिडियोसहित)

जमर्नीका चर्चित स्ट्राइकर मिरोस्लाभ क्लोसजस्तै पल्टी मार्दै गोलको खुसीयाली मनाउने क्रममा एक भारतीय फुटबलरको मृत्यु भएको छ । हातले नटेकरी हावामा उडेर पल्टी मार्ने क्रममा मैदानमा लडेपछि उपचारको क्रममा उनको मृत्यु भएको हो ।
भारतको राज्य तहको लिग प्रतियोगिता मिजोराम प्रिमियर लिगको दौरान यो अप्रिय घटना घटेको हो ।

भारतको उत्तर–पूर्वी भागमा रहेको क्लब वेथ्लेम भेङ्गथ्लाङका मिडफिल्डर पिटर बियाकसाङजुआलाले गत मंगलबार चनमारी विरुद्धको खेलमा बराबरी गोल गरेपछि मिरोस्लाभ क्लोस जस्तै खुसायाली मनाउने प्रयास गरेका थिए । त्यसै क्रममा लडेपछि उनको मेरुदण्डमा चोट लागेको थियो ।

त्यस लगतै २३ वर्षीय मिडफिल्डरलाई त्यहीँको आइजावी सिभिल हस्पिटलमा लगिएको थियो । उनको मेरुदण्डको अपरेसनसमेत गरिएको थियो । तर, उपचारको क्रममा नै आइतबार विहान उनको निधन भयो ।
क्लबले यो घटना निकै दुःखद भएको बताउँदै उनले प्रयोग गर्ने २१ नम्बर जर्सीलाई अब कहिले प्रयोग नगर्ने जनाएको छ ।
यसरी मनाउथे मिरोस्लाभ क्लोसले गोलको खुसियाली
विश्वकपका सार्वधिक गोलकर्ता मिरोस्लाभ क्लोस उनको गोलको खुसियाली मनाउने तरिकाले पनि निकै चिर्चित थिए । गोल गरेपछि हावमा पल्टी मार्दै खुसियाली मनाएको हेर्दा सबै दंग पर्थे ।
तर, यो तरिका कति खतरनाक र जोखिमपूर्ण रहेछ भन्ने कुरा भारतमा घटेको घटनाले देखाएको छ । हुन त विश्वकप २०१४ मा घानाविरुद्धको खेलमा यसरी नै खुसियाली मनाउँदा क्लोस पनि झण्डै लड्न पुगेका थिए । अन्तिम समयमा उनी निकै अप्ठ्यारो तरिकाले मैदानमा लडेपनि उनले आफूलाई सम्हालेपछि ठूलो दूर्घटना हुनबाट जोगिएको थियो ।
नयाँ दिल्ली, कार्तिक ४ – जमर्नीका चर्चित स्ट्राइकर मिरोस्लाभ क्लोसजस्तै पल्टी मार्दै गोलको खुसीयाली मनाउने क्रममा एक भारतीय फुटबलरको मृत्यु भएको छ । हातले नटेकरी हावामा उडेर पल्टी मार्ने क्रममा मैदानमा लडेपछि उपचारको क्रममा उनको मृत्यु भएको हो ।
भारतको राज्य तहको लिग प्रतियोगिता मिजोराम प्रिमियर लिगको दौरान यो अप्रिय घटना घटेको हो ।
भारतको उत्तर–पूर्वी भागमा रहेको क्लब वेथ्लेम भेङ्गथ्लाङका मिडफिल्डर पिटर बियाकसाङजुआलाले गत मंगलबार चनमारी विरुद्धको खेलमा बराबरी गोल गरेपछि मिरोस्लाभ क्लोस जस्तै खुसायाली मनाउने प्रयास गरेका थिए । त्यसै क्रममा लडेपछि उनको मेरुदण्डमा चोट लागेको थियो ।
Peter-Biaksangzuala-in-hospital
त्यस लगतै २३ वर्षीय मिडफिल्डरलाई त्यहीँको आइजावी सिभिल हस्पिटलमा लगिएको थियो । उनको मेरुदण्डको अपरेसनसमेत गरिएको थियो । तर, उपचारको क्रममा नै आइतबार विहान उनको निधन भयो ।
क्लबले यो घटना निकै दुःखद भएको बताउँदै उनले प्रयोग गर्ने २१ नम्बर जर्सीलाई अब कहिले प्रयोग नगर्ने जनाएको छ ।
- See more at: http://www.ratopati.com/2014/10/21/176011.html#sthash.R751twZJ.dpuf

Thursday 9 October 2014

Nepal ends Asian Games campaign on a disappointing note

Nepal once again ended its Asian Games campaign on a disappointing note with Bimala Tamang bringing home the only medal (bronze) in women´s kata event of karate.

Unlike the promises of many players and officials not to return home empty handed, the outcome was disastrous.

In the 25 sports Nepal participated, many had pinned high hopes on men´s cricket as having the potential of earning a medal. However, the cricket team too failed to show its magic in the vital fixture against arch rival Afghanistan in the quarterfinal.

Team coaches and players were optimistic before the cricket tournament. But eight-run defeat at the hands of Afghans dashed all hopes of Team Nepal.


“The match was under our control until the 15th over in the 120-run target chase. But the scenario changed in the last five overs. The nervousness of players during the last quarter cost dearly,” coach Pubudu Dassanayake told Republica.

“Though the match was under our control, we finished poorly at the end and it happens sometimes in the game of cricket. We tried our best but the luck was not with us,” said Skipper Paras Khadka.

However, coach Dassanayake said he was happy with the performance in the Asian Games.

“I am happy with the team´s performance. Though we had chances of winning a medal, we lost to Afghanistan, comparatively a better side than Nepal.

This file photo shows Nepali national cricket team captain Paras Khadka during a training session. (Photos: Republica Files)

Afghanistan had technically sound players with lots of international exposures,” added coach Dassanayake.

He also lamented that Nepal did not have enough international exposure compared to Afghanistan.

Nepali team, which reached South Korea a few hours before kick-off ahead of Kuwait clash, had defeated Kuwait by nine wickets and Maldives by seven wickets in group matches before losing to Afghanistan in the quarterfinal.

Asian Games was not only vital for medals but it also a good opportunity to have exposure ahead of ICC World Cricket League Division 3, scheduled to be held in Malaysia from October 23 to 30.

“Players had opportunities to learn from stronger teams in the event which could have been helpful for ICC WCL Division 3,” opined coach Dassanayake.
Coach Dassanayake and Paras, however, said that the defeat against Afghanistan will not hamper team´s moral and preparation for the Division 3.

“Our target is to win Division 3, so the outcome of Asian Games will not upset our team in Malaysia,” said coach, adding that the team will go Malaysia after touring Sri Lanka for a week. “The Sri Lanka tour will be best for international exposure to prepare for the event,” he said.

Skipper Paras added that getting opportunities to play in the Asian Games was extra advantage for Nepal and the team will rectify its mistakes of the Games.
“We learnt many things in the Asian Games and we will try not to repeat the mistakes. The result of the tournament will also not affect our goal as we are preparing to win Division 3,” echoed Paras.

Nepal will begin its campaign of Division 3 against Uganda on October 23 and play against Bermuda the next day.

Likewise, Nepal will play its third match against Singapore on October 26 and fourth match against United States of America on October 27.

Nepal will play fifth and the last match of the tournament against host Malaysia on October 29.

The top two teams will qualify for Division 2, while third and fourth teams will remain in Division 3 and fifth and sixth teams will be relegated to Division 4.

Monday 6 October 2014

नेवारी बोलेरै झुक्यायो: 'कोरियामा नेपाली खेलाडी बेपत्ता प्रकरण'

नेवारी बोलेरै झुक्यायो: 'कोरियामा नेपाली खेलाडी बेपत्ता प्रकरण' 
Aman
काठमाडौं : सत्रौं एसियाली खेलकुदका लागि म आफैंले खेलाडीलाई प्रशिक्षण गराएको थिएँ। यसअघि थाइल्यान्डमा पनि खेलाडीलाई म आफैंले लिएर गएको थिएँ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी भाग्छन् भन्ने कुरा हामीलाई राम्रोसँग थाहा थियो। त्यही भएर मैले अमन पोडेका बाबु र आमालाई समेत

सेपाकताक्रोमा नेपालको खेल मंगलबार थियो। खेल सकिएपछि प्रतियोगितास्थलमा स्वर्ण, रजत र कांस्य विजेतालाई पुरस्कार बाँड्दा हामी सबैजना एकै ठाउँमा थियौं। इन्चोन नघुमेकाले म र टोलीका व्यवस्थापक केशव विष्टले चारजना खेलाडीलाई बेलुकासम्म इन्चोन घुमायौं। खेलाडी भाग्लान् भनेर हामीले कुनै पनि बेला छाडेका थिएनौं। बेलुका एसियाड भिलेजमा आएर खाना पनि सँगै खायौं।

नेपाली टोलीका सेभ दि मिसन छिमी उर्केन गुरुङ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सीताराम मास्के पनि हामीसँगै थिए। सबै टोली एउटै भिलेजमा बस्ने भएकाले रातको १२ बजेसम्म बसेर गफ गर्‍यौं। मैले खेलाडीलाई रातको १ बजेसम्म छाडेको थिइनँ। दिनभरको थकानले गर्दा अब त सुत्नुपर्छ भनेर पहिले खेलाडीलाई सुताएँ। त्यसपछि म पनि आफ्नो कोठामा सुत्न गएँ।

हामी बुधबार बिहान ६ बजे नै नेपाल फर्कनुपर्ने भएकाले झोला मिलाउने काम पनि बेलुका नै गरेका थियौं। बिहानको ४ जति बजेको होला, टोलीका अरू खेलाडी 'अमन त छैनु भन्दै मलाई कोठामा बोलाउन आए।
राति अरू खेलाडी सुतेपछि अमन लुक्ने उद्देश्यले टाप कसेछ। अमन हराएपछि हामीले भिलेज वरपर खोज्यौं। सेभ दि मिसन, नेपाल ओलम्पिक कमिटीलगायतका पदाधिकारीसँग पनि सम्पर्क ग:यौं। तर हामी फर्कने बेलासम्म पनि ऊ सम्पर्कमा आएन।

अमन भाग्छ कि भन्ने मलाई इन्चोन पुगेदेखि नै शंका लागेको थियो। उसले हरेकपटक फोनमा नेवारीमा कुरा गरेको हुन्थ्यो। म 'किन यतिधेरै फोन गर्छस्, पैसा धेरै भयो कि क्या हो' भनेर सम्झाउँथें। उसले मेरा बाआमालाई फोन गरेको सर भनेर भन्थ्यो। अमनका साथी इपिएसमार्फत दक्षिण कोरियामा काम गर्न गएका रहेछन्।
उसले नेवारीमा त्यहीँ बस्ने कुरा साथीसँग गर्दो रहेछ। हाम्रो टोलीमा ऊ मात्र नेवारी बोल्थ्यो। अरूलाई नेवारी भाषा आउँथेन। खेलाडी भाग्छ भनेर रातभर नसुती हात समातेर बस्ने कुरा पनि भएन। आखिर अमनले नेवारी बोलेरै हामीलाई झुक्याएको रहेछ। अमनले संघ र नेपालकै बेइज्जत गर्‍यो।

म सेपाकताक्रो संघको महासचिव पनि हुँ। अमनको उमेर राहदानीमा १८ वर्ष भए पनि वास्तवमा ऊ २०/२१ वर्षको भयो होला। धेरै समय आफैंले सिकाएको केटो विश्वास गरेर कोरिया लगें, तर उसैले मलाई जीवनमा कहिल्यै नपाएको धोका दियो।

टोलीका अन्य तीन खेलाडी अनिल गुरुङ, अनेल गुरुङ र रूपेश सुनारलाई लिएर बुधबार बेलुका हामी काठमाडौं आइपुगेका हौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कारबाही गर्छ भन्ने सुनेका छौं। आज त घटस्थापनाको बिदा भयो। शुक्रबार म आफैं राखेप गएर स्पष्टीकरण दिनेछु। 
छोरो भागेर हामीलाई समस्या पार्ला भनेर टोखास्थित अमनको घरमै गएर सम्झाएको थिएँ।

Saturday 4 October 2014

फूटबल खेलमा नयाँ इतिहास बनाउँदै मेस्सी


असोज १९, बार्सिलोना  – बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लियोनेल मेस्सीले नयाँ रेकर्ड बनाउन अब मात्र केही गोलले पछि रहेका छन् । शनिबार राती स्पेनिस ला लिगा अन्तरगत रायो भायोकानोविरुद्धको खेलमा गोल गर्दै मेस्सी लिगको सर्वाधिक गोलकर्ताको रेकर्डको झनै नजिक पुगेका हुन् ।
बार्सिलोना यस सिजन कुनै पनि खेल नहारी ७ खेलपछि सर्वाधिक १९ अंकका साथ लिगको शीर्ष स्थानमा कायम रहेको छ ।
भायोकानोलाई पराजित गर्ने क्रममा मेस्सी तथा नेयमारले एक–एक गोल गरेका थिए । बार्सिलोनाले लिगको लगातार सात खेलमा कुनै पनि गोल नखाई नयाँ रकेर्ड पनि बनाएको छ ।

त्यस्तै, गोलकिपर क्लाउडियो ब्राभोले पनि क्लबका पूर्व गोलकिपर पेड्रो मारिया आर्टोलाले ५६० मिनेटसम्म गोल नखाई बनाएको रेकर्डलाई पनि तोडेका छन् ।
यस सिजन बार्सिलोनाले एक मात्र पराजय च्याम्पियन्स लिगमा बेहोरेको हो । गत मंगलबार बार्सिलोना पेरिस सेन्ट जर्मेनसँग पराजित भएको थियो ।
उता, मेस्सी पनि नयाँ रेकर्ड बनाउन अब केही गोलले मात्र पछि रहेका छन् । भायोकानो विरुद्धको गोल उनको २४९ औं गोल हो । उनले सन् २००४ देखि २८४ खेल खेल्दै यो उपलब्धि हासिल गरेका हुन् ।
लिगमा मेस्सीभन्दा धेरै गोल केवल एथ्लेटिक बिल्बाओका महान् खेलाडी टेल्मो जाराले मात्र गरेका छन् । सन् १९५७–६७ का बीचका २७८ खेल खेल्दै उनले २५२ गोल गरेका थिए ।

Thursday 4 September 2014

इंग्ल्याण्डमाथि भरोसा गुमाउँदै फुटबल समर्थक

लण्डन, भदौ १९ – विश्वकपमा खराब प्रदर्शन गरेको इंग्ल्याण्डमाथि उनीहरुका समर्थकले भरोसा गुमाउँदै गएको बुधबार राती भएको मैत्रीपूर्ण खेलले देखाएको छ । प्रायः इंग्ल्याण्डको खेलमा भरिभराउ रहने वेम्ली स्टेडियम हिजोको खेलमा आधा खाली थियो ।

हिजो भएको नर्वे विरुद्धको खेलमा पनि इंग्ल्याण्डले जीतका लागि निकै संघर्ष गर्नुपर्यो । हिजो खेल नयाँ कप्तान वेयन रुनीका लागि भने सुखद रह्यो । उनले पेनाल्टीमार्फत् गोल गर्दै इंग्ल्याण्डलाई जीत दिलाए । यसको साथै देशका लागि सर्वाधिक गोलकर्ताको सूचीमा उनी माइकल ओवेनलाई उछिन्दै चौंथो स्थानमा आएका छन् ।

विश्व विजेता जमर्नीमाथि अर्जेन्टिनाको बदला

बर्लिन, भदौ १९ – म्यान्चेस्टर युनाइटेडका नयाँ खेलाडी एंखल डि मारियाले उत्कृष्ट प्रदर्शन गर्दा अर्जेन्टिनाले जमर्नीमाथि विश्वकपको फाइनलमा बेहोरेको हारको बदला लिएको छ । प्रिमियर लिगमा रेकर्ड ५९.७ मिलियन पाउण्डमा भित्रिएका डि मारियाले एक गोल गर्नुको साथै तीन एसिस्ट गरेपछि अर्जेन्टिनाले विश्व विजेता जमर्नीलाई ४–२ गोल अन्तरले पराजित गर्यो ।

अर्जेन्टिनाको जीतमा डिमारियासँगै सर्जियो एगुएरो, एरिक लामेला, फ्रेड्रिको फर्नान्डेजले गोल गरेका थिए ।

५२ दिन अघि विश्वकप विजेता टोलीमध्ये ४ जनालाई मात्र शुरुवाती ११ मा समावेश गरेको जमर्नीका लागि आन्द्रे सर्ले र मारियो गोट्जले सान्तवना गोल गरेका थिए ।

Wednesday 3 September 2014

फल्काओ आउँदा वेलब्लेक र हनान्डेजले युनाइटेड छाडे

राडामेल फल्काओलाई लोनमा भित्र्याउँदा ड्यानी वेलब्लेक र हनान्डेजले म्यानचेष्टर युनाइटेड छाडेका छन् ।
कोलम्बियाका स्टार स्ट्राइकल फल्काओ फ्रान्सेली क्लब मोनाकोबाट ६ मिलियन पाउण्डमा एक सिजनका लागि लोनमा आएका हुन् ।

५० मिलियन पाउण्डमा एल्थेटिको मड्रिडबाट मोनाको गएकाले उनले चोटका कारण लिगमा २० खेलमात्र खेल्न सके । चोटकै कारण उनले ब्राजिल विश्वकप गुमाए ।
वेलब्लेक आर्सनलमा
इङ्ल्याण्डका फवार्ड वेलब्लेक भने १६ मिलियन पाउण्डमा आर्सनल गएका छन् । २३ वर्षका वेलब्लेकले ६ वर्षे सम्झौता गरेका छन् ।
८ वर्षको उमेरमा युनाइटेडको एकेडेमीमा आवद्ध भएका उनले लागि क्लबका लागि १४२ खेलमा २९ गोल गरेका छन् ।
बेन्जिमाको विकल्प हनान्डेज

फल्काओ वर्ल्ड ट्राफर्ड आएपछि युनाइटेड छाड्ने अर्का स्ट्राइकर हुन् जाभियर हनान्डेज । उनी लोनमा एक सिजनका लागि युरोपियन च्याम्पियन रियल मड्रिड गएका छन् ।
मेक्सिकोका २६ वर्षीय हर्नान्डेजलाई करिम बेन्जिमाको ब्याकअपका रुपमा हेरिएको छ । २०१०÷११ उनले युनाइटेडबाट डेब्यू गरे र २० गोल गर्दै प्रिमियर लिग च्याम्पियन बनाउन सघाए ।

मनाङलाई हराउँदै झापा एन्फा कपको सेमिफाइनलमा

विशाल राई ए को दुई गोलको मदतमा झापा फुटबल क्लबले एन्फा कप फुटबलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई पराजित गरेको छ ।

मंगलबार भएको उद्घाटन खेलमा मनाङलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा झापा प्रतिवन्धमा परेको मच्छिन्द्र क्लबका खेलाडीहरूलार्इ लिएर मैदान उत्रिएका थियो । खेलमा झापाले १३ औं मिनेटमा विशालको गोलमा अग्रथा लिएको थियो । मनाङको कमजोर डिफेन्सको फाइदा उठाउँदै विशालले गोल गरे ।

खेलको ५३ औं मिनेटमा दिपक राईले मनाङका लागि बराबरी गोल फर्काए । तर, ६८ औं मिनेटमा विशालले व्यक्तिगत दोस्रो गोल गरे । ७३ औं मिनेटमा निराजन मल्लको प्रहार झापाका निरेन लिम्बुले गोललाइनबाट बचाए ।

खेलमा थप गोल हुन सकेन र मनाङ पहिलो खेलबाटै बाहिरिएको छ । ए डिभिजनका ६ र मोफसलका दुई क्लबले सहभागिता जनाएको प्रतियोगिता नकआउटका आधारमा खेलाइनेछ । विजेताले १० लाख पाउने एन्फाले जनाएको छ ।

Tuesday 2 September 2014

इब्राहिमोविचको ह्याट्रिकमा पीएसजीको जित

घाइते भएपछि केही समय बाहिर रहेका ज्लाटान इब्राहिमोविच खेलमा फर्केकै दिन ह्याट्रिक गर्दा पेरिस सेन्ट जर्मेनले लिग वान प्रतिद्वन्द्वी सेन्ट एटिनेलाई ५–० ले पराजित गरेको छ ।

पीएसजीले एटिनेका गोलकिपर स्टेफेन रोफिनरको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो ।

त्यसपछि खेलको ४१, ६२ र ७२ औं मिनेटमा गोल गर्दै इब्राहिमोविचले आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

खेलमा अर्को गोल एडिसन काभानीले गरेका थिए ।

शुरुवाती चार खेलबाट पीएसीले ८ अंक बटुल्दै दोस्रो स्थानमा छ ।

सोसिडाडसँग रियल स्तब्ध

युरोपियन च्याम्यिन रियल म्याड्रिड स्पेनिस लिग अन्तरगतको खेलमा रियल सोसिडाडसँग स्तब्ध बनेको छ । दुई गोलको स्पष्ट अग्रता बचाउन नसक्दा म्याड्रिड सोसिडाडसँग ४–२ गोल अन्तरले पराजित भएको छ ।

क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको रियल खेलको ११ औं मिनेटभित्र २–० ले अघि थियो । रियलका लागि सर्जियो रामोस र गेराथ बेलले एक–एक गोल गरेका थिए ।

टोनी क्रुस र हेम्स रोड्रिग्वेजमा धेरै पैसा खर्च गरेको रियल अट्याकमा चुस्त देखिए पनि डिफेन्डिङमा सोचे अनुरुप खेल देखाउन सकेन । त्यसैको फाइदा उठाउँदै सोसिडाडले ऐतिहासिक जीत हात पार्यो ।

सोसिडाडको उत्कृष्ट पुनरागमनमा इनिगो मार्टिनेजले एक, डेभिड जुरुटुजाले दुई तथा कार्लोस भेलाले एक गोल गरेका थिए ।

Saturday 30 August 2014

The Nepali under-23 football squad, currently on tour in Bangladesh

The Nepali under-23 football squad, currently on tour in
Bangladesh, defeated the Bangladesh U-23 side 1-0 in a friendly match at the Sylhet District Stadium in Sylhet, Bangladesh, on Friday.
The U-23 team poses for a photo at a farewell ceremony at the National Sports Council in Tripuraswar, Kathmandu, on Monday, August 25, 2014. (Photo Courtesy: National Sports Council)
The U-23 team poses for a photo at a farewell ceremony at the National Sports Council in Tripuraswar, Kathmandu, on Monday, August 25, 2014. (Photo Courtesy: National Sports Council)
Sushil KC struck the solitary goal in the 79th minute to finish the two-match SS Steel International Friendly even, the Bangladesh U-23 having won the first match 1-0 in Dhaka on Tuesday, August 26.
The matches were part of a preparatory series between the two teams for the upcoming 17th Asian Games scheduled to be held Incheon, South Korea, from September 19.
The football matches will start five days before the inaugural ceremony, on September 14.
In the Asiad, Nepal faces defending champion Japan, and former winner Iraq, and Kuwait in Group D.
The Nepali football team has so played in five Asiads but has not even managed a draw yet.
Nepal will play Iraq on September 14, Kuwait on 17 and Japan on September 21. Altogether 29 countries are participating in football competitions. 

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID