Tuesday 21 October 2014

एसियाड भिलेजमा फोहोर गर्दा नेपाललाई जरिवाना

काठमाडौं- ५ कात्तिक,  खेलाडी र पदाधिकारीले फोहोर गर्दा १७ औ एसियाड (एसियन खेलकुद प्रतियोगिता)को आयोजकलाई नेपालले जरिवाना तिर्नुपरेको छ । आफू बसेको भिलेजका कोठाका भित्ता बिगारेको, फोहोर पोतेको र ढोकासमेत भाँचेको भन्दै आयोजकले क्षतिपूर्ति तिराएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एसियाडमा खेलाडीहरुले कोठा फोहोर गर्दा नेपालले तीन हजार डलर तिरेको खुलासा गरेका हुन् । उनले लेखेका छन् ‘लाजमर्नु भयो, नेपालका खेलाडीले भित्तामा कारेको, कोठा बिगारेको आदिको जरिवाना तीन हजार डलर राखेपले तिर्‍यो १७ औं एसियन खेलकुद आयोजकलाई,’ नयाँ पत्रिकामा खबर छ ।
दक्षिण कोरियाको इन्चोकमा सम्पन्न एसियाडमा सहभागी नेपाली टोलीका सेभ द मिसन छिमी उर्गेन गुरुङले पनि खेलाडी र पदाधिकारीका कारण आयोजकले नेपाललाई जरिवाना गराएको स्विकारे । उनले भने, ‘खेलाडी र पदाधिकारीले गरेको नराम्रो कामका कारण नेपाललाई फाइन लागेको हो ।’
इन्चोन भिलेजका लागि नेपालले राखेको डिपोजिटबाट जरिवाना तिरिएको गुरुङले जानकारी दिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID