Tuesday 2 September 2014

सोसिडाडसँग रियल स्तब्ध

युरोपियन च्याम्यिन रियल म्याड्रिड स्पेनिस लिग अन्तरगतको खेलमा रियल सोसिडाडसँग स्तब्ध बनेको छ । दुई गोलको स्पष्ट अग्रता बचाउन नसक्दा म्याड्रिड सोसिडाडसँग ४–२ गोल अन्तरले पराजित भएको छ ।

क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको रियल खेलको ११ औं मिनेटभित्र २–० ले अघि थियो । रियलका लागि सर्जियो रामोस र गेराथ बेलले एक–एक गोल गरेका थिए ।

टोनी क्रुस र हेम्स रोड्रिग्वेजमा धेरै पैसा खर्च गरेको रियल अट्याकमा चुस्त देखिए पनि डिफेन्डिङमा सोचे अनुरुप खेल देखाउन सकेन । त्यसैको फाइदा उठाउँदै सोसिडाडले ऐतिहासिक जीत हात पार्यो ।

सोसिडाडको उत्कृष्ट पुनरागमनमा इनिगो मार्टिनेजले एक, डेभिड जुरुटुजाले दुई तथा कार्लोस भेलाले एक गोल गरेका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID