Friday 24 October 2014

बर्मुडा माथि नेपालको शानदार जित

काठमाडौं, कार्तिक ७ । मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेटले पराजित गरेको छ । १ सय १ रनको लक्ष्य नेपालले ११ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा विनोद भण्डारीले अविजित ४३ रन बनाए । यस्तै, सुवास खकुरेलले ३० रन बनाएको नेपाली इनिङमा कप्तान पारस खड्काले अविजित १४ रनको योगदान दिए ।

यसअघि क्वालालम्पुरको सेलाङ्गोर टर्फ क्लबमा शुक्रबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको बर्मुडाले ४० ओभर १ बलमा अलआउट हुनुपूर्व सय रन मात्रै बनाउन सक्यो । बर्मुडाको लागि क्रिश्चियन बर्गेसले २८ रन तथा ट्रे माण्डर्सले २१ रनको योगदान दिए ।

पहिलो खेलमा नेपाल विहीबार युगान्डासँग २० रनले पराजित भएको थियो । जितसँगै नेपालले प्रतियोगितामा उपाधि दाबेदारी पस्केको छ ।

बलिङतर्फ नेपालका अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौचनले २–२ विकेट लिए ।

६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टिम डिभिजन ‘फोर’मा झर्नेछन् । -

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID