Tuesday 2 September 2014

इब्राहिमोविचको ह्याट्रिकमा पीएसजीको जित

घाइते भएपछि केही समय बाहिर रहेका ज्लाटान इब्राहिमोविच खेलमा फर्केकै दिन ह्याट्रिक गर्दा पेरिस सेन्ट जर्मेनले लिग वान प्रतिद्वन्द्वी सेन्ट एटिनेलाई ५–० ले पराजित गरेको छ ।

पीएसजीले एटिनेका गोलकिपर स्टेफेन रोफिनरको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो ।

त्यसपछि खेलको ४१, ६२ र ७२ औं मिनेटमा गोल गर्दै इब्राहिमोविचले आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

खेलमा अर्को गोल एडिसन काभानीले गरेका थिए ।

शुरुवाती चार खेलबाट पीएसीले ८ अंक बटुल्दै दोस्रो स्थानमा छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID