Wednesday 3 September 2014

मनाङलाई हराउँदै झापा एन्फा कपको सेमिफाइनलमा

विशाल राई ए को दुई गोलको मदतमा झापा फुटबल क्लबले एन्फा कप फुटबलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दीलाई पराजित गरेको छ ।

मंगलबार भएको उद्घाटन खेलमा मनाङलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा झापा प्रतिवन्धमा परेको मच्छिन्द्र क्लबका खेलाडीहरूलार्इ लिएर मैदान उत्रिएका थियो । खेलमा झापाले १३ औं मिनेटमा विशालको गोलमा अग्रथा लिएको थियो । मनाङको कमजोर डिफेन्सको फाइदा उठाउँदै विशालले गोल गरे ।

खेलको ५३ औं मिनेटमा दिपक राईले मनाङका लागि बराबरी गोल फर्काए । तर, ६८ औं मिनेटमा विशालले व्यक्तिगत दोस्रो गोल गरे । ७३ औं मिनेटमा निराजन मल्लको प्रहार झापाका निरेन लिम्बुले गोललाइनबाट बचाए ।

खेलमा थप गोल हुन सकेन र मनाङ पहिलो खेलबाटै बाहिरिएको छ । ए डिभिजनका ६ र मोफसलका दुई क्लबले सहभागिता जनाएको प्रतियोगिता नकआउटका आधारमा खेलाइनेछ । विजेताले १० लाख पाउने एन्फाले जनाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID