Thursday 4 September 2014

विश्व विजेता जमर्नीमाथि अर्जेन्टिनाको बदला

बर्लिन, भदौ १९ – म्यान्चेस्टर युनाइटेडका नयाँ खेलाडी एंखल डि मारियाले उत्कृष्ट प्रदर्शन गर्दा अर्जेन्टिनाले जमर्नीमाथि विश्वकपको फाइनलमा बेहोरेको हारको बदला लिएको छ । प्रिमियर लिगमा रेकर्ड ५९.७ मिलियन पाउण्डमा भित्रिएका डि मारियाले एक गोल गर्नुको साथै तीन एसिस्ट गरेपछि अर्जेन्टिनाले विश्व विजेता जमर्नीलाई ४–२ गोल अन्तरले पराजित गर्यो ।

अर्जेन्टिनाको जीतमा डिमारियासँगै सर्जियो एगुएरो, एरिक लामेला, फ्रेड्रिको फर्नान्डेजले गोल गरेका थिए ।

५२ दिन अघि विश्वकप विजेता टोलीमध्ये ४ जनालाई मात्र शुरुवाती ११ मा समावेश गरेको जमर्नीका लागि आन्द्रे सर्ले र मारियो गोट्जले सान्तवना गोल गरेका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID