Saturday 4 October 2014

फूटबल खेलमा नयाँ इतिहास बनाउँदै मेस्सी


असोज १९, बार्सिलोना  – बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लियोनेल मेस्सीले नयाँ रेकर्ड बनाउन अब मात्र केही गोलले पछि रहेका छन् । शनिबार राती स्पेनिस ला लिगा अन्तरगत रायो भायोकानोविरुद्धको खेलमा गोल गर्दै मेस्सी लिगको सर्वाधिक गोलकर्ताको रेकर्डको झनै नजिक पुगेका हुन् ।
बार्सिलोना यस सिजन कुनै पनि खेल नहारी ७ खेलपछि सर्वाधिक १९ अंकका साथ लिगको शीर्ष स्थानमा कायम रहेको छ ।
भायोकानोलाई पराजित गर्ने क्रममा मेस्सी तथा नेयमारले एक–एक गोल गरेका थिए । बार्सिलोनाले लिगको लगातार सात खेलमा कुनै पनि गोल नखाई नयाँ रकेर्ड पनि बनाएको छ ।

त्यस्तै, गोलकिपर क्लाउडियो ब्राभोले पनि क्लबका पूर्व गोलकिपर पेड्रो मारिया आर्टोलाले ५६० मिनेटसम्म गोल नखाई बनाएको रेकर्डलाई पनि तोडेका छन् ।
यस सिजन बार्सिलोनाले एक मात्र पराजय च्याम्पियन्स लिगमा बेहोरेको हो । गत मंगलबार बार्सिलोना पेरिस सेन्ट जर्मेनसँग पराजित भएको थियो ।
उता, मेस्सी पनि नयाँ रेकर्ड बनाउन अब केही गोलले मात्र पछि रहेका छन् । भायोकानो विरुद्धको गोल उनको २४९ औं गोल हो । उनले सन् २००४ देखि २८४ खेल खेल्दै यो उपलब्धि हासिल गरेका हुन् ।
लिगमा मेस्सीभन्दा धेरै गोल केवल एथ्लेटिक बिल्बाओका महान् खेलाडी टेल्मो जाराले मात्र गरेका छन् । सन् १९५७–६७ का बीचका २७८ खेल खेल्दै उनले २५२ गोल गरेका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID