Tuesday 21 October 2014

मिरोस्लाभ क्लोसको नक्कल गर्दा भारतीय फुटबलरको निधन (भिडियोसहित)

जमर्नीका चर्चित स्ट्राइकर मिरोस्लाभ क्लोसजस्तै पल्टी मार्दै गोलको खुसीयाली मनाउने क्रममा एक भारतीय फुटबलरको मृत्यु भएको छ । हातले नटेकरी हावामा उडेर पल्टी मार्ने क्रममा मैदानमा लडेपछि उपचारको क्रममा उनको मृत्यु भएको हो ।
भारतको राज्य तहको लिग प्रतियोगिता मिजोराम प्रिमियर लिगको दौरान यो अप्रिय घटना घटेको हो ।

भारतको उत्तर–पूर्वी भागमा रहेको क्लब वेथ्लेम भेङ्गथ्लाङका मिडफिल्डर पिटर बियाकसाङजुआलाले गत मंगलबार चनमारी विरुद्धको खेलमा बराबरी गोल गरेपछि मिरोस्लाभ क्लोस जस्तै खुसायाली मनाउने प्रयास गरेका थिए । त्यसै क्रममा लडेपछि उनको मेरुदण्डमा चोट लागेको थियो ।

त्यस लगतै २३ वर्षीय मिडफिल्डरलाई त्यहीँको आइजावी सिभिल हस्पिटलमा लगिएको थियो । उनको मेरुदण्डको अपरेसनसमेत गरिएको थियो । तर, उपचारको क्रममा नै आइतबार विहान उनको निधन भयो ।
क्लबले यो घटना निकै दुःखद भएको बताउँदै उनले प्रयोग गर्ने २१ नम्बर जर्सीलाई अब कहिले प्रयोग नगर्ने जनाएको छ ।
यसरी मनाउथे मिरोस्लाभ क्लोसले गोलको खुसियाली
विश्वकपका सार्वधिक गोलकर्ता मिरोस्लाभ क्लोस उनको गोलको खुसियाली मनाउने तरिकाले पनि निकै चिर्चित थिए । गोल गरेपछि हावमा पल्टी मार्दै खुसियाली मनाएको हेर्दा सबै दंग पर्थे ।
तर, यो तरिका कति खतरनाक र जोखिमपूर्ण रहेछ भन्ने कुरा भारतमा घटेको घटनाले देखाएको छ । हुन त विश्वकप २०१४ मा घानाविरुद्धको खेलमा यसरी नै खुसियाली मनाउँदा क्लोस पनि झण्डै लड्न पुगेका थिए । अन्तिम समयमा उनी निकै अप्ठ्यारो तरिकाले मैदानमा लडेपनि उनले आफूलाई सम्हालेपछि ठूलो दूर्घटना हुनबाट जोगिएको थियो ।
नयाँ दिल्ली, कार्तिक ४ – जमर्नीका चर्चित स्ट्राइकर मिरोस्लाभ क्लोसजस्तै पल्टी मार्दै गोलको खुसीयाली मनाउने क्रममा एक भारतीय फुटबलरको मृत्यु भएको छ । हातले नटेकरी हावामा उडेर पल्टी मार्ने क्रममा मैदानमा लडेपछि उपचारको क्रममा उनको मृत्यु भएको हो ।
भारतको राज्य तहको लिग प्रतियोगिता मिजोराम प्रिमियर लिगको दौरान यो अप्रिय घटना घटेको हो ।
भारतको उत्तर–पूर्वी भागमा रहेको क्लब वेथ्लेम भेङ्गथ्लाङका मिडफिल्डर पिटर बियाकसाङजुआलाले गत मंगलबार चनमारी विरुद्धको खेलमा बराबरी गोल गरेपछि मिरोस्लाभ क्लोस जस्तै खुसायाली मनाउने प्रयास गरेका थिए । त्यसै क्रममा लडेपछि उनको मेरुदण्डमा चोट लागेको थियो ।
Peter-Biaksangzuala-in-hospital
त्यस लगतै २३ वर्षीय मिडफिल्डरलाई त्यहीँको आइजावी सिभिल हस्पिटलमा लगिएको थियो । उनको मेरुदण्डको अपरेसनसमेत गरिएको थियो । तर, उपचारको क्रममा नै आइतबार विहान उनको निधन भयो ।
क्लबले यो घटना निकै दुःखद भएको बताउँदै उनले प्रयोग गर्ने २१ नम्बर जर्सीलाई अब कहिले प्रयोग नगर्ने जनाएको छ ।
- See more at: http://www.ratopati.com/2014/10/21/176011.html#sthash.R751twZJ.dpuf

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID