Thursday 4 September 2014

इंग्ल्याण्डमाथि भरोसा गुमाउँदै फुटबल समर्थक

लण्डन, भदौ १९ – विश्वकपमा खराब प्रदर्शन गरेको इंग्ल्याण्डमाथि उनीहरुका समर्थकले भरोसा गुमाउँदै गएको बुधबार राती भएको मैत्रीपूर्ण खेलले देखाएको छ । प्रायः इंग्ल्याण्डको खेलमा भरिभराउ रहने वेम्ली स्टेडियम हिजोको खेलमा आधा खाली थियो ।

हिजो भएको नर्वे विरुद्धको खेलमा पनि इंग्ल्याण्डले जीतका लागि निकै संघर्ष गर्नुपर्यो । हिजो खेल नयाँ कप्तान वेयन रुनीका लागि भने सुखद रह्यो । उनले पेनाल्टीमार्फत् गोल गर्दै इंग्ल्याण्डलाई जीत दिलाए । यसको साथै देशका लागि सर्वाधिक गोलकर्ताको सूचीमा उनी माइकल ओवेनलाई उछिन्दै चौंथो स्थानमा आएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID