Saturday 9 January 2016

नेटफि्लक्स अब नेपालसहित बिश्वभरबाट हेर्न सकिने

अमेरिकी इन्टरनेट भिडियो सर्भिस नेटफि्लक्सले आफ्नो सेवालाई विश्वब्यापी बनाएको छ । योसँगै इन्टरनेटमार्फत् टीभी सो र सिनेमा हेर्न निकै लोकप्रिय बनेको नेटफि्लक्स अब नेपालीमा पनि हेर्न सकिने भएको छ ।

‘कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो २०१६’ को अबसर पारेर बिहीबार अमेरिकाको लस भेगासमा आयोजित कार्यक्रममा कम्पनीले आफ्नो सेवा विस्तारको घोषणा गरेको हो ।
यसअघि ६० वटा मुलुकमा मात्र सिमित रहेको नेटफि्लिक्स एकै दिन १३० वटा थप मुलुकमा हेर्न सकिने भएको छ । अब १९० वटा मुलुकमा यो सेवा हेर्न सकिने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रिड ह्यासटिङले चीन, उत्तर कोरिया, क्रिमिया, सिरिया लगायतका प्रतिबन्धित मुलुकहरुमा मात्र आफ्नो कम्पनीको सेवा पुर्‍याउन नसकिएको बताए ।
‘अब यो बिश्व्ब्यापी टीभी नेटवर्क वनेको छ, जुनसुकै देशबाट, जुनसुकै समयमा मन लागेको चीज दर्शकले हेर्न पाउनेछन्’ सीइओ ह्यासटिङले भने- इन्टरनेट माध्यमको उपयोग गर्दै हामीले उपयोक्तालाई सवै अधिकार सुम्पेका छौं ।’

के हो नेटफि्लक्स, कसरी हेर्ने ?
नेटफि्लक्स इन्टरनेट टेलिभिजन हो जहाँ वल्र्ड रिलिज भएकै दिन नयाँ सिनेमा र चर्चित टीभी सोहरु हेर्न सकिन्छ । तर, यसका लागि तपाइँले मासिक शुल्क भने बुझाउनुपर्छ ।
बेसिक, स्टाण्डर्ड र प्रिमियम गरी तीनवटा प्याकेज उपलब्ध छन् । बेसिकको मासिक ८ अमेरिकी डलर, स्टाण्डर्डको १० अमेरिकी डलर र प्रिमियमको १२ अमेरिकी डलर तिरेपछि तपाइँले आफुले चाहेको सिनेमा वा टीभी सो हेर्न सक्नुहुन्छ ।
संजाल विस्तारका क्रममा नेटफि्लक्सले हलिउड सिनेमा र टीभी सोबाहेक अन्य क्षेत्रीय भाषाका सिनेमाहरुलाई पनि समावेश गर्दै जाने बताएको छ ।

नेपालबाट कसरी तिर्ने पैसा ? नेटफि्लक्स नेपालबाट हेर्न सकिने भए पनि पैसा तिर्न भने त्यति सजिलो छैन् । यसका लागि तपाइँसँग बिदेशी बैंकको डेविट वा क्रेडिट कार्ड, पेपाल र पायोनियरजस्ता अनलाइन पेमेन्ट गेटवेको पुहँच हुनु जरुरी हुन्छ । 

कति बदलिएछ मोबाइल फोन ? एकपटक सम्झना गरौँ पूराना ७ कुरा

पछिल्लो १५ वर्षमा सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा बढि परिवर्तन भएको छ भने त्यो मोबाइल फोनको क्षेत्रमा भएको छ । यो बदलावको कारण आज दुइ चार वर्ष पहिलेका प्रविधि तथा मोबाइल सेटहरु समेत इतिहास बनिसकेका छन् जुन त्यो बेलाका सबैभन्दा नयाँ तथा महत्वपूर्ण विषय थिए । सायद तपाइँले पनि सम्झना गरिरहनुभएको र अहिले देख्न र भोग्न नपाइने मोबाइल फोनका ७ पूराना कुरा यस्ता छन्ः


१. हप्तौँ टिक्थ्यो मोबाइलको ब्याट्री चार्जः एन्ड्रोइड तथा आइओएस स्मार्टफोनको हाइटेक फिचर तथा त्यसमा इन्स्टल गरिएका एपहरुले मोबाइलको ब्याट्रीको चार्ज स्वात्तै खान्छन् अहिले । यस्तोमा स्मार्टफोनकेा ब्याट्री एक दिन टिक्यो भनेपनि खुसीको कुरा हुन्छ । तर सुरुवाती बेलाका मोबाइल फोनहरु जस्तै नोकिया ११००, नोकिया १०५० तथा सामसुङ एन३०० जस्ता सेटमा एकपटक मोबाइल पूरा चार्ज गरेपछि हप्तादिन वा त्यो भन्दा पनि बढि समयसम्म टिक्दथ्यो ।

२. किप्याड थिचिरहनु पथ्र्योः स्मार्टफोनको टचस्किनले फिचर फोनकेा किप्याडलाई प्रतिस्थापन गरेको छ । अब त एप्पलको आइफोन सिक्स एस तथा सिक्स एस प्लसमा त थ्री डी टच फिचर रहेको छ । तर पूराना जमानाका मोबाइल फोन नदेखेका र स्मार्टफोन मात्र देखेका फुच्चेफुच्चीहरुलाई मोबाइलमा म्यासेज पठाउँदा किप्याड थिच्नुपथ्र्यो भन्दा पत्यार नलाग्ला पनि । अझ एउटै की मा तिनचार अक्षर हुन्थे र अनि एउटै अक्षर लेख्नका लागि कैयन् पटक की थिच्नुपथ्र्यो ।

३. मोबाइलमा क्यामरा ? त्यो त सरप्राइज थियोः जब सन् २००० को आसपासमा मोबाइल कम्पनीहरुले आफ्ना मोबाइल सेटमा क्यामरा पनि राख्न थाले त्यसले प्रयोगकर्ता त्यस्ता मोबाइल फोन चलाउँदा निकै आश्चर्यचकित बन्दथे । मोबाइलबाट कुराकानी गर्न मात्र होइन फोटो खिच्न पनि सकिन्छ भन्ने कुरामा उनीहरुलाई आश्चर्य लाग्थ्यो । सबैभन्दा पहिले सामसुङले आफ्नो फोनमा क्यामरा राखेको हो जुन ०.३५ मेगापिक्सेलको थियो । आजभोलि सामान्य भन्दा सामान्य स्मार्टफोनहरुमा पनि १०-१२ मेगापिक्सेलका क्यामराहरु मामुली कुरा भैसकेका छन् ।

४. सबैभन्दा लोकप्रिय थियो स्नेक गेमः आजभोलि स्मार्टफोनमा उत्कृष्ट युजर इन्टरफेसका कारण थ्री डी ग्राफिक्सयुक्त गेमहरु सम्म इन्स्टल गरेर खेल्न सकिन्छ । तर पूराना दिनहरु अर्कै थिए । मोबाइल सेटमा सिमित गेमहरु हुन्थे र सबैभन्दा चर्चित तथा लोकपि्रय मोबाइल गेम थियो स्नेक गेम अर्थात् सर्पखेला । यो नोकियाको मोबाइल फोनमा हुन्थ्यो । मोबाइल फोन खरी दगर्ने समयमा मानिसहरु बिक्रेतासँग सेटमा यो गेम छ की छैन ? भनेर अवश्य सोध्थे ।

५. फोन उठाउँदा पनि पैसा लाग्थ्योः आजकल फोन गर्दा पनि फोनकलको पैसा बढि भन्दा बढि सस्तो बनाउन टेलिकम सेवा प्रदायकहरुमा प्रतिस्पर्धा हुन्छ । तर सुरुवाती दिनहरुमा कुरा बेग्लै थियो । फोन गर्दा पैसा लाग्नु त सामान्य भयो, फोनकल उठाउँदा पनि रोमिंग चार्जको रुपमा पैसा लाग्दथ्यो । नयाँ वालपेपर राख्न, रिंगटोन बदल्ने लगायतका लागि पनि पैसा तिर्नुपथ्र्यो ।

६. फुट्दै नफुट्नेः आजकलका स्मार्टफोन सेटहरु निकै कच्ची हुन्छन् र एकपटक खस्यो भने कम्तिमा पनि स्त्रिmनको सिसा त फुटेकै हुन्छ । अलि बढि बजि्रयो भने त पूरै सेट नै काम नलाग्ने भइदिन्छ । तर सुरुवाती अवस्थाका मोबाइल सेटहरु यति बलिया हुन्थे की चाहे ती जतिपटक पनि भुइँमा खसुन् फुट्ने भन्ने त कुरै थिएन ।

७. नोकियाको थियो प्रभुत्वः हुनत अहिलेपनि धेरै नेपाली मोबाइल प्रयोगकर्ताहरुको साथमा नोकियाकै मोबाइल सेट होला । तर अब ती सेटहरु बजारमा किन्न पाइनैछैन र बिगि्रएमा पनि त्यसका पाटपुर्जा पाइँदैनन् किनकी नोकिया कम्पनी बिकिसकेको छ र यसको पूरानो व्यापार सबै टुटिसकेकेा छ । कुनैसमय मोबाइल बजारमा नोकियाको प्रभुत्व थियो । अहिले एप्पलका महंगा आइफोन हुनु जस्तै ऊ बेला नोकियाको मोबाइल फोन हुनुमा सान थियो । सन् २००५ मा नोकियाको ११०० मोडलका फोन विश्वभरमा गरी २५ करोड गोटा बिक्रि भएका थिए । त्यस्तै नोकियाका ३२१० मोडलका १६ करोड वटा सेट बिकेका थिए ।

यो हो बिश्वको पहिलो ड्रोन, जसमा हेलिकोप्टरझैं चढेर उड्न मिल्छ

पुतलीझैं उड्ने क्यामेरा जडित स-साना ड्रोनहरु यतिबेला संसारभरि लोकप्रिय भइरहेका छन् । तर, तपाइँले कहिल्यै यस्ता ड्रोनको कल्पना गर्नुभएको थियो, जसभित्र बसेर हेलिकोप्टरमा झैं उड्न सकियोस् ।
प्रबिधिको दुनियाँमा असम्भव केही छै्रन् । एक चिनियाँ कम्पनीले यस्तो ड्रोनको आविस्कार गरेको छ जसभित्र एकजना मानिस आरामसँग बसेर उड्न सक्छन् ।
चिनियाँहरुको यो गजबको आविस्कार देखेेर अमेरिकाको लस भेगसमा जारी मेला हेर्न आइपुगेका बिश्वभरका मानिसहरु दंग परिरहेका छन् ।
यो चिनियाँ आविस्कारबारे यतिबेला अमेरिकी मिडियाहरुले पनि खुवै प्रसंसा गरिरहेका छन् ।

इहाङ १८४ नामक यो ड्रोनमा एकजना यात्रु बस्न मिल्ने आरामदायी र वातानुकुलित ककपिट छ । तर, यात्रुले ड्रोन चलाइराख्नु पर्दैन् । सिटको अगाडी रहेको टचस्त्रिmनबाटै उडानसम्बन्धी सवै कुरा नियन्त्रण गर्न सकिन्छ ।यात्रुले स्क्रिनमा देखिएको नक्सा थिचेर गन्तब्य यकिन गर्न सक्छन् । त्यसपछि ड्रोन उडेर आफै त्यो ठाउँमा पुग्छ र ल्याण्ड हुन्छ । हेलिकोप्टरजस्तै भर्टिकल शैलीमा उडान र अबतरण गर्छ ।






ककपिटको पछाडी एउटा सानो ट्याङ्की राखिएको छ जसमा यात्रुले आफ्नो ब्याकप्याक वा लगेज राख्न सक्छन् ।ड्रोन उत्पादन गर्ने चिनियाँ इहाङ कम्पनीले दुई बर्ष लामो अनुसन्धानबाट यो ड्रोन तयार पारेको जनाएको छ । कन्जुमर इलेक्ट्रोनिक सोमा प्रर्दशनमा राखिएको ड्रोन नमुनामात्र नभई बजारमा ल्याउन मिल्ने फाइनल प्रोडक्ट भएको कम्पनीले जनाएको छ । यसअघि नै १ सय जना मानिसले यसमा बसेर सफलतापूर्वक परिक्षण उडान गरिसकेका छन् ।
यदि उडान भइरहेका बेला कुनै दुर्घटना हुन लाग्यो भने कसरी जोगाउने ? कम्पनीका प्रवक्ता भन्छन- ‘दुर्घटनाको सम्भावना एकदमै कम छ, कम्पनीको फ्लाइट कन्ट्रोल सेन्टरले सवै ड्रोनलाई नियमित निगरानी राखिरहेको हुन्छ, त्यस्तो अबस्था आउनासाथ कन्ट्रोल सेन्टरले हस्तक्षेप गर्छ ।’सेफ्टी फस्ट भेहिकलका रुपमा ब्याख्या गर्दै कम्पनीले यसलाई साना हेलिकोप्टर वा प्लेनको विकल्पका रुपमा स्थापित हुने दावी गरेको छ ।
कहिलेदेखि यो बजारमा उपलब्ध हुने छ र कति पैसा पर्ने छ भन्ने बिषयमा कम्पनीले केही खुलाएको छ । मूल्यका बिषयमा प्रश्न गर्दा कम्पनीका प्रवक्ताले भने- लाखौं डलर पर्न सक्छ ।’

मेस्सीको हृयाट्रिकसँगै बार्सिलोना शीर्ष स्थानमा उक्लियो

लिओनल मेस्सीको हृयाट्रिकको मदतमा ग्रानाडामाथि सहज जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा नाउक्याम्पमा भएको खेलमा मेस्सीले सुरुवाति दुई गोल १४ मिनेटभित्रै गरेका थिए । हृयाट्रिक गोल भने दोस्रो हाफमा मात्र सम्भव भएको थियो ।

बार्सिलोनाले ८ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । १४ औं मिनेटमा दोस्रो गोल गरे । बार्सिलोनाले पहिलो हाफमा थप गोल गर्ने केही अवसर सदुरुपयोग गर्न सकेन ।
दोस्रो हाफको ५८ औं मिनेटमा मेस्सीले हृयाट्रिक पुरा गरे । फिफा बालोन डि’ओरको घोषणा हुनु अघि मेस्सीले हृयाट्रिक गरेका हुन् ।
खेलको ८३ औं मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोना ४-० ले विजयी भएको छ । जितसँगै बार्सिलोना १८ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा उब्लिएको छ
दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ४१ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ४० अंक छ र, उसले एक खेल बढी खेलेको छ ।

जिदानको पहिलो खेलमा बेलको हृयाट्रिक

 प्रशिक्षकका रुपमा जिनेदान जिदानको पहिलो खेलमा रियल मड्रिडले ग्यारेथ बेलले हृयाट्रिकको मद्दतमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ ।


शनिबार राति भएको खेलमा रियल मड्रिडले डिपोर्टिभोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

रियल मड्रिडले १५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । क्लबका लागि लिगमा उनको यो १०० औं गोल थियो ।

२२ औं मिनेटमा बेलले खाता खोले । दोस्रो हाफको चौथो मिनेटमा नै व्यक्तिगत दोस्रो गोल गरेका बेलले ६३ औं मिनेटमा हृयाट्रिक पुरा गरे ।

खेलको अन्तिममा बेन्जिमाले दोस्रो गोल गरेपछि रियल मड्रिड ५-० गोल अन्तरले विजयी भएको छ ।

जितसँगै रियल मड्रिडले तेस्रो स्थानमा रहेको ४० अंक भएको छ र लिग लिडर बार्सिलोना भन्दा २ अंकले मात्र पछाडि छ । तर, रियलले एक खेल बढी खेलेको छ ।

Sunday 11 October 2015

इलाममा डकैती गर्ने समूहका १ जना २ वटा पेस्तोलसहित पक्राउ



इलाममा डकैती गर्दै हिड्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङ थेचम्बु ५ का २५ वर्षीय सन्दीप लिम्बुलाई चौवारी इलामबाट पक्राउ गरिएको जिल्ला प्रमुख प्रमुख डिएसपी प्रकाश रानाभाटले जानकारी दिए ।

प्रहरी गस्ती टोलीले शंकास्पद लागेर चेक गर्ने क्रममा ३ जना भागेको र लिम्बुको साथमा रहेको झोलाबाट २ वटा पेस्तोल बरामद भएको उनले बताए । उनीहरु मानेभन्ज्याङमा लुटपाट गर्न हिँडेको उनले बताए । उनीहरु यसअघिका लुटपाटमा पनि संलग्न भएको रानाभाटले दाबी गरे ।
रातको समयमा अन्य ३ जना जंगलतर्फ भागेको र उनीहरुको पनि पहिचान भइसकेको उनले बताए । चाडबाडलाई ध्यानमा राखेर इलाम प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।

केपी ओली अत्याधिक बहुमतले प्रधानमन्त्रीमा निर्वाचित

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली मुलुकका ३८ औं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा भएको प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा ओलीले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार सुशील कोइरालालाई हराउँदै मुलुकका नयाँ प्रधानमन्त्री भएका हुन्।
संसदमा प्रतिनिधित्व गर्ने ५८७ सभासदमध्ये ३३८ मत पाउदै ओली बहुमतबाट प्रधानमन्त्री चयन भएका हुन्। कोइरालालाको पक्षमा २४९ मत परेको थियो।
केपी ओलीलाई एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, समाजवादी जनता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल लगायतले समर्थन गरेका थिए।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID