Saturday 9 January 2016

यो हो बिश्वको पहिलो ड्रोन, जसमा हेलिकोप्टरझैं चढेर उड्न मिल्छ

पुतलीझैं उड्ने क्यामेरा जडित स-साना ड्रोनहरु यतिबेला संसारभरि लोकप्रिय भइरहेका छन् । तर, तपाइँले कहिल्यै यस्ता ड्रोनको कल्पना गर्नुभएको थियो, जसभित्र बसेर हेलिकोप्टरमा झैं उड्न सकियोस् ।
प्रबिधिको दुनियाँमा असम्भव केही छै्रन् । एक चिनियाँ कम्पनीले यस्तो ड्रोनको आविस्कार गरेको छ जसभित्र एकजना मानिस आरामसँग बसेर उड्न सक्छन् ।
चिनियाँहरुको यो गजबको आविस्कार देखेेर अमेरिकाको लस भेगसमा जारी मेला हेर्न आइपुगेका बिश्वभरका मानिसहरु दंग परिरहेका छन् ।
यो चिनियाँ आविस्कारबारे यतिबेला अमेरिकी मिडियाहरुले पनि खुवै प्रसंसा गरिरहेका छन् ।

इहाङ १८४ नामक यो ड्रोनमा एकजना यात्रु बस्न मिल्ने आरामदायी र वातानुकुलित ककपिट छ । तर, यात्रुले ड्रोन चलाइराख्नु पर्दैन् । सिटको अगाडी रहेको टचस्त्रिmनबाटै उडानसम्बन्धी सवै कुरा नियन्त्रण गर्न सकिन्छ ।यात्रुले स्क्रिनमा देखिएको नक्सा थिचेर गन्तब्य यकिन गर्न सक्छन् । त्यसपछि ड्रोन उडेर आफै त्यो ठाउँमा पुग्छ र ल्याण्ड हुन्छ । हेलिकोप्टरजस्तै भर्टिकल शैलीमा उडान र अबतरण गर्छ ।






ककपिटको पछाडी एउटा सानो ट्याङ्की राखिएको छ जसमा यात्रुले आफ्नो ब्याकप्याक वा लगेज राख्न सक्छन् ।ड्रोन उत्पादन गर्ने चिनियाँ इहाङ कम्पनीले दुई बर्ष लामो अनुसन्धानबाट यो ड्रोन तयार पारेको जनाएको छ । कन्जुमर इलेक्ट्रोनिक सोमा प्रर्दशनमा राखिएको ड्रोन नमुनामात्र नभई बजारमा ल्याउन मिल्ने फाइनल प्रोडक्ट भएको कम्पनीले जनाएको छ । यसअघि नै १ सय जना मानिसले यसमा बसेर सफलतापूर्वक परिक्षण उडान गरिसकेका छन् ।
यदि उडान भइरहेका बेला कुनै दुर्घटना हुन लाग्यो भने कसरी जोगाउने ? कम्पनीका प्रवक्ता भन्छन- ‘दुर्घटनाको सम्भावना एकदमै कम छ, कम्पनीको फ्लाइट कन्ट्रोल सेन्टरले सवै ड्रोनलाई नियमित निगरानी राखिरहेको हुन्छ, त्यस्तो अबस्था आउनासाथ कन्ट्रोल सेन्टरले हस्तक्षेप गर्छ ।’सेफ्टी फस्ट भेहिकलका रुपमा ब्याख्या गर्दै कम्पनीले यसलाई साना हेलिकोप्टर वा प्लेनको विकल्पका रुपमा स्थापित हुने दावी गरेको छ ।
कहिलेदेखि यो बजारमा उपलब्ध हुने छ र कति पैसा पर्ने छ भन्ने बिषयमा कम्पनीले केही खुलाएको छ । मूल्यका बिषयमा प्रश्न गर्दा कम्पनीका प्रवक्ताले भने- लाखौं डलर पर्न सक्छ ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID