Saturday 9 January 2016

नेटफि्लक्स अब नेपालसहित बिश्वभरबाट हेर्न सकिने

अमेरिकी इन्टरनेट भिडियो सर्भिस नेटफि्लक्सले आफ्नो सेवालाई विश्वब्यापी बनाएको छ । योसँगै इन्टरनेटमार्फत् टीभी सो र सिनेमा हेर्न निकै लोकप्रिय बनेको नेटफि्लक्स अब नेपालीमा पनि हेर्न सकिने भएको छ ।

‘कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो २०१६’ को अबसर पारेर बिहीबार अमेरिकाको लस भेगासमा आयोजित कार्यक्रममा कम्पनीले आफ्नो सेवा विस्तारको घोषणा गरेको हो ।
यसअघि ६० वटा मुलुकमा मात्र सिमित रहेको नेटफि्लिक्स एकै दिन १३० वटा थप मुलुकमा हेर्न सकिने भएको छ । अब १९० वटा मुलुकमा यो सेवा हेर्न सकिने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रिड ह्यासटिङले चीन, उत्तर कोरिया, क्रिमिया, सिरिया लगायतका प्रतिबन्धित मुलुकहरुमा मात्र आफ्नो कम्पनीको सेवा पुर्‍याउन नसकिएको बताए ।
‘अब यो बिश्व्ब्यापी टीभी नेटवर्क वनेको छ, जुनसुकै देशबाट, जुनसुकै समयमा मन लागेको चीज दर्शकले हेर्न पाउनेछन्’ सीइओ ह्यासटिङले भने- इन्टरनेट माध्यमको उपयोग गर्दै हामीले उपयोक्तालाई सवै अधिकार सुम्पेका छौं ।’

के हो नेटफि्लक्स, कसरी हेर्ने ?
नेटफि्लक्स इन्टरनेट टेलिभिजन हो जहाँ वल्र्ड रिलिज भएकै दिन नयाँ सिनेमा र चर्चित टीभी सोहरु हेर्न सकिन्छ । तर, यसका लागि तपाइँले मासिक शुल्क भने बुझाउनुपर्छ ।
बेसिक, स्टाण्डर्ड र प्रिमियम गरी तीनवटा प्याकेज उपलब्ध छन् । बेसिकको मासिक ८ अमेरिकी डलर, स्टाण्डर्डको १० अमेरिकी डलर र प्रिमियमको १२ अमेरिकी डलर तिरेपछि तपाइँले आफुले चाहेको सिनेमा वा टीभी सो हेर्न सक्नुहुन्छ ।
संजाल विस्तारका क्रममा नेटफि्लक्सले हलिउड सिनेमा र टीभी सोबाहेक अन्य क्षेत्रीय भाषाका सिनेमाहरुलाई पनि समावेश गर्दै जाने बताएको छ ।

नेपालबाट कसरी तिर्ने पैसा ? नेटफि्लक्स नेपालबाट हेर्न सकिने भए पनि पैसा तिर्न भने त्यति सजिलो छैन् । यसका लागि तपाइँसँग बिदेशी बैंकको डेविट वा क्रेडिट कार्ड, पेपाल र पायोनियरजस्ता अनलाइन पेमेन्ट गेटवेको पुहँच हुनु जरुरी हुन्छ । 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID