Showing posts with label Science and Technology. Show all posts
Showing posts with label Science and Technology. Show all posts

Saturday 9 January 2016

यो हो बिश्वको पहिलो ड्रोन, जसमा हेलिकोप्टरझैं चढेर उड्न मिल्छ

पुतलीझैं उड्ने क्यामेरा जडित स-साना ड्रोनहरु यतिबेला संसारभरि लोकप्रिय भइरहेका छन् । तर, तपाइँले कहिल्यै यस्ता ड्रोनको कल्पना गर्नुभएको थियो, जसभित्र बसेर हेलिकोप्टरमा झैं उड्न सकियोस् ।
प्रबिधिको दुनियाँमा असम्भव केही छै्रन् । एक चिनियाँ कम्पनीले यस्तो ड्रोनको आविस्कार गरेको छ जसभित्र एकजना मानिस आरामसँग बसेर उड्न सक्छन् ।
चिनियाँहरुको यो गजबको आविस्कार देखेेर अमेरिकाको लस भेगसमा जारी मेला हेर्न आइपुगेका बिश्वभरका मानिसहरु दंग परिरहेका छन् ।
यो चिनियाँ आविस्कारबारे यतिबेला अमेरिकी मिडियाहरुले पनि खुवै प्रसंसा गरिरहेका छन् ।

इहाङ १८४ नामक यो ड्रोनमा एकजना यात्रु बस्न मिल्ने आरामदायी र वातानुकुलित ककपिट छ । तर, यात्रुले ड्रोन चलाइराख्नु पर्दैन् । सिटको अगाडी रहेको टचस्त्रिmनबाटै उडानसम्बन्धी सवै कुरा नियन्त्रण गर्न सकिन्छ ।यात्रुले स्क्रिनमा देखिएको नक्सा थिचेर गन्तब्य यकिन गर्न सक्छन् । त्यसपछि ड्रोन उडेर आफै त्यो ठाउँमा पुग्छ र ल्याण्ड हुन्छ । हेलिकोप्टरजस्तै भर्टिकल शैलीमा उडान र अबतरण गर्छ ।






ककपिटको पछाडी एउटा सानो ट्याङ्की राखिएको छ जसमा यात्रुले आफ्नो ब्याकप्याक वा लगेज राख्न सक्छन् ।ड्रोन उत्पादन गर्ने चिनियाँ इहाङ कम्पनीले दुई बर्ष लामो अनुसन्धानबाट यो ड्रोन तयार पारेको जनाएको छ । कन्जुमर इलेक्ट्रोनिक सोमा प्रर्दशनमा राखिएको ड्रोन नमुनामात्र नभई बजारमा ल्याउन मिल्ने फाइनल प्रोडक्ट भएको कम्पनीले जनाएको छ । यसअघि नै १ सय जना मानिसले यसमा बसेर सफलतापूर्वक परिक्षण उडान गरिसकेका छन् ।
यदि उडान भइरहेका बेला कुनै दुर्घटना हुन लाग्यो भने कसरी जोगाउने ? कम्पनीका प्रवक्ता भन्छन- ‘दुर्घटनाको सम्भावना एकदमै कम छ, कम्पनीको फ्लाइट कन्ट्रोल सेन्टरले सवै ड्रोनलाई नियमित निगरानी राखिरहेको हुन्छ, त्यस्तो अबस्था आउनासाथ कन्ट्रोल सेन्टरले हस्तक्षेप गर्छ ।’सेफ्टी फस्ट भेहिकलका रुपमा ब्याख्या गर्दै कम्पनीले यसलाई साना हेलिकोप्टर वा प्लेनको विकल्पका रुपमा स्थापित हुने दावी गरेको छ ।
कहिलेदेखि यो बजारमा उपलब्ध हुने छ र कति पैसा पर्ने छ भन्ने बिषयमा कम्पनीले केही खुलाएको छ । मूल्यका बिषयमा प्रश्न गर्दा कम्पनीका प्रवक्ताले भने- लाखौं डलर पर्न सक्छ ।’

Saturday 13 December 2014

अब किन चाहियो त श्रीमती र गलफेन्ड ? आइप्याडमै सेक्स गर्न पाईने

स्मार्टफोन आधुनिक युगमा जिवनशैलीको अभिन्न अंग बनिसकेको छ । हामी स्मार्टफोन तथा ट्याब्लेटबाट अलग हुनै नसक्ने भएका छौँ । हाम्रा ग्याजेटलाई अब कसरी प्रयोग गर्ने तथा कुन कुन काममा प्रयोग गर्ने ? भन्ने विषयमा पनि विविधताको खोजी हुन थालेको छ ।toy
यहीँ खोजीको सिलसिलामा एक सेक्स ट्वाय निर्माता कम्पनीले आइप्याण्डलाई नै यौनखेलौना बनाइदिएको छ ।
आइप्याण्डसँग सेक्स ? कस्तो अनौठो र अपत्यारिलो । तर फ्लेसलाइट कम्पनीले यो सम्भव बनाइदिएको छ । कम्पनीले हालै फ्लेसलाइट लन्चप्याड नामक उपकरण सार्वजनिक गरेको छ । फ्लास लाइट आकारको तथा योनी जस्तो त्यो उपकरण आइप्याडको पछाडिपट्टी जोड्न सकिन्छ । यो वास्तवमा सेक्स ट्वाय हो । यो आइप्याड सँग जोडिने यो कृत्रिम योनीबाट पुरुषले आइप्याडमा यौन सामाग्री हेर्दै आफुलाई त्यसकै मज्जामा डुबाउन सक्ने दाबी कम्पनीको छ ।
कम्पनीका अनुसार यो ग्याजेटबाट प्रयोगकर्ताले आफ्नो यौनसाथीसँग स्काइपीमा लाइभ अनलाइन सम्भोगको मज्जा लिँदै अनलाइन सेक्सलाई अझै रोमाञ्चक बनाउन सक्छन् । कम्पनीले यो उपकरणको विज्ञापन समेत गज्जबको बनाएको छ । यसको ट्रेलरमै एकजना युवकले आफ्नी केटी साथीसँग भिडियो च्याट गर्दै यो कृत्रिम यौनांगको प्रयोग गरिरहेको देखिन्छ ।
छि, सूचना प्रविधिको चिजलाई कस्तो फोहोर बनाएको होला ? भन्ने प्रश्न धेरैले उठाउन सक्छन् भन्ने तर्फ सचेत हुँदै कम्पनीले अबका दिनमा ग्याजेटलाई मानिससँग अझै नजिक तुल्याउने लन्चप्याड राम्रो साथी बन्ने दाबी गरेको छ । यसको मूल्य २० पाउण्ड तोकिएकेा छ

Saturday 25 October 2014

अस्ट्रेलियामा नेपाली चिकित्सकबाट मृत मुटुको सफल प्रत्यारोपण

(एजेन्सीबाट)- सिड्नी : नेपाली चिकित्सक डा. कुमुद धितालले मृत मुटुको सफल शल्यक्रिया गरेर चिकित्सका क्षेत्रमा ठूलो सफलता हाँसिल गरेका छन् ।

अस्ट्रेलियाली शल्यचिकित्सकहरुसँगको सहकार्यमा डा. धिताले सो सफलता हाँसिल गरेका हुन् । धडकन बन्द भएको एउटा मुटु प्रतिस्थापन गर्ने शल्यक्रियामा चिकित्सकहरुले शुक्रबार  सफलता पाएको खबर इन्डिपेन्डेन्टले छापेको छ । यो सफलताले अङ्ग दान गर्ने विधि परिवर्तन हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

हालसम्म चिकित्सकहरू मस्तिष्क मृत भइसकेको व्यक्तिको शरीरमा रहेको तर धड्कन कायम रहेको मुटुमा भर पर्ने गर्थे । कहिलेकाँही यस्ता मुटुलाई बरफमा राखिन्थ्यो तथा बिरामी भएको स्थानतर्फ लगिन्थ्यो ।

सिड्नीको सेन्ट भिनसेन्ट अस्पताल तथा भिक्टर चाङ कार्डिक रिसर्च इन्स्टिच्युटले २० मिनेट बन्द भएको मुटुमा पुनः धडकन सञ्चालन गर्न सकिने र त्यसलाई बिरामीमा प्रतिस्थापन गर्न सकिने विधि विकास भएको जानकारी दिएको खबर द अस्ट्रेलियन ले पनि प्राथमिकताका साथ छापेको छ । 

यस विधिअनुसार हालसम्म तीन बिरामीमा मुटु प्रतिस्थापन भइसकेको उनीहरू अझै जिउँदो रहेको जानकारी दिइएको खबर डेली मेलले पनि छापेको छ । तेस्रा बिरामी हाल सघन उपचार कक्षमा रहेका छन् ।

सिड्नीको न्यु साउथ वेल्स विश्वविद्यालयका सहप्राध्यापक डा. कुमुद धितालले यस प्रकारको शल्यक्रिया तीनजनामा मात्र गरिएको बताए ।

उनले दाताको मुटुलाई अन्यत्र लैजान सकिने ‘हार्ट इन अ बक्स’ (एउटा बाकसमा मुटु) नामक मेसिनमा संरक्षणका लागि तयार गरिएको घोलमा न्यानोरूपमा राखिने र त्यसलाई अन्यत्र लैजान सकिने बताए ।

उनले हालसम्म तीन भिन्न अस्पतालबाट ल्याइएको मुटु बिरामीमा प्रतिस्थापन गरिएको बताए । यस अवधिमा यी मुटुलाई पाँचदेखि आठ घण्टासम्म धडकन सञ्चालन हुने अवस्थामा राखिएको थियो ।

सेन्ट भिनसेन्टको हार्ट ट्रान्सप्लान्ट युनिटका चिकित्सा निर्देशक पिटर म्याकडोनाल्डले सन् १९६० मा पहिलोपटक मुटुको शल्यक्रिया गर्दा पनि धड्कन चल्न छोडेको मुटुको प्रतिस्थापन भएको हुनसक्ने बताए । यसपछि तीन बालबालिकामा यस प्रकारको शल्यक्रिया गरिएको छ ।

Thursday 9 October 2014

मंगल ग्रह चुम्ने एलिसाको इच्छा

अमेरिकाकी एलिसा कार्सनको उमेर १३ वर्षको भयो । तर, उनको इच्छा छ, मंगल ग्रहमा पाइला टेक्ने पहिलो मानिस बन्ने ।

मंगल ग्रहमा जाने, त्यो पहिलो पहिलो मानवका रुपमा यो चाहना राख्दैमा हुने होइन । तर, उनको सपना पूरा हुन सक्ने नासाले बताएको छ ।

एलिसाले नासामा ट्रेनिङ गरेकी छन् । नासाका पल फर्मेन भन्छन्, यस्तो इच्छा राख्ने बच्चाहरुलाई नासाले निकै गम्भीर रुपमा लिने गरेको छ ।

एलिसा यतिबेला विज्ञान पढिरहेकी छन् र उनीसँग थुप्रै भाषाको ज्ञान पनि छ । विदाको समयमा उनी पियानो बजाउन र फुटबल खेल्न रुचाउँछिन् ।
उनी नासाको तीनवटै वर्ल्ड स्पेस क्याम्पमा ट्रेनिङ लिने पहिली महिला हुन् ।

अमेरिकी स्पेस एजेन्सी नासामा उनलाई ब्लूबेरी नामले बोलाइन्छ ।

आगामी २० वर्षमा मंगल ग्रहमा पुग्ने उनको लक्ष्य रहेको उनका पिता बताउँछन् । दृढ इच्छाशक्ति र सही तालिमले एलिसालाई मंगलग्रहमा पुग्न सहयोग गर्ने उनका पिताको विश्वास छ ।

तर, मंगल ग्रहमा गएपछि र्फकन मुश्किल छ । एलिसा भने यसका बाबजुत जान चाहन्छिन् ।

-बीबीसीको सहयोगमा

Tuesday 7 October 2014

तीन जापानीज बैज्ञानिकले पाउने भए नोबेल पुरस्कार

काठमाडौं, आश्विन २२ ।  यस बर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना जापनीज बैज्ञानिकलाई प्रदान गरिने भएको छ । नीलो एलडी लाइट्सको आविष्का

प्रोफेसर इसामु अकासाकी, हिरोसी अमानो र सुजी नाकामुरो सन् १९९० को शुरुमा पहिलो निलो एलइडी लाइट्स बनाएका थिए ।

रातो र हरियो एलइडी लाइट्ससंग निलोको संयोजन हुँदा कम उर्जा खपत हने र सेतो बती बनाउन सम्भव हुने उपाय उनीहरुले निकालेका थिए । उनीहरुको अनुसन्धानले पृथ्वीको तपक्रम बढ्न नदिन र गरिबीमा बाँचेका जनतालाइ सहयोग गर्ने अपेक्षा पनि गरिएको छ ।
र गर्ने तीन बैज्ञानिकलाई नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID