Showing posts with label technology. Show all posts
Showing posts with label technology. Show all posts

Saturday 9 January 2016

नेटफि्लक्स अब नेपालसहित बिश्वभरबाट हेर्न सकिने

अमेरिकी इन्टरनेट भिडियो सर्भिस नेटफि्लक्सले आफ्नो सेवालाई विश्वब्यापी बनाएको छ । योसँगै इन्टरनेटमार्फत् टीभी सो र सिनेमा हेर्न निकै लोकप्रिय बनेको नेटफि्लक्स अब नेपालीमा पनि हेर्न सकिने भएको छ ।

‘कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो २०१६’ को अबसर पारेर बिहीबार अमेरिकाको लस भेगासमा आयोजित कार्यक्रममा कम्पनीले आफ्नो सेवा विस्तारको घोषणा गरेको हो ।
यसअघि ६० वटा मुलुकमा मात्र सिमित रहेको नेटफि्लिक्स एकै दिन १३० वटा थप मुलुकमा हेर्न सकिने भएको छ । अब १९० वटा मुलुकमा यो सेवा हेर्न सकिने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रिड ह्यासटिङले चीन, उत्तर कोरिया, क्रिमिया, सिरिया लगायतका प्रतिबन्धित मुलुकहरुमा मात्र आफ्नो कम्पनीको सेवा पुर्‍याउन नसकिएको बताए ।
‘अब यो बिश्व्ब्यापी टीभी नेटवर्क वनेको छ, जुनसुकै देशबाट, जुनसुकै समयमा मन लागेको चीज दर्शकले हेर्न पाउनेछन्’ सीइओ ह्यासटिङले भने- इन्टरनेट माध्यमको उपयोग गर्दै हामीले उपयोक्तालाई सवै अधिकार सुम्पेका छौं ।’

के हो नेटफि्लक्स, कसरी हेर्ने ?
नेटफि्लक्स इन्टरनेट टेलिभिजन हो जहाँ वल्र्ड रिलिज भएकै दिन नयाँ सिनेमा र चर्चित टीभी सोहरु हेर्न सकिन्छ । तर, यसका लागि तपाइँले मासिक शुल्क भने बुझाउनुपर्छ ।
बेसिक, स्टाण्डर्ड र प्रिमियम गरी तीनवटा प्याकेज उपलब्ध छन् । बेसिकको मासिक ८ अमेरिकी डलर, स्टाण्डर्डको १० अमेरिकी डलर र प्रिमियमको १२ अमेरिकी डलर तिरेपछि तपाइँले आफुले चाहेको सिनेमा वा टीभी सो हेर्न सक्नुहुन्छ ।
संजाल विस्तारका क्रममा नेटफि्लक्सले हलिउड सिनेमा र टीभी सोबाहेक अन्य क्षेत्रीय भाषाका सिनेमाहरुलाई पनि समावेश गर्दै जाने बताएको छ ।

नेपालबाट कसरी तिर्ने पैसा ? नेटफि्लक्स नेपालबाट हेर्न सकिने भए पनि पैसा तिर्न भने त्यति सजिलो छैन् । यसका लागि तपाइँसँग बिदेशी बैंकको डेविट वा क्रेडिट कार्ड, पेपाल र पायोनियरजस्ता अनलाइन पेमेन्ट गेटवेको पुहँच हुनु जरुरी हुन्छ । 

कति बदलिएछ मोबाइल फोन ? एकपटक सम्झना गरौँ पूराना ७ कुरा

पछिल्लो १५ वर्षमा सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा बढि परिवर्तन भएको छ भने त्यो मोबाइल फोनको क्षेत्रमा भएको छ । यो बदलावको कारण आज दुइ चार वर्ष पहिलेका प्रविधि तथा मोबाइल सेटहरु समेत इतिहास बनिसकेका छन् जुन त्यो बेलाका सबैभन्दा नयाँ तथा महत्वपूर्ण विषय थिए । सायद तपाइँले पनि सम्झना गरिरहनुभएको र अहिले देख्न र भोग्न नपाइने मोबाइल फोनका ७ पूराना कुरा यस्ता छन्ः


१. हप्तौँ टिक्थ्यो मोबाइलको ब्याट्री चार्जः एन्ड्रोइड तथा आइओएस स्मार्टफोनको हाइटेक फिचर तथा त्यसमा इन्स्टल गरिएका एपहरुले मोबाइलको ब्याट्रीको चार्ज स्वात्तै खान्छन् अहिले । यस्तोमा स्मार्टफोनकेा ब्याट्री एक दिन टिक्यो भनेपनि खुसीको कुरा हुन्छ । तर सुरुवाती बेलाका मोबाइल फोनहरु जस्तै नोकिया ११००, नोकिया १०५० तथा सामसुङ एन३०० जस्ता सेटमा एकपटक मोबाइल पूरा चार्ज गरेपछि हप्तादिन वा त्यो भन्दा पनि बढि समयसम्म टिक्दथ्यो ।

२. किप्याड थिचिरहनु पथ्र्योः स्मार्टफोनको टचस्किनले फिचर फोनकेा किप्याडलाई प्रतिस्थापन गरेको छ । अब त एप्पलको आइफोन सिक्स एस तथा सिक्स एस प्लसमा त थ्री डी टच फिचर रहेको छ । तर पूराना जमानाका मोबाइल फोन नदेखेका र स्मार्टफोन मात्र देखेका फुच्चेफुच्चीहरुलाई मोबाइलमा म्यासेज पठाउँदा किप्याड थिच्नुपथ्र्यो भन्दा पत्यार नलाग्ला पनि । अझ एउटै की मा तिनचार अक्षर हुन्थे र अनि एउटै अक्षर लेख्नका लागि कैयन् पटक की थिच्नुपथ्र्यो ।

३. मोबाइलमा क्यामरा ? त्यो त सरप्राइज थियोः जब सन् २००० को आसपासमा मोबाइल कम्पनीहरुले आफ्ना मोबाइल सेटमा क्यामरा पनि राख्न थाले त्यसले प्रयोगकर्ता त्यस्ता मोबाइल फोन चलाउँदा निकै आश्चर्यचकित बन्दथे । मोबाइलबाट कुराकानी गर्न मात्र होइन फोटो खिच्न पनि सकिन्छ भन्ने कुरामा उनीहरुलाई आश्चर्य लाग्थ्यो । सबैभन्दा पहिले सामसुङले आफ्नो फोनमा क्यामरा राखेको हो जुन ०.३५ मेगापिक्सेलको थियो । आजभोलि सामान्य भन्दा सामान्य स्मार्टफोनहरुमा पनि १०-१२ मेगापिक्सेलका क्यामराहरु मामुली कुरा भैसकेका छन् ।

४. सबैभन्दा लोकप्रिय थियो स्नेक गेमः आजभोलि स्मार्टफोनमा उत्कृष्ट युजर इन्टरफेसका कारण थ्री डी ग्राफिक्सयुक्त गेमहरु सम्म इन्स्टल गरेर खेल्न सकिन्छ । तर पूराना दिनहरु अर्कै थिए । मोबाइल सेटमा सिमित गेमहरु हुन्थे र सबैभन्दा चर्चित तथा लोकपि्रय मोबाइल गेम थियो स्नेक गेम अर्थात् सर्पखेला । यो नोकियाको मोबाइल फोनमा हुन्थ्यो । मोबाइल फोन खरी दगर्ने समयमा मानिसहरु बिक्रेतासँग सेटमा यो गेम छ की छैन ? भनेर अवश्य सोध्थे ।

५. फोन उठाउँदा पनि पैसा लाग्थ्योः आजकल फोन गर्दा पनि फोनकलको पैसा बढि भन्दा बढि सस्तो बनाउन टेलिकम सेवा प्रदायकहरुमा प्रतिस्पर्धा हुन्छ । तर सुरुवाती दिनहरुमा कुरा बेग्लै थियो । फोन गर्दा पैसा लाग्नु त सामान्य भयो, फोनकल उठाउँदा पनि रोमिंग चार्जको रुपमा पैसा लाग्दथ्यो । नयाँ वालपेपर राख्न, रिंगटोन बदल्ने लगायतका लागि पनि पैसा तिर्नुपथ्र्यो ।

६. फुट्दै नफुट्नेः आजकलका स्मार्टफोन सेटहरु निकै कच्ची हुन्छन् र एकपटक खस्यो भने कम्तिमा पनि स्त्रिmनको सिसा त फुटेकै हुन्छ । अलि बढि बजि्रयो भने त पूरै सेट नै काम नलाग्ने भइदिन्छ । तर सुरुवाती अवस्थाका मोबाइल सेटहरु यति बलिया हुन्थे की चाहे ती जतिपटक पनि भुइँमा खसुन् फुट्ने भन्ने त कुरै थिएन ।

७. नोकियाको थियो प्रभुत्वः हुनत अहिलेपनि धेरै नेपाली मोबाइल प्रयोगकर्ताहरुको साथमा नोकियाकै मोबाइल सेट होला । तर अब ती सेटहरु बजारमा किन्न पाइनैछैन र बिगि्रएमा पनि त्यसका पाटपुर्जा पाइँदैनन् किनकी नोकिया कम्पनी बिकिसकेको छ र यसको पूरानो व्यापार सबै टुटिसकेकेा छ । कुनैसमय मोबाइल बजारमा नोकियाको प्रभुत्व थियो । अहिले एप्पलका महंगा आइफोन हुनु जस्तै ऊ बेला नोकियाको मोबाइल फोन हुनुमा सान थियो । सन् २००५ मा नोकियाको ११०० मोडलका फोन विश्वभरमा गरी २५ करोड गोटा बिक्रि भएका थिए । त्यस्तै नोकियाका ३२१० मोडलका १६ करोड वटा सेट बिकेका थिए ।

यो हो बिश्वको पहिलो ड्रोन, जसमा हेलिकोप्टरझैं चढेर उड्न मिल्छ

पुतलीझैं उड्ने क्यामेरा जडित स-साना ड्रोनहरु यतिबेला संसारभरि लोकप्रिय भइरहेका छन् । तर, तपाइँले कहिल्यै यस्ता ड्रोनको कल्पना गर्नुभएको थियो, जसभित्र बसेर हेलिकोप्टरमा झैं उड्न सकियोस् ।
प्रबिधिको दुनियाँमा असम्भव केही छै्रन् । एक चिनियाँ कम्पनीले यस्तो ड्रोनको आविस्कार गरेको छ जसभित्र एकजना मानिस आरामसँग बसेर उड्न सक्छन् ।
चिनियाँहरुको यो गजबको आविस्कार देखेेर अमेरिकाको लस भेगसमा जारी मेला हेर्न आइपुगेका बिश्वभरका मानिसहरु दंग परिरहेका छन् ।
यो चिनियाँ आविस्कारबारे यतिबेला अमेरिकी मिडियाहरुले पनि खुवै प्रसंसा गरिरहेका छन् ।

इहाङ १८४ नामक यो ड्रोनमा एकजना यात्रु बस्न मिल्ने आरामदायी र वातानुकुलित ककपिट छ । तर, यात्रुले ड्रोन चलाइराख्नु पर्दैन् । सिटको अगाडी रहेको टचस्त्रिmनबाटै उडानसम्बन्धी सवै कुरा नियन्त्रण गर्न सकिन्छ ।यात्रुले स्क्रिनमा देखिएको नक्सा थिचेर गन्तब्य यकिन गर्न सक्छन् । त्यसपछि ड्रोन उडेर आफै त्यो ठाउँमा पुग्छ र ल्याण्ड हुन्छ । हेलिकोप्टरजस्तै भर्टिकल शैलीमा उडान र अबतरण गर्छ ।






ककपिटको पछाडी एउटा सानो ट्याङ्की राखिएको छ जसमा यात्रुले आफ्नो ब्याकप्याक वा लगेज राख्न सक्छन् ।ड्रोन उत्पादन गर्ने चिनियाँ इहाङ कम्पनीले दुई बर्ष लामो अनुसन्धानबाट यो ड्रोन तयार पारेको जनाएको छ । कन्जुमर इलेक्ट्रोनिक सोमा प्रर्दशनमा राखिएको ड्रोन नमुनामात्र नभई बजारमा ल्याउन मिल्ने फाइनल प्रोडक्ट भएको कम्पनीले जनाएको छ । यसअघि नै १ सय जना मानिसले यसमा बसेर सफलतापूर्वक परिक्षण उडान गरिसकेका छन् ।
यदि उडान भइरहेका बेला कुनै दुर्घटना हुन लाग्यो भने कसरी जोगाउने ? कम्पनीका प्रवक्ता भन्छन- ‘दुर्घटनाको सम्भावना एकदमै कम छ, कम्पनीको फ्लाइट कन्ट्रोल सेन्टरले सवै ड्रोनलाई नियमित निगरानी राखिरहेको हुन्छ, त्यस्तो अबस्था आउनासाथ कन्ट्रोल सेन्टरले हस्तक्षेप गर्छ ।’सेफ्टी फस्ट भेहिकलका रुपमा ब्याख्या गर्दै कम्पनीले यसलाई साना हेलिकोप्टर वा प्लेनको विकल्पका रुपमा स्थापित हुने दावी गरेको छ ।
कहिलेदेखि यो बजारमा उपलब्ध हुने छ र कति पैसा पर्ने छ भन्ने बिषयमा कम्पनीले केही खुलाएको छ । मूल्यका बिषयमा प्रश्न गर्दा कम्पनीका प्रवक्ताले भने- लाखौं डलर पर्न सक्छ ।’

Sunday 21 December 2014

हेर्नुहोस् , स्तनको आकारअनुसारको स्वचालित ‘ब्रा’!

 एजेन्सी । अष्ट्रेलियाका शोधकर्ताले कृत्रिम मांशपेशी भएको ‘ब्रा’ को विकास गरेका छन् । कृत्रिम मांसपेशी भएको ‘ब्रा’ ले महिलाको स्तनको आकार अनुसार स्वचालित रुपमा आकार बनाउने उल्लेख गरेका छन् ।

वोलोंगगांग विश्वविद्यालयका शोधकर्ताले पत्ता लगाएको सो ब्राले नसामा दबाब नदिने, पिठ्यु नदुख्ने, आकार अनुसारको स्तन बनाउने दाबी गरेका छन् ।

‘मिरर डट को डट युके’ सँग बोल्दै डिजाइनर जुली स्टीलले स्पोर्टस ब्राले भन्दा थ्री डि प्रविधिबाट बनाएको ब्राले आनन्द दिने बताएकी छिन् ।

उनका अनुसार स्तनको उपयुक्त आकार दिनुका साथै स्तनलाई कसेर राख्ने बताएकी छन् । यसले छातीलाई पनि आनन्द प्रदान गर्नेछ ।

उठ्दा, बस्दा र कुद्दा यो ब्राले आफ्नो आकार निर्माण गर्ने हुनाले महिलालाई ज्यादै नै फाइदाजनक हुने बताएकी छन् । एजेन्सीको सहयोगमा

यो समाचार

लगातार १ सय १३ वर्षदेखि बलिरहेको छ यो बल्ब

 हामीले केही महिना वा वर्षको अन्तरालमा हाम्रो घरको कोठामा लगाइएका विजुली बत्ति बदलिराख्नु परे पनि अमेरिकाको क्यालिफोर्निया सहरको लिभरमोरमा रहेको वारुण यन्त्र गृहमा भने सन् १९०१ देखि एउटा बिजुलीबाट बल्ब लगातार बलिरहेको छ ।

ठ्याक्कै कुन दिन यो बल्बलाई बाल्न शुरु गरिएको थाहा नभएपनि सँधै जुन १८ का दिन यसको जन्मदिनका रुपमा मनाइने गरिएको छ । पछिल्ला १ सय १३ वर्षमा केही समय हुने उर्जा संकट बाहेक यसलाई २४ सै घण्टा बालेर राखिने गरिएको छ । यति लामो समयसम्म यस बत्तिले मात्र दुई पटक आराम पाएको छ । एकपटक सन् १९७६ मा एउटा वारुण यन्त्र गृहबाट अर्कोमा सार्दा र अर्को सन् २०१३ जब यसलाई ९३.४ घण्टा बन्द गरिएको थियो ।

 करिब ४० वर्षअघि यस बल्बको स्तानान्तरण गर्दा वारुण यन्त्रमा काम गर्नेहरुले फुट्छ भनेर यति सावधानी अपनाएका थिए कि उनीहरुले बल्बलाई निकाल्नुको साटो पूरै तारै निकालेर बोकेर हिँडेका थिए । यसलाई स्तानान्तरण गर्दा प्रहरी समेतले सुरक्षा दिएका थिए । त्यतिबेला स्तानान्तरण गर्न करिब २२ मिनेट मात्र लागेको थियो ।
 यस बल्बलाई अमेरिकी नेभल एकाडमीका फिजिसिस्ट डेबोरा काट्जले बनाएका हुन् । यसको आफ्नै विशेषताहरु रहेका छन् । यसलाई तयार गर्ने विधि पनि अरु भन्दा फरक रहेको छ । अन्य समान्य बल्बभन्दा यसको फिलामेन्ट ८ गुणा बाक्लो छ र यसको फिलामेन्ट पनि सेमिकन्डक्टर रहेको छ ।

 सबैभन्दा लामो समयसम्म बलेको यो बल्ब गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि दर्ज छ । यही बल्बको लागि भनेर छुट्टै लाइभ क्यामारा पनि जडान गरिएको छ ।

Thursday 30 October 2014

उत्तेजित नहुन्जेल जति ताकत लगाए पनि नखुल्ने तर उत्तेजित हुने बित्तिकै आफै खुल्ने अचम्मको ब्रा बन्यो (भिडियो सहित)

आफ्नो अभियानले १० औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘Ravijor’ नामक जापनिज कम्पनीले ‘Smart Bra’ नामक आफ्नो उत्पादनलाई सार्वजनिक गरेको छ । आफूलाई लगाउने व्यक्ति उत्तेजक भएको अवस्थामा यो विशेष प्रकारको ब्रा आफैँ खुल्ने गर्दछ ।
उक्त Smart Bra ले प्रयोगकर्ताको मुटुको घड्कनको गतिलाई मूल्याङ्कन गर्दै उक्त सूचना स्मार्टफोनको एप्सद्वार ब्लुटुथमार्फत पठाउने गर्दछ । मुटुको धड्कनको चाललाई बुझ्दै प्रयोगकर्ता उत्तेजक भएको कुरा पुष्टि भएपछि Bra आफैँ खोलिने कुरा उक्त कम्पनीले जानकारी दिएको छ ।
हाल सम्म बजारमा उपलब्ध भैनसकेको उक्त ब्रालाई साँचो मायाको मूल्याङ्कनकर्ता नाम दिइएको  छ । यद्यपी यो ब्रालाई त्यस्ता व्यक्तिहरुले एकपटक लगाउने सौभाग्य पाउँछन् जसले रभिजोर ब्रान्डका भित्रिवस्त्रहरु किन्न एकैपटक पाँच हजार येन खर्च गर्दछन् ।

तल दिएको छ कम्पनीले जारी गरेको अचम्मको प्रोमो भिडियोः

३ करोड प्रयोगकर्ता भएको ‘सेक्सी एप’माथि प्रतिबन्ध

आफ्नो एपलाई चर्चित बनाउनका लागि यौनसम्बन्धि अश्लील, अनैतिक तथा गलत समाचार दिने गरेको अभियोगमा चीनको एक चर्चित स्मार्टफोन एपमाथि प्रतिबन्ध लागेको छ ।

 चीनको सांघाइमा रहेको कम्पनीले विकाश गरेको युजिया एपले युवायुवतीमा अश्लीलता फैलाएको र गलत खालका कामुक समाचार दिएको भन्दै सांघाइको स्टेट इन्टरनेट सूचना कार्यालयले उक्त एपलाई चीनभर बिक्रि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

युवायुवतीलाई भेटघाट गर्नका लागि सजिलो बनाउने दाबी गरिएको उक्त एपमा विभिन्न खाले यौनिक तथा कामूक समाचारहरु दिने गरिएको थियो । जसमध्ये ‘भ्रमणका लागि सरीर’ शीर्षको एक समाचारमा एकजना युवतीले आफ्नो यौनिकताकै उपयोग गरी अस्थायी ब्वायप|mेण्ड बनाएर सित्तैमा देश भ्रमण गरेको उल्लेख गरिएको थियो । ती युवतीले युजिया एपमार्फत नै ती अस्थायी प्रेमी भेटेको दाबी गरिएको थियो ।

त्यस्तै २१ वर्षे युवक र १९ वर्षकी युवतीले आपतकालीन उद्धार पर्खिरहेको बेला सोही एपमार्फत भेटघाट भई यौन सम्बन्ध कायम गरेको स्टोरी समेत प्रकाशित गरिएको थियो ।

यी दुबै समाचार इन्टरनेटमा खुबै चर्चित बनेका थिए र चिनिया पत्रपत्रिकाले पनि प्रमुखताका साथ प्रकाशित गरेका थिए ।
त्यसपछि इन्टरनेट सम्बन्धि नियामक निकाय स्टेट इन्टरनेट सूचना कार्यालयको ध्यानाकर्षण भएको थियो । कार्यालयले उक्त एपलाई चर्चित बनाउनका लागि कम्पनीले गलत तथा अनैतिक खालका सामाग्री प्रकाशित गरेको र प्रबर्धनको सीमा नाघेको ठहर गरेको छ ।

एप निर्माता कम्पनीले गल्ती स्विकार गरी यो विषयलाई टुंगोमा पूराउने प्रतिबद्धता जनाएको छ ।
स्मरण रहोस् युजिया एपका ३ करोड प्रयोगकर्ता छन् । जसमध्ये अधिकांस १५ देखि २५ वर्ष उमेरका रहेका छन् ।

यो एपको वेबसाइटमा सेक्स तथा सम्बन्धका बारेमा टिप्स दिइएको छ । त्यस्ता टिप्समध्ये युवकहरुले युवतीलाई कसरी पट्याउने भन्ने ३ चरणको मार्गदर्शन समेत समावेश रहेका सांघाइ डेलीले जनाएको छ ।

Wednesday 22 October 2014

अब फेसबुकले चोरी भएको पासवर्ड पनि पत्ता लगाउने

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्ना उपभोक्ताहरुको खाताको सुरक्षाका लागि एउटा स्वचालित सेवा विकसित गरेको छ जसले वेभको निगरानीमार्फत चोरी भएको इमेलको ठेगाना र पासवर्डलाई पत्ता लगाउन सक्छ । यो सेवाले प्रयोगकर्ताहरुसँग जोडिएको जानकारीलाई केलाउँदै फेसबुकमा प्रयोग गरिएको जानकारी मेल खान्छ कि खाँदैन भन्ने कुरालाई पत्ता लगाउने काम गर्दछ ।

यदि यो स्वचालित सेवालाई चोरी भएको उपभोक्ताको बारेमा निजि जानकारी पत्ता लागेको खण्डमा यसले उक्त आँकडालाई एउटा प्रोग्राममा स्थानान्तरित गर्ने गर्दछ र यसलाई कम्प्युटरको भाषामा विश्लेषण गर्ने गर्दछ । डेली मेलका अनुसार, स्वचालित प्रणालीले त्यसपछि फेसबुक डाटाबेसको आधारमा कुनै पनि इमेल र पासवर्ड फेसबुकको लगइन सूचनासँग मेल खान्छ कि खाँदैन भनेर पत्ता लगाउने गर्दछ ।

 फेसबुकका सुरक्षा इन्जिनियर क्रिस लंगले आफ्नो ब्लगमा लेख्छन्, ‘निजि आँकडा जस्तै इमेल र पासवर्डको चोरीको व्यापक नतिजा हुन सक्छ किनभने मानिसहरु थुप्रै पटक एउटै पासवर्ड अलग–अलग वेभसाइटमा प्रयोग गर्ने गर्दछन् । उनी अझ थप्छन्, ‘हामीले भविष्यमा मानिसहरुको फेसबुक खातालाई सुरक्षित गर्नका लागि एउटा विशेष प्रणाली विकसित गरेका छौँ जसले मानिसहरुको सार्वजनिक पोष्टमाथि निकै सक्रियताका साथ नजर राख्ने गर्दछ । यदि कुनै फेसबुक प्रयोगकर्ताहरुसँग जोडिएको जानकारी इन्टरनेटमा कहिँ कतै देखिएको खण्डमा त्यस्ता कुरालाई चाँडै नै उक्त व्यक्ति समक्ष सुचित गरिने समेत उनले आफ्नो ब्लगमा जानकारी दिए ।

सामसङ द्वारा एस फाइभको मूल्यमा व्यापक कटौती भयको छ !

मूल्यमा कटौती केहि दिनका लागि हो कि सधैँ हो भन्ने विषयमा भने यकिन हुन सकिएको छैन तर दक्षिण कोरियाको इलेक्ट्रोनिक सामान उत्पादन गर्ने कम्पनी सामसङले आफ्नो स्मार्टफोन ग्यालेक्सी एसफाइभ र यसको फोरजी भर्सन मोडलको मूल्य व्यापक कटौती गरेको छ ।
सामसङ एसफाइभको मूल्य कम्पनीको आधिकारी अनलाइन स्टोरमा नेपाली रुपैयाँ ७०,२३० रहेको थियो । अब ९,३३६ रुपैयाँ कम गर्दै ६०,८९४ कायम गरेको छ ।
यस्तै ७३, ५४३ मूल्य पर्ने सामसङ ग्यालेक्सी एसफाइभ फोरजी एलटीई ६५,४४१ मा बिक्रि भइरहेको छ ।
मूल्यमा व्यापक कटौती गरिएको भनिएता पनि सामसङको साइटमा यो फोन ‘नट इन स्टक’ देखाइरहेको छ र ग्राहकहरुले ‘नोटिफाई मी’ मा आफ्नो इमेल आइडी राख्न सक्नुहुन्छ ता कि स्टकमा आएपछि इमेल आइडीमार्फत सूचना प्राप्त गर्न सकून् ।
सामसङ द्वारा एस फाइभको मूल्यमा व्यापक कटौती भयको छ !






Saturday 18 October 2014

एप्पलले ल्‍यायो विश्‍वकै सबैभन्दा पातलो ट्याब आइप्‍याड -

काठमाडौं: बहुचर्चित अमेरिकन कम्पनी एप्पलले दुई नयाँ आइप्याड सार्वजनिक गरेको छ। गत आइतबार एप्पलका सीआई टिमकूकले क्यालिफोर्नियामा दुई नयाँ आइप्याड ट्याब आइप्

उनका अनुसार आइप्याड एयर टू  विश्वको सबैभन्दा पातलो ट्याब  भएको दाबी गरिएको छ ।  विश्वको सबैभन्दा पातलो आइप्याड एयर टू  र आइप्याड मिनी थ्री सार्वजनिक गरेको छ। यो आइप्याड एयर टूको मोटाई मात्र ६‍.१ मिलिमिटर रहेको छ।यो आइप्याड एयर टू विश्व बजारमा ल्याइएका अरु ट्याबलेटभन्दा १८ प्रतिशत पालतलो रहेको छ । यसको स्क्रिन साइज ९.७ इन्च रहेको बताइएको छ।

यता, एप्पलले ल्याएको आइप्याड मिनी थ्रीलाई आइप्याड एयर टू सँगसँगै सार्वजनिक गर्ने घोषणा  यसअघि नै गरेको थियो।  यो आइप्याड मिनी थ्री  गोल्डे,  सिल्भर  र स्प्रे ग्रे कलरमा  उपलब्ध हुनेछ। 

एप्पलले ल्याएको आइप्याड एयर टू र आइप्याड मिनी थ्रीमा टचआइडी फिंगर प्रिन्ट सेन्सर राखएिको छ, जसले प्रयोग गर्ने व्यक्तिले आफ्नो औलाको सहायताले मोवाइललाई अनलक गर्न सक्छ। यसका साथै यी ट्याबलेटबाट प्रयोग गर्ने व्यक्तिले एप्पलले प्रदान गर्ने मोबाइल पेमेन्ट सुविधाको समेत भरपुर फाइदा उठाउन सक्छ।
याड  एयर टू  र आइप्याड मिनी थ्रीको सार्वजनिक गरेका हुन।

Monday 6 October 2014

मानव मस्तिष्कको स्थान पत्ता लगाउनेले जिते स्वास्थ्य तर्फको नोबेल पुरस्कार

असोज २१- चिकित्साशास्त्र तर्फको यसवर्षको नोबेल पुरस्कार प्रदान बेलायती अमेरिकी अनुसन्धानकर्ता जन ओकिफ तथा नर्वेका दम्पती एडवर्ड तथा मे-ब्रिट मोजरलाई चिकित्साशास्त्र तर्फको यसवर्षको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

नोबेल पुरस्कार विजेताहरुले मानव मस्तिष्कको स्थान पत्ता लगाउने प्रगाली अर्थात आन्तरिक जिपिएस पत्ता लगाएकाले पुरस्कारको हकदार भएका नोबेल पुरस्कार निर्णायक समितिले विज्ञप्तीमा उल्लेख गरेको छ ।  आन्तरिक जिपिएसले मानवलाई आफ्नै मस्तिष्कको अन्तरस्थलबारे जानकारी लिनलाई सक्षम बनाउने पनि विज्ञप्तीमा उल्लेख छ ।
यस अनुसन्धानले स्मरणशक्तिको क्षय र मस्तिष्कको अरु रोगको पनि उपचारमा सहयोग गर्न सक्ने पनि समतिले जनाएको छ ।

त्यस्तै तीन अनुसन्धानकर्ताको उल्लेखनीय अनुसन्धानले आउँदो शताब्दीयौंसम्म प्राणी वरपरका स्थानको मस्तिष्कले कसरी नक्सा बनाउँछ , जटील वातावरणमा कसरी स्थान पत्ता लगाउँछ भन्ने विषयमा गहिरो अनुसन्धान गरेकोले दार्शनिक तथा वैज्ञानिकले बोकेका समस्या समाधान गर्न सहयोग गर्नेमा समितिले विश्वास लिएको छ ।

सन् १९७१ मा ओकिफले मुसाको अध्ययन गरेर मस्तिष्कमा रहेको विशेष कोष हिपोकाम्पसले कसरी काम गर्दछ भन्ने कुरा पत्ता लगाउनु भएको थियो भने त्यसको ३० वर्ष पछि सन् २००५ मा मे- ब्रिट र एडवर्ड मोजरले मस्तिष्कको देख्न नसकने स्थान पत्ता लगाउने अर्को अंश पत्ता लगाउनु भएकोथियो ।

उहाँहरुले समन्वयात्मक प्रणाली सिर्जना गर्ने कोषहरुको झिल्ली स्नायु कोष पत्ता लगाउनु भएको थियो । यी कोषका झिल्लीले सम्झना कसरी उत्पन्न हुन्छ र मस्तिष्कमा कुनै पनि घटना कहिले घट्यो भन्ने जानकारी दिन सक्छ ।

बिर्सने रोग अल्जायमर्स भएका विरामीले यस्तो नक्सामा भुल्ने र यसका कारण वातावरणलाई पहिचान गर्न नसक्ने पनि समितिको विज्ञप्तीमा उल्लेख छ ।  मस्तिष्कको स्थान पत्ता लगाउने ज्ञानले यस्ता विरामीमा निकै क्षतिकारक बनेको स्थानमा स्मरणक्षयको अवस्था बारेमा बुझ्न सहयोग गर्ने पनि विज्ञप्तीमा उल्लेख छ ।
एको समाचारसँगै पुरस्कार पाउने वैज्ञानिकहरुले के कस्तो आविष्कार, अनुसन्धान गरे भन्ने धेरैको उत्सुकता बढेको छ । नोबेल पुरस्कार संसारभरकै प्रतिष्ठित पुरस्कार हो । सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलले स्थापना गर्नु भएको पुरस्कार भौतिक शास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति विधाका लागि सन् १९०१ देखि दिँदै आएको छ । आविष्कार र शान्ति स्थापनाको लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई दिइने पुरस्कारको राशी सन् २०१२ देखि १२ लाख अमेरिकी डलर पुर्याएको छ ।
११ लाख अमेरिकी डलर राशीको यो पुरस्कार आगामी डिसेम्बर १० तारिखका दिन स्टकहोममा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । 

Thursday 4 September 2014

New smartphone app can detect newborn jaundice in minutes

A condition that’s defined by yellow discoloration of skin and eyes, jaundice affects many infants when they’re first born. It occurs when    the   baby’s blood contains too much bilirubin, a yellow pigment of red    blood  cells, due to an immature liver.

Infant jaundice often doesn’t need to be treated — but if it’s severe  enough and isn’t treated, it can ultimately lead to complications. Now, a  newly-developed smartphone app will assist parents in screening their  babies to see if they need a blood test to check bilirubin levels.

 “ Virtually every baby gets jaundiced, and we’re sending them home from  the hospital even before bilirubin levels reach their peak,” said James Taylor, a professor of pediatrics and medical director at the newborn nursery at University of Washington Medical Center. “This smartphone test is really for babies in the first few days after they go home. A parent or health care provider can get an accurate picture of bilirubin to bridge the gap after leaving the hospital.” 

The app is called BiliCam and uses a smartphone’s camera, flash, and color calibration card. The phone is placed on the infant’s belly, then the parent or doctor can take a picture with the color card in view, thus determining different lighting conditions and skin tones. The app then reports the baby’s bilirubin levels. Though jaundice screening is available in some hospitals, it is usually extremely expensive and can’t be used at home. The app would provide an easy and accurate way for parents to identify jaundice early. “This is a way to provide peace of mind for the parents of newborns,” Shwetak Patel, an associate professor of computer science and engineering at the University of Washington, said.

दैनिक जीवनमा उपयोगी मोबाइल एप्स ‘नेपाली टुल्स’

विश्व बजारमा मात्र हैन, आजभोली नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम बढ्दो छ। गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरू पनि थुप्रै छन् र ती डाउनलोड हुने संख्या पनि उल्लेख्य छ। नेपालीले केही यस्ता महत्त्वपूर्ण एप्स बनाएका छन् जो दैनिक जनजीवनमा महत्त्वपूर्ण साबित भइरहेका छन्।
नेपाली लोडसेडिङ सेड्युल, बत्ती गयो, हाम्रो पात्रो, अंग्रेजी नेपाली डिक्सनरी, क्यास एन एड, फुटबल वल्र्ड लगायत नेपालीले बनाएका यस्ता धेरै एप्स अहिले चर्चित भइरहेका छन्।

त्यस्तै एप्सको बजारमा भर्खरै आएको ‘नेपाली टुल्स’ (Nepali Tools) पनि दैनिक जीवनमा उपयोगी हुने एप्लिकेसन हो।प्रयोगकर्ताले यो एपमा धेरै किसिमका सुविधा र विशेषता भेट्न सक्छन्। नेपाली प्रयोगकर्ताप्रति लक्षित यो एपबाट प्रवासमा रहेका नेपालीले पनि धेरै फाइदा लिन सक्छन्।

यसमा रहेका आधा दर्जन फिचर घरव्यवहार तथा कार्यालयका काममा सहयोग पु:याउने किसिमका छन्। मुद्रा सटही दरको ताजा जानकारी पाउन करेन्सी कन्भर्टर, तिथिमिति नेपाली र अंग्रेजीमा रूपान्तरण गर्न डेट कन्भर्टर, धेरै मानिसले दैनिक योजना बनाउन ध्यान दिने गरिएको राशिफल प्रत्येक दिनको पढ्न सकिने, नेपालको २०० ओटा भन्दा बढी एफ.एम. रेडियो स्टेसनलाइ अनलाइनबाट सुन्न सकिने, यसमा धेरै अनलाइन पोर्टलहरूमा प्रकाशित भएका ताजा समाचार पढ्न, हेर्न पाइने जस्ता सुविधा लगाएत अन्य फिचर ‘नेपाली टुल्स’मा छन्।

हाल यो एप एन्ड्रोइड मोबाइलका लागि गुगलको प्लेस्टोरमा उपलब्ध छ। जसलाई प्लेस्टोरमा गएर ‘नेपाली टुल्स’ (Nepali Tools) सर्च गरि डाउनलोड गर्न सकिने छ । यसलाई चाँडै नै अन्य नया फिचर भर्सन थप गरि अपग्रेड गर्ने र आईओएस तथा विन्डोजका लागि पनि विकास गरिने विकासकर्ता उद्धव तामाङ बताउँछन्।

Wednesday 3 September 2014

नेपाली बजारमा आयो होण्डाको सात सिटे ‘मोबिलियो’ कार


१८ भदौ, काठमाडौं । प्रख्यात जापानी लक्जरी कार निर्माता कम्पनी होन्डाले नेपालमा सात सिटे मोबिलियो कार भित्राएको छ ।
बुधबारदेखि काठमाण्डौमा सुरु सवारी साधन प्रर्दशनी ‘नाडा अटो सो’ मा अर्थमन्त्री डा. रामशरण महतले मोबिलियो सार्वजनिक गरे ।
सात सीट क्षमताको मोबिलियो भारतीय बजारमा निकै प्रख्याती कमाउन सफल भएको होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकर ट्रेडिङले जनाएको छ । अध्यक्ष सौरभ ज्योतिका अनुसार भारतमा मोबिलियो किन्न चाहने ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने अबस्था छ ।
‘मोबिलियो सेभेन सिटर फेमिली मल्टीप्रपोज भेहिकल हो’ ज्योतिले भने- ‘यसले नेपालमा होण्डा गाडीको बजार हिस्सा बढाउने विश्वास लिएका छौं, यसले नयाँ बजार सिर्जना गर्ने छ ।’
पेट्रोल र डिजेल दुबै इञ्जिनमा रहेको मोबिलियो नेपालमा ४ कलरमा उपलब्ध हुने छ । यसको मूल्य नेपाली बजारमा ३० लाख ७० हजा रूपैयाँदेखि ४४ लाख रूपैयाँसम्म पर्ने बताइएकाे छ ।

पेट्रोल इञ्जिनयुक्त मोबिलियो १४९७ सीसी र डिजेल इञ्जिनयूक्त मोबिलियो १४९८ सीसीमा उपलब्ध छ ।
कारको सबैभन्दा आकर्षक पक्ष यसले दिने माइलेज हो । नेपाली सडकमा पेट्रोल इञ्जिन भएको मोबिलियोले प्रतिलिटर १७.३ किलोमिटर र डिजेल इञ्जिन भएको मोबिलियोले २४.२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
मोबिलियोमा ५ फरवार्ड र १ रिभर्स म्यानुअल ट्रान्समिसन गियर छ । पेट्रोल र डिजेल दुबै मोडलमा हृवीलवेस २६५२ एमएम रहेको छ । ग्राउन्ड क्लियरेन्स १८९ एमएम भएको हुँदा कच्ची सडकमा समेत मोबिलियोमा कुदाउन कुनै समस्या नहुने ज्योती बताउँछन् ।
४२ लिटर इन्धन अटाउने ट्याङ्की रहेको मोबिलियोमा कोलाप्सिवल इलेक्ट्रिक स्टेरिङ रहेको छ । मोबिलियोमा पावरफुल इञ्जिन रहनुका साथै बाहिरी भित्री डिजाइन समेत आकर्षक रहेको छ ।


फेसबुकको टाइमलाइनमा यो मेसेज आए सावधान !

मिडियामा फैलिरहेको जालमा आजकालका युवा पिढिहरु फसिरहेका छन् । स्मार्टफोनमा सोसल मिडियाको प्रयोग बढिरहेको छ तर अब यहि सोसल मिडियाका कारण तपार्ईंको गोपनियतामा खतरा पुग्ने पत्ता लागेको छ । ह्याकरको नजर तपाईंको सोसल मिडियामा छ र योमार्फत उनीहरु तपाईंको जानकारी पाइरहेका छन् ।

 एक अंग्रेजी पत्रिकामा छापिएको खबर अनुसार कोही ह्याकरहरुले प्रयोगकर्ताहरुलाई मूर्ख बनाएर उनीहरुको पासवर्ड पत्ता लगाइरहेका छन् र उनीहरुको जानकारी कैद गरिरहेका छन् । पत्रिकाको अनुसार फेसबुक प्रयोग गर्ने ह्याकरहरुले केहि मानिसहरुलाई आफ्ना साथी र नजिकका मानिसहरुको पासवर्ड पत्ता लगाउन उक्साइरहेका छन् । उनीहरुलाई अरुको फेसबुक अकाउन्टको पासवर्ड सजिलैसँग ह्याक गर्न सकिने जानकारी दिइन्छ । यस्तो मेसेज उनीहरुको टाइमलाइनमा आउने गर्दछ । अकाउन्ट ह्याक गर्नका लागि उनीहरुलाई तीनवटा सजिलो उपाय बताइन्छ । उनीहरुलाई एउटा वेभ ब्राउजर जस्तै गुगल क्रोम र मोजिला फायरफक्समा फेसबुक खोलेर जसको अकाउन्ट ह्याक गर्नु छ उसको प्रोफाइल खोल्न आदेश दिइन्छ । त्यसपछि माउसलाई राइट क्लिक गर्न निर्देशन दिइन्छ जसमा उनीहरुलाई इन्सपेक्स एलिमेन्ट सेलेक्ट गर्न आदेश दिइन्छ जसले वेभ पेजको एचटीएमल एडिटर खोल्ने गर्दछ । त्यसपछि प्रयोगकर्तालाई एचटिएमएल एडिटरमा एउटा विशेष प्रकारको कोड टाइप गर्न भनिन्छ जसका कारण अर्को प्रोफाइल ह्याक गर्न सकियोस् । जब प्रयोगकर्ताले कुनै कोड टाइप गर्दछन् तब उनको आफ्नै फेसबुक अकाउन्ट ह्याक भइसक्छ किनभने ह्याकरहरुसम्म उनीहरुको पासवर्ड पुगिसकेको हुन्छ । त्यसपछि ह्याकरहरुले उनीहरुको पूरै डाटा चोरेर उनीहरुमार्फत नै नयाँ मानिसहरुलाई यसरी नै शिकार बनाउने गर्दछन् । ह्याकरहरुले यो खेलका लागि सेल्फ–XSS को प्रयोग गर्ने गर्दछन् जसले ब्राउजरको प्रयोग गर्ने व्यक्तिलाई नै फसाउने गर्दछ । यसलाई पहिलेदेखि नै सेक्युरिटि रिस्क मानिएको छ । (एजेन्सी)

Tuesday 2 September 2014

फेसबुक चलाएरै करोडपती बनिन 19 वर्षे युवती । हेर्नुस यसरी कमाउन सकिन्छ लाखौं फेसबुक, इन्टरनेट चलाएर

19-year-old woman calaerai released by Facebook to be formed. Thus, they could see millions of Facebook, the Internet, using

माइक्रोम्याक्सले एप्पललाई उछिन्यो

ट्याब्लेटको बजारमा माइक्रोम्याक्सले एप्पललाई पछारेको छ । इन्टरनेशनल डाटा कर्पोरेसन (आइडीसी) को तर्फबाट सोमबार जारी गरिएको आँकडा अनुसार सन् २०१४ को अप्रिल–जुनमा भारतीय टेयाब्लेट बजारमा १४ प्रतिशतको बजार हिस्सासँगै एप्पललाई पछि धकेल्दै माइक्रोम्याक्स दोस्रो स्थानमा आइपुगेको छ ।

 









एप्पलको भारतीय बजारमा ९ प्रतिशत हिस्सा छ र तेस्रो नम्बरमा छ । यद्यपी आइडीसीका अनुसार सामसुङ १९ प्रतिशतसँगै पहिलो स्थानमा नै रहेको छ । (एजेन्सी)

Saturday 30 August 2014

यस्तो छ गुगलको चालकरहित विमान अर्थात डेलिभरी ड्रोन

काडमाडौँ : वस्तु उत्पादक तथा त्यसका अन्तिम उपभोक्ताबीचको दूरी हटाउन नयाँ प्रविधिमा अनुसन्धान गर्ने संस्थाहरूले काम
गर्न थालेको निकै भइसकेको छ र त्यसको पछिल्लो शृङ्खलामा गुगलको ‘डेलिभरी ड्रोन’ अर्थात चालकविहीन वितरण विमान हालै अस्ट्रेलियामा परीक्षण भएको छ ।

प्राविधिक विशेषज्ञहरूले सोचेका सबै कुरा सही भए आउँदा केही वर्षमा तपाईँले आफ्नो ‘स्मार्टफोन’बाट खरिद आदेश दिनुभएको सामान केही समयमै तपाईँ बसेकै स्थानमा यस्तै सानो विमानले पुर्याइदिनेछ ।

डेलिभरी ड्रोन भन्नाले मानवविहीन हवाई यातायात साधन (अनम्यान्ड एरियल भेहिकल)लाई बुझाउँछ, जसलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले दूरसञ्चालित हवाईजहाज (रिमोटली पाइलटेड एयरक्राफ्ट) भनेको छ ।

सामान्यतया यस्ता विमानलाई त्यसमै रहेका कम्प्युटर वा जमिनमा रहेका वा अन्य गाडीमा रहेका विमान चालकले ‘रिमोट कन्ट्रोल’ (दूर नियन्त्रण) प्रणालीको माध्यमबाट सञ्चालन गर्छन् । यसअघि यस्ता विमान दूरसञ्चालित हवाईजहाजका रूपमा रहेका र हाल यसको नियन्त्रणमा बढ्दो रूपमा स्वचालनपना आउन थालेको विकिपेडियाको धारणा छ ।

यस्ता विमानहरू विशेष गरी सैनिक र विशेष अभियानमा उपयोग गरिन्थ्यो भने हाल यसको प्रयोग प्रहरीको सहयोग, अग्नि नियन्त्रण, गुप्तचरी जस्ता कुरामा हुन थालेको छ । यसैगरी यस्ता विमानको प्रयोग मानवसहितको विमानले गर्न नसक्ने दिक्कलाग्दो, फोहरी तथा खतरात्मक (डल, डर्टी, ड्यान्जरस) काममा भइरहेको देखिएको छ ।

अघिल्लो वर्ष विश्व्यापी रूपमा उत्पादन वितरण गर्ने संस्था अमेजनका प्रमुख कार्यकारी अधिकारी जेफ बिजोसले आफ्ना ग्राहकमा वस्तु वितरण गर्न चालकविहीन विमान परीक्षण भइरहेको जानकारी दिए भनी बीबीसीले समाचार प्रकाशन गरेको थियो ।

उनले ती विमानबाट २.३ किलोग्रामका उत्पादन ग्राहकले खरिद आदेश दिएको ३० मिनेटमा ग्राहकसमक्ष पुर्याउन सकिने जानकारी दिनुभएको थियो। उनले बीबीसीलाई उक्त सेवा आरम्भ हुन पाँच वर्षको अवधि आवश्यक पर्ने जानकारी दिएका थिए। अमेजनले यस सेवाको नाम ‘प्राइम एयर’ राखेको छ ।

उक्त समयमा गुगलले चालकविहीन गाडीको परीक्षण गरिरहेको थियो । उक्त गाडीमा ‘स्टियरिङ ह्विल’ र ‘पेडल’ नभएका तथा ‘ग्लोबल पोजिस्निङ सिस्टम’ अन्तर्गत क्यामरा तथा गाडीमै रहेको नगरको नक्साका आधारमा गाडीले काम गर्ने प्रणाली रहेको बताइएको छ ।

यस गाडीलाई ‘स्टार्ट’ गर्न, अगाडि बढाउन र आपत्कालमा रोक्न बटनको व्यवस्था गरिएको गुगलले जारी गरेको भिडियो क्लिपहरूमा देख्न सकिन्छ । गाडीमा रहेको कम्प्युटर स्क्रिनले गाडीको मार्ग र गाडी भएको स्थान देखाउने गर्छ र गुगलले सन् २०१७ सम्म यस्ता गाडीलाई सडकमा उतार्ने जानकारी दिएको छ ।

गुगलले आफ्नो डेलिभरी ड्रोन निर्माण परियोजनाको नाम ‘प्रोजेक्ट विङ’ राखेको छ र यो उसको गोप्य एक्स प्रयोगशालामा विकास भएको हो । यसै प्रयोगशालामा उसले चालकविहीन गाडी तथा इन्टरनेटसँग सम्पर्क कायम हुने चस्मा विकास गरेको थियो ।आफैँमा उड्ने सवारीसाधनले सामानहरू सस्तो, छिटो, कम क्षति भएर तथा कम वातावरणीय जोखिमका साथ अन्यत्र पुर्याउने नयाँ विधिको ढोका खोल्नसक्ने धारणा गुगलले यससम्बन्धी एक विवरणपत्रमा उल्लेख गरेको छ ।

गुगलले चालकविहीन विमानले मानसलाई एकपटक मात्र उपयोग गर्ने औजारजस्ता सामग्री एकअर्काबीच आदानप्रदान गर्न सजिलो बनाउनसक्ने धारणा राखेको छ । साथै यस्तो विमानलाई प्राकृतिक प्रकोपका समयमा पहुँच विच्छेद भएको स्थानसम्म आपत्कालीन सामग्री वितरण गर्न उपयोग गर्न सकिने धारणा राखेको छ।

गुगलले यस विमानलाई अस्ट्रेलियामा प्राथमिक उपचारका सामग्री, कुकुरको खाना, स्थानीय किसानलाई पानी वितरण गर्न उपयोग गरी परीक्षण गरेको थियो । यस परीक्षणमा यी विमानले करिब आधा माइलको दूरी तय गरेका थिए । यसो भए पनि यस संस्थाले यसलाई बजारमा उपलब्ध गराउन सक्ने गरी तयार गर्न अझै केही वर्ष लाग्ने धारणा राखेको छ ।

प्रविधिलाई चुनौतीमुक्त गर्नु एक प्रकारको चुनौती भए पनि त्यहाँ अन्य प्रकारका निकै चुनौती छन्। गुगल तथा अमेजन दुबैले यस विषयमा अमेरिकी सरकार तथा उनीहरूले यस्तो विमान सञ्चालन गर्ने अन्य मुलुकका सरकारसँग अनुमति प्राप्त गर्नु आवश्यक छ ।

इन्जिनियरिङ तथा प्रविधिसम्बन्धी पत्रिका इएन्डटीले आफ्नो वेबसाइटमा अमेजनले गत महिना अमेरिकी सङ्घीय उड्डयन प्रशासनसँग आफ्नो चालकविहीन विमानको परीक्षणको क्षेत्रलाई विस्तार गर्न अनुमति मागेको जानकारी दिएको छ ।

हाल यस प्रशासनले सामान्यतया व्यक्तिगत अभिरुचिका लागि यस प्रकारको काम गर्ने व्यक्ति तथा नमुना विमान निर्माण गर्ने संस्थालाई चालकविहीन विमानको परीक्षण उडानका लागि अनुमति दिएको छ । उसले व्यापारिक प्रयोजनका चालकविहीन विमानको उडानमा प्रतिबन्ध लगाएको छ ।

गुगलको एक्स प्रयोगशाला नवीन अनुसन्धानबाट यातायात, स्वास्थ्य तथा सञ्चारको क्षेत्रका समस्या समाधान गरी समाज विकास गर्ने उद्देश्यले स्थापना भएको प्रयोगशाला हो । यसो भए पनि यस प्रयोगशालामा भएका क्रियाकलापमा हुने वित्तीय खर्चको पारदर्शीपना तथा यस्ता लगानीको सफलताका विषयमा यो प्रयोगशाला आलोचनाको विषय बनेको छ । यस प्रयोगशालाले उत्पादन गरेको गुगल चस्माले कुनै व्यक्तिलाई जानकारी नदिइकनै उसको भिडियो तथा चित्र लिने भएकाले यसबाट व्यक्तिगत गोपनीयता उल्लङ्घन हुनसक्ने आशङ्का गरिएको छ ।

इएण्डटीले प्रोजेक्ट विङ म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको एरोनाउटिक्सका प्राध्यापक निक रायको नेतृत्वमा रहेको टोलीले विकास गरेको जानकारी दिएको छ । उहाँ गत दुई वर्षदेखि यस प्रविधिमा काम गरिरहनुभएको र यस परियोजनाको लागत सार्वजनिक नगरिएको जानकारी दिइएको छ ।

यसैगरी गुगलको एक्स प्रयोगशालामा तयार भएको दुई यात्रुक्षमताको गाडी आफैँमा सञ्चालन हुने व्यवस्था गरिएको छ । चालकले आफ्नो गन्तव्य टाइप गरी वा उच्चारण गरी गाडीमा रहेको कम्प्युटरलाई आदेश दिनसक्छ । यो गाडी विद्युतबाट सञ्चालन हुन्छ र एकपटक चार्जगरेपछि १६० किलोमिटर चल्नसक्छ।

यसमा अगाडिको भागमा परम्परागत बम्परको स्थानमा नरम गद्दाजस्तो सामग्री राखिएको छ । यसबाट बटुवाको सुरक्षामा ध्यान दिइएको दाबी यस संस्थाले गरेको छ । यसको हाल अधिकतम गति ४० किलोमिटर प्रतिघण्टा राखिएको छ । यो गुगलको बाटोको नक्सायुक्त सफट्वेयरको आधारमा चल्ने गर्छ।

गुगलको गाडीमा प्रयोग हुने लेजर प्रविधि उत्पादन गर्ने भेलडाइन इन्कका प्रमुख कार्यकारी अधिकृत डेभिड हलले यो गाडी दुर्घटनाग्रस्त भए यसको बिमा कसले तिर्ने भन्ने विषयमा समस्या भएको वाल स्ट्रिट जर्नललाई बताउनुभयो भनी मेल अनलाइनले उल्लेख गरेको छ । यसैले क्यालिफोर्नियाको प्रशासनले यस्ता चालकविहीन गाडीलाई सडकमा परीक्षणका लागि उतार्नु पहिले कुनै पनि दुर्घटनाविरुद्ध ५० लाख अमेरिकी डलरको बिमा गर्नुपर्ने अडान लिएको बताइएको छ ।

यी सबै समस्याबीच पनि चालकविहीन वितरण प्रणाली भने अब मानवको पहुँचको क्षेत्रभित्रै आइपुगेकामा भने कसैको पनि आशङ्का रहेको छैन ।

रासस (स्रोत: विभिन्‍न अन्तर्राष्ट्रिय समाचार संस्था तथा इन्टरनेटका सामग्री)

गूगलको पकड संसार बदल्ने तिर, थाहा पाउनुस् यो हुनेछ कसरी ?

गुगल एक इन्टरनेट को सर्च इन्जिन मात्र नभई यसमा यस्ता थुप्रै प्रोजेक्टहरु कम गरि रहेका छन् त्यसैले समुचा गुगलले काम गरिरहेको छ र यहि प्रोजेक्टहरुले नै आउँदा दिनहरुमा मानव संसार नै बदल्ने ताकत राखेको छ । तथापी यी प्रोजेक्टहरुको काम द्रुत रुपमा अगाडि बढिरहेको छ जसका लागि गुगलले करोडौँ रुपैयाँ पानीसरह बगाइरहेको छ । आज हामी
तपाईंहरुलाई यस्तै प्रोजेक्टहरुको बारेमा जानकारी दिँदैछौ जसले आउँदा दिनमा संसारलाई नै बदल्नेछ ।
१. कन्ट्याक्ट लेन्सः यो कन्ट्याक्ट लेन्सले तपाईंको शरिरमा ग्लुकोजको मात्रामा नजर राख्नेछ र यसका साथसाथै यसमा एउटा माइक्रो क्यामरा पनि लगाइएको छ । 
२. होवर बोर्डः गुगल एक्स अन्तर्गत यस्ता थुप्रै प्रोजेक्टहरु क्रियाशिल भइरहेका छन् जसमध्ये होवर बोर्ड पनि एक हो । यो वोर्डको सहायताले चुम्बकीय क्षेत्रमार्फत हावामा उड्न सकिनेछ तर यो प्रोजेक्टद्वारा बनाइएको होवर बोर्डको लागत यति अधिक छ कि यसलाई बजारमा लञ्च गर्नका लागि कुनै पनि कम्पनीको सामथ्र्य छैन । 
३. एरियल बाइकः गुगलका सिइओ लेरी पेजले टेड टकको क्रममा उपस्थित मानिसहरुसँग उनको एउटा एरियल बाइक बनाउने धोको रहेको कुरा बताएका थिए । उनले भनेजस्तो एरियल बाइक बनिरहेको खबर भने सञ्चार माध्यममा सुन्न पाइएको छैन । 
४. गुगल ड्राइभरलेस कारः गुगललको ड्राइभरलेस कार आउँदा दिनहरुमा ट्राफिकबाट छुटकारा पाउनका लागि सबैभन्दा राम्रो उपाय सबित हुनेछ । यो प्रोजेक्ट अन्तर्गत बनाइँदै गरिएको कार ड्राइभरबिना नै सडकमा गुड्नेछन् । 
5. गुगल ग्लासः गुगल ग्लासले इन्टरनेटलाई एक प्रकारले यस्तो नजिक बनाइदिएको छ कि आँखा झिम्काएको भरमा यसमा सर्च गर्न सकिनेछ । भर्जिन एटलान्टिक एयरलाइन्स पेसेन्जर चेकिङका लागि गुगल ग्लासमाथि परिक्षण पनि भइरहेको छ । 
६. प्रोजेक्ट लूनः प्रोजेक्ट लून गुगलका ती प्रोजेक्टहरुमध्येको एक हो जसमा गुगलले दुनियाँका धेरैभन्दा धेरै इन्टरनेटसँग जोड्ने कोसिस गरिरहेको छ । (एजेन्सी)

Thursday 28 August 2014

मिसकल गारेको नम्बर बाट फेरी फोन आयो भने त्यसको पैसा आफैले व्यहोर्नु पर्ने त्यसैले मिस कल नगर्नु होला !

गोरखा: फोन गरेपछि पैसा तिर्ने गरेकै हो । तर, अर्काले आफूलाई गरेको फोनको पनि पैसा तिनुपर्ने अनौठो नियम साम्दोमा छ । ‘कृपया मिसकल नगर्नुहोला’ टेलिफोन सेट नजिकै टाँसिएको सूचनामा भनिएको छ – ‘गर्नुभयो र उताबाट फोन आयो भने मिनेटअनुसार पैसा बुझाउनु पर्नेछ ।’

मिसकल हानेर फोन सेट नै बिग्रन थालेपछि इनकमिङ कलको पनि पैसा लिन थालेको स्थानीय व्यापारी धावा लामाको भनाइ छ । साम्दोमा एनटी स्याट नामक टेलिफोनको पहुँच छ !
 तिब्बतसँग सीमा जोडिएको साम्दोबाट गोरखा सदरमुकाम आउन करिब छ दिन पैदल हिँड्नुपर्छ । पदयात्रीले एक दिन साम्दोमा बिताउँछन् । “धेरैजसो विदेशी पर्यटक र पर्यटकको भारी बोक्ने भरियाले फोनको प्रयोग गर्छन्”– होटल सञ्चालक कासाङले भने । उनले आफूले रु ३० हजार खर्च गरेर फोन जोडेको जानकारी दिए । नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँबाट साम्दोका व्यापारीले फोन लगेका हुन् ।

 साम्दोभन्दामाथि टेलिफोन सुविधा छैन । पदयात्रीले लार्केपास गर्नुअघि यहीँबाट फोन गर्छन् । धर्मशाला, लार्केपास हुँदै मनाङको भीमथान पुगेपछि मात्रै फोन गर्न पाइन्छ । - रासस
। प्रायःगरी होटलले पाहुनालाई लक्ष्यित गरी टेलिफोन राखेका छन् । “देशभित्रकै नम्बरमा फोन गर्ने हो भने मिनेटकै १० रुपैयाँ लाग्छ”–साम्दोका एक होटल सञ्चालक कासाङ ढिकीले भन्नुभयो – “विदेश नै बोल्ने हो भने एक मिनेटको ५० रुपैयाँ काट्छ ।”

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID