Showing posts with label crime. Show all posts
Showing posts with label crime. Show all posts

Sunday 11 October 2015

इलाममा डकैती गर्ने समूहका १ जना २ वटा पेस्तोलसहित पक्राउ



इलाममा डकैती गर्दै हिड्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङ थेचम्बु ५ का २५ वर्षीय सन्दीप लिम्बुलाई चौवारी इलामबाट पक्राउ गरिएको जिल्ला प्रमुख प्रमुख डिएसपी प्रकाश रानाभाटले जानकारी दिए ।

प्रहरी गस्ती टोलीले शंकास्पद लागेर चेक गर्ने क्रममा ३ जना भागेको र लिम्बुको साथमा रहेको झोलाबाट २ वटा पेस्तोल बरामद भएको उनले बताए । उनीहरु मानेभन्ज्याङमा लुटपाट गर्न हिँडेको उनले बताए । उनीहरु यसअघिका लुटपाटमा पनि संलग्न भएको रानाभाटले दाबी गरे ।
रातको समयमा अन्य ३ जना जंगलतर्फ भागेको र उनीहरुको पनि पहिचान भइसकेको उनले बताए । चाडबाडलाई ध्यानमा राखेर इलाम प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।

Saturday 3 January 2015

Man axes father-in-law‚ niece to death in Tanahun

42-year-old man murdered his two relatives, including 71-year-old father-in-law and 16-year-old niece, in Byas-8 of Tanahun in the wee hours of Saturday morning. Using an axe, police said, Laxman BK hacked his wife’s father Shankar BK and her sister's daughter Manisha (16) at the latter’s house in Sangethulotar, Byas-8 at around 2 am today. According to police, Laxman, a permanent resident of Deurali-6 of Kaski, had come to his wife’s parental house in Byas some five days ago. Though the incident occurred just a couple of hours after the midnight, police team led by District Police Office (DPO) Chief Mohan Kumar Acharya reached the site this afternoon. Motive behind the murder is yet to be established, according to SP Acharya. Laxman fled after murdering the duo. Police said they have launched a manhunt to get hold him of the murderer. The victims' bodies are being taken to Damauli Hospital for postmortem. -

Wednesday 31 December 2014

लोग्नेको हत्या गर्नका लागि आफ्नै गुप्तांगमा विष ! श्रीमतीको गुप्तांगबाट अन्य बेलाको भन्दा फरक तथा निकै अनौठो गन्ध आएपछी ज्यान बच्यो !

 समयसँगै अपराधका नयाँ नयाँ शैली विकशित भैरहेका छन् । कसैको हत्या गर्न हत्याराहरुलेे विभिन्न खाले उपायहरु अपनाउने गर्छन् ।

तर एक जना ब्राजिलियन महिलाले आफ्ना लोग्नेको हत्या गर्न अपनाएको उपाय भने दुनियामा अहिलेसम्मकै नयाँ उपाय होला । ती महिलाले लोग्नेको हत्या गर्नका लागि आफ्नै गुप्तांगमा प्रसस्त विष हालेकी छिन् ।

श्रीमतीले आफ्नो गुप्तांगमा विष हालेर कसरी लोग्नेको हत्या गर्न सक्छिन् ? लोग्नेको हत्या गर्न न उसलाई पो विष खुवाउनुपर्छ । तर कुरो अर्कै छ र गहिरो पनि छ ।

कुनै खानेकुरामा मिलाएर विष खुवाउँदा शंका उत्पन्न हुने कुरामा सचेत रहेकी ती महिलाले लोग्नेलाई शंकै नहुने गरी आफ्नो गुप्तांगमा विष हालिन् । त्यसपछि उनले सेक्सका बेला लोग्नेलाई मुखमैथुन अर्थात् ओरल सेक्स गर्न लगाइन् । लोग्नेले ओरल सेक्स गर्दा गुप्तांगमा हालेको विष खाने र उसको ज्यान जाने विश्वास ती महिलाको रहेछ ।

घटना ब्राजिलको साओ होजे क्षेत्रको हो । नाम नखुलाइएका एक जना ४३ वर्षीय पुरुषलाई उनकी श्रीमतीले योनीमा विष घोलेर हत्या गर्न खोजेको पुष्टि भएको छ ।

श्रीमतीको गुप्तांगको विषबाट झण्डै ज्यान गुमाउन पुगेका ती पुरुषका अनुसार सम्भोगका बेला उनकी श्रीमतीको गुप्तांगबाट अन्य बेलाको भन्दा फरक तथा निकै अनौठो गन्ध आएछ ।

श्रीमतीले मुख मैथुनका लागि कर गरिरहेकी थिइन् । तर उनलाई त्यस्तो गन्ध किन आयो भनेर डर लागेपछि तत्कालै श्रीमतीलाई लिएर अस्पताल गएछन् । अस्पतालमा परीक्षणका क्रममा श्रीमतीको योनीमा विष रहेको पुष्टि भयो ।

पछि केरकारका क्रममा ती श्रीमतीले श्रीमानको हत्या गर्नका लागि आफुले आफ्नो गुप्तांगमा विष हालेको स्विकार गरेकी छिन् । समाचार अनुसार हानिकारक रसायन सहितको विषले उल्टै ती महिलाको गुप्तांगमा ठूलो असर पुगेको छ र उनलाई अस्पतालमा भर्ना गर्नुपरेको छ ।

ती महिला विरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोगमा मुद्दा चल्नसक्ने बताइएको छ ।

फेसबुक वालमा 'मलाई जतिबेला पनि सेक्स चाहिन्छ लेखेपछि.......

 १६ पुस, काठमाडौँ ।सेनामा भर्खरै भर्ना भएकी एक युवतीले फेसबुक वालमा लेखिन, 'म एकदम सेक्सी छु, मलाई जतिवेलन पनि सेक्स चाहिन् ।' अर्धनग्न तस्बिर अनि स्टाटस ।

पश्चिमी मुलुकतिर समाज उदार छ र यस्ता कुरा चल्दा हुन । तर हामीकहाँ त्यो पनि नेपाली सेना जस्तो फलामे अनुशासनमा बस्नुपर्ने निकायका युवतीका कुरा ।

भन्नेले नै आफूलाइ कामुलक भन्दै यौनआशक्ति देखाएपछि त्यसमा कति र कस्ता कमेन्ट आए होलान, अनुमान गर्नुस त । ब्यारेकमा मेजरले सोधे यो के तामासा गरेको ? बिचरी लालकुमारी नाम परिवर्तन छागाँबाट खसेझै भइन । आफ्नो अकाउन्ट खोलेर हेरिन ।

वालमा स्टाटस र फोटो हेरेपछि एकछिन त बेहासै भइन । होस खुलेपछि बेलिबिस्तार लगाउँदै भनिन  यो काम त्यही आवाराको हो सर ।

ती हुन नुवाकोट तारुकाका २४ वर्षीय प्रल्हाद अधिकारी, उनी अहिले हनुमानढोकामा छन् । अधिकारीले आफ्नो गर्लफेन्डको एकाउन्टको पासवर्ड लिएर यस्तो काम गरेको प्रहरीले जनाएको छ । जनआस्था साप्ताहिकमा समाचार छ ।


Saturday 27 December 2014

अवैध यौन धन्दामा संलग्न ६ युवतीहरु पक्राऊ

 १२ पुस, कैलाली । प्रहरीले कैलालीको धनगढीबाट अवैध यौन धन्दामा संलग्न भएको भन्दै ६ जना युवतीलाई पक्राउ परेको छ । प्रहरी निरीक्षक मनोहर भट्ट नेतृत्वको टोलिले धनगढी नगरपालिका ४ उत्तरबेहडिबाट ६ जना युवतीलाई नियन्त्रणमा लिएको हो । डम्मर चौधरीको एक कोठे कच्ची घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको भट्टले जानकारी दिए ।

पक्राउ परेका सबै धनगढी बाहिरका युवतीहरु रहेको बताइएको छ । चौधरीको घरमा अवैध यौनजन्य क्रियाकलाप हुने गरेको भनेर स्थानियले दिएको सूचनाको आधारमा प्रहरीले चौधरीको घरमा छापा मारेको थियो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।

कहाँ छन त काठमाण्डौ मा यौन कर्मी र खुलेआम यौन धन्दा हेर्नुहोस भिडियो>>>


दाजुलाई बाहिर पठाएर भाउजुसंग.. हेर्नुहोस (भिडियो सहित)>


पालेको कुकुर सग सेक्स गर्दा गर्दै एकयुवती को भिडियो इन्टरनेट मा (भिडियो सहित)

http://multitech-education.blogspot.com/
पालेको कुकुर सग सेक्स गर्दा गर्दै एकयुवती को भिडियो इन्टरनेट मा (भिडियो सहित)

श्रीमतीलाइ काटेर व्वायफ्रेण्डको अगाडी फालिदिए श्रीमानले | भिडियो

http://multitech-education.blogspot.com/

बिदेशमा बस्नेलाई नराम्रो भन्नेले हेर्नुहोस नेपालमा हुनेहरुको यस्तो हालत.. (भिडियो सहित)

http://multitech-education.blogspot.com/

श्रीमान खोस्ने सौतालाई सडकमा नांगै पारेर रामधुलाई ( भिडियो सहित )


दाजु र काकासहितले गरे बलात्कार, को हुन् यी अपराधी ??

भारतको मंगलबादी सुकुम्बासी बस्तीमा एक युवतीलाई आफ्नै दाजु र काकासहित चार जनाले सामूहिक बलात्कार गरेका छन् । १४ वर्षकी ती युवतीलाई उनीहरुले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न मध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको अप्रिल २७ देखि मे ८ सम्म युवती घरमा एक्लै रहेको अवस्थामा पटक पटक बलात्कार भएको प्रहरीको भनाइ छ ।

युवतीकी आमाको गएको वर्ष निधन भएको थियो । मजदूरी गर्ने बाबु पनि घरमा नभएको मौकामा उनीमाथि बलात्कार भएको थियो ।

पीडित युवतीका बाबुले सरकारवाडा प्रहरीमा जुरी दिएपछि घटना बाहिर आएको थिया । प्रहरीले दरुप्पा माला, नरेश भण्डारी र प्रभाकर हरिजनलाई पक्राउ गरेको जनाएको छ । उनीहरु युवतीका दाजुका साथी हुन् । यी सबै मंगलबादी सुकुम्बासी बस्तीका भएका प्रहरीको भनाइ छ ।

प्रहरीले युवतीका दाजु राजु हनुमान्ता मालाको खोजी भइरहेको जनाएको छ । उनीहरुमाथि बालबालिकामाथि हुने यौन अपराध ऐन २०१२ मा भएको व्यवस्था अनुसार सजायँ हुने प्रहरीको भनाइ छ

Thursday 25 December 2014

खाजा पसलमा यौन क्रियाकलाप

 चितवन-खाजा खुवाउने पसलमा यौन क्रियाकलाप गरेको आरोपमा चितवन प्रहरीले दुई पुरुषसहित आठजनालाई समाएको छ। शुक्रबार साँझ भरतपुरका दुई खाजा पसलबाट उनीहरुलाई समाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शान्तिराज कोइरलालले जानकारी दिएका छन्।

प्रहरीले भरतपुर नगरपालिका वडा नं. ९ स्थित केन्द्रीय बसपार्कमा रहेको कालिगण्डकी खाजा घरबाट ३६ वर्षकी एक महिला १८ वर्षका दुई युवतीसहित २६ वर्षको एकजना युवकलाई समाएको छ। सो खाजा घरका साहूले केश मिलाउनपर्‍यो भन्दै प्रहरीलाई पाँच हजार रुपैयाँ घूस दिन लागेको पनि प्रहरीको भनाइ छ।

त्यस्तै भरतपुर नगरपालिका वडा नं. १० हाकिमचोकमा रहेको प्रियंका खाजा घरबाट प्रहरीले देहव्यपारमा संलग्न भएको आरोपमा थप चारजनालाई पक्राउ गरेको छ। प्रहरीले ३५ वर्षकी एकजना महिला २३ र २४ वर्षका दुई युवती तथा ३५ वर्षका पुरुषलाई समाएको हो। पक्राउ परेकाहरुलाई कारवाही गर्न आवश्यक अनुशन्धान भइरहेको डिएसपी कोइरालाले।

Sunday 21 December 2014

यौन सम्पर्क गर्न नमानेपछि बुवाले आफ्नै छोरीको हत्या गरे

बिहारको मुजफ्फरपुर जिल्लामा बिहिबार सम्बन्धमाथि प्रश्न उठ्ने घटना घटित भएको छ ।
एक बुवाले आफ्नै विवाहित छोरीसँग दुष्कर्मको कोसिसमा असफल भएपछि धारिलो हतियारले छोरीको हत्या गरेका छन् ।
आफ्नी छोरीलाई टुक्रा–टुक्रा गर्ने पितालाई पुलिसले पक्राउ गरेको छ । पुलिसका अनुसार मीनापुर थाना क्षेत्रको मुस्तफागंज निवासी रतु प्रसादको घरमा उनकी ठूली छोरी रजनी कुमारी(२०) आफ्नो श्रीमान रंजीत कुमारसँग आएकी थिइन् । यहि क्रममा बिहिबार बिहान रतु आफ्ना ज्वाईंको अगाडि नै रजनीसँग जिस्कन सुरु गरेका थिए ।
जब रंजीतले यसको बिरोध गरे तब त्यहाँ राखिएको धारिलो हतियार उनीमाथि प्रहार गरे तर उनी केहि गरेर त्यहाँबाट भाग्न सफल भए । छोरीले पनि त्यहाँबाट भाग्ने कोसिस गरेकी थिइन् तर उनी सफल हुन सकिनन् । त्यसपछि रतुले रजनीमाथि धारिलो हतियारले थुप्रै पटक प्रहार गरे । रजनीको मृत्यु घटनास्थलमा नै भएको थियो ।
रतुले आफ्नी छोरीको लासलाई थुप्रै टुक्राहरु बनाएर एक बोरामा लुकाएर राखेका थिए । उता ज्वाईंले भागेर छिमेकीहरुलाई यो घटनाको जानकारी दिएका थिए । छिमेकीहरुले यसको बारेमा पुलिसलाई जानकारी दिए । जसलाई आधार बनाएर पुलिसले रतुलाई पक्राउ गर्न सफल भए । रतुले आफ्नो अपराध स्विकार गरिसकेका छन् ।
रंजीतले पनि आफ्नो बयानमा यसको पुष्टि गरेका छन् । रतुको श्रीमतीको मृत्यु सात वर्ष पहिले भएको थियो । छिमेकीहरुका अनुसार रतु सन्की किसिमका व्यक्ति हुन् ।
योभन्दा पहिले पनि उनले आफ्ना छिमेकीलाई धारिलो हतियारले हमला गरेका थिए जसका कारण उनले जेलको सजायँ पनि भोग्नु परेको थियो । रतु आफ्नी कान्छी छोरीसँग बस्दै आएका थिए ।

Saturday 20 December 2014

धुम धाम बिबाह गरेर भित्र्याएकी श्रीमतीलाई ''गर्भवती नभएको' भन्दै घरनिकाला'' गरेपछि>>>

 पुस ५, इटहरी, - 'गर्भवती नभएको' भन्दै एक महिलालाई पतिसहित परिवारले घरबाट निकालेका छन् । विवाह भएको तीन महिना हुदा पनि गर्भवती हुन नसकेको आरोपमा महेन्द्रनगर-२ चक्रघट्टीकी २१ वर्षीया सरु गौतम बिमलीलाई श्रीमान्, सासु र ससुराले यातना दिदै घर निकाला गरेका हुन् । अहिले उनी दुई महिनाकी गर्भवती छिन । आफू गर्भवती भएपनि श्रीमानले उक्त गर्भ आफ्नो नभएको जिकीर गर्दै आएका छन् । एक बर्षअघि चक्रघट्टीका देवेन्द्र गौतमसंग उनको मागी विवाह भएको थियो । विराटनगर-१ पाेखरीया माइती भएकी उनले न्यायका लागि प्रहरीमा उजुरी दर्ता गराएकी छन् । विवाह भएको तीन महिनाबाटै उनलाई विभिन्न बहानामा मानसिक तथा शारिरिक यातना दिन सुरु गरेका थिए । तीन महिना सम्म पनि महिनावारी नरोकिएको र बच्चा जन्माउन नसकेको भन्दै बारम्बार शारीरिक तथा मानसिक यातना दिने गरेको बताइन् । विवाह दर्ताका लागि पहिलेबाटै आग्रह गरेपनि श्रीमान्, सासु र ससुराले नमानेको उनले उल्लेख गरिन । रक्सी खाएर आएको बेला फोनमा जबरजस्ती अरु केटाहरुसंग बोल्न लगाएर जथाभावी कुरा गर्नु लगाउने गरेको बताउदै उनले गाईभंैसी त ब्याइसके त ब्याउदिनस् भन्दै याताना दिने गरेको बताइन । श्रीमान्सहित परिवारबाट यातना पाउदै आफू न्याय माग्दै इलाका प्रहरी कार्यालय चक्रघट्टी, इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय मोरङमा पुगे पनि न्याय नपाएको उनले बताइन् । यातनाको क्रम नरोकिएपछि इलाका प्रहरी कार्यलय इटहरीमा गत मङ्सिर १६ गते पीडक गौतमका विरुद्धमा पीडित परिवारले कार्बाहीको माग राखेर मुद्दा दर्ता गरेको छ । निवेदन परेपछि इटहरी प्रहरीले गौतमलाई पक्राउ गरि कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सुनसरी बुझाएको थियो । प्रमुख जिल्ला अधिकारीले उनलाई पाच हजार धरौटी मागी छोड्न आदेश दिएपछि उनी मुक्त भएको पीडितले बताइन् । उनले भनिन्'श्रीमान् धरौटीमा छुटेपछि आफू र आफ्ना माइती पक्षका सबै झनै निरास भएका छौ ।' कतैबाट न्याय नपाएपछि उनी महिला अधिकारकर्मीको सहयोगमा न्यायका लागि लडिरहेकी छन । इलाका प्रहरी कार्यालय इटहरीले गौतमलाई पक्राउ गरि विवाह दर्ता गर्ने सर्तमा छाडेपनि हालसम्म विवाह दर्ता नगरिदिएको आमा मुना बिमलीले बताइन् । पीडक गौतमका काका नरेश गौतमले आफ्नो भतिजले बुहारीलाई घरमा निकै अन्याय गरेको बताए । संचारकर्मी तथा महिला अधिकारीकर्मी शुभद्रा प्याकुरेलले बिवाह दर्ता गरेपछि मात्र कानूनी आधार हुने भएकाले दर्ताको लागि पहल गरिने बताइन ।

Thursday 18 December 2014

भारतीय युवतीसँग नेपाली नागरिकता

झापाः  भारतको पश्चिम बंगालको सिलिगुढी घर बताउने एक युवतीबाट उनकै नाममा रहेको नेपाली नागरिकता फेला परेको छ ।

काँकरभिट्टाको बस पार्कबाट दुई दिनअघि शंकाष्पद अवस्थामा पक्राउ परेकी २४ बर्षीया टिना उराउका साथबाट जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी फेला परेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन तिमिल्सिनाले जनाकारी दिए ।

२०६८ साल भदौ ९ गते बंशजका आधारमा उक्त नागरिकता उराउले लिएको सो प्रमाणपत्रमा उल्लेख छ । नागरिकतामा नागरिकता प्राप्त गर्ने टिना उराउ बाबुको नाम राजेश उराउ र आमाको नाम शिला उराउ उल्लेख छ । उक्त नागरिकता प्रमाणपत्रको नम्बर ०४००१/६७२० रहेको प्रहरीले जनाएको छ ।

झापाको अर्जुनधारा–६ ठेगाना रहेको सो नागरिकतामा प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेको हस्ताक्षर रहेको छ । हाल अनुसन्धानमा प्रहरीको नियन्त्रणमा रहेकी टिनाले सोही नेपाली नागरिकताका आधारमा मन्त्रालयबाट ०५८६९७३५ नम्बरको राहदानी लिएर बैदेशिक रोजगारका लागि साउदी पुगेकी थिईन् ।  केही वर्षअघि साउदी गएकी नेपाल हुँदै फर्कने क्रममा सोमबार बिहान काँकरभिट्टाको बस पार्कमा शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उराउ रात्रीबसमा काँकरभिट्टा आईपुगेर आफ्नो सामान एउटा पसलमा राखेर चिया खान गएकी थिईन् । धेरैबेरसम्म उनी नआएपछि प्रहरीले सामानका बारेमा सोधखोज गरेको थियो । त्यसपछि उराउ धेरै समयपछि मेरो समान हो भन्दै आएकी थिईन् । त्यही क्रममा प्रहरीले उनलाई सोधपुछ गरेको थियो । सोधपुछका क्रममा प्रहरीले राहदानी र नेपाली नागरिकता प्रमाणपत्र फेला पारेको थियो ।

उनले आफू भारतीय नागरिक भएको र नेपाली नागरिकताका बारेमा अनविज्ञ रहेको बताएपछि घटना थप रहस्यमय बनेको छ । उराउले नागरिकता कसरी बन्यो आफैलाई थाहा नभएको र नागरिकता काँकरभिट्टामा आफूलाई कसैले उपलब्ध गराएको बयान दिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

उक्त नागरिकताको अभिलेख जिल्ला प्रशासन कार्यालय झापामा नरहेको सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले बताए । सहायक प्रजिअ थापाले भने, ‘हामीले कार्यालयका सबै ढड्डा पल्टाएर हेर्‍र्यो  तर विवरण कहि कतै फेला परेन । त्यसकारण यो नागरिकता पूर्णरुपमा कीर्ते हो ।’

२०६८ सालमा न्यौपाने नै प्रशासकीय अधिकृत रहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘उहाँको कसैले कीर्ते हस्ताक्षर गरेको पनि हुनसक्छ, त्यसबारेमा छानबीन हुन्छ ।’ घटनामा कोही संलग्न भएको प्रमाण पुष्टि भए कानुनी कारवाही हुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । उराउलाई भने म्याद थप गरी आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

Wednesday 17 December 2014

पूजाले मागिन् बलात्कारीविरुद्ध मृत्युदन्ड, यस्तो छ पूजाको दर्दनाक कथा (भिडियो सहित) -

 काठमाडौं, पौष २ । सामूहिक बलात्कारको पीडा भोगेकी बैतडीकी एक किशोरीले न्याय पाइनन् । न्यायकै लागि राखिएको न्यायालयको दैलोसम्म पुगेर उनले गरेको याचनाको सुनुवाइ भएन ।

बरु जसलाई जिल्ला अदालतले दोषी ठहर्‍याएको थियो, तिनैलाई त्योभन्दा माथिल्लो न्यायिक निकाय पुनरावेदन अदालतले चोख्याइ दिएपछि चर्केको छ, पूजामाथि भएको गम्भीर अपराधको बहस र न्यायको प्रसंग । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

तन्त्रमन्त्र गरेर व्यापारीको घरबाट २९ लाख लुटियो

 धनगढी : धनगढीका चर्चित व्यवसायी गोपाल हमालको घरबाट तन्त्रमन्त्र गरेर ५१ तोला सुन लुटिएको छ । तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका हमालको धनगढी–४ स्थित घरबाट तन्त्रमन्त्र गर्नेले सुन लुटेका हुन ।

गत मंसिर २६ मा पोको पारेर राखिएको लकर लगाएको सबै गहना ५ दिनपछि खोलेर हेर्दा ढुंगा भेटिएपछि हराएको खुलासा भएको हो ।

हमाल घरमा नभएका बेला मनकामनाबाट आएको बताउने दुुई तान्त्रिक महिलाले उनकी पत्नी शारदा हमाललाई घरमा मसान लागेको भन्दै तन्त्रमन्त्र गरेर गहना चोरेका हुन । ती महिलाले १० तोलाको रानीहार सेट, सिक्री, हिराको सेट, चुरा, झुम्का, टप, औंठी, लकेट, हिराको औंठी र मोती सेटसहित ५१ तोला गहना लगेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार करिब २९ लाख रुपैयाँको गहना चोरी भएको छ । हमालले गहना चोरिएको थाहा भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका छन् । प्रहरीले पनि तान्त्रिकहरुले मोबाइल फोन प्रयोग गरेकाले खोजीमा सहज हुने प्रतिक्रिया दिएको छ ।

केही महिनायता सुदूरपश्चिमका कैलाली र कञ्चनपुर यस्ता घटना भईरहेका छन् । तर अहिलेसम्म प्रहरीमा उजुरी परेको थिएन । तन्त्रमन्त्रमा विश्वास गरी लुटिएको उजुरी गर्दा इज्जत जाने डरले उजुरी नदिएको प्रहरीको भनाइ छ ।

यसो भन्छिन् शारदा हमाल

मंसिर २५ गते दिउँसोको समय थियो । छोरी आरती र म घरमा थियौं । छोरीको टाउको दुखेकाले उ सुतेकी थिई । आरती जहिले पनि केही न केही विरामी भई राख्ने । मैले त्यसका लागि धेरै जोखाना हेराउने गरिसकेकी थिएँ । औषधी त कति हो कति ? तर अनेक गर्दा पनि निको भईरहेको थिएन ।

मेरो घर पर्खालले घेरिएको । २५ गते दिउँसो गेटमा दुई महिला आएको देखेपछि को आएछन भनेर हेर्न गेटमा गएँ । दुबैजनाले धनगढीको नैनादेबी मन्दिरमा हुने सन्तोषी माताको पूजाका लागि चन्दा संकलनमा आएको बताए ।

सन्तोषी माताको चन्दाका लागि मैले केही रकम दिएँ । रकम दिन गेटमा गएका बेला, एक जनाले तपाइँको घरमा त मसान लागेको रहेछ । घरमा अशान्ति हुन्छ होला, तपाइँको छोरी विरामी भईराख्छिन् होला भने । ब्यापार ब्यवसायमा पनि राम्रो प्रगति भइरहेको छैन । धन आएपनि स्वाट्टै खर्च भईहाल्छ होला ...के के भने ।

हुन पनि अमेरिकामा करोडौं खर्च गरेर ब्यवस्थापनमा स्नातक गरेर फर्केकी छोरी आरतीलाई केही बिसन्चो भइरहन्थ्यो । मलाई पनि यी माताले त धेरै कुरा फटाफट भनिन भन्ने लाग्यो । तपाइँको घरमा पुजा गर्यो भने मसान ठीक भईहाल्छ भनी । विश्वास न हो मैले, छोरीको स्वास्थ्यका लागि पूजा गरिदिन आग्रह गरे ।

एउटीले आज पूजा त हुदैन भनी । एकजना पातली २७÷२८ वर्षकी थिइ । कुर्ता सलवार लगाएर सल ओढेकी थिइ । अर्की अलि मोटो ३२÷३४ वर्षकी । पातलीले आफू माता भएको बताई । धनगढीकै नैनादेबी मन्दिरमा बसिरहेकाले मंसिर २६ गते विहान आउने भने ।

मैले पनि आउन आग्रह गरेँ । उनीहरुले एनसेलको फोन पनि दिए । हामीलाई केही सामान जुटाउन भनिएको थियो । तर उनीहरुले दिएको लिष्टको समान बजारमा कहीँ पनि पाइएन । छोरीले फोन गरेर सामान नपाएको बताएपछि उनले केही सामान आफुहरुसँग रहेको तर अर्काका लागि तयारी गरेको बताए । तर उनीहरुले केही खर्च लाग्ने र त्यो सामान दिने भने ।

तर छोरी र मलाई यो कुरा पतिसहित कुनै पनि पुरुषलाई नबताउन भनेकाले हामीले घरमा सल्लाह पनि गरेनौं । मसानको पूजा गोप्यरुपमा गर्नुपर्छ भनँे । हामीलाई पनि ठिकै होला जस्तो लाग्यो र, घरका पुरुषलाई जानकारी गराइएन ।

मंसिर २६ गते विहान १० बजेतिर दुबै आए । पूजा सामाग्रीको साढे ११ हजार रकम लाग्ने बताए । हामीसँग रकम थिएन । आरतीले साथीलाई साढे ११ हजार रकम तुरुन्त चाहियो भनेर मगाई । ऊ फटाफट रकम लिएर आयो । तर ती तान्त्रिकले उसलाई पनि आँगनमा खुट्टा हाल्न नदिन भनेपछि उसले ल्याएको पैसा पनि छोरीले गेट बाहिरै गएर ल्याएर आई । अनी घरका सबै गहनामा मसान लागेकाले तिनलाई फुकालेर एकै ठाँउमा राख्ने भनेका थिए ।

मेरो घरभन्दा टाढा बस्नुभएकी सासुकहाँ धेरै गहना राखेको थिएँ । गहना सबै फुकाउन पर्छ भनेकाले २५ गते राति नै मगाएर राखेको थिएँ । २६ गते पूजा सुरु भयो । त्यसपछि चामल र गहनाको पोको पार्न लगाईयो । गहनामा उनेका पोतेहरु सबै चुडाल्न लगाए । गहनामा लगाइएको पोते भए मसान नभाग्ने बताएपछि सबै गहना पोतेविहीन पा¥यौं ।

पाँचवटा रुमालमा झण्डै एक÷किलोका दरले चामल हाल्दै पोको पार्न लगाए । मैले पनि भनँे अनुसार गरेँ । मैले खुट्टामा लगाएको सुनको विच्छुसमेत खोलेर गहना भएकै स्थानमा राखेँ । छोरीले लगाएको सिक्री, हिरा जडित हारहरु, सुनका चुरा, मंगलसुत्र सबै एकै ठाउँमा पोको पारी चामलमा राख्यौं । हामीलाई त्यो सबै गहना हाम्रै लकरमा राख्ने भनेपछि हामी ढुक्क थियौं ।

गहना र चामलको गाँठो पार्न भनियो । मैलै गाँठो पारे । गाँठो खुब कस्न भनेपछि मैले अह्राए झैं गरिराखेँ । अनी घरको चारै कुनामा पानी छर्कन लगाए । पूजाको विधि न हो, के के गरे के के । केही खाने कुरा पनि दिएका थिए ।

अनि पूजाकोठामा रहेको लकरमा गहनासहितको पोको राख्न लगाए । मैले पनि लकरमा राखँे । बाहिरबाट मैले चाबी लगाएँ । त्यसपछि थप साढे ७ हजार दक्षिणाको रकम दिएँ । उनीहरुले पाँच दिनसम्म कसैलाई बताउन नभनेकाले मैले पुजा गरिरहेको बेला घरमै रहेको छोरालाई समेत जानकारी दिइन । छोरो र छोरीका लागि बनाइदिएको जन्तर मात्रै बाँधे ।

पाँचौ दिन अर्थात पुस १ गते छोरी आरतीलाई नैनादेबी मन्दिरमा बोलाइएको थियो । त्यहाँ पुजा हुन्छ भनिएको थियो । मेरो एक जोर गुलाबी रङको १६ हजारको साडीलाई पनि फुकफाक गरिदिने भन्दै लगेकी थिई । पुष १ गते नै त्यो साडी नैनादेबी मन्दिरमै फिर्ता दिने भनेका थिए ।

छोरी आरती विहानै नुहाएर नैनादेबी मन्दिर पुगी । त्यहाँ कुनै पुजा थिएन । त्यहाँका पूजारीलाई मनकामना माताबारे सोधेपछि, नानी तिमी पनि ठगियौ । यहाँ त धेरै मान्छे आईसके यस्तै सोध्दै, यहाँ कोही पनि मनकामना माता बस्दैन ।

उनीहरुले ठगेको भनेर प्रहरीको दुईजना श्रमती पनि आएको पुजारीले बताएछन् । त्यसपछि छोरीले मलाई मन्दिरबाटै फोन गरी । मलाई लकर खोलेर हेर्न भनी । लकर खोलेको त गहनाको पोको भएको स्थानमा झण्डै ६ सय ग्रामको गोलो ढुंगा भेटियो । तर मैले चामल बाँधेको कपडाहरु मेरै घरको थियो । चामल पनि मैले खाने नै थियो तर गहना थिएनन् । त्यसपछि म छाँगाबाट खसेझै भएकी छु ।

होमवर्क नगरि स्कुल जाँदा बालकले सजायमा पाए मृत्यु

 नयाँ दिल्ली – विद्यालयमा होमवर्क नगरी जाँदा पाइने सजाय के होला ? विद्यार्थीहरुलाई कुखुरा बनाउनु, कक्षाकोठाबाट बाहिर निकाल्नु अथवा कान समातेर उठबस गराउनु सामान्य कुरा हो । तर कुनै शिक्षकले विद्यार्थीले होमवर्क नगर्दा सजायँमा ज्यान नै लिने कुरा त कसैले सोच्नै सक्दैनँ । तर कसैले नसोचेको यो कुरा यसपटक सम्भव भएको छ । भारतको बरेलीमा अवस्थित एउटा विद्यालयको घटनाले पूरै शिक्षा जगतमा हलचल मच्चाएको छ ।
जानकारीका अनुसार एक बालकले होमवर्क नगर्दा डीएसआर ग्रुप अफ स्कुलका एक शिक्षकले यसरी पिटे कि उक्त बालकको उपचारको क्रममा मृत्यु भएको छ । पुलिसले आरोपित शिक्षकको नाम भने सार्वजनिक गरेको छैन । पोष्टमर्टम रिपोर्ट आइसकेपछि ती शिक्षकविरुद्ध कारवाही सुरु गरिने पुलिसले जानकारी दिएको छ ।
शिक्षकले बालकलाई थप्पड हान्दा ती बालकको टाउको भित्तामा ठोक्किँदा बालकको मृत्यु भएको बालकका परिवारका सदस्यले आरोप लगाएका छन् । पुलिसमा मुद्दा दर्ता हुन नपाउँदै आरोपित शिक्षक फरार रहेको बताइएको छ । आक्रोसित परिवारका सदस्य र स्थानीयले स्कूल तोडफोड गरेका छन् । (एजेन्सी) - See more at: http://www.ratopati.com/2014/12/17/190987.html#sthash.ElGWMlyJ.BpYctTHS.dpuf

Sunday 14 December 2014

भारतीय कोठीमा नेपालका कलिला किशोरी

 धनगढी :भारतका वेश्यालयमा कलिला उमेरका किशोरीको माग बढेपछि दलालले बेचबिखनको तरिका परिवर्तन गर्न थालेका छन्। पहिलापहिला सीमा क्षेत्रमा रिक्सा, टाँगा, साइकल र मोटरसाइकलमा चेलीलाई बसाएर सीमा कटाउने गरेकोमा अहिले दलालहरूले नजानिँदो तरिकाले बेचबिखनको तरिका परिवर्तन गरेका छन्।

'अहिले कलिला उमेरसमूहका किशोरीको बढी बेचबिखन भइरहेको छ', माइती नेपालका कैलाली संयोजक शिवचरण चौधरीले भने, 'भारतबाट कलिला किशोरीको बढी माग आएको सुनिएको छ।' उनले कम उमेरका किशोरीलाई लोभ्याएर लैजान सजिलो हुने र भारतका वेश्यालयमा पनि राम्रो रकम पाउने भएकाले यस्तो गरिएको हुनसक्ने बताए।

'सामान्य लेखपढ गरेका किशोरीलाई विवाह वा जागिरको प्रलोभनमा पार्न सकिने भएकाले पनि यस्तो उमेरसमूहका चेलीको बेचबिखन बढेको हो', चौधरीले भने।

उक्त संस्थाले भारतको बिहारबाट मात्रै दुई साताअघि चारजना कम उमेरका किशोरीको उद्धार गरेको छ। 'भारतको बिहारमा १७ वर्षकी किशोरी गर्भवती रहेको अवस्थामा उद्धार गरेका छौं। अरू पनि धेरै कम उमेरमै भारतमा बेचिएका युवती त्यस क्षेत्रमा रहेको जानकारी आएको छ', चौधरीले भने।

कैलालीको सुखडबाट बालविवाह गरी भारतको रत्नागिरि गइरहेको एक जोडीलाई पनि माइती नेपालले नियन्त्रणमा लिएको छ। भाइबहिनी हौं भनेर माइती नेपालको बिटमा झुटो बोलेका उनीहरूले नेपालकै कञ्चनपुरमा रहेका दिदीभिनाजुलाई भेट्न हिँडेको बताएका थिए। उनीहरू भारत जान लागेको जानकारी पाएपछि आफन्तलाई बुझाइएको माइती नेपालकी स्वयंसेविका हीरा सार्कीले बताइन्। उनले पनि अहिले कम उमेरका युवती बेचबिखनमा परेको जानकारी दिइन्।

माइती नेपालले सन् २०१४ को जनवरीदेखि हालसम्म भारतमै गएर र सीमा क्षेत्रबाट उद्धार गरेका ९४ जनामध्ये आधाभन्दा बढी २० वर्षमुनिका किशोरी र युवती रहेको चौधरीले बताए।

पश्चिमी सीमा क्षेत्रमा कार्यरत आधा दर्जन संघसंस्थाले अहिले दलालले बेचबिखनको शैली फेरेको बताएका छन्। 'केहीले विवाहपछि हनिमुन गएजस्तो गर्ने गरेको, कतिपयले पारिवारिक यात्राजस्तो बनाएर पनि जाने गरेको पाइएको छ।

हामीले यस्ता दुईतीन जोडीलाई सीमा क्षेत्रबाटै फिर्ता गरेका छौं', कैलालीको त्रिगर सीमा नाकामा कार्यरत केआई नेपालकी बोर्डर इन्चार्ज जितमाया तामाङले भनिन्। उनले नाता पर्नेहरूबाटै युवती र किशोरी बेचबिखनमा परेको बताइन्। 'काका वा नजिकको नातेदारले पनि काममा लगाइदिने भन्दै युवतीलाई भारत लाने गर्छन्। त्यहाँ बेचबिखनमा परेको उनीहरूलाई पत्तो हुँदैन। धेरै नातेदार यस्तो काममै लागेको पाइएको छ', तामाङले भनिन्।

महिला बेचबिखनविरुद्ध कार्यरत शान्ति पुनस्र्थापनागृहको तथ्यांकअनुसार अहिले पढेलेखेका युवती भारतमा मात्रै नभएर भारतको बाटो हुँदै तेस्रो मुलुकमा पनि बेचबिखनमा पर्न थालेका छन्। 'स्नातक तहमा पढिरहेका तीन युवतीलाई समातेर एक साताअघि आफन्तकोमा पठाएका छौं', गृहमा कार्यरत पार्वती चौधरीले भनिन्।

भारतमा कोठी चलाउनेहरूले कम उमेरका युवती खोज्ने, कम उमेरका युवतीको बढी मूल्य पाइने भएकाले पनि गाउँमा बालविवाहको बहाना गरेर चेली बेचबिखन भइरहेको रोकथाममा खटिएका संघसंस्थाले बताएका छन्।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID