Wednesday 3 September 2014

फेसबुकको टाइमलाइनमा यो मेसेज आए सावधान !

मिडियामा फैलिरहेको जालमा आजकालका युवा पिढिहरु फसिरहेका छन् । स्मार्टफोनमा सोसल मिडियाको प्रयोग बढिरहेको छ तर अब यहि सोसल मिडियाका कारण तपार्ईंको गोपनियतामा खतरा पुग्ने पत्ता लागेको छ । ह्याकरको नजर तपाईंको सोसल मिडियामा छ र योमार्फत उनीहरु तपाईंको जानकारी पाइरहेका छन् ।

 एक अंग्रेजी पत्रिकामा छापिएको खबर अनुसार कोही ह्याकरहरुले प्रयोगकर्ताहरुलाई मूर्ख बनाएर उनीहरुको पासवर्ड पत्ता लगाइरहेका छन् र उनीहरुको जानकारी कैद गरिरहेका छन् । पत्रिकाको अनुसार फेसबुक प्रयोग गर्ने ह्याकरहरुले केहि मानिसहरुलाई आफ्ना साथी र नजिकका मानिसहरुको पासवर्ड पत्ता लगाउन उक्साइरहेका छन् । उनीहरुलाई अरुको फेसबुक अकाउन्टको पासवर्ड सजिलैसँग ह्याक गर्न सकिने जानकारी दिइन्छ । यस्तो मेसेज उनीहरुको टाइमलाइनमा आउने गर्दछ । अकाउन्ट ह्याक गर्नका लागि उनीहरुलाई तीनवटा सजिलो उपाय बताइन्छ । उनीहरुलाई एउटा वेभ ब्राउजर जस्तै गुगल क्रोम र मोजिला फायरफक्समा फेसबुक खोलेर जसको अकाउन्ट ह्याक गर्नु छ उसको प्रोफाइल खोल्न आदेश दिइन्छ । त्यसपछि माउसलाई राइट क्लिक गर्न निर्देशन दिइन्छ जसमा उनीहरुलाई इन्सपेक्स एलिमेन्ट सेलेक्ट गर्न आदेश दिइन्छ जसले वेभ पेजको एचटीएमल एडिटर खोल्ने गर्दछ । त्यसपछि प्रयोगकर्तालाई एचटिएमएल एडिटरमा एउटा विशेष प्रकारको कोड टाइप गर्न भनिन्छ जसका कारण अर्को प्रोफाइल ह्याक गर्न सकियोस् । जब प्रयोगकर्ताले कुनै कोड टाइप गर्दछन् तब उनको आफ्नै फेसबुक अकाउन्ट ह्याक भइसक्छ किनभने ह्याकरहरुसम्म उनीहरुको पासवर्ड पुगिसकेको हुन्छ । त्यसपछि ह्याकरहरुले उनीहरुको पूरै डाटा चोरेर उनीहरुमार्फत नै नयाँ मानिसहरुलाई यसरी नै शिकार बनाउने गर्दछन् । ह्याकरहरुले यो खेलका लागि सेल्फ–XSS को प्रयोग गर्ने गर्दछन् जसले ब्राउजरको प्रयोग गर्ने व्यक्तिलाई नै फसाउने गर्दछ । यसलाई पहिलेदेखि नै सेक्युरिटि रिस्क मानिएको छ । (एजेन्सी)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID