
नोबेल पुरस्कार विजेताहरुले मानव मस्तिष्कको स्थान पत्ता लगाउने प्रगाली अर्थात आन्तरिक जिपिएस पत्ता लगाएकाले पुरस्कारको हकदार भएका नोबेल पुरस्कार निर्णायक समितिले विज्ञप्तीमा उल्लेख गरेको छ । आन्तरिक जिपिएसले मानवलाई आफ्नै मस्तिष्कको अन्तरस्थलबारे जानकारी लिनलाई सक्षम बनाउने पनि विज्ञप्तीमा उल्लेख छ ।
यस अनुसन्धानले स्मरणशक्तिको क्षय र मस्तिष्कको अरु रोगको पनि उपचारमा सहयोग गर्न सक्ने पनि समतिले जनाएको छ ।
त्यस्तै तीन अनुसन्धानकर्ताको उल्लेखनीय अनुसन्धानले आउँदो शताब्दीयौंसम्म प्राणी वरपरका स्थानको मस्तिष्कले कसरी नक्सा बनाउँछ , जटील वातावरणमा कसरी स्थान पत्ता लगाउँछ भन्ने विषयमा गहिरो अनुसन्धान गरेकोले दार्शनिक तथा वैज्ञानिकले बोकेका समस्या समाधान गर्न सहयोग गर्नेमा समितिले विश्वास लिएको छ ।
सन् १९७१ मा ओकिफले मुसाको अध्ययन गरेर मस्तिष्कमा रहेको विशेष कोष हिपोकाम्पसले कसरी काम गर्दछ भन्ने कुरा पत्ता लगाउनु भएको थियो भने त्यसको ३० वर्ष पछि सन् २००५ मा मे- ब्रिट र एडवर्ड मोजरले मस्तिष्कको देख्न नसकने स्थान पत्ता लगाउने अर्को अंश पत्ता लगाउनु भएकोथियो ।
उहाँहरुले समन्वयात्मक प्रणाली सिर्जना गर्ने कोषहरुको झिल्ली स्नायु कोष पत्ता लगाउनु भएको थियो । यी कोषका झिल्लीले सम्झना कसरी उत्पन्न हुन्छ र मस्तिष्कमा कुनै पनि घटना कहिले घट्यो भन्ने जानकारी दिन सक्छ ।
बिर्सने रोग अल्जायमर्स भएका विरामीले यस्तो नक्सामा भुल्ने र यसका कारण वातावरणलाई पहिचान गर्न नसक्ने पनि समितिको विज्ञप्तीमा उल्लेख छ । मस्तिष्कको स्थान पत्ता लगाउने ज्ञानले यस्ता विरामीमा निकै क्षतिकारक बनेको स्थानमा स्मरणक्षयको अवस्था बारेमा बुझ्न सहयोग गर्ने पनि विज्ञप्तीमा उल्लेख छ ।
एको समाचारसँगै पुरस्कार पाउने वैज्ञानिकहरुले के कस्तो आविष्कार, अनुसन्धान गरे भन्ने धेरैको उत्सुकता बढेको छ । नोबेल पुरस्कार संसारभरकै प्रतिष्ठित पुरस्कार हो । सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलले स्थापना गर्नु भएको पुरस्कार भौतिक शास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति विधाका लागि सन् १९०१ देखि दिँदै आएको छ । आविष्कार र शान्ति स्थापनाको लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई दिइने पुरस्कारको राशी सन् २०१२ देखि १२ लाख अमेरिकी डलर पुर्याएको छ ।
११ लाख अमेरिकी डलर राशीको यो पुरस्कार आगामी डिसेम्बर १० तारिखका दिन स्टकहोममा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ ।
No comments:
Post a Comment