Showing posts with label sex crime. Show all posts
Showing posts with label sex crime. Show all posts

Wednesday 31 December 2014

श्रीमान विदेश गएका बेला ६१ वर्षीय परपुरुषबाट बच्चा जन्मिएपछि…..

१६ पुस । झापा,  श्रीमान बैदेशिक रोजगारीको शिलशिलमा विदेश गएपछि एक महिलाले परपुरुषसँग अवैध यौन सम्बन्ध राखेको रहस्य बाहिर आएको छ ।
अवैध यौन सम्बन्धबाट शिशुलाई जन्माएर मारेको घटना सार्वजनिक भएलगत्तै प्रहरीले उक्त जोडीलाई आज पक्राउ गरेको हो । पक्राउ पर्ने झापा चन्द्रगढी–८ हाल भद्रपुर १५ बस्ने ३४ बर्षिया निर्मला न्यौपाने र सोही ठाउँका ६१ बर्षिय कुमारबहादुर काफ्ले (शिव) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सो जोडीलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार श्रीमान् विदेश गएको मौका छौप्दै निर्मला र कुमारबीच लामो समयदेखि आपसी समझदारीमा पटकपटक यौन सम्वन्ध रहदै आएको र सोही क्रममा गर्भ रहेपछि घरायसी औषधीबाट गर्भपतन गराउन खोजेका थिए ।
तर पूर्ण रुपमा गर्भमा शिशु विकसित भएकाले औषधीले काम गरेन । अन्ततः न्यौपानेले शिशुलाई जन्म दिएलगत्तै मारेर आफ्नै घरमा पेटीकोटमा बेरेर राखेको अवस्थामा छिमेकी गाउँले फेला पारेर प्रहरीलाई खवर गरेका थिए ।
निर्मलाका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । यता प्रहरीले आरोपी दुवैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखेर अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जनाकारी दिए ।

Monday 15 December 2014

झापको चन्द्रगडीमा १४ बर्षिय भतिजीलाई बाबु र छोराद्वारा ३ बर्ष देखि बलात्कार गर्दै आएको खुलासा ।

 From three years continuously, 14 years girl is being rapped from both father and son. District Police had arrested Vesh Raj Pokhrel of 70 years and his son Kem Raj Pokhrel of 42 years from Bhadrapur- 10, Jhapa due to the involvement in rape. The father and son gave shelter to younger girl for helping in their house hold work. The younger girl feels odd to express all incidents so, she had provided written statement of all incident infront of Police. Chief Police Officer of Jhapa, Mukunda Raj Acharya said that the girl was reading in Birendra Secondary School of Jahpa by staying their homes because the economic condition of victim family is poor. The girl use to faint time to time due to the over bleeding after forceful sex. Now girl is shelter under the protection of NGO “Sana Hatharu”.

Thursday 11 December 2014

कलिलो उमेरमै यौन व्यवसायबाट यत्रो घर बनेको रहस्य खुलेपछि प्रहरी फन्दामा

 नवलपरासीको गैंडाकोटस्थित थुम्सीमामा देहव्यापारमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट नगरपालिकाको वडा नम्बर–९ थुम्सीमा आफ्नै घरमा किशोरीहरु राखेर स्थायी रुपमा देहव्यापार गराउँदै आएका सोमबहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो । देहव्यापारमा संलग्न १६र१७ वर्ष उमेर समूहका तीन जना केटीसहित गुरुङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । गुरुङले बर्षैँदेखि नै देहव्यापार गराउँदै आएको स्विकारेको प्रहरीले जनाएको छ । गुरुङले यसअघि पनि नारायणगढको पोखरा बसपार्कमा देहव्यापार गराउँदै आएको अनुसन्धानबाट खुलेको छ । पोखरा बसपार्कलाई देहव्यापार गराउने प्रमुख स्थानका रुपमा चिनिन्छ । गुरुङ्गले देहव्यापारबाट नै गैंडाकोट–९ थुम्सीमा घरसमेत बनाएको जनाइएको छ ।

 एक दिनमा कम्तीमा ७ जनासम्म स्थायी ग्राहक आउने गरेको गुरुङले बताएको प्रहरीको भनाई छ । देहव्यापारमा संलग्नहरुलाई आवश्यक कारवाही अगाडी बढाइएको गैंडाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिएका छन् । गुरुङको सुविधायुक्त घरमा सिसा लगाइएको र भित्रबाट बाहिरको वातावरण तथा गतिविधि नियाल्न सकिने र प्रहरीको सक्रियताबारे सजग भइ बच्न सकिने गरी घर बनाइएको प्रहरीले जनाएको छ ।

चितवन र नवलपरासीमा यौन व्यवसाय गर्ने गिरोहहरु थुप्रै रहेको र आफ्नो निजी घरमासोत यस प्रकारका धन्दाहरु सञ्चालन हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले विभिन्न होटल तथा लजहरुबाट एक महिनाको अवधिमा सयौँ यौन जोडीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही गरिसकेको छ

Tuesday 9 December 2014

ट्याक्सी चालकबाटै महिला यात्री बलात्कृत, ट्याक्सी सेवामाथि नै प्रतिबन्ध -

मंसिर २२, काठमाडौं । भारतको राजधानी दिल्लीमा उबर कम्पनीको ट्याक्सी सेवामाथि प्रतिबन्ध लगाइएको छ । गत शनिबार सो कम्पनीको ट्याक्सी सर्भिसका एक चालकले महिला यात्रीलाई बलात्कार गरेको आरोप लागेपछि दिल्ली सरकारले यो घोषणा गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
आरोपित चालकलाई तीन दिनका लागि प्रहरी हिरासतमा राखिएको छ । घटनालाई लिएर भारतमा तीव्र आक्रोश फैलिरहेको छ । पीडित महिलाले ‘मोबाइल एप’मार्फत् ट्याक्सी ‘बुक’ गरेकी थिइन । तर, चालकले ती महिलालाई सुनसान ठाउँमा लगेर बलात्कार गरेको बताइएको छ ।
केही समययता भारतमा बलात्कारका घटना बढ्न थालेपछि बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दैै प्रदर्शनहरु भएका छन् ।

काठमाडौंका बिभिन्न गेष्ट हाउसमा सेक्स गर्दा गर्दै पक्राउ

 प्रहरीले छापा मार्नेक्रममा यौन क्रिडामा लिप्त जोडीबिच भागाभाग र रुवाबासी चलेको थियो ।
कतिले आफुहरु श्रीमान श्रीमती भएको भन्दै छाडिदिन बिन्ति गर्दै थिए भने कति रुंदै एकपटकलाई छाडिदिन हात जोडि रहेका थिए !

तिमि संग छुटेर रुन पर्ने भए मन मुटु दुखेर रुन पर्ने भए माँया लाउने थिइन धोका पाउने थिइन सधै एक्लो बनेर रुन पर्ने भए तिमि आयौ जिन्दगीमा खुशी लिएर थाहा छैन किन गयौ आँसु दिएर यिनै आँखा पुछेर रुन पर्ने भए मन मुटु दुखेर रुन पर्ने भए मैले बाँचा गर्ने थिइन तिम्रै लागी मर्ने थिइन सप्ना शिसाझै फुटेर रुन पर्ने भए तिमीबिना मर्छु भन्थ्यौ घात गर्यौ आँसु दिन रहिछ मिठा बात गर्यौ आफ्नै सामु लुकेर रुन पर्ने भए मन मुटु दुखेर रुन पर्ने भए माँया लाउने थिइन धोका पाउने थिइन !

Wednesday 3 December 2014

कार्यालयमा यौन दुर्व्यवहार गरे तीन महिना जेल र २५ हजार जरिवाना

कार्यालयमा यौन दुर्व्यवहार गरे तीन महिना जेल र २५ हजार जरिवाना

कार्यालयमा सहकर्मी, हाकिम वा सेवाग्राहीले यौन आशयले जिस्काउने छुने गरे, अश्लील चित्र देखाउने, इशारा गर्ने गरे पीडितले जेल सजाय माग गर्दै उजुरी गर्न सक्ने भएका छन्। आइतबार  व्यवस्थापिका संसदले पारित गरेको कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रण विधेयकले यौन दुर्व्यवहार गर्नेलाई ३ महिना जेल र २५ हजार जरिवानाको ब्यवस्था गरेको छ।

त्यसका लागि त्यस्तो क्रियाकलाप भएको  ९० दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुपर्ने हदम्याद राखिएको छ। तर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय चित्त नबुझे पुनरावेदन अदालतमा पुनरावेदन गर्न सकिनेछ।
के भए मानिन्छ यौन दुर्व्यवहार?
विधेयकमा कसैले पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी यौनजन्य आशयले छोएमा वा छुने प्रयास गरेमा समेत दुर्व्यवहार मानिने उल्लेख छ।

विधेयकले निम्न कार्यलाई यौनजन्य दुर्व्यवहार मानेको छ:-
क) यौनजन्य आशयले शरीरको कुनै अङ्गमा छोएमा वा छुने प्रयास गरेमा,
ख) अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, दृश्य, साधन, वस्तु वा सामाग्री प्रयोग वा प्रदर्शन गरेमा,
ग) यौनजन्य क्रियाकपालापको बारेमा कुराकानी गरेमा,
घ) लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा,
ङ) यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेमा,
च) यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा,
छ) यौनजन्य आशयले अस्वभाविक व्यवहार प्रकट गरेमा।
के छ सजाय?
कुनै कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य दुर्व्यवहार गरेमा कसुरको प्रकृति हेरी तीन महिनासम्म कैद वा पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको ब्यवस्था गरेको छ।

विधेयकले कार्यालयमा भएको यौनजन्य हिंसाको व्यवस्थापकलाई मौखिक उजुरी वा लिखित उजुरी गर्दा छानबिन गरी कारबाही नगरे १५ हजार सम्म जरिवानाको ब्यवस्था गरेको छ। साथै प्रमुख जिल्ला अधिकारी वा उजुरी सुन्ने निकायले दिएको निर्देशन कार्यलयको ब्यवस्थापकले पालना नगरे पनि १० हजार जरिवानाको भागिदार बन्नुपर्नेछ।

यौन दुर्व्यवहार गरेको ब्यक्तिले उजुरी र सजाय भएपछि समेत पुनः त्यस्तो कार्य गरेमा सजाय दोब्बर हुने ब्यवस्था विधेयकले गरेको छ। साथै यौनजन्य दुर्व्यवहार गरेको झुटो उजुरी गरेमा समेत १० हजार जरिवाना तिर्नुपर्ने ब्यवस्था ऐनले गरेको छ।

आइतबार सदनमा ऐन प्रस्तुत गर्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नीलम केसीले क्याविन डान्स रेष्टुरेन्ट मसाज पार्लर तथा अन्य कार्यस्थलमा महिला कामदारले भोग्नु परेको यौनजन्य दुर्व्यवहार निषेध गर्न विधेयक ल्याइएको बताइन्।

उनले विभिन्न समयमा अदालतबाट भएको आदेश तथा महिलाविरुद्ध हुने भेदभाव उन्मुलन गर्ने महासन्धिको नेपाल पक्ष राष्ट्र भएकाले पनि विधेयक आवश्यक परेको बताइन्।

विधेयक राष्ट्रपतिले प्रमाणीकरण भएको मितिले ९१ औँ दिनबाट लागु हुनेछ।

Monday 1 December 2014

आफ्नै बाबुले १४ बर्षे छोरीलाई बलात्कार गरी गर्भवती बनाए

झडकेली छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई भक्तपुर जिल्ला अदालतले आठ वर्ष कैद र पिडीतलाई एक लाख क्षतिपूर्ती भराउने फैसला सुनाएको छ ।

पत्नी गर्भवती भएको बेला झडेली छोरीलाई बलात्कार गर्ने धादिङ्ग ताल्ती ४ घरभई भक्तपुर कटुञ्जे६ बस्ने २८ वषिर्य पशुपति विकलाई जिल्ला न्यायधिस बालेन्द्र रुपाखेतीको एकल ईजलासले फैसला सुनाएको हो ।
झडेली छोरीलाई बलात्कार गरी गर्भवती तुल्याएको ठहर भएको अदालतका सेस्तेदार खड्गराज अधिकारीले बताए ।

आफू गर्भवती भएपछि आफ्नै पतिले छोरीलाई डरधम्की देखाई पटक–पटक बलात्कार गर्ने गरेको थाहा पाएपछि पति बिरुद्ध पत्नीले प्रहरीलाई उजुरी दिएकी थिइन् ।
आमाको गर्भ ८ महिनाको रहँदा छोरीको गर्भ ६ महिनाको भईसकेकोले गर्भ पतन समेत गर्न गराउन नमिलेको अदालतले जनाएको छ ।
निजलाई हाल सिविसले संरक्षण दिएको छ । अदालतले एक लाख क्षतिपूर्ति तत्काल भराउने नसक्ने भएकाले अभियुक्तको सम्पत्तिबाट पछि असुल उपर गर्ने गरी तत्काल नेपाल सरकारले दिने निर्णय गरेको छ ।
पीडितको उमेर १४ वर्षमात्र पुगेको छ । आजको कान्तिपुरमा समाचार छ ।

Sunday 30 November 2014

आफ्नै श्रीमतीलाई अर्कैसँग यौनसम्पर्क गर्न लगापछि…

 श्रीमतीलाई यौन सम्पर्क गरेबापत चितवनका ३८ वर्ष रामचन्द्र सिलवाल भदौ २६ गते पुर्पक्षका लागि कारागार चलान भएका छन्। श्रीमतीले इच्छाविपरीत जबर्जस्ती करणी गरेको अभियोग लगाएपछि कास्की जिल्ला अदालतले सिलवाललाई थुनामा राख्ने आदेश दिएको हो। ३५ वर्षीया श्रीमतीलाई जबर्जस्ती गरेको अभियोगमा न्यायाधीश हेमराज पन्तको इजलासले थुनामा राख्ने आदेश दिएको हो। सिलवालपछि करणी गर्न अर्का १७ वर्षीय लक्ष्य थापा पनि उनीसँगै थुनामा छन्। थापालाई पनि सिलवाल स्वयंले आफ्नी श्रीमतीलाई करणी गर्न लगाएका थिए। प्रहरीले आइतबार अदालतमा उक्त मुद्दा दायर गरेको थियो। मुद्दामा श्रीमतीको तर्फबाट सहायक जिल्ला न्यायाधिवता गोविन्द गिरी र श्रीमान्को तर्फबाट अधिवता रामप्रसाद घिमिरेले बहस गरेका थिए। श्रीमतीलाई जबर्जस्ती करणी गर्ने र गर्न लगाउने सिलवाल र थापालाई जबर्जस्ती करणी महलअनुसार सामूहिक बलात्कार गरेको अभियोगमा साढे १२ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको गिरीले बताए। बलात्कारका धेरै घटना अदालतमा आउने र यस्तो प्रकृतिको मुद्दा पहिलो पटक आएको गिरीले बताए। ३० वर्षयता वकालत गर्दै आएका अधिवता रामप्रसाद घिमिरेले श्रीमतीलाई जबर्जस्ती गर्न र आफ्नै श्रीमान्लाई पनि उजुर गरेको यो अनौठो मुद्दा भएको बताए। यस क्षेत्रमा पहिलो पटक यस्तो मुद्दा परेको गिरी बताउँछन्। गिरीका अनुसार श्रीमानले श्रीमतीको इच्छाविपरीत जबर्जस्ती करणी गर्नेलाई वैवाहिक बलात्कार भनिए पनि अर्को व्यक्तिलाई पनि करणी गर्न लगाएकाले जबर्जस्ती करणी हुने बताए। मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नम्बरअनुसार श्रीमतीको सहमतिबिना यौन सम्बन्ध राख्न नपाइने र सहमतिबिना गरिए त्यो स्वतः बलात्कार हुने उल्लेख छ। यसो भएमा जबर्जस्ती करणी महलको ३ को ६ को अभियोग अनुसार दोषीलाई कारबाही हुन्छ। रोजगारीको खोजीमा दम्पती चितवनदेखि गत साउन २७ मा पोखरा आएका थिए। तीन छोराछोरीहरू घरमै छाडेर मजदुरी गर्न आएका उनीहरू काम नपाएपछि भौंतारिएका थिए। दोस्रो दिन पनि काम नपाएपछि उनीहरूसँगै पोखराको न्युरोडस्थित पूणिमा सिनेमा हलमा चलचित्रसमेत हेरेका थिए। त्यही रात जाल्पारोडस्थित सडकपेटीमा रामचन्द्रले श्रीमतीको इच्छाविपरीत करणी गरेका र थापालाई गर्न लगाएका थिए।

Saturday 29 November 2014

यौनकर्मीको अखडा नयाँ बसपार्क ! सडकमै तानातान

 यौनकर्मीको अखडा नयाँ बसपार्क ! सडकमै तानातान
तपाई हामीले बुझ्ने गरेको बसपार्क यात्राको सुरुवात र यातायातको अन्तिम गन्तब्य अथवा सामान्य रुपमा भन्दा लामो तथा छोटो दूरीका यातायातको साधनले बस रोक्न आधिकारिक अख्तियारी पाएको ठाउँ हो बसपार्क । यात्राको लागि आवश्यक सेवा सुविधायुक्त ठाउँ भनेर बुझ्ने गरिन्छ बस पार्कलाई । सर्वसाधारणहरु टिकट काटेर बस चढ्ने ठाउँलाई बसपार्क भनेर बुझ्ने गर्दछन् । बसपार्क सुन्दर शान्त र यात्रुहरुको लागि सुविधायुक्त हुन जरुरी हुन्छ । तर नेपालका अधिकांश जिल्ला तथा क्षेत्रका बसपार्कहरु यात्रुहरुको लागि भन्दा पनि यौन कर्मी तथा ग्राहकहरुलाई जवानी बिसाउने ठाउँ बन्ने गरेको पाइएको छ । देशका विभिन्न सहरमा रहेका बसपार्कमा सुलेआद यौन धन्दा संचालनमा आएको कुरा हामीले पटक पटक संचार माध्यममा पढ्दै, सुन्दै र देख्दै आएका छौं । यस्तै बसपार्कहरुकोबीचमा काठमाडौंको नयाँ तथा पुरानो बसपार्क पनि चर्चामा छ । बसपार्क वरपर यात्रुहरुको लागि बास बस्ने उद्देश्यले निमार्ण गरिएका होटल, लज तथा गेष्ट हाउसहरु यौनकर्मीको व्यावसाय गर्ने स्थल बनेको छ भने ग्राहकहरुको जवानी बिसाउने ठाउँ । सडकमै तानातान काठमाडौंको नयाँ बसपार्कमा तपाई साँझ पख पुग्नु भएको छ ? पुग्नु भएको भए त्यहाँको बास्तबिक अवस्था तपाईले बुझिसक्नु भएको होला । काठमाडौंको नयाँ बसपार्क क्षेत्रलाई अहिले अघोषित रेडलाईट एरिया भन्न थालिएको छ । तपाई साँझपख त्यता पस्नु भयो भने तपाईलाई पनि त्यस्तै लाग्न सक्छ । नयाँ बसपार्क अहिले यौन कर्मीहरुको अखडा बनेको छ । साँझ पर्ने वित्तिकै ग्राहकको खोजीमा बसपार्क क्षेत्रमा दर्जनौं यौनकर्मीहरु भौतारिने गर्दछन् । ग्राहकको खोजीमा रहेका यौनकर्मीहरुले बाटोमा ग्राहकहरुलाई तछाड मछाड गर्दै तानेको देख्न पाईन्छ । जब साँझ पर्दछ, बसपार्कको बाटो पैदल यात्रा गर्नेहरुलाई उनीहरुले जिस्काउने, बोलाउने र पाखुरीमा झुण्डिएर लाने समेत गर्दछन् । कान्छाहरु पनि सक्रिय विभिन्न होटल, गेष्टहाउस तथा रेष्टुँरेन्टमा काम गर्ने तथा हेरचाह गर्ने कर्मचारीलाई नयाँ बसपार्क क्षेत्रमा कान्छा नामले सम्बोधन गरिँदो रहेछ । कान्छाहरु साँझ परेपछि यौनकर्मीलाई ग्राहक खोज्नमै व्यस्त बन्छन् । उनीहरु गेष्टहाउसमा बस्न आउने ग्राहकहरुलाई खुसुक्क सोध्छन् र यौनकर्मीहरुलाई रातको ९, १० बजेपछि ग्राहकको कोठामा पठाइदिन्छन् । उनीहरुले एक रातको २ देखि ५ हजारसम्ममा यौनकर्मी मिलाई दिर्ने गर्दछन् भने त्यसबापत ५ सय देखि एक हजारसम्म कमिसन पाउँछन् । तर, कान्छाहरुले प्रहरी चेकिङ बाट जोगाइ दिने अथवा अग्रिम जानकारी गराउने गर्नु पर्दछ, नयाँ बसपार्क क्षेत्रमा होटलमा काम गर्ने एक होटल मजदुरले हामीलाई सुनाए । गेष्टहाउस छोडेर कोठामै धन्दा गेष्ट हाउस, होटल, डान्सबार र रेष्टुरेन्टहरुमा प्रहरीको छापाले यौनकर्मीहरुमा एक किसिमको तरंग ल्याएको छ । प्रहरीको छापाले उनीहरु त्रसित नभएपनि ग्राहकहरु आउन छाडेपछि उनीहरुले धन्दा संचालन गर्ने नयाँ तरिका अपनाउने गरेका छन् । पछिल्लो समय नयाँ बसपार्क, पुरानो बसपार्क, चाबहिल, ठमेल लगायतका ठाउँहरु यौनकर्मीको सम्पर्कस्थल बन्ने गरेका छन् । शहरका होटल, गेष्ट हाउसहरु प्रहरीको नजरमा परेपछि उनीहरुले व्यापारका नयाँ नयाँ तरिकाहरु अपनाउने गरेका छन् । पछिल्लो समय यौनकर्मीहरुले ग्राहकको घर तथा कोठमा जाने दखि आफ्नो कोठामा समेत लगेर धन्दा चलाउने गरेको नयाँ बसपार्कका एक ब्यावसायी बताउँछन् । प्याकेज टुर पछिल्लो समय यौनकर्मीहरुले अपनाएको नयाँ शैली हो प्याकेज टूर । आफ्नो धन्दा चलाउन ग्राहकहरुको साथ उनीहरुको श्रीमती अथवा प्रेमिकाको रुपमाको उनीहरु प्याकेज टुरमा काठमाडौं र काठमाडौं बाहिर जाने गरेका छन् । यसरी जाँदा आम्दानी पनि राम्रो हुने कसैले पनि थाहा नपाउने तथा प्रहरीको चेकिङबाट मुक्त हुने भएकोले यौनकर्मीहरु प्याकेज टुरमा जाने गरेको एक यौनकर्मीले बताइन

थाहा पाईराखौ.... विदेश गएका श्रीमानका श्रीमती किन परपुरुष संग अनैतिक सम्बन्ध राख्छन ?

 विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।
विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ ।
मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।

एक शोधका अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् । यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् ।

आफ्नो जिवनसंगिनीबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ । शोधका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ ।

 मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउन उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् । विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो ।
हाम्रो संस्कारमा श्रीमान कामको शिलशिलामा बाहिर हुन्छन भने श्रीमती प्राय घरमै हुन्छन् । जसले गर्दा श्रीमान श्रीमतिको भेट हुनु पनि मुस्किल हुन्छ। भेट हुँदा पनि अफिसको टेन्सन सबै श्रीमतीमाथि थोपर्ने कारणले माया, प्रेमको भावना आउनुको सट्टा रिसाउने गर्दछन।

फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।यसरी तनावमा हुँदा श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दै जान्छ ।

Friday 28 November 2014

उपत्यकामा मात्रै तीन सय तेस्रो लिंगी, यौनकर्मी : रातका रंगीला :

रातका रंगीला : उपत्यकामा मात्रै तीन सय तेस्रो लिंगी, यौनकर्मी  4

साउने संक्रान्तिको दिन। राती करबि साढे १० बजे। काठमाडौँको ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनअगाडिको सडकमा युवतीको भेषमा पुतलीजस्तै सिँगारिएको समूह बटुवाहरूसँग उत्तेजक हाउभाउ देखाइरहेको थियो। कुनै पुरुष नजिक देख्नासाथ कहिले आँखा झिम्क्याइदिन्थ्यो त कहिले मुसुक्क हाँसेर हातले इसारा गर्न भ्याउँथ्यो।

सुलुत्त परेको अग्लो ज्यानकी एक युवती कोही पुरुष आफ्नो छेउमा आउनासाथै कम्मर मर्काएर नाच्दै नजिकिन खोज्थिन्। घरीघरी प्रहरीको गस्ती भ्यान हुइँकिँदा यो समूह त्यहीँ कतै बिलाउँथ्यो र छिनमै उस्तै दृश्य दोहोरिन्थ्यो। प्रहरी र त्यो समूहको लुकामारी चल्थ्यो। ग्राहक पट्याउन सफल हुनेहरू यस्तो तामझाममा नभुली ट्याक्सीमा बसेर कतै बतासिन्थे।
गार्डेन अफ डि्रम -स्वप्न बगैँचा)नजिकैको सडक क्षेत्र हरेक रात यसै गरी रंगीला बन्छ। राती १० बजेपछि ग्राहक खोज्दै सडकमा तेस्रो लिंगी यौनकर्मीहरू छपक्कै हुन्छन् यहाँ। केशरमहलस्थित शिक्षा मन्त्रालयको पुरानो भवनदेखि कर्मचारी सञ्चयकोष भवनसम्मको सडक किनारामा उनीहरू खुलमखुला मोलमोलाइ गररिहेका भेटिन्छन्।
२ साउनको सवा १० बजेतिर चितवनकी किरण विक, २२, स्वप्न बगैँचाअगाडि रेलिङ्मा अडेस लागेर आवतजावत गर्नेहरूप्रति चनाखो आँखा लगाएर उभिरहेकी थिइन्। छिनमै एक जना टिनेजरले किरणसँग साउती मारे। सम्भवतः कुरा मिलेन र उनी फनक्क अर्कोतिर फर्किन्। भन्छिन्, “यस्ता केटाहरू धेरैजसो जिस्क्याउन मात्रै आउँछन्, नजिक परेर कस्ता होलान् भनेर छुन खोज्छन्। अनि, जान्छन्।”
शारीरकि बनावट पुरुषको भए पनि हाउभाउ, स्वभाव र भावना महिलाको हुने यी तेस्रो लिंगीहरू गुजाराका लागि मध्यरातमा सडकमा ओर्लिएको दाबी गर्छन्। राती सडकमा जति भड्किलो हाउभाउका साथ देखिन्छन्, वास्तविक जीवनमा उनीहरूको पीडा उत्तिकै सघन हुन्छ। घरपरविार, समाजले हेयको भावले हेर्ने हुँदा अधिकांश तेस्रो लिंगीहरू कसैले नचिन्ने सहरतिर पाइला चाल्छन्।
किरणकै कुरा गरौँ। बाबुआमाले आफ्नो सन्तान नै होइन भन्न थालेपछि किरण घर छाडेर ०६१ सालमा सोझै कसैले नचिन्ने ठाउँ काठमाडौँ पसिन्। केटाकै ‘लुक्स’मा उनले थापाथलीको एउटा चिनियाँ रेस्टुराँमा काम पाइन्। तर, आनीबानीका कारण बिस्तारै सहकर्मी र साहूले तेस्रो लिंगी भएको पत्तो पाए। भन्छिन्, “हाम्रो स्वभाव मान्छेहरूले चाँडै थाहा पाइहाल्छन्। लुकाउनै सकिँदैन। म यस्तो भएको थाहा पाएपछि सबैले छक्का, हिजडा भनेर जिस्क्याउन थाले। मेरो चित्त दुख्थ्यो। त्यसपछि काम छाडेर हिँडे।” त्यसपछिका दिन किरणले यौनकर्मीकै रूपमा बिताइरहेकी छन्।
नीलहीरा समाजका अनुसार नेपालमा समलिंगीको संख्या करबि चार लाख छ। जसमध्ये दुई प्रतिशत तेस्रो लिंगी छन्। यस हिसाबमा तेस्रो लिंगीको संख्या आठ हजार हुन्छ। जसमध्ये अधिकांश ‘मेल टु फिमेल’ (शारीरकि रूपमा पुरुष तर भावनात्मक रूपमा महिला) तेस्रो लिंगीहरू यौनकर्मी बनेका छन्। ‘फिमेल टु मेल’ (महिला पुरुष भएर हिँड्ने) तेस्रो लिंगीहरू भने यौन व्यवसायमा देखिँदैनन्।
उपत्यकामा मात्रै तेस्रो लिंगी यौनकर्मीको संख्या तीन सयको हाराहारी रहेको नीलहीराकी मानव अधिकार क्षेत्र हेर्ने भूमिका श्रेष्ठको भनाइ छ। यसबाहेक उपत्यकाबाहिरका सहरहरू धरान, इटहरी, नारायणघाट र पोखरामा उनीहरू यस्तो कार्यमा लागेका छन्।

काठमाडौँको ठमेल क्षेत्रमा मात्रै करबि ६० जना तेस्रो लिंगी यौन व्यवसायी ग्राहकको खोजीमा नियमित धाउने गर्छन्। राती १० बजेदेखि ठमेलमा देखा पर्ने उनीहरू मध्यरातको १२ बजेसम्म ग्राहक फकाउन व्यस्त हुन्छन्। बुटवलकी रञ्जु थापा, २७, भन्छिन्, “कहिलेकाहीँ त बिहान ३ बजेसम्म पनि बस्छौँ। ग्राहक कति चाँडो भेटिन्छ, त्यसमा भर पर्छ।”
केही वर्षअघिसम्म तेस्रो लिंगी यौनकर्मी काठमाडौँका ठमेल र रत्नपार्कमा मात्रै खुम्चिएका थिए। तर, संख्या बढेसँगै उनीहरू अहिले राजधानीका विभिन्न क्षेत्रमा फैलिएका छन्। प्रहरीका अनुसार ठमेल, नयाँबजार, जमल, लैनचौर, रत्नपार्क, वीर अस्पताल, खुलामञ्च, चाबहिल, नयाँ र पुरानो बसपार्क उनीहरूका ग्राहक खोज्ने स्थान हुन्। त्यसमध्ये चाबहिल, नयाँबजार, नयाँ बसपार्क तेस्रो लिंगी यौन व्यवसायीहरूका नयाँ अखडा हुन्।
ठमेलबाहेकका क्षेत्रमा तेस्रो लिंगी यौनकर्मीहरू साँझ पर्नासाथ निस्कन्छन् र १० बज्दा नबज्दै फर्किसक्छन्। अन्यत्र रात्रि जीवन नभएकाले पनि उनीहरू अबेरसम्म बस्दैनन्। धेरै तेस्रो लिंगी यौनकर्मी लाजिम्पाट क्षेत्रमा बस्छन्। तेस्रो लिंगीको अधिकारसम्बन्धी काम गर्ने संस्था लाजिम्पाटमै भएकाले पनि त्यहाँ उनीहरूको उपस्थिति अन्यत्रभन्दा बाक्लो छ।
भानुभक्त मेमोरयिल विद्यालयअगाडिसम्म फराकिलो रहेको बाटो त्यहाँबाट साँघुरन्िछ। इँटा बिछ्याइएको साँघुरो गल्लीभित्रको एउटा घरमा भाडामा बस्छिन्, रञ्जु थापा। टीभी दराजको आडैमा रहेको टेबुलमा शृंगारका सामान सजाइएका छन्। खाटको गोडातिर कुर्सी राखिएको छ।
रञ्जुले ग्राहक यहीँ ल्याउँछिन्। भन्छिन्, “पहिले-पहिले गेस्ट हाउसतिर जान्थ्यौँ। अचेल सबै साथीहरू आ-आफ्नै कोठामा ल्याउँछौँ।” कसैको डर नहुने हुँदा कोठा दुवै पक्षका लागि सुरक्षित हुने उनीहरूको भनाइ छ। पाँच वर्षदेखि यही पेसाबाट गुजारा चलाइरहेकी धरानकी पूजा राई, २८, भन्छिन्, “बाहिरभन्दा आफ्नै कोठामा सुरक्षित भइन्छ। ग्राहकलाई समेत कोठामा आउँदा गेस्ट हाउस वा होटलभन्दा सस्तो पर्छ।”
गेस्ट हाउसमा प्रहरीले छापा मार्ने हुँदा कोठा सुरक्षित पनि छ, उनीहरूका लागि। सडक त उनीहरूको ग्राहक खोज्ने संगमस्थल मात्रै हो। यस्ता यौन व्यवसायीको रेट त हुँदैन। तर, यो समुदायबीच पाँच सय रुपियाँभन्दा तल झर्नुहुँदैन भन्ने भद्र सहमति बनेको पूजा बताउँछिन्। भन्छिन्, “त्यसभन्दा माथि जसले जति डिल गर्न सक्छ, उति हुन्छ। कतिपय मनकारी ग्राहक पीडा सुनेर मोलमोलाइ गरेभन्दा बढी पैसा दिनसमेत राजी हुन्छन्।” आफूले रात बिताएको ग्राहकसँग तीन हजार रुपियाँसम्म लिएको पूजा खुलाउँछिन्।

मुख्यतः मुख मैथुन (ओरल सेक्स)मा रुचि राख्नेहरू र श्रीमतीबाट यौन सम्पर्कमा असन्तुष्टहरू उनीहरूका मुख्य ग्राहक हुन्। आएका ग्राहकमध्ये अधिकांश विवाहित पुरुष हुन्छन्। “ओरल सेक्स मन पराउने तर श्रीमतीबाट त्यो इच्छा पूरा नहुने संख्या सहरमा धेरै ठूलो छ,” तेस्रो लिंगीको ‘गेट अप’मा टेलिभिजन कार्यक्रम ‘उज्जु डार्लिङ्’ सञ्चालन गर्ने हास्य कलाकार उज्ज्वल भण्डारी भन्छन्, “त्यस्तो कुण्ठा पाल्नेहरू नै उनीहरूका प्रमुख ग्राहक हुन्। मान्छेको नेचर नै त्यस्तै छ भने के गर्नु ?”
पूजाका अनुसार समाजमा स्थापित व्यक्तिहरू नै उनीहरूका मुख्य ग्राहक हुन्, जसलाई उनीहरू साथी भन्न रुचाउँछन् र नियमित सम्पर्कमा रहन्छन्। यस्ता ग्राहकको संख्या आधा दर्जन रहेको पूजाले बताइन्। अझ रञ्जुको त यस्ता साथी एक दर्जन रहेछन्। भन्छिन्, “उनीहरू आफैँ सम्पर्क गरेर आउँछन्।”
नेपालले भेटेका एक दर्जन तेस्रो लिंगी यौनकर्मीमध्ये अधिकांशले नियमित ग्राहक बनाएको खुलाए। कतिपयको यस्ता ग्राहकसँगै ‘लभ अफेयर’समेत चलेको छ। जस्तो ः सरकारी सेवामा कार्यरत कर्मचारीसँग रञ्जुको अफेयर चल्यो। उनीहरू चार वर्ष सँगै बसेछन्। केटालाई घरबाट विवाह गर्ने दबाब आएपछि उनीहरू सँगै बस्न सकेनन्। भन्छिन्, “अहिले फोनमा कुराकानी हुन्छ। त्यसबाहेक सम्बन्ध छैन। ”
विराटनगरकी आकांक्षा तिम्सिना, २१, छिमेकी र साथीहरूले हिजडा, छक्का भनेर जिस्क्याउन थालेपछि घर छाडेर भारतको आरा पुगिन्। व्यवस्थापनमा १२ कक्षा उत्तीर्ण उनले त्यहाँ अर्केस्ट्रामा काम गरनि्। तर, हिँडडुल गर्न नेपालमा भन्दा गाह्रो भएपछि उनी ६ महिनामै पुनः स्वदेश फर्किन्। कहीँ काम नपाएपछि उनी एक महिनाअघि काठमाडौँ छिरेर यौन व्यवसायमा लागेकी छन्। आएको २० दिनमै उनी प्रहरीको फन्दामा समेत परनि्। प्रहरीले सार्वजनिक स्थलमा होहल्ला गरेको भन्दै उनीहरूलाई पक्राउ गरेर रातभर िहिरासतमा राखेछ र भोलिपल्ट छाडिदिएछ ।
“देह व्यापारलाई कानुनले बन्देज लगाएको छ। उनीहरूसँग विकल्प छैन भनेर जान्दाजान्दै हामीले नियन्त्रणमा लिनुपर्छ,” महानगरीय प्रहरी परसिर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक
(एसएसपी) सुबोध घिमिरे भन्छन्। प्रहरी प्रभाग सोह्रखुट्टेका प्रहरी निरीक्षक कवित कटवाल तेस्रो लिंगीहरूको समस्या समाधानका लागि राज्यले सोच्नैपर्ने बताउँछन्। भन्छन्, “पक्रने र छाड्ने मात्रै हो कि दिगो समाधान निकाल्ने भन्ने सोच्नुपर्ने भएको छ ।एजेन्सी

Thursday 27 November 2014

४ वर्षीया बालिका बलात्कृत, घुँडासम्म रगत बगेर रगताम्ये...!

  धनगढी । कैलालीका पाण्डौन १ की चार वर्षीया बालिका गाउँकै एक युवकबाट बलात्कृत भएकी छिन्। पीडित बालिकालाई सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ भने अभियुक्तलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालिकालाई दुई दिनको पैदल बाटोमा बोकेर उनका बुबाले उपचारका लागि धनगढी ल्याएका हुन्। गाई गोरु चराउनका लागि मौन्याल–८ को जंगलमा ती बालिकाका बुबाले गोठ बनाएका थिए।

गोठमा ती बालिका, ३ वर्षीय भाइ, ६ वर्षका दाजु र आमासँगै बस्थे। दिउसो आमा घाँस काट्न गएका बेला पाण्डौन १ नै घर भएका १७ वर्षीय अम्मरबहादुर गुरुङले बालिकालाई भुइँमा लडाएर बलात्कार गरेका हुन्। एक्कासि पीडा भएपछि चिच्याई,’ बालिकाले बुवाले भने, ‘घाँस काटेर फर्किरहेका बेला नजिकै रहेकी उसकी आमाले चिच्याएको सुनेर आउँदा छोरीलाई रगताम्ये देखी।’

उनका अनुसार आमा आइपुग्दा छोरीको घुँडासम्म रगत बगिरहेको थियो। अभियुक्त युवक लुगा मिलाइरहेको अवस्थामा भेटिएको थियो। रगताम्ये छोरीलाई समातेर उनकी आमा खिमडी प्रहरी चौकीमा लगिन्। शुक्रबार दिउसो २ बजेतिर यो घटना भएको थियो। राति अबेरसम्म छोरीको शरीरबाट रगत बगिरहेको बुबाले बताए। आफू बलात्कृत भएकोसमेत थाहा पाउने उमेर नभएकी ती बालिकाले ‘आफूमाथि यसो यसो भयो’ भनेर पुरै बेलिबिस्तार लाउने गरेको उनका बुबाले बताए।

‘यस्ती अबोध मेरो छोरीलाई बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ,’ नाबालिका छोरी बलात्कृत भएको पीडाले उदास देखिएका उनले भने, ‘यस्तो अवस्था अरु कुनै बालिकाले भोग्नु नपरोस्।’ पीडित बालिकाको उपचारमा संलग्न सेती अञ्चल अस्पतालका चिकित्सक रुपेशकान्त मिश्रले बालिकाको यौनांगमा घाउ रहेको र उनी बलात्कृत भएको जनाएका छन्। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विक्रम चन्दले अभियुक्त युवकलाई प्रहरीले गाउँमै गएर पक्राउ गरिसकेको बताए। ‘उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेर कारबाही गरिने छ

रत्नपार्कमा महिला पाँच सयमा बिक्छन्

एजेन्सी  । काठमाण्डौ,कुरा सुन्दा अनौठो लाग्न सक्छ तर त्यही गएर देखेका र भोगेकालाई भने यो कुरा अनौठो नलाग्न पनि सक्छ । व्यापार गनै व्यापारी, डन, गुन्डाहरुको थलो भनेर मानिने रत्नर्पाक जति सुन्दा रमाइलो छ त्यति नै घिनलाग्दो ठाँउ पनि छ । धेरै थरी बस्तु, सस्तोमा, धेरै मानिसहरुको थलो मानेर चिनिने रत्नर्पाक अहिले देखि मात्र नभई निकै बर्ष देखि नै महिलाहरु लाई अस्लिलताको  तक्मा भिराउन पछि परेको छैन । कुनै महिला आर्कषक पोशाक लगाएर हिडेका देखि होस या केही छोटा लुगा लगाइ डुल्न आएका युवा तन्नेरी देखि केही उमेर घच्केकाले उनिहरुलाई नराम्रो दृष्टिले हेर्न मात्र नभई अस्लिल  शब्दहरु प्रयोग गर्ने गर्दछन । १७ वर्ष देखि रत्नर्पाकमा मकै पोल्दै गरेकी एक महिला सुनिता (नाम परिर्वतन) ले भन्छिन रत्नर्पाक कहाँ राम्रा मान्छे बस्ने ठाँउ होर यहाँ त यस्तै महिलाहरुलाई अश्लिल शब्ल प्रयोग गरी महिला यौनको पात्र मात्र हो सम्झने ठाँउ हो यो उनले रुदै भनिन मेरो श्रिमानलाई उहाँहरुको साथिहरुले यस्तै एउटी केटी लिएर गएछन यौनक्रिडा गर्नका लागि एउटा माथिको घरमा ति युवतिलाई यौन पात्र बनाइ मेरो श्रिमानलाई माघक पदार्थमा डुवाइ ति युवति सँग यौन सम्र्पक गर्न लगाएछन यस दिन देखि मेरो श्रिमानले सोही केटीलाई विवाह गरेर भारत तिर गएर बसेका छन रे भन्ने सुनेको छु लामो श्वास फेर्दै भनिन यो रत्नपार्कले कसैलाइ सज्जन छोडिदिएन आँखाका आसु पुछ्दै उनले मनिन । निकै प्राय जसो भिडभाड हुने रत्नपार्क त्यही रत्नपार्कमा त्यस्तो अमानविय क्रियाकलाप हुदा नेपालीको सुरक्षाका लागि खटेका प्रहरी, सशस्त्र के गर्छन त अनुगमन गर्न आउछन् कि आउदैन त एक चिया पसले श्याम सुन्दर (नाम परिर्वतन) ले हाम्रो प्रश्नमा उनले भने “के नेपाल प्रहरी भन्नु लाज लाग्छ प्राय उनिहरुलने नै त्यस्तो ठाउँ र परिस्थिति भेटाए जिस्काउने र कुरा गर्ने गर्छन अनि के अनुगमन गर्नु । धेरै घटना त यै आँखाले देखियो नेपाल प्रहरीको चर्तिकला के गर्नु भन्यो भने र्माला भन्ने पिर बरु सबै थोक देखे पनि नदेखे झै गर्नु वेश हुन्छ उनले भने । यसरी प्रहरीले नै यस्तो अमानविय क्रियाकलाप गर्छन भने यो चुनौति कसका लागि ठडिने त रु एक वि।एड अध्ययनरत विधार्थी विवेक (नाम परिर्वतन) भन्छन् “सबै महिलाहरु लाई त्यस्तो सोचेर अश्लिल शब्द बोल्न र बोलाउन राम्रो हैन तर केही युवतिहरु भने आफै आइ यति पैसा दिनु होला  भन्दै आएका पनि भेटिन्छन् । मेरो साथिले प्राय हप्तामा एक दुईवटा युवतिसँग यौन सम्र्पक गरेको मलाई बताउदछ । यही रत्नपार्कबाट लगेर टुवाइलेट, वाथरुम आदी सार्वजनिक स्थलमै यौन सम्र्पक गरेको बताउछन्” पैसा दिएर लैजान्छन त पहिला फकाउदा १०००, १५०० दिन्छु भने एडभान्स  रुपमा ५०० जति दिइ लैजाने पछि यौन सम्र्पक गरेपछि कुटि पिटि त्यही ५०० मै टार्ने गरेको धेरै बताउछन् अनि मेरो साथि पनि त्यसै गर्छ अरे उनले भने । यसरी दिन दाहडै यस्तो क्रियाकलाप हुदा न कसैको ध्यान गएको छ न116 अहिले सम्म जान सकेको नै छ । महिलाहरुको हक अधिकारका लागि आवाज उठाउने संघ संस्था के गर्छन त उही विदेशी भत्ता पचाएर शोषण गर्न भन्दा अरु केही आउदैन ? यसरी महिलाहरुपनि अमानविय कार्य गदछन् रे नी हो भनेर रत्नपार्कमा पानी बेच्दै दिन चहरिया चलाएकी उप्सना (नाम परिर्वतन) भन्छिन “ विचरा के गरुन त पढेलेखेको भनेर नहुने जागिर पाइदैन, काठमाडौ को महंगो भाडा तिर्नै प¥यो, खानै प¥यो अनि त्यस्तो काम नगरेर पनि त के गरुन । गाँउ घर जाउँ कमाउन गएकी थि फर्केर लुरुक्क आइछे भन्छन बरु मरुतुल्य भए पनि त्यस्तो काम गर्ने गरेका छन उनले भनिन ।” कस्ता महिलालाई बढि जिस्काउछन त अनि कस्ता महिलालाई त्यस्तो यौन को प्रस्ताब राख्छन् होला त ? हाम्रो प्रश्नमा प्राय रत्नपार्कमा डुल्न देखा परिरहने सृजन (नाम परिर्वतन) ले भने खै कस्तालाई के देखेर जिस्काउछन मलाई त थाहा छैन तर एक दिन बहिनी सँग रत्नपार्क डुल्न आउदा मेरी बहिनी लाई के मैया के एक जनाको मात्र अंगालोमा हाम्रो अंगालो मा आए पनि त हुन्छ” भन्दै जिस्काए झगडा के गर्नु बरु बहिनीलाई नै घर पठाइदिए दिदि, बहिनी सँग घुम्न आउदा दिदि, बहिनीलाई पनि त्यस्तै महिला सोच्ने अनि आफुलाई केही घुमाउने दलाल सम्झने के गर्नु रत्नपार्क ले महिलालाई उनिहरुको अस्मिता माथि कुठारा घात गरेको छ उनले निक्याउलो मुहारमा भने ।” यसरी महिला माथि शोषन दमन भइरहदा नेपाल सरकारबाट पनि उचित कदम चाल्नु पर्ने देखिन्छ । अनि महिलाहरुको हक, अधिकार, मुद्धा लाई लिएर र न्याय दिदै हिड्ने संघ संस्थालाई भने यसले चुनौती दिएको छ ।काठमाडौ बागबजार निवासी तर प्राय रत्नपार्कको प्रागण्डमा भेटिने शुभोद भट्राई “यो कुनै अनोठो कुरा नै होइन । यो त रत्नपार्क धुम्न आउने, जिस्काउन आउने, समय काट्न आउने व्यक्ति प्राय सबैलाई थाहा छ रत्नपार्क एउटा यौनधन्दाको आर्कषण घर हो । यहाँ जसले जे गरेनी हुन्छ । बषै देखी रत्नपार्कमा यस्ता क्रियाकलाप भइरहेको हुन न नेपाल प्रहरीको निगरानी छ न कोही सरोकारवाला निकाएको नै त्यसैले त भन्छन यो देश सतिले सरापेको भनेर । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Sunday 23 November 2014

कार भित्रै सहवास गर्दा भयो ट्राफिक जाम !

 निर्वस्त्र हुने डान्स क्लबको मज्जा लुटेपछि २४ वर्षकी युवती र उनका ३३ वर्षे प्रेमी कार पार्किङतर्फ लागे । सुरुमा त उनीहरु आफ्नो कार चलाएर घरतिर फर्किने सुरमा थिए । तर मनले मानेनछ । दुवैजना कारभित्र छिरेपछि ढोका लगाएर यौनक्रिडा गर्न थाले ।
मुख्य सडकको नजिक पार्किङस्थलमा रहेको कारभित्र एक जोडी युवायुवती यौनक्रिडामा मस्त रहेको दृश्य सडकमा गाडि चलाउने तथा हिड्नेहरुले देखिहाले ।
आफ्नै आखाअगाडि त्यस्तो दृश्य देखेपछि कसको मनले मान्थ्यो र ? गाडी चलाउनेहरुले पनि गाडीको स्पीड कम गरेर एक झलक भएपनि हेर्नथाले र बटुवाहरु त अझ उभिएरै हेर्न थाले । कारभित्रको यौनलीला हेर्ने गाडीचालकहरुले गाडीको गति कम बनाउँदा त्यहाँ ट्राफिक जाम भयो ।
कारभित्रको यौनलीलाले टाफिक जाम भएपछि प्रहरीकहाँ खबर पुग्यो र घटनास्थलमै प्रहरी आएर यौनलीलामा मस्त युवायुवतीमाथि हस्तक्षेप गर्नुपर्यो ।
घटना अमेरिकाको ओरेगनस्थित स्पि्रफिल्डको हो । २४ वर्षकी केली एम नुट्सन र ३३ वर्षका लोगान ज्याक्सनले वैँशमा मात्तिएर सार्वजनिक स्थानमै यस्तो लज्जाजनक हर्कतमा उत्रिएका थिए ।
कारभित्र यौनक्रिडा गरिरहेको बेलामा प्रहरीले रंगेहात समाएका उनीहरुले प्रहरी आएर कारको ढोका ढक्ढकाएपछि मात्र आफ्नो नित्यकर्म छाडेका थिए । प्रहरीले उनीहरुलाई सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोपमा पक्राउ गरेको छ ।

Wednesday 19 November 2014

लाइसेन्स र ब्लुबुक माग्नुपर्ने ट्राफिकले युवतीसँग एक किस मागेपछि निलम्बन

 मंसिर ४- काठमाडौं,   चेकिङका क्रममा सामान्यतः ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्छन् । तर,मादक पदार्थ सेवनको चेकिङमा एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका छन् ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असइ पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका हुन् । प्रहरी आचरणविरुद्दको काम गरेको भन्दै असइ ढकाल निलम्बनमा परेका छन् ।

डिल्लिबजारमा सोमबार मापसे चेकिङका क्रममा खटिएका असइ ढकालले ‘एक किस दिए कारबाही नगर्ने’ भन्दै एक युवतीलाई दुव्र्यवहार गरेको ट्राफिक महाशाखाका एक अधिकारीले बताए । युवतीले उजुरी गरेपछि ढकाल कारबाहीमा परेका हुन् । प्रहरीका अनुसार चेकिङका क्रममा स्कुटीमा सवार ती युवतीसँग कागजपत्र थिएन । तर युवतीले आफूलाई छाडिदिन असइ ढकालसँग आग्रह गरेकी थिइन् तर ढकालले आफूलाई एकपटक किस गरे कारबाही नगर्ने भन्दै बार्गेनिङ गरेका थिए । पछि उनी डिल्लीबजारबाट अनामनगरसम्म ती युवतीकै स्कुटरमा गएका थिए । युवतीको मोवाइल नम्बरसमेत लिएर उनले बेलुकासमेत युवतीलाई फोन गरेको उजुरीमा उल्लेख छ । स्कुटीमा चढेकाबेला असइ ढकालले दुव्र्यबहार गरेको आरोप समेत युवतीले लगाएकी छन् । तर असइ ढकालले भने युवतीले आफूलाई व्ल्याकमेलिङ गरेको आरोप लगाएका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

होटलबाट यौन क्रियाकलापमा संलग्न ४३ पक्राउ

 २९ भदौ, चितवन,  चितवन प्रहरीले भरतपुर र नारायणगढका विभिन्न होटलमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा गएको टोलीले नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनलका १६ वटा होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूमा १६ देखि ३५ वर्ष उमेरका महिला तथा पुरुष छन् । पक्राउ परेकामध्ये अधिकांश किशोर–किशोरी र श्रीमान् विदेशमा रहेका महिला भएको प्रहरीले बताएको छ । उनीहरू सबै अवैध यौनजन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । चितवनका होटल तथा रेस्टुरेन्टमा वेश्यावृत्ति बढेको भन्दै प्रहरीले दिउँसो तथा रातको समयमा छापा मार्न सक्रियता बढाएको छ ।

यसैबीच पछिल्लो समय आपराधिक र वेश्यावृत्तिका घटना रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले होटलमा परिचयपत्रको व्यवस्था लागू गरेको छ । होटल व्यवसायीले सेवाग्रहीको स्पष्ट परिचय खुल्ने परिचयपत्र आफैँसँग राख्नुपर्ने नियम बनाइएको छ ।

सो नियम उल्लङ्घन गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ । होटलमा लुटपाट, हत्या र आत्महत्याका घटना बढिरहेकाले स्पष्ट परिचय खुल्ने प्रमाण राख्न व्यवसायीलाई अनुरोध गरिएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताउनु भयो ।रासस - See more at: http://aajakokhabar.com/newsDetails.php?nid=9242#sthash.tYZyAOH4.dpuf

सेक्सको लाइभ टेलिकाष्ट गर्दा एस्तो भयो यी किसोरिलाई !

 ३ मङ्सिर, एजेन्सी,  अस्ट्रेलियाको एक विश्वविद्यालयको लाइब्रेरीबाट लाइभ सेक्स टेलिकाष्ट गरिरहेको अवस्थामा एक युवती पक्राउ परेकी छिन् । अस्ट्रेलियाको सिड्नी स्थिति युनिभर्सिटी अफ न्यूकास्टलको लाइब्रेरीमा वेभसाइट मार्फत लाइभ सेक्स गरिरहेको अवस्थामा ति युवती पक्राउ परेकी हुन् ।

उक्त लाइब्रेरीबाट 'लाइभ सोलो सेक्स' गरिरहेको अवस्थामा युवतीलाई लाइब्रेरीका कर्मचारीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । अस्ट्रेलियाको एक लोकल अखबारको हवाला दिँदै समाचार स्रोतमा जनाइएअनुसार ती युवतीले आफ्नो पर्सनल वेभसाइटमा 'सालो सेक्स फर्फर्मेन्स' लाइभ देखाउँदै थिइन् । जसबापत उनले पैसा लिने र आम्दानी गर्ने गर्थिन् । उनको यो वेभसाइटमा युजर्सहरु पैसा तिरेर प्रवेश गर्न पाउने व्यवस्था रहेको पनि जनाइएको छ । साथै ती युवतीले आफ्नो वेभसाइटलाई सोसल मिडिाय मार्फत प्रचारप्रसार गर्ने गरेको पनि जनाइएको छ ।

युनिभर्सिटीका प्रवक्ताका अनुसार ति छात्राको यस्तो गलत कामले लाइब्रेरीलाई दुसीत बनाएको र इन्टरनेटको गलत प्रयोग गरेकोप्रति दुःख लागेको बताएका छन् । उनका अनुसार ती युवतीलाई पक्राउपछि छानविन भइ रहेको र आवश्यक काउन्सिलिङ पनि दिइएको छ ।

भर्जिन युवतीलाई मात्र प्रहरीमा जागिर

एजेन्सी– इण्डोनेसियाको प्रहरीमा भर्ती हुँदा महिलाको भर्जिनिटी जाँच्नुपर्ने प्रावधानको मानवअधिकारवादी संस्था ह्युमन राइटस् वाचले विरोध जनाएको छ ।
संसारको सबैभन्दा बढी मुस्लिम जनसंख्या रहेको इण्डोनेसियाको कानुनमा महिला प्रहरीमा भर्ती हुन अविवाहित र भर्जिन कुमारी हुनुपर्ने व्यवस्था छ ।
व्यापक विरोधका बाबजुद उक्त प्रावधान हटाइएको दाबी गरेको इण्डोनेसिया सरकारले भित्रभित्रै व्यवहारिक रुपमा प्रहरीमा भर्ती हुने युवतीहरुको भर्जिनिटी जाँच गर्न छाडेको छैन । प्राप्त समाचारहरुमा हालै प्रहरीमा भर्ना भएका युवतीहरुले आफ्नो भर्जिनिटी जाँच गरिएको बताएका छन् । ‘त्यो खराब क्षण म सम्झन्न पनि चाहन्न, त्यसबेला मैले सहनै नसक्ने अपमान महसुस गरेकी थिएँ ।’
हालै प्रहरीमा भर्ना भएकी १९ वर्षीया एक महिला प्रहरीको भनाइ उद्धृत गर्दै ह्युमन राइट वाचले जनाएको छ ।
अलजजिरा टेलिभिजनको अनलाइन संस्करणका अनुसार अपरिचतल व्यक्तिलाई कपडा खोलेर भर्जिनिटी टेष्ट गराउँदा आफूहरुलाई अपमानित महसुस हुने गरेको महिला प्रहरीले बताएका छन् । 
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

‘तनावका कारण’ भेडासँग सम्भोग!

 भेडासँग सेक्स गरेका विश्वविद्यालयका एक विद्यार्थीले आफू आउँदो परिक्षाका कारण तनावमा भएको पुलिसलाई जानकारी दिएका छन् ।
विश्वविद्यालय फ्रेश्नो स्टेट युनिभर्सिटीका अरु विद्यार्थीहरुले क्याम्पसमा भएको भेडाको गोठबाट अनौठो प्रकारको आवाज आएपछि हेर्न जाँदा उक्त तथ्य फेला परेको बताएका छन् ।

२३ वर्षीय ती विद्यार्थीलाई जनावरमाथि करणी गरेको मुद्दामा पक्राउ गरिएको छ । पक्राउ पछि ती विद्यार्थीले आफू आउँदो परिक्षाका कारण तनावमा भएका कारण रक्सी पिएको बेहोसीमा भेडामाथि करणी गरेको स्पष्टिकरण दिएका छन् ।

उक्त क्याम्पसमा जनावरसँग काम गर्ने मारिसा बुर्कडल भन्छन्,‘यो निकै खेदपूर्ण कुरा हो जसले मलाई निकै रुष्ट बनाएको छ । म भन्छु, ती मानिसले किन यस्तो अप्राकृतिक कृत्य गरे ?’

स्कुलमा प्रजननको लागि राखिएको उक्त भेडालाई भेटेनरी डाक्टरहरुले उपचार गरिरहेका छन् । (एजेन्सी)

Monday 17 November 2014

कोठा भाडामा लिएर यौन धन्दा सञ्चालन

कोठा भाडामा लिएर यौन धन्दा सञ्चालन
 चितवन प्रहरीले लज तथा होटलमा नियमित छापा मार्न थालेपछि यौन व्यवसाय चलाउँदै आएकाहरुले नयाँ ठाउँ खोजेर यस्ता व्यवसाय चलाउने गरेको पाइएको छ । चितवन प्रहरी र गैंडाकोट प्रहरीले यसै हप्तामात्र यौन व्यवसाय चलाएको आरोपमा दुई फरक ठाउँबाट विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

घर र कोठा भाडामा लिएर कोठी सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ । कोठीमा विभिन्न व्यक्तिहरुलाई सम्पर्क गरी यौन धन्दा चलाउने गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक डीएसपी शान्तिराज कोइरालाले विशेष सुराकीको आधारमा यौन धन्दा चलाउनेहरुलाई पक्राउ गरी कारबाही थालिएको जानकारी दिए ।

गोप्य ठाउँमा पाएसम्म घर नै नपाए दुई तीनवटासम्म कोठा भाडामा लिएर यौन व्यवसाय गर्नेहरु चितवनमा रहेको कोइरालाले बताए । केही दिनअघि मात्रै जिल्ला प्रशासन अगाडिबाट यौन धन्दा चलाएको आरोपमा पाँचजना पक्राउ परेको चितवन प्रहरीले जनाएको छ । जसमा दुईजना महिला रहेका छन् । प्रहरीले दिएको जानकारीअनुसार कोठा भाडामा लिएर केटाकेटीलाई आवश्यकताअनुसार सम्पर्कमा ल्याई यौन धन्दा चलाउने गरेको पाइएको हो । बस्तुजस्तो मोलमलाइ गरी ग्राहक जाने आउने गरेको प्रहरीको भनाइ छ ।  यस्तो काममा बढीजस्तो १५ देखि १८ वर्षका किशोरीहरु रहेको प्रहरीले जनाएको छ ।

ग्राहकको रोजाइमा पनि तिनै उमेरका केटीहरु पर्ने भएकाले पैसाको लोभ देखाइ किशोरीहरुलाई दबाब वा ललाइफकाइ यौना धन्दा लगाउने गरेको पाइएको छ । प्रहरीले भने यौन धन्दा चलाउनेहरुलाई केही सार्वजनिक अपराधअन्तर्गत रहेर मुद्दा चलाएको छ । आवश्यक प्रमाण नहुँदा सार्वजनिक मुद्दा चलाउन बाध्य भएको कोइरालाले बताए । इलाका प्रहरी कार्यालय गैंडाकोटले असोज २४ गते यौन व्यवसाय चलाएको अभियोगमा एकजनालाई पक्राउ ग¥यो ।

गैंडाकोट जयश्री पुलनजिकैको एक घरमा यौन व्यवसाय संचालन गर्दै आएका सोमबहादुर गुरुडलाई प्रहरीले पक्राउ गरी केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।   इप्रका गैंडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले गुरुडले विगत एक महिनादेखि त्यहाँस्थित एक घर भाडामा लिई यौन धन्दा चलाउँदै आएको बताए । गुरुडले १५ देखि १८ वर्ष उमेर समूहका युवतीहरु प्रयोग गरी यौन धन्दा चलाएको शाहले जानकारी दिए ।

गोरखा नगरपालिका घर भएका गुरुडले त्यस स्थानमा यस्तो धन्दा चलाउनुअघि पनि भरतपुर केन्द्रीय बस टर्मिनलनजिक लज खोलेर यौन धन्दा चलाउने गरेको निरीक्षक शाहले बताए । यी दुई घटनालाई लिएर प्रहरी भने फरक निस्कर्षमा पुगेको छ । होटल तथा लजहरुमा प्रहरीले दिनरात छापा मार्न थालेपछि वास्तविक यौन धन्दा चलाउँदै आएकाहरुले प्रहरीको नजर छल्न फरक ठाउँ रोज्ने गरेका छन् । समाजमा विकृति ल्याउने हिसाबले भएका यस्ता घटनाहरु नियन्त्रण गर्न प्रहरी सक्रिय भएर लाग्ने डीएसपी शान्तिराज कोइरालाले बताए ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID