Wednesday 19 November 2014

होटलबाट यौन क्रियाकलापमा संलग्न ४३ पक्राउ

 २९ भदौ, चितवन,  चितवन प्रहरीले भरतपुर र नारायणगढका विभिन्न होटलमा छापा मारेर यौन क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा गएको टोलीले नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनलका १६ वटा होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूमा १६ देखि ३५ वर्ष उमेरका महिला तथा पुरुष छन् । पक्राउ परेकामध्ये अधिकांश किशोर–किशोरी र श्रीमान् विदेशमा रहेका महिला भएको प्रहरीले बताएको छ । उनीहरू सबै अवैध यौनजन्य क्रियाकलापमा संलग्न रहेको अवस्थामा पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । चितवनका होटल तथा रेस्टुरेन्टमा वेश्यावृत्ति बढेको भन्दै प्रहरीले दिउँसो तथा रातको समयमा छापा मार्न सक्रियता बढाएको छ ।

यसैबीच पछिल्लो समय आपराधिक र वेश्यावृत्तिका घटना रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले होटलमा परिचयपत्रको व्यवस्था लागू गरेको छ । होटल व्यवसायीले सेवाग्रहीको स्पष्ट परिचय खुल्ने परिचयपत्र आफैँसँग राख्नुपर्ने नियम बनाइएको छ ।

सो नियम उल्लङ्घन गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ । होटलमा लुटपाट, हत्या र आत्महत्याका घटना बढिरहेकाले स्पष्ट परिचय खुल्ने प्रमाण राख्न व्यवसायीलाई अनुरोध गरिएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताउनु भयो ।रासस - See more at: http://aajakokhabar.com/newsDetails.php?nid=9242#sthash.tYZyAOH4.dpuf

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID