Wednesday 31 December 2014

श्रीमान विदेश गएका बेला ६१ वर्षीय परपुरुषबाट बच्चा जन्मिएपछि…..

१६ पुस । झापा,  श्रीमान बैदेशिक रोजगारीको शिलशिलमा विदेश गएपछि एक महिलाले परपुरुषसँग अवैध यौन सम्बन्ध राखेको रहस्य बाहिर आएको छ ।
अवैध यौन सम्बन्धबाट शिशुलाई जन्माएर मारेको घटना सार्वजनिक भएलगत्तै प्रहरीले उक्त जोडीलाई आज पक्राउ गरेको हो । पक्राउ पर्ने झापा चन्द्रगढी–८ हाल भद्रपुर १५ बस्ने ३४ बर्षिया निर्मला न्यौपाने र सोही ठाउँका ६१ बर्षिय कुमारबहादुर काफ्ले (शिव) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सो जोडीलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार श्रीमान् विदेश गएको मौका छौप्दै निर्मला र कुमारबीच लामो समयदेखि आपसी समझदारीमा पटकपटक यौन सम्वन्ध रहदै आएको र सोही क्रममा गर्भ रहेपछि घरायसी औषधीबाट गर्भपतन गराउन खोजेका थिए ।
तर पूर्ण रुपमा गर्भमा शिशु विकसित भएकाले औषधीले काम गरेन । अन्ततः न्यौपानेले शिशुलाई जन्म दिएलगत्तै मारेर आफ्नै घरमा पेटीकोटमा बेरेर राखेको अवस्थामा छिमेकी गाउँले फेला पारेर प्रहरीलाई खवर गरेका थिए ।
निर्मलाका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । यता प्रहरीले आरोपी दुवैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखेर अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जनाकारी दिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID