Wednesday 19 November 2014

भर्जिन युवतीलाई मात्र प्रहरीमा जागिर

एजेन्सी– इण्डोनेसियाको प्रहरीमा भर्ती हुँदा महिलाको भर्जिनिटी जाँच्नुपर्ने प्रावधानको मानवअधिकारवादी संस्था ह्युमन राइटस् वाचले विरोध जनाएको छ ।
संसारको सबैभन्दा बढी मुस्लिम जनसंख्या रहेको इण्डोनेसियाको कानुनमा महिला प्रहरीमा भर्ती हुन अविवाहित र भर्जिन कुमारी हुनुपर्ने व्यवस्था छ ।
व्यापक विरोधका बाबजुद उक्त प्रावधान हटाइएको दाबी गरेको इण्डोनेसिया सरकारले भित्रभित्रै व्यवहारिक रुपमा प्रहरीमा भर्ती हुने युवतीहरुको भर्जिनिटी जाँच गर्न छाडेको छैन । प्राप्त समाचारहरुमा हालै प्रहरीमा भर्ना भएका युवतीहरुले आफ्नो भर्जिनिटी जाँच गरिएको बताएका छन् । ‘त्यो खराब क्षण म सम्झन्न पनि चाहन्न, त्यसबेला मैले सहनै नसक्ने अपमान महसुस गरेकी थिएँ ।’
हालै प्रहरीमा भर्ना भएकी १९ वर्षीया एक महिला प्रहरीको भनाइ उद्धृत गर्दै ह्युमन राइट वाचले जनाएको छ ।
अलजजिरा टेलिभिजनको अनलाइन संस्करणका अनुसार अपरिचतल व्यक्तिलाई कपडा खोलेर भर्जिनिटी टेष्ट गराउँदा आफूहरुलाई अपमानित महसुस हुने गरेको महिला प्रहरीले बताएका छन् । 
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID