Wednesday 19 November 2014

लाइसेन्स र ब्लुबुक माग्नुपर्ने ट्राफिकले युवतीसँग एक किस मागेपछि निलम्बन

 मंसिर ४- काठमाडौं,   चेकिङका क्रममा सामान्यतः ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक माग्छन् । तर,मादक पदार्थ सेवनको चेकिङमा एक ट्राफिक प्रहरीले युवतीसँग किस मागेका छन् ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत असइ पुरुषोत्तम ढकालले चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका हुन् । प्रहरी आचरणविरुद्दको काम गरेको भन्दै असइ ढकाल निलम्बनमा परेका छन् ।

डिल्लिबजारमा सोमबार मापसे चेकिङका क्रममा खटिएका असइ ढकालले ‘एक किस दिए कारबाही नगर्ने’ भन्दै एक युवतीलाई दुव्र्यवहार गरेको ट्राफिक महाशाखाका एक अधिकारीले बताए । युवतीले उजुरी गरेपछि ढकाल कारबाहीमा परेका हुन् । प्रहरीका अनुसार चेकिङका क्रममा स्कुटीमा सवार ती युवतीसँग कागजपत्र थिएन । तर युवतीले आफूलाई छाडिदिन असइ ढकालसँग आग्रह गरेकी थिइन् तर ढकालले आफूलाई एकपटक किस गरे कारबाही नगर्ने भन्दै बार्गेनिङ गरेका थिए । पछि उनी डिल्लीबजारबाट अनामनगरसम्म ती युवतीकै स्कुटरमा गएका थिए । युवतीको मोवाइल नम्बरसमेत लिएर उनले बेलुकासमेत युवतीलाई फोन गरेको उजुरीमा उल्लेख छ । स्कुटीमा चढेकाबेला असइ ढकालले दुव्र्यबहार गरेको आरोप समेत युवतीले लगाएकी छन् । तर असइ ढकालले भने युवतीले आफूलाई व्ल्याकमेलिङ गरेको आरोप लगाएका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID