Monday 17 November 2014

कोठा भाडामा लिएर यौन धन्दा सञ्चालन

कोठा भाडामा लिएर यौन धन्दा सञ्चालन
 चितवन प्रहरीले लज तथा होटलमा नियमित छापा मार्न थालेपछि यौन व्यवसाय चलाउँदै आएकाहरुले नयाँ ठाउँ खोजेर यस्ता व्यवसाय चलाउने गरेको पाइएको छ । चितवन प्रहरी र गैंडाकोट प्रहरीले यसै हप्तामात्र यौन व्यवसाय चलाएको आरोपमा दुई फरक ठाउँबाट विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

घर र कोठा भाडामा लिएर कोठी सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ । कोठीमा विभिन्न व्यक्तिहरुलाई सम्पर्क गरी यौन धन्दा चलाउने गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक डीएसपी शान्तिराज कोइरालाले विशेष सुराकीको आधारमा यौन धन्दा चलाउनेहरुलाई पक्राउ गरी कारबाही थालिएको जानकारी दिए ।

गोप्य ठाउँमा पाएसम्म घर नै नपाए दुई तीनवटासम्म कोठा भाडामा लिएर यौन व्यवसाय गर्नेहरु चितवनमा रहेको कोइरालाले बताए । केही दिनअघि मात्रै जिल्ला प्रशासन अगाडिबाट यौन धन्दा चलाएको आरोपमा पाँचजना पक्राउ परेको चितवन प्रहरीले जनाएको छ । जसमा दुईजना महिला रहेका छन् । प्रहरीले दिएको जानकारीअनुसार कोठा भाडामा लिएर केटाकेटीलाई आवश्यकताअनुसार सम्पर्कमा ल्याई यौन धन्दा चलाउने गरेको पाइएको हो । बस्तुजस्तो मोलमलाइ गरी ग्राहक जाने आउने गरेको प्रहरीको भनाइ छ ।  यस्तो काममा बढीजस्तो १५ देखि १८ वर्षका किशोरीहरु रहेको प्रहरीले जनाएको छ ।

ग्राहकको रोजाइमा पनि तिनै उमेरका केटीहरु पर्ने भएकाले पैसाको लोभ देखाइ किशोरीहरुलाई दबाब वा ललाइफकाइ यौना धन्दा लगाउने गरेको पाइएको छ । प्रहरीले भने यौन धन्दा चलाउनेहरुलाई केही सार्वजनिक अपराधअन्तर्गत रहेर मुद्दा चलाएको छ । आवश्यक प्रमाण नहुँदा सार्वजनिक मुद्दा चलाउन बाध्य भएको कोइरालाले बताए । इलाका प्रहरी कार्यालय गैंडाकोटले असोज २४ गते यौन व्यवसाय चलाएको अभियोगमा एकजनालाई पक्राउ ग¥यो ।

गैंडाकोट जयश्री पुलनजिकैको एक घरमा यौन व्यवसाय संचालन गर्दै आएका सोमबहादुर गुरुडलाई प्रहरीले पक्राउ गरी केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।   इप्रका गैंडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले गुरुडले विगत एक महिनादेखि त्यहाँस्थित एक घर भाडामा लिई यौन धन्दा चलाउँदै आएको बताए । गुरुडले १५ देखि १८ वर्ष उमेर समूहका युवतीहरु प्रयोग गरी यौन धन्दा चलाएको शाहले जानकारी दिए ।

गोरखा नगरपालिका घर भएका गुरुडले त्यस स्थानमा यस्तो धन्दा चलाउनुअघि पनि भरतपुर केन्द्रीय बस टर्मिनलनजिक लज खोलेर यौन धन्दा चलाउने गरेको निरीक्षक शाहले बताए । यी दुई घटनालाई लिएर प्रहरी भने फरक निस्कर्षमा पुगेको छ । होटल तथा लजहरुमा प्रहरीले दिनरात छापा मार्न थालेपछि वास्तविक यौन धन्दा चलाउँदै आएकाहरुले प्रहरीको नजर छल्न फरक ठाउँ रोज्ने गरेका छन् । समाजमा विकृति ल्याउने हिसाबले भएका यस्ता घटनाहरु नियन्त्रण गर्न प्रहरी सक्रिय भएर लाग्ने डीएसपी शान्तिराज कोइरालाले बताए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID