Tuesday 9 December 2014

ट्याक्सी चालकबाटै महिला यात्री बलात्कृत, ट्याक्सी सेवामाथि नै प्रतिबन्ध -

मंसिर २२, काठमाडौं । भारतको राजधानी दिल्लीमा उबर कम्पनीको ट्याक्सी सेवामाथि प्रतिबन्ध लगाइएको छ । गत शनिबार सो कम्पनीको ट्याक्सी सर्भिसका एक चालकले महिला यात्रीलाई बलात्कार गरेको आरोप लागेपछि दिल्ली सरकारले यो घोषणा गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
आरोपित चालकलाई तीन दिनका लागि प्रहरी हिरासतमा राखिएको छ । घटनालाई लिएर भारतमा तीव्र आक्रोश फैलिरहेको छ । पीडित महिलाले ‘मोबाइल एप’मार्फत् ट्याक्सी ‘बुक’ गरेकी थिइन । तर, चालकले ती महिलालाई सुनसान ठाउँमा लगेर बलात्कार गरेको बताइएको छ ।
केही समययता भारतमा बलात्कारका घटना बढ्न थालेपछि बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दैै प्रदर्शनहरु भएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID