Monday 1 December 2014

आफ्नै बाबुले १४ बर्षे छोरीलाई बलात्कार गरी गर्भवती बनाए

झडकेली छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई भक्तपुर जिल्ला अदालतले आठ वर्ष कैद र पिडीतलाई एक लाख क्षतिपूर्ती भराउने फैसला सुनाएको छ ।

पत्नी गर्भवती भएको बेला झडेली छोरीलाई बलात्कार गर्ने धादिङ्ग ताल्ती ४ घरभई भक्तपुर कटुञ्जे६ बस्ने २८ वषिर्य पशुपति विकलाई जिल्ला न्यायधिस बालेन्द्र रुपाखेतीको एकल ईजलासले फैसला सुनाएको हो ।
झडेली छोरीलाई बलात्कार गरी गर्भवती तुल्याएको ठहर भएको अदालतका सेस्तेदार खड्गराज अधिकारीले बताए ।

आफू गर्भवती भएपछि आफ्नै पतिले छोरीलाई डरधम्की देखाई पटक–पटक बलात्कार गर्ने गरेको थाहा पाएपछि पति बिरुद्ध पत्नीले प्रहरीलाई उजुरी दिएकी थिइन् ।
आमाको गर्भ ८ महिनाको रहँदा छोरीको गर्भ ६ महिनाको भईसकेकोले गर्भ पतन समेत गर्न गराउन नमिलेको अदालतले जनाएको छ ।
निजलाई हाल सिविसले संरक्षण दिएको छ । अदालतले एक लाख क्षतिपूर्ति तत्काल भराउने नसक्ने भएकाले अभियुक्तको सम्पत्तिबाट पछि असुल उपर गर्ने गरी तत्काल नेपाल सरकारले दिने निर्णय गरेको छ ।
पीडितको उमेर १४ वर्षमात्र पुगेको छ । आजको कान्तिपुरमा समाचार छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID