Saturday 27 December 2014

दाजु र काकासहितले गरे बलात्कार, को हुन् यी अपराधी ??

भारतको मंगलबादी सुकुम्बासी बस्तीमा एक युवतीलाई आफ्नै दाजु र काकासहित चार जनाले सामूहिक बलात्कार गरेका छन् । १४ वर्षकी ती युवतीलाई उनीहरुले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न मध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको अप्रिल २७ देखि मे ८ सम्म युवती घरमा एक्लै रहेको अवस्थामा पटक पटक बलात्कार भएको प्रहरीको भनाइ छ ।

युवतीकी आमाको गएको वर्ष निधन भएको थियो । मजदूरी गर्ने बाबु पनि घरमा नभएको मौकामा उनीमाथि बलात्कार भएको थियो ।

पीडित युवतीका बाबुले सरकारवाडा प्रहरीमा जुरी दिएपछि घटना बाहिर आएको थिया । प्रहरीले दरुप्पा माला, नरेश भण्डारी र प्रभाकर हरिजनलाई पक्राउ गरेको जनाएको छ । उनीहरु युवतीका दाजुका साथी हुन् । यी सबै मंगलबादी सुकुम्बासी बस्तीका भएका प्रहरीको भनाइ छ ।

प्रहरीले युवतीका दाजु राजु हनुमान्ता मालाको खोजी भइरहेको जनाएको छ । उनीहरुमाथि बालबालिकामाथि हुने यौन अपराध ऐन २०१२ मा भएको व्यवस्था अनुसार सजायँ हुने प्रहरीको भनाइ छ

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID