Saturday 27 December 2014

अवैध यौन धन्दामा संलग्न ६ युवतीहरु पक्राऊ

 १२ पुस, कैलाली । प्रहरीले कैलालीको धनगढीबाट अवैध यौन धन्दामा संलग्न भएको भन्दै ६ जना युवतीलाई पक्राउ परेको छ । प्रहरी निरीक्षक मनोहर भट्ट नेतृत्वको टोलिले धनगढी नगरपालिका ४ उत्तरबेहडिबाट ६ जना युवतीलाई नियन्त्रणमा लिएको हो । डम्मर चौधरीको एक कोठे कच्ची घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको भट्टले जानकारी दिए ।

पक्राउ परेका सबै धनगढी बाहिरका युवतीहरु रहेको बताइएको छ । चौधरीको घरमा अवैध यौनजन्य क्रियाकलाप हुने गरेको भनेर स्थानियले दिएको सूचनाको आधारमा प्रहरीले चौधरीको घरमा छापा मारेको थियो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID