Showing posts with label accident. Show all posts
Showing posts with label accident. Show all posts

Sunday 21 December 2014

गुडिरहेको बसमा करेन्ट लाग्दा चार जनाको मृत्यु, सात घाइते,चारको अवस्था गम्भीर -

 पौष ६, सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको बराम्ची–२, बालुवा भन्ने ठाउँमा गुडिरहेको बसले बिद्युतको तारलाई छुंदा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पाङटाङ-८ का बतासेका मनमाया भुजेल, सर्किनी स्याङ्गो, गोल्चेका रेसबहादुर तामाङ र गुम्बा ६ का कामी भन्ने बिकास तामाङ रहेका छन् । मृतकहरु सबैको अनुहार र शरीर करेन्टबाट जलेको छ ।

घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

आज बिहान साढे सात बजे काठमाडौंबाट सिन्धुपाल्चोकको कात्तिके जांदै गरेको बा २ ख २७०२ नम्बरको बसले सडकमा लत्रेको हाइटेन्सन लाइन छुंदा दुर्घटना भएको हो ।

११ हजार भोल्टेजको हाइटेन्सन लाइनका पोलहरु टाढा टाढा रहेकाले त्यस क्षेत्रमा तारहरु लत्रिएको अवस्था रहेका छन् । तारहरु सडकबाट हातैले छुनसक्ने अवस्थामा रहेका छन् ।

११ हजार भोल्टेजको करेन्ट बसभरी प्रवाह भएपछि बसमा सबार सबैलाई करेन्ट लागेको थियो । बसमा करेन्ट प्रवाह भएपछि बस भित्रका यात्रु भाग्ने क्रममा ढोकाको फलाममा छुंदा उनीहरुको मृत्यु भएको हो ।

बसका यात्रुले प्रहरीलाई खबर गरेपछि मात्र प्रहरीले बिद्युत प्राधिकरणलाई बिद्युत प्रवाह बन्द गराउन लगाएको थियो ।

उता, स्थानीयले बिद्युत प्राधिकरणको लापरवाहीले घटना भएको भन्दै घाइते र मृतकलाई क्षतिपूर्ति र तारको व्यवस्थापन माग गर्न गरेका छन् । स्थानीयले पटक पटक उक्त क्षेत्रमा तारको व्यवस्थापनको माग गर्दै आएपनि बिद्युत प्राधिकरणले चासो दिएको थिएन ।

Saturday 13 December 2014

A bear survives even after being stunned by the high voltage in an electric pole

The video is related to a poor bear which was stuck in the electric pole. The bear was trapped in the pole and most of the people watched him. The bear which is in the pole tries to come down in the ground. The bear seems to be searching for something else but the bear could not find it. But the bear was seen by most of the people. Here, the bear is shown which falls down in the ground as he suffers from the electric shock. The video is centralized on the black bear which was in the search of something else but the bear could not find. The bear falls down with the blaze of electric shock.

 But the bear was shocked by high voltage wires. However the bear is successful to be alive even after he has confronted such accident. The bear in the beginning has climbed in the pole as it seems that he is in the search of something. He does not know anything about what will happen the next. But the people might have guessed that the bear will fall down. But the electric pole blazed a thunder like noise and the bear falls down.

Thus the video has shown how the bear is fallen down and he is hovered by the men. The bear is then taken to the care center and thus he was declared alive even after he has confronted the electric shock. Some of common characteristics of the modern bears include the larger bodies and the bear which is located in the video is a black bear. They are omnivorous as they feed on entirely on bamboo. They use their shelters as caves and burrows. With the help of people, the bear was alive as it was taken to the care center and thus treated him well.

Friday 7 November 2014

हेर्दा हेर्दै भिरबाट बस यसरी खस्यो (भिडियो हेर्नुहोस)

Beheld the cliff and just the sight (video)
हेर्दा हेर्दै भिरबाट बस यसरी खस्यो (भिडियो हेर्नुहोस)

१४० प्यासेन्जर बोकेको प्लेन उड्ने वेलामा भैंसीसँग यसरी ठोक्कियो

November 6th, One Hundred Fourty(140) passengers of a Delhi-bound SpiceJet flight from Surat had a narrow escape on Thursday evening when the aircraft hit a stray buffalo on the runway, as it was about to take-off. The Delhi-bound SpiceJet plane, carrying 146 passengers and crew, was grounded on Thursday because of the damage sustained in the accident. SpiceJet said the buffalo, which was killed in the crash, was "essentially invisible against a black background". After SpiceJet Flight Hits Buffalo On Runway, SpiceJet is India's fourth-biggest airline by market share. The airline said in a statement that the Boeing 737-800 aircraft hit the buffalo on "take-off roll" at Surat airport.

Friday 31 October 2014

दुई रात्री बस दुर्घटनामा परी मृत्‍यु हुनेको संख्‍या १० पुग्‍यो,३० घाइते, १२ को अवस्था गम्‍भीर -

चितवन: मकवानपुरको बसामाडीमा दुई रात्री बस दुर्घटनामा परी मृत्‍यु हुनेको संख्‍या १० पुगेको छ। दुर्घटनामा परेका आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ज्‍यान गएको हो। दुर्घटनामा परी घाइते भएका २६ वर्षीया रसियन नागरिक दरिया मल्चापोभाको मकवानपुर जिल्‍‍ला अस्पताल र प्रिजन दाहालको चितवन मेडिकल कजेल भरतपुरमा ज्‍यान गएको हो। घाइते यात्रुहरुको चितवन मेडिकल कलेज भरतपुर र मकवानपुरमा  उपचार भइरहेको छ। रात्री बसमा सवार २३ जना घाइते भएका छन्।  घाइतेमध्‍ये १२ जनाको अवस्था गम्‍भीर रहेको बताइएको छ।

काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको रात्री बस र इलामबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको रात्री बस  आपसमा ठोक्‍किएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्‍यु हुनेमा इलाम पीपलबोटेका रोसन भट्टराई, इलाम बरबोटे-४ का प्रवीनराज आचार्य,  इनपा २ की सुजता काफ्ले,  इनपा ३ रक्षा श्रेष्ठ, नाम्सालिङका मिलन अधिकारी, इनपा ४ इसा कार्की र रसियन नागरिक २६ वर्षकी दरिया मल्चापोभा रहेका छन्। अन्‍यको भने सनाखत भइसकेको छैन। मृत्यु हुने ६ जना पुरुष र ३ महिला रहेका छन्।

Monday 27 October 2014

घाइते नागरिक भेट्न दिल्लीबाट आइपुगे इटालियन राजदूत

काठमाडौं- १० कात्तिक, नुवाकोटको बेलकोटमा सवारी दुर्घटनामा परि घाइते भएका आफ्ना नागरिकलाई भेट्न इटालीका राजदूत दिल्लीबाट काठमाडौं आएका छन् ।

 नेपालमा इटालीको राजदूतावास छैन । भारतका लागि इटालीका राजदूतले नै नेपाल समेत हेर्छन् ।
भारत र नेपालका लागि इटालीका राजदुत ड्यानिले मानसिनीको नेतृत्वमा आएको टोलीले सोमवार नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगी घाइते इटालियन नागरिकको अवस्थाबारे जानकारी लिएको नर्भिक अस्पतालले जनाएको छ ।

केही दिन अघि नुवाकोटमा भएको सवारी दुर्घटनामा परी घाईते भएका दुई जना इटालियन नागरिक मार्ता लान्जी र कायरा मास्त्रोफिली नर्भिक अस्पतालको आई.सि.यू.मा भर्ना भएका छन् ।

राजदुत मानसिनीले विरामीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका थिए । त्रि.वि.शिक्षण अस्पतालका कार्डियाक सर्जन डा. अनिल भट्टराई र नर्भिक अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भरत रावतले उनीहरुको अवस्थाबारे जानकारी दिएका थिए ।

Friday 24 October 2014

फिस्टेल एयरको हेलिकोप्टर डोल्पामा दुर्घटना

फिस्टेल एयरको हेलिकोप्टर डोल्पामा दुर्घटनामा परेको छ । पर्यटकको उद्धार गर्न गएको फिस्टेल एयरको ९ एन ए के ए कल साइन भएको हेलिकोप्ट शुक्रबार दिउँसो दुर्घटनामा परेको हो ।

अवतरण गर्ने टेल रोटर जमीनमा ठोकिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनापछि होलिकोप्टरका पाइलट र सहयोगीलाई सिम्रिक एयरको हेलिकोप्टरले उद्धार गरेर डोल्पा सदरमुकाम दुनैमा ल्याएको छ । दुर्घटनामा पाइलट र सहयोगीलाई सामान्य चोटपटक लागेको बताइएको छ ।

Wednesday 22 October 2014

ट्रकले बसलाई ठक्कर दिँदा ज्यान गुमाउनेको संख्या ६ पुग्यो -

पथलैया–हेटौडा सडकखण्ड अन्र्तगत बाराको अमलेखगञ्ज–८ मा बुधवार बिहान ट्रकले बसलाई ठक्कर दिँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बाराका  नेपाल बिद्युत प्राविधकरणको बिरगञ्जस्थित पावर हाउसमा कार्यरत लक्ष्मी तामाङ, उनको छोरा प्रवेश तामाङ, बारा मनहरवा-७ कि कुन्ता दाहाल, बस चालक बुनियाँद-७ का सर्वजितप्रसाद यादव, सह-चालक खुटुवा प्रसौनीका अमृत कुमार साहको सनाखत भएको हो। मृतकमध्ये एक महिलाको सनाखत हुन बाँकी छ।

दुर्घटनामा घाइते अधिकांश यात्रुको वीरगञ्ज, हेटौडा र भरतपुरमा उपचार भइरहेको सिमरास्थित इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।

वीरगञ्जबाट नारायणघाट जाँदै गरेको ना४ख १५४४ नम्

प्रहरीले ट्रक र ट्यांकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्गबीचमै दुर्घटना भएकाले सवारी आवागमन रोकिएपछि बस हटाए यातायात सुचारु गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
बरको बसलाई बिपरित दिशाबाट आईरहेको ना३ख ६२८५ नम्बरको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको हो । ना२ख ८७११ नम्बरको ट्यांकरलाई ओभरटेक गर्ने क्रममा ठोक्किएर अनियन्त्रित भएपछि ट्रकले विपरित दिशाको बसलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । बसलाई ठक्कर दिएर तीव्रगतिमा गुडेको ट्रक अनियन्त्रित भई राजमार्ग छेउको जंगलमा पुगेको थियो ।

Friday 17 October 2014

जसले हिमपातबाट ७० जनाको ज्यान जोगाए

पोखरा : 'कति मरे। कति बिचल्लीमा परे।कसलाई के भो होला' भन्दै उनी छटपटाइरहेका थिए। उनको सबैसँग एउटै चासो थियो, त्यहाँ (प्रभावित क्षेत्र) के भइरहेको छ। उनी टान र एक्यापविरुद्ध आक्रोश पोख्दै नेपाली सेनाको प्रशंसा गरिरहेका थिए।

अन्नपूर्ण पदयात्राकै क्रममा थोरङपास पुगेपछि हिमपात सुरु भएको थियो। बाँक्लो हिउँले हिँड्ने बाटो पुरिँदै गएपछि पदयात्रामा रहेका ७० जना बीचमै रोकिन खोजेका थिए तर त्यहाँको भौगोलिक अवस्थाबारे परिचित रहेका उनले पदयात्रीलाई त्यहाँ रोकिन दिएनन्।

'हिउँ पर्न थालिसक्यो यहीँ बसिरहे कोही बाँच्दैन। बाँच्ने भए छिटो हिँड भनेर कराएँ', उनले भने, 'त्यसपछि यात्री हतारिँदै तल झरे।' थोरङपासबाट तल झर्न केही ढिलाइ गरेको भए सबैले ज्यान गुमाउने उनले दाबी गरे। उनीहरू भन्दा पछाडि रहेको पर्यटक हिउँमा पुरिएर बेपत्ता भएका छन्।

मुक्तिनाथ आइपुगेपछि उनीहरूको पछाडि आउँदै गरेका पर्यटक हिउँमा बेपत्ता भएको सुनेपछि आफूहरूलाई दुर्घटनाबाट बचाइदिएको भन्दै सबैले उनलाई आभार प्रकट गरे। 'उहाँ ट्रेकिङका बारेमा जानेबुझेको विदेशी पर्यटक रहेछन्।

कम्तीमा ५० जना विदेशी र २० जना नेपाली थोरङपासबाट तलतिर झर्ने क्रममा एक्कासि हिउँ खस्न थाल्यो', ज्यान जोगाएर फर्केका नाङमो छिरिङ शेर्पाले भने, ' बाटोभरि हिउँ जम्दै गयो। हामी हिउँ झर्न कम होला र हिँडौंला भनेर सुस्ताएका थियौं। उहाँले ढिला गरे मरिन्छ बाँच्ने भए छिटो हिँड भनेर कराएपछि हामीले हिँडाइको गति बढाएका थियौं। मुक्तिनाथ आएपछि थाहा भो हिँडाइको गति बढाएकाले हिउँमा पुरिनबाट जोगिएछौं।'

३० पटक नेपाल आएका उनले त्यतिनै पटक विभिन्न रु टमा ट्रेकिङ गरिसकेका छन्। बारम्बार नेपाल आउनुको एक मात्रै कारण ट्रेकिङ हो। उनका अनुसार अन्नपूर्ण पदयात्रा, एभरेस्ट, लाङटाङ, मनास्लु, कञ्‍चनजंघालगायका रुटमा ट्रेकिङ गरिसकेका छन्।

 उद्धारमा हेलिकोप्टर अभाव

मनाङको विभिन्‍न क्षेत्रमा हिमपातले अलपत्र परेका २१ जना पर्यटकको शुक्रबार उद्धार गरिएको छ। उद्धार गरिएकामा १० नेपाली र ११ जना विदेशी रहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जनाए। हेलिकोप्टरको अभावले उद्धार प्रभावित भएको उनले दुखेसो पोखे।

'शुक्रबारसम्म अलपत्र परेका सबैलाई उद्धार गरिसक्ने योजना बनाएका थियौं', उनले भने, 'हेलिकोप्टरको अभाव हुँदा त्यो योजना सफल हुन सकेन।' हेलिकोप्टरका लागि अनेकौं प्रयास गरे पनि कहीँबाट त्यसको सुनुवाइ हुन नसकेको उनले बताए।

उद्धारकार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी दिनरात खटिरहेको भन्दै स्थानीय प्रशासनले उद्धारकार्यलाई प्रभावकारी बनाउन कुनै कसुर बाँकी नराखेको दाबी गरे। बाक्लो हिउँ जमेकै कारण नार र काम्लाङ, फुको बीचमा हिउँले पुरिएर ज्यान गुमाएकाहरूको अझै शव झिक्न सकिएको छैन। उद्धारका लागि त्यहाँ पुगेको प्रहरीको टोली लेक लागेपछि सदरमुकाम चामे फर्किसकेको छ।

'उद्धारकार्य प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र लागिपरेको छु', पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले भने, 'ज्यान गुमाएको र बेपत्ता भएको खोजी र अलपत्र पर्यटकको उद्धार गर्न सबै निजी कम्पनीका हेलिकोप्टरहरू खटिरहेका छन्।' मुलुकभित्र ६ निजी कम्पनीका हेलिकोप्टर सेवा सञ्चालन गरिरहेका छन्।
उनी हुन्, फ्रान्सेली नागरिक पासकल जसले हिमपातबाट ७० जनाको ज्यान जोगाइदिए।

Monday 13 October 2014

राजधानीको बबरमहलस्थित व्यस्त सडकमा बस पल्टियो, तीन जनाको मृत्यु -

काठमाडौं, असोज २७– राजधानीको बबरमहलस्थित काठमाडौं जिल्ला अदालत नजिकै व्यस्त सडकमै बस दुर्घटना भएको छ ।

एसएसपी वसन्त पन्तका अनुसार काभ्रे बाट रत्नपार्कतर्फ आइरहेको बा १ ख ८६७८ नम्बरको बस तीव्र गतिका कारण दुर्घटनाग्रस्त भएको हो ।

पन्तका अनुसार घाइतेहरु मध्ये ७ जनालाई सिभिलमा उपचार भइरहेकोमा ३ जनाको मृत्यु भएको छ भने  ५ जना वीर अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भिर रहेको छ ।

दूर्घटनाबाट केही मोटर साइकलमा क्षति पुगेको छ । क्षति पुग्ने बाइकमा बा ३२ प २३७६, बा ३४ प ७६३९, बा ३२ प २६९८ नम्बरका बाइकहरु रहेका छन् ।

Tuesday 7 October 2014

साँघुरो बाटोमा रोक्दा रोक्दै गाडी चिप्लिएर भिरबाट खस्दा, ३० जनाको ज्यान गयो।

It is reported that death toll has reached to 30 in bus mishap,  occurred on Monday at 3 pm in Doti. It is stated that 19 people have died who belong to same village in accident. Thus the place called Saraswati has sunken into grief. In addition to that, Dilli Raj Joshi has died who was hospitalised in Padma Hospital at Attariya in Kailali. 27 people died in  the accident occurred on Monday. Two people died while they are taken to the hospital. Those who are died in the accident belong to Saraswati nagar VDC and it is nearer to Jorayal. Among the deaths, Sakuntala Malla, Bhagirath Ojha, Harina Ojha, Basanti Ojha, Reporter Karna Bahadur Shahi,  Rajendra Shahi, Chatra Bahadur B K, Rohit Bohara are died.

Monday 6 October 2014

डोटीमा भएको बस दुर्घटनाः मृतकको संख्या २९ पुग्यो, ६० बढी घाइते -

२७ जनाको सनाखतः
डोटी, आश्विन २१ । डोटीको छतीवन गाउँ विकास समिति ५ बाझीलेकमा सोमबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २९ पुगेको छ । डोटीको जोरायलबाट धनगढीतर्फ आउँदै गरेको ना३ख ५७०७ नम्बरको बस कठपतेमा करिब अढाई सय मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा ६२ जना घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा पर्नेमा अधिकांश दसैंमा टीका लगाएर काममा फर्कंदै गरेकाहरु छन् ।

मृत्यु हुनेमा धनगढीका पत्रकार कर्णबहादुर शाहीसहित ११ महिला, १३ पुरुष र ५ बालबालिका रहेका छन् । मृत्यु हुनेमध्ये २७ जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा सरस्वतीनगर गाविसका कृष्णा मल्ल, सकुन्तला मल्ल, राजेन्द्र शाही, हरीनादेवी ओझा, छकुलीदेवी ओझा, रोहित बोहरा, टेकराज भट्ट, रेवन्त कठायत, खगेन्द्र भण्डारी, भूमिराज भण्डारी, हरिष कठायत, चक्र विक, दानबहादुर साउद रहेका छन् ।
डडेल्धुरा खलंगाका लक्ष्मण ठकुराठी र उनकी एक वर्षीया छोरी सन्ध्या ठकुराठीको पनि दुर्घटनामा मृत्यु भएको छ ।
त्यस्तै, सोही गाविसका डम्बरी जोशी, कृष्णराज भण्डारी र पशुपति भट्ट रहेको प्रहरीले बताएको छ । दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मीनगर गाविसका शान्ति मल्ल, इन्द्रा मल्ल गिरी, टेकेन्द्र गिरी, बसन्ता ओझा, शान्ति कपडेल र भागिरथी बडुवाल रहेका छन् ।
त्यस्तै, कैलालीको तेघरीमा कार्यरत नेपाली सेनाका जवान नवराज भट्ट र कैलालीको उदासीपुरका मुकेश सार्कीको उपचारको क्रममा अत्तरियास्थित सेवा नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु हाल्दा बस अनियन्त्रित भइ दुर्घटना भएको स्थानीयबासिन्दाको भनाइ छ । सयभन्दा बढी यात्रु सवार रहेको बस सडकबाट झन्डै अढाई सय मिटर तल खसेको थियो । दुर्घटनामा बस चालक र मालिक दुबै घाइते भएका छन् ।

Sunday 5 October 2014

Mid Air Plane Crash New York City | United Airlines vs Trans World Airlines Mid Air Collision

The 1960 New York mid-air collision, also known as the Park Slope Plane Crash, was a mid-air collision between two airliners that occurred over New York City on Friday, 16 December 1960. The collision of United Airlines Flight 826 and Trans World Airlines Flight 266 caused Flight 266 to crash into Staten Island and Flight 826 to crash into Park Slope, Brooklyn, resulting in the deaths of all 128 people on board the two airliners and six people on the ground ( Video provided by PlaneCrash VideosTV)

Tuesday 31 December 2013

तनहुँमा जीप दुर्घटना, ६ भारतीयको मृत्यु, सल्यानमा बस खस्दा ११ को ज्यान गयो

 तनहुँको बन्दीपुरमा जीप दुर्घटनामा परी ६ जना भारतीय पर्यटकको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । पोखराबाट वीरगञ्ज जाँदै गरेको ग १ ञ ६६९ नम्बरको  जीप गएराति बन्दीपुरस्थित चुन पहरामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी भारतको कोलकाता अन्तर्गत किरनचन्द हिरउड बस्ने ५८ बर्षका विनय तिवारी, सोही ठाउँकी ५६ वर्षकी कमलावती तिवारीको मृत्यु भएको छ । दुर्घटनामा परेर ३३ वर्षकी पुन त्रिपाठी, २० वर्षकी नेहा त्रिपाठी, ३७ वर्षकी निलम त्रिपाठी र १३ वर्षका हेमन्त त्रिपाठीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पर्यटक बोकेर पृथ्वी राजमार्गमा गुडिरहेको जीप सडकबाट सयमिटर तल मस्याङ्दी नदीमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Thursday 25 April 2013

Many people dead in Malaysia bus crash

Bus plunges more than 70 metres into ravine near highland resort area, leaving 37 people dead.
 
Rescue officials pulled injured victims from the mangled wreckage of the bus, which fell at least 70 metres
At least 37 people have been killed after a bus plunged into a deep ravine near a Malaysian highland resort area, police and officials say.

Authorities said the bus was carrying 53 passengers when it went off a swerving road and plunged down a steep 70-metre slope in the Genting Highlands, famed for an exclusive gambling and entertainment resort about an hour's drive from the capital, Kuala Lumpur.

The toll could rise, as 16 other passengers were injured, with hospitals reporting some in critical condition.
"Thirty-seven are dead - 13 women and 24 men,"
Bentong town police chief Mohamad Mansor Nor said he had no immediate details about the identities of the passengers on the bus.

Reports said most of the passengers were Malaysians, but hospital staff said the injured also included a Thai man and a Bangladeshi man.

Genting Highlands features Malaysia's only legal casino, which attracts thousands of domestic visitors and foreign tourists from Singapore and China every week.

Police said the bus was part of a line that regularly ferries both tourists and locals between the capital and the hill resort.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID