Monday 13 October 2014

राजधानीको बबरमहलस्थित व्यस्त सडकमा बस पल्टियो, तीन जनाको मृत्यु -

काठमाडौं, असोज २७– राजधानीको बबरमहलस्थित काठमाडौं जिल्ला अदालत नजिकै व्यस्त सडकमै बस दुर्घटना भएको छ ।

एसएसपी वसन्त पन्तका अनुसार काभ्रे बाट रत्नपार्कतर्फ आइरहेको बा १ ख ८६७८ नम्बरको बस तीव्र गतिका कारण दुर्घटनाग्रस्त भएको हो ।

पन्तका अनुसार घाइतेहरु मध्ये ७ जनालाई सिभिलमा उपचार भइरहेकोमा ३ जनाको मृत्यु भएको छ भने  ५ जना वीर अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भिर रहेको छ ।

दूर्घटनाबाट केही मोटर साइकलमा क्षति पुगेको छ । क्षति पुग्ने बाइकमा बा ३२ प २३७६, बा ३४ प ७६३९, बा ३२ प २६९८ नम्बरका बाइकहरु रहेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID