Tuesday 31 December 2013

तनहुँमा जीप दुर्घटना, ६ भारतीयको मृत्यु, सल्यानमा बस खस्दा ११ को ज्यान गयो

 तनहुँको बन्दीपुरमा जीप दुर्घटनामा परी ६ जना भारतीय पर्यटकको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । पोखराबाट वीरगञ्ज जाँदै गरेको ग १ ञ ६६९ नम्बरको  जीप गएराति बन्दीपुरस्थित चुन पहरामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी भारतको कोलकाता अन्तर्गत किरनचन्द हिरउड बस्ने ५८ बर्षका विनय तिवारी, सोही ठाउँकी ५६ वर्षकी कमलावती तिवारीको मृत्यु भएको छ । दुर्घटनामा परेर ३३ वर्षकी पुन त्रिपाठी, २० वर्षकी नेहा त्रिपाठी, ३७ वर्षकी निलम त्रिपाठी र १३ वर्षका हेमन्त त्रिपाठीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पर्यटक बोकेर पृथ्वी राजमार्गमा गुडिरहेको जीप सडकबाट सयमिटर तल मस्याङ्दी नदीमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID