Monday 6 October 2014

डोटीमा भएको बस दुर्घटनाः मृतकको संख्या २९ पुग्यो, ६० बढी घाइते -

२७ जनाको सनाखतः
डोटी, आश्विन २१ । डोटीको छतीवन गाउँ विकास समिति ५ बाझीलेकमा सोमबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २९ पुगेको छ । डोटीको जोरायलबाट धनगढीतर्फ आउँदै गरेको ना३ख ५७०७ नम्बरको बस कठपतेमा करिब अढाई सय मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा ६२ जना घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा पर्नेमा अधिकांश दसैंमा टीका लगाएर काममा फर्कंदै गरेकाहरु छन् ।

मृत्यु हुनेमा धनगढीका पत्रकार कर्णबहादुर शाहीसहित ११ महिला, १३ पुरुष र ५ बालबालिका रहेका छन् । मृत्यु हुनेमध्ये २७ जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा सरस्वतीनगर गाविसका कृष्णा मल्ल, सकुन्तला मल्ल, राजेन्द्र शाही, हरीनादेवी ओझा, छकुलीदेवी ओझा, रोहित बोहरा, टेकराज भट्ट, रेवन्त कठायत, खगेन्द्र भण्डारी, भूमिराज भण्डारी, हरिष कठायत, चक्र विक, दानबहादुर साउद रहेका छन् ।
डडेल्धुरा खलंगाका लक्ष्मण ठकुराठी र उनकी एक वर्षीया छोरी सन्ध्या ठकुराठीको पनि दुर्घटनामा मृत्यु भएको छ ।
त्यस्तै, सोही गाविसका डम्बरी जोशी, कृष्णराज भण्डारी र पशुपति भट्ट रहेको प्रहरीले बताएको छ । दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मीनगर गाविसका शान्ति मल्ल, इन्द्रा मल्ल गिरी, टेकेन्द्र गिरी, बसन्ता ओझा, शान्ति कपडेल र भागिरथी बडुवाल रहेका छन् ।
त्यस्तै, कैलालीको तेघरीमा कार्यरत नेपाली सेनाका जवान नवराज भट्ट र कैलालीको उदासीपुरका मुकेश सार्कीको उपचारको क्रममा अत्तरियास्थित सेवा नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु हाल्दा बस अनियन्त्रित भइ दुर्घटना भएको स्थानीयबासिन्दाको भनाइ छ । सयभन्दा बढी यात्रु सवार रहेको बस सडकबाट झन्डै अढाई सय मिटर तल खसेको थियो । दुर्घटनामा बस चालक र मालिक दुबै घाइते भएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID