Monday 27 October 2014

घाइते नागरिक भेट्न दिल्लीबाट आइपुगे इटालियन राजदूत

काठमाडौं- १० कात्तिक, नुवाकोटको बेलकोटमा सवारी दुर्घटनामा परि घाइते भएका आफ्ना नागरिकलाई भेट्न इटालीका राजदूत दिल्लीबाट काठमाडौं आएका छन् ।

 नेपालमा इटालीको राजदूतावास छैन । भारतका लागि इटालीका राजदूतले नै नेपाल समेत हेर्छन् ।
भारत र नेपालका लागि इटालीका राजदुत ड्यानिले मानसिनीको नेतृत्वमा आएको टोलीले सोमवार नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगी घाइते इटालियन नागरिकको अवस्थाबारे जानकारी लिएको नर्भिक अस्पतालले जनाएको छ ।

केही दिन अघि नुवाकोटमा भएको सवारी दुर्घटनामा परी घाईते भएका दुई जना इटालियन नागरिक मार्ता लान्जी र कायरा मास्त्रोफिली नर्भिक अस्पतालको आई.सि.यू.मा भर्ना भएका छन् ।

राजदुत मानसिनीले विरामीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका थिए । त्रि.वि.शिक्षण अस्पतालका कार्डियाक सर्जन डा. अनिल भट्टराई र नर्भिक अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भरत रावतले उनीहरुको अवस्थाबारे जानकारी दिएका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID