Friday 31 October 2014

दुई रात्री बस दुर्घटनामा परी मृत्‍यु हुनेको संख्‍या १० पुग्‍यो,३० घाइते, १२ को अवस्था गम्‍भीर -

चितवन: मकवानपुरको बसामाडीमा दुई रात्री बस दुर्घटनामा परी मृत्‍यु हुनेको संख्‍या १० पुगेको छ। दुर्घटनामा परेका आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ज्‍यान गएको हो। दुर्घटनामा परी घाइते भएका २६ वर्षीया रसियन नागरिक दरिया मल्चापोभाको मकवानपुर जिल्‍‍ला अस्पताल र प्रिजन दाहालको चितवन मेडिकल कजेल भरतपुरमा ज्‍यान गएको हो। घाइते यात्रुहरुको चितवन मेडिकल कलेज भरतपुर र मकवानपुरमा  उपचार भइरहेको छ। रात्री बसमा सवार २३ जना घाइते भएका छन्।  घाइतेमध्‍ये १२ जनाको अवस्था गम्‍भीर रहेको बताइएको छ।

काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको रात्री बस र इलामबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको रात्री बस  आपसमा ठोक्‍किएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्‍यु हुनेमा इलाम पीपलबोटेका रोसन भट्टराई, इलाम बरबोटे-४ का प्रवीनराज आचार्य,  इनपा २ की सुजता काफ्ले,  इनपा ३ रक्षा श्रेष्ठ, नाम्सालिङका मिलन अधिकारी, इनपा ४ इसा कार्की र रसियन नागरिक २६ वर्षकी दरिया मल्चापोभा रहेका छन्। अन्‍यको भने सनाखत भइसकेको छैन। मृत्यु हुने ६ जना पुरुष र ३ महिला रहेका छन्।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID