Showing posts with label poltical News. Show all posts
Showing posts with label poltical News. Show all posts

Thursday 30 May 2013

राजसंस्था पुनःस्थापनाको चरणवद्ध योजना छ


कमल थापा, अध्यक्ष, राप्रपा नेपाल
मुलुकमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको पाँच वर्ष बितिसक्दा पनि एकोहोरो रुपमा राजतन्त्रकै वकालत गरिरहनुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापासित हामीले सोध्यौं, के नेपालमा राजतन्त्र फर्किने सम्भावना छ ? तपाईहरुले कसरी राजतन्त्र फर्काउने योजना बनाउनुभएको छ ? पहिलेकै जस्तो राजतन्त्र स्थापना गर्ने कि नयाँ खालको ? ज्ञानेन्द्र, पारस वा कसलाई राजा बनाउने ? अनि, विगतमा तपाईहरु नै सत्तामा हुँदा पनि राजतन्त्र जोगाउन किन नसकेको ? काठमाडौंको धापासीस्थित नयाँ पार्टी कार्यालयमा बसेर थापाले दिनुभएको जवाफ चाँहि यस्तो छ :kamal-thapa

० तपाईसँग डा. बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई प्रथम राष्ट्रपति बनाउने र शान्तिपूर्ण ढंगबाटै गणतन्त्र ल्याउने प्रस्ताव गर्नुभएको हो ?

- माओवादी र राजाबीच सहकार्य गरेर अघि बढ्न हामी तयार छौं भन्ने कुरा उनीहरुले गरेको हो । तर, त्योबेला एक त राजाले मात्र चाहेर सबै कुरा हुने अवस्था थिएन ।प्रमुख राजनीतिक दलहरु र माओवादीसँग औपचारिक रुपमा वार्ता गर्न जानुभन्दा पहिले तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालसँग म र डा. प्रकाशचन्द्र लोहनी भेट्न भएको थियौं । सल्लाह माग्न गयौं र माधवजीले प्रष्टरुपमा भन्नुभयो कि ०४७ सालको संविधानभन्दा बाहिर गएर हामी कुनै पनि निकासलाई स्वीकार गदैनौं र संविधानसभा हामी स्वीकार गर्दैनौं । त्यसपछि म नेपाली कांग्रेसको सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न गएँ ।

उहाँले पनि आफ्नै भाषा र शैलीमा त्यही कुरा दोहोर्‍याउनु भयो कि कुनै हालतमा पनि ०४७ सालको संविधान ठूलो संघर्षबाट आएको, जनताको संविधान हो, २/२ पटकको चुनावबाट अनुमोदन भइसकेको छ, यो हामी गर्न सक्दैनौं । त्यसभित्रबाट सक्नुहुन्छ भने गर्नुस् भन्नुभो । त्यही कुरा हामीले राजालाई रिपोर्ट गरौं । बाबुराम जीको कुरा पनि रिपोर्ट गर्‍यौं । र त्यो क्रममा स्वभाविक हो कि राजाले प्रजातान्त्रिक शक्तिहरुलाई माइनस गरेर माओवादीसँग मात्र सहकार्य गरेर जान सक्ने अवस्था थिएन । त्यसकारण त्यो प्रक्रिया अघि बढ्न सकेन । उहाँहरुले त सिलसिलेवार रुपमा उदारता देखाउने हो भने पहिलो राष्ट्रपति बनाउने, हैन पहिलो राष्ट्रपतिको टाइटल नभई राजसंस्था नै चाहिन्छ भने राजाकै रुपमा पनि कुनै न कुनै रुपमा राख्न सकिन्छ । राजालाई दिने भत्ताबारे यत्रो चर्काचर्की भइराख्या छ, हामी त्यो चर्काचर्की पनि गर्दैनौं भन्ने कुरासमेत गर्नुभएको हो ।

 ० तपाईलाई कस्तो लाग्याथ्यो माओवादी प्रस्ताव ?

- हैन, माओवादीसँग मात्र सहकार्य गरेर जान सक्ने अवस्था थिएन । अहिलेको जस्तो परिर्वतित प्रक्रियामा आइसकेको थिएन । उहाँहरुको त राजालाई सेरेमोनियल हेड बनाएर राज्यसत्तामा उहाँहरुले भने अनुसारको कब्जा गर्ने नै थियो ।

० के उहाँहरुले राजासँग मिलेर संसदवादी शक्तिलाई माइनस गर्ने भन्नु भएको थियो ?

-उहाँहरुले भन्नुभएको के हो भने राजा र माओवादीको बीचमा एकता भएपछि पार्टीहरुले बाध्य भएर त्यसलाई मान्नुपर्ने स्थिति आउँछ । मान्दैनन् भने स्वतः अलगिन्छन् भन्ने उहाँहरुको धारणा थियो । बास्तवमा उहाँहरुले जुनखालको राज्यसत्ता स्थापना गर्न खोज्नुभएको थियो, मोनार्की आफैंमा आइडोलोजिकल स्वतन्त्र भएका हुनाले उहाँहरुको राज्य व्यवस्थामा पनि मोनार्की अट्न सक्छ । प्रचण्डले भन्नुभएकै थियो नि हामीले कम्बोडियाको शैली चाहेका थियौं । बाबुरामजीले सांस्कृतिक राजाको सम्भावनाको कुरा गर्नुभएकै हो । मोनार्की आफैंमा वैचारिकरुपमा स्वतन्त्र संस्था भएको हुनाले त्यो त कम्युनिज्ममा पनि अट्न सक्थ्यो, प्रजातन्त्रमा पनि अट्न सक्थ्यो । त्यसकारण खाली माओवादीलाई मात्रै लिएर जान सक्ने अवस्था राजाको थिएन र राजाको चाहना पनि थिएन ।

० गणतन्त्र आयो, यसलाई तत्कालीन राजा ज्ञानेन्द्रले स्वीकार गरिसक्दा पनि कमल थापाले हार स्वीकार नगरेको हो ?

-म राजाका बारेमा आधिकारिक धारणा त राख्न सक्दिँन, यो मिल्दा पनि मिल्दैन । मसँग भेट हुँदा भन्ने कुराको हकमा नेपाली जनता जे चाहन्छन्, त्यसलाई स्वीकार गर्न म तयार छु । यो राष्ट्रप्रति मेरो पनि दायित्व छ र मेरो पनि कुनै भूमिका हुनुपर्छ भन्ने नेपाली जनतालाई लाग्छ भने त्यो भूमिका निर्वाह गर्न म तयार छु भन्ने भनाइ राजाबाट बारम्बार आएको छ । जहाँसम्म हाम्रो पार्टी राप्रपा नेपालको कुरा छ, यो राजाले तिमीहरु राजासहितको प्रजातन्त्रको एजेण्डा लिएर जाउ, पार्टी खोल भनेर सञ्चालन भएको होइन । राजसंस्था रहेकै बेलामा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थालाई बैचारिक आधार स्तम्भका रुपमा स्वीकार गरेर खडा भएको हो । राजसंस्थासँगको हाम्रो सम्वन्ध भनेको सैद्धान्तिक मात्रै हो ।

जसरी विगतमा कांग्रेस-एमालेको राजा र राजसंस्थासँग सम्वन्ध थियो, त्यही किसिमको सम्वन्ध हाम्रो पनि हो । उहाँहरुले त्यो सम्वन्धलाई विच्छेद गर्नु भो, हामीले निरन्तरता दिइराखेका छौं । र, हामीले परिर्वतन नगरेका कारण के हो भने परिर्वतन गर्नुपर्ने धरातलीय आधार हामीले देखेका छैनौं । हामी कन्भिन्स हुनुपर्‍यो नि । मैले कुनै विचार अवलम्बन गर्दा मैले पूर्णरुपमा त्यसलाई स्वीकार गर्नुपर्‍यो नि । मेरो चेतनाको विकास भएदेखि नै नेपालमा कुनै न कुनै प्रकारको राजसंस्था चाहिन्छ । प्रजातन्त्र पनि चाहिन्छ । राजा र प्रजातन्त्रको बीचको एकताले मात्र यो मुलुकलाई जोगाउन सक्छ भन्ने राजनीतिक चेतनामा हुर्किएको मान्छे म । त्यसलाई परिर्वतन गर्नुपर्ने कारण म अहिले पनि देख्दिँन ।

० तर, के नेपाली जनताको चाहनाले राजतन्त्र गएको हैन र ?

जम्माजम्मी नेपाल राजसंस्थाबाट गणतन्त्रमा गयो, त्यसमा दुई वटाभन्दा अरु कारण म देख्दिन । एउटा, माओवादीको त्रास । दोस्रो बाहृय शक्तिको दबाव । यो दुई बटा कारणले मात्र मैले त्यसलाई स्वीकार गरेर जानुपर्ने आवश्यकता म देख्दिँन । फेरि राजनीतिक पार्टी र त्यसको नेता भएको कारणले गर्दा अरुले बोकेर हिँडेका एजेण्डाका आधारमा आएको परिर्वतनलाई मैले स्वीकार गर्ने होइन नि । मैले आफ्नो एजेण्डा अनुसार लिएर जान प्रयत्न गर्नु पर्‍यो नि । हैन भने भोलि माओवादीले एकदलीय सर्वसत्तावाद शासन लागू गर्‍यो भने मैले त्यो परिर्वतनलाई पनि स्वीकार गरेर जानु पर्‍यो । एउटा चुनावमा हार्दैमा आफ्नो एजेण्डा त समाप्त हुँदैन । त्यसकारण हामी निरन्तररुपमा अडेका हौं र यो ७/८ वर्षमा हामीले लिएको अडान ठीक रहेछ भन्ने प्रमाणित गरेको छ ।

० के कारणले यस्तो प्रमाणित भो र ? नेपालमा राजसंस्था चाहिन्छ भन्ने आधार के हो ?

-अहिले जुन किसिमको बाहृय चलखेल र प्रभाव बढेर गयो । राजसंस्था भएको भए यो हदसम्म चलखेल गर्न सक्ने अवस्था नै रहँदैनथ्यो । अहिले त सरकार परिर्वतन मात्र हैन, यहाँका महत्वपूर्ण राजनीतिक निर्णयहरुमा समेत बाहृय शक्तिको हस्तक्षेप हुन थाल्यो । हुँदाहुँदा सवैधानिक अंगमा नियुक्तिमा पनि बाहृय शक्तिको हस्तक्षेप देखिन थाल्यो । अब हाम्रा अगाडि प्रश्न के हो भने यो बाहृय शक्तिको हस्तक्षेप हुने जुन प्रक्रिया छ, यसलाई निरन्तरता दिँदै संस्थागत गर्ने वा यो त अति भयो भनेर हामी त्यसको विकल्पमा जाने । मलाई लाग्छ, अहिले त प्रचण्ड, बाबुराम, माधव, सुशील कोइराला जस्ता नेताहरुले विचार गर्नुपर्ने बेला आएको छ कि हरेकपटक मन्त्री प्रधानमन्त्री हुन सधंै विदेशीको चाकडी गर्ने, खुसीपार्नु पर्ने अवस्थाबाट मुक्त हुने बेला आयो ।

दोस्रो, नेपाल यसभन्दा बढी जातजाति भएको देश हो । त्यो जातजातिको एकता शुन्यमा कायम हुने होइन । त्यसका लागि केही निश्चित मूल्य मान्यता र संस्था चाहिन्छ । नेपालमा शदिऔं देशको अभ्यासबाट राजसंस्थाले यो एकताको प्रतीकका रुपमा काम गर्दै आएको थियो । त्यो प्रतीक ध्वस्त हुनेवित्तिकै यहाँ सामाजिक सद्भाव खल्बलियो, यहाँ जातीय साम्प्रदायिकताको भावना तिव्ररुपमा बढेर गयो, जसका कारणले देश विखण्डनमा जानसक्ने हो कि भन्नेसम्मको खतरा अहिले आम मानिसमा परेको छ ।

तेस्रो कुरा, हाम्रोजस्तो प्रजातन्त्र भर्खर बामे सर्ने अवस्थामा रहेको मुलुकमा जनता स्वयंम् सक्रिय भएर जनउत्तरदायी व्यवस्था कायम गर्न कठीन पर्दोरहेछ । किनकि जनता असंगठित छन्, चेतनाको स्तर एकदमै कम छ र लोभलालच, त्रास आदि कुनै न कुनै कुराले जनतालाई प्रभावित गराउन सक्ने अवस्था हुँदोरहेछ । यस्तो ठाउँमा जनताको सार्वभौम अधिकारलाई बल प्रदान गर्ने चुनावी राजनीतिभन्दा माथि उठेको र भोटको राजनीतिभन्दामाथि उठेको एउटा साझा संस्था आवश्यक पर्छ भन्ने कुरा देखिएको छ । अहिले जुन किसिमको विकृति देखापरेको छ, जुन किसिमको ब्रम्हलुट भएको छ, यसमा जनतासँग डराउनु परेन ।

पैसा टन्न छ, संगठन छ, त्यसका आधारमा जनतालाई म्यानुपुलेट गर्न सकिन्छ र राजसंस्था छैन, राजासँग डराउन परेन । डराउनुपर्ने कुनै संस्था छैन । त्यो सबै आफैंले बनाउन सकिनेरहेछ । यो कारणले गर्दा पनि हिजोको भन्दा बढी राजासहितको प्रजातन्त्रको आवश्यकता महशुस भएको छ ।हिजो यति छाडा ढंगबाट बाहृय शक्तिको प्रभाव थिएन । हिजो अहिलेको जस्तो विखण्डनकारी ढंगबाट जातीय, साम्प्रदायिक भावना बढेको थिएन र अहिलेको जस्तो अराजकता र ब्रम्हलुट थिएन ।

० तपाईलाई वैचारिक नेताका रुपमा लिने गरिएको छ । यद्यपि यहाँले लिनुभएको विचारसँग धेरैको असहमति पनि छ । तपाईले कल्पना गरेको राजसंस्था विगतको भन्दा फरक हुन्छ कि उस्तै ?

-७ सालभन्दा अगाडि इफेक्टिभ राजसंस्था नै थिएन । पृथ्वीनारायण शाहको कार्यकाल एकीकरणमै बित्यो भने उहाँको देहवसानदेखि २००७ सम्मको राजसंस्थालाई त्योबेलाको भारदारी विकृति र विसंगतिले दुरुपयोग गरेको थियो । त्यसपछि राजा र जनप्रतिनिधिको बीचमा सहकार्य सुरु भएको हो । त्यसवीचमा ०१७ साल र ०५९ माघ १९ को घटनाका बारेमा धेरै ठूलो विवाद छ । तर, जे भए पनि ती दुई घटना राजाको प्रत्यक्ष संलग्नतामा भएका विवादका पक्षहरु हुन् । अब यो पृष्ठभूमिमा हामीले राजासहितको प्रजातन्त्रको कुरा गरिरहेका छौं ।

हामी केमा प्रष्ट छौं भने शासन जनताले आफ्ना प्रतिनिधिहरुको माध्यमबाट गर्ने, संवैधानिक दायराभित्र रहेर गर्ने । राजसंस्था राष्ट्रियता र एकताको प्रतिकका रुपमा, संविधानको संरक्षक र अविभावकको रुपमा रहने । एक प्रकारको शेरमोनियल रुपमा रहने । अझ एककदम अघि बढेर म त के भन्छु भने अबको राजसंस्था विगतको जस्तो राजसंस्था हुँदैन । त्यो ०६३ सालभन्दा अगाडिको जस्तो हुँदैन । किनभने देशमा गणतन्त्र चाहनेहरुको पनि ठूलो जनमत छ । त्यो जनमतलाई पनि चित्तबुझ्ने सहमति र सम्झौताको राजसंस्था हुन्छ । त्यो क्रममा हाम्रो मान्यता के भने अबको राजसंस्था संसद अवथा जनताको प्रतिनिधिको नियन्त्रणमा रहने संवैधानिक राजसंस्था हुनुपर्छ । त्यो अवधारणाअनुसारको राजसंस्था हुनुपर्छ । साँच्चै भन्ने हो भने नागरिक राजाको रुपमा परिकल्पना गर्न सकिन्छ । शासन गर्ने हैन, एकताको प्रतीकका रुपमा, अन्तिम रक्षकको रुपमा रहने सक्ने, त्यो पनि संवैधानिक परिधिमा रहेर ।

० यसो भन्नासाथ मानिसहरुको ध्यान ज्ञानेन्द्र, पारस र हृदयेन्द्रमा जान्छ । किनभने अर्को ठाउँबाट राजा ल्याउने त पक्कै हैन होला ।

अहिले हामीले कुनै व्यक्तिको बारेमा छलफल गर्नुअघि त्यो संस्थाको अवश्यकतालाई हामीले महशुस गरौ भने त्यसलाई कुनरुपमा कायम राख्ने, कसले प्रतिनिधित्व गर्ने भन्ने कुरा आउन सक्छ । अहिले नै लिएर जानु अपरिपक्क हुनसक्छ ।

० भनेपछि बेलायतमा मेरी दम्पत्तिलाई ल्याएजस्तो संसदले राजसंस्थालाई ल्याउन सक्ने भयो हैन ?

हो । राजसंस्था पुनःस्थापना गर्ने क्रममा हाम्रो चरणवद्ध योजना छ । पहिलो प्राथमिकता सबै राजनीतिक शक्ति र दलहरुको सहमतिका आधारमा राजसंस्था कायम गर्ने । त्यो गर्न तयार नहुने हो भने जनताको प्रत्यक्ष मतका आधारमा जाने । त्यो पनि नगर्ने हो भने विद्रोह बाहेक अर्को विकल्प रहँदैन । म तीनवटै सम्भावना देख्छु । तर, अहिले हाम्रो प्रयास भनेको पहिलो र दोस्रो विकल्पमै हुन्छ । हाम्रो पार्टी यही आइडोलोजीका आधारमा संगठन विस्तारमा जान्छ । हाम्रो पार्टीको महत्वपूर्ण आइडोलोजी भनेको राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, स्थानीय स्वायत्त शासन हो । उदार खुला अर्थतन्त्र हो । तर, राजसंस्था पुनःस्थापना गर्ने मात्र पार्टीको काम हैन । हिन्दु राष्ट्र पुनःस्थापना गर्ने समिति हैन यो । हामीले त यो बैचारिक धरातलमा रहेर एउटा सबल र सम्पन्न नेपाल निर्माण गर्ने भिजन बोकेर हिडेका हौं । यी हाम्रा पिल्लरहरु हुन्, त्यसमा हामीले एउटा सुन्दर महल बनाउन चाहन्छौ ।

० अलिकति इतिहास कोट्याउँ । तपाईहरुले किन राजतन्त्र जोगाउन सक्नुभएन । के तपाईहरु असफल हुनुभएको हो ?

-वास्तवमा यसका दुई वटा पक्ष छन् । एउटा, राजाले जुन कदम चाले, त्यो कदमका पछाडि म कुनै शंका गर्दिँन । किनभने राजाले निरंकुश शासन लागू गर्न खोजेको भन्ने लगत प्रचार भएको छ । वास्तवमा राजाको एउटै चाहना के हो भने गृहयुद्धको संघारमा रहेको देश छ, प्रजातन्त्र पनि चुनाव हुन नसकेर ट्राकभन्दा बाहिर गएको छ । यसमा मेरो पनि त केही जिम्मेवारी छ, त्यसकारण ३ वर्षभित्रमा प्रजातन्त्रलाई पनि ट्रयाकमा राखिदिन्छु र यो माओवादी समस्या पनि समाधान गरेर शान्ति स्थापना गर्छु भन्ने एम्बिसनबाट राजाबाट कदम चालिएको हो । तर, त्यो कदमलाई ब्यवहारमा कार्यान्वयन गर्ने क्रममा केही कमिकमजोरी भएकै हो । राजाको सहयोगीको छनोटमा केही कमिकमजोरी रहृयो । नीतिगत रुपमा पार्टीहरुलाई विश्वासमा लिन सकिएन । पार्टीहरुलाई के भ्रम पर्‍यो भने हामीलाई त समाप्त पार्न खोजिँदैछ, किनभने त्यो संकेत गयो । अर्को, अन्तराष्ट्रिय समुदायलाई पनि विश्वासमा लिन सकिएन । यसरी त्यो बेलाको कमीकमजोरी भयो ।

म लगायतका सहयोगीहरुले भन्नुपर्छ कि राजालाई जुन उचित सल्लाह दिन सकेनौं वा त्यो सल्लाह कार्यान्वयन गर्ने वातावरण बनाउन सकेनौं । के-के सल्लाह दियौं, अब भनेर त काम छैन । त्यसको रिजल्ट भनेको हामीले राजसंस्थालाई जोगाउनका निम्ति हाम्रो टिमले प्रभावकारी ढंगबाट गर्न नसकेको नैतिक जिम्मेवारी लिनैपर्छ । मैले आफ्नो काम जिम्मेवारीपूर्वक गरेको छु, त्यसमा कुनै शंका छैन । तर, मैले आफ्नो जिम्मेवारी लिनै पर्छ, हामी असफल भएकै हो ।

अब जहाँसम्म राजसंस्था किन गयो भन्ने सवाल छ, यो त हाम्रो कमजोरीको कुरा भो । अर्कोतर्फ १२ बुँदे समझदारीभन्दा अगाडि नै भारतीय विदेश मन्त्रालयको उच्च अधिकारीले दिल्लीस्थित अमेरिकी कूटनीतिज्ञसँग अब नेपालमा राजसंस्थालाई पाखा लगाउने बेला आउन लाग्यो । अब माओवादी र राजनीतिक पार्टीहरुलाई मिलाएर जानुपर्छ भन्ने संकेत गरेको केही समयअघि विकिलिक्सले गरेको खुलासाबाट देखियो । त्यो मार्गचित्र अनुसार नै १२ बुँदे समझदारी भयो । र १२ बुँदे गर्ने क्रमदेखि अहिलेसम्म आउँदासम्म के प्रष्ट भयो भने माओवादी जनयुद्धताका नै भारतीय संस्थापन पक्षसँग सहकार्य गरिएको थियो भन्ने अहिले त जगजाहेर भएको छ । एक प्रकारले भन्ने हो भने बाहृय शक्तिको षड्यन्त्र र देशभित्रको उग्रवामपन्थीको रणनीतिको शिकार राजसंस्थालाई बनाइयो । एम्बुसमा पारियो, जसले गर्दा त्यसको डिफेण्ड पनि ठीक ढंगबाट गर्न सकिएन ।

अर्को कुरा, गिरिजाप्रसाद कोइरालाको महत्वकांक्षा, कुण्ठा र प्रतिशोधले पनि काम गरेको हो । महत्वकांक्षा राष्ट्रपति हुने, त्यसलाई उहाँले पछि पनि अभिव्यक्त गर्नु भो । प्रतिशोध राजसंस्थासँग । मैले त्यहीबेला एकजना कांग्रेस नेतालाई सोधेको थिएँ, हैन गिरिजाबाबु किन यति साह्रो रिसाको भनेर । उहाँले राजाले गिरिजाबाबुलाई फिनिस गर्ने भन्ने उहाँको कानमा परेका उहाँले प्रतिशोध लिनुभएको हो । उहाँ केही कुरा सन्न पनि तयार हुनुहुन्न ।

 ० राजतन्त्रको अन्त्य जुन तरिकाबाट भयो, त्यसमा तपाईको भनाइ के छ ?

त्यसलाई २/३ चरणमा हेर्ने हो भने ०६२/६३ को आन्दोलनको अन्त्य दरबार र आन्दोलनकारीको सम्झौतामा गएर टुंगिएको थियो । राजाको शाही घोषणा सम्झौताको दस्ताबेज हो । त्यसको अतिरिक्त लिखित कागजको पनि आदान-प्रदान भएको छ । त्यसको स्पि्रट ०४७ सालको संविधानमा टेकेर संविधानसभाको चुनाव गर्ने र संविधानसभाबाट नयाँ संविधान बनाउने । किनभने माओवादीले पनि त्यो बेलामा ४७ सालको संविधानलाई समाप्त पारेर अन्तरिम संविधान बनाउने कुरा गरेको थिएन । षड्यन्त्रपूर्ण ढंगबाट त्यो काम भयो ।

त्यही सम्झौताअनुसार राजाबाट प्रतिनिधिसभा पुनःस्थापना भयो । गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने काम भयो । प्रधानमन्त्री भएपछि गिरिजाप्रसाद केही हप्तासम्म पहिलेको जस्तै राजालाई साप्ताहिकरुपमा भेटेर बि्रफिङ गरिरहनुभएकै थियो । ०६३ साल जेठ ४ गतेको संसदले घोषणापत्र, जसलाई म्याग्नाकार्टा पनि भनियो, त्यसमा राजाको अधिकार कटौती गर्ने र राजाका उत्तदाधिकारीको रुपमा जेठी छोरी समेत रहने पाउने व्यवस्था गरियो । राजालाई स्पेश दिनुपर्छ, बेबी किङ राख्नुपर्छ भन्ने कुरा त एक वर्षसम्म चल्यो । पछि गएर संविधानसभाको पूर्वसंन्ध्यामा ०६४ साल पुस १० गते षड्यन्त्रपूर्वक ढंगबाट संविधानसभाको चुनाव नै नभई राजसंस्थालाई अन्त्य गरेर गिरिजाप्रसादलाई राष्ट्रप्रमुख र सरकार प्रमुख बनाउने काम गरियो ।

र, त्यसलाई कार्यान्वयन गर्ने काम ०६५ साल जेठ १५ गतेको पहिलो बैठकले गर्‍यो । त्यो पहिलो बैठक पूर्ण नै थिएन किनभने मनोनित सभासदहरु आएकै थिएनन् । दोस्रो संसदमा मन्त्रीहरुलाई पनि बस्ने अधिकार हुन्छ तर, संविधानसभामा सभासदहरुलाई मात्र बस्ने अधिकार हुन्छ । त्यो पहिलो संविधानसभाको बैठकमा सदस्य नै नरहेको व्यक्ति कृष्णप्रसाद सिटौला उपस्थित मात्र हुनुभएन, प्रस्तावक नै बन्नुभयो र एक मिनेट पनि छलफल नगरी मध्यरातमा त्यो प्रस्ताव पारित गरियो ।

० त्यसबेला राजाले कुनै प्रतिकार नगर्नु र गणतन्त्रलाई स्वीकार्नुको कारण के हो ?

राजाले प्रतिकार नगरेर ठूलो बुद्धिमतापूर्वक काम गरेको हो । राजाले त्यो निर्णयलाई अवज्ञा गरेको भए धेरै ठूलो रक्तपात हुन्थ्यो । त्यो बेलासम्म मान्छेहरु मर्न र मार्न तयार थिए । त्यस्ता जमातहरु नभएका पनि हैनन् । सेना राजाकै हातमा थियो । दरबारमै सेनाको टुकडी थियो । तर, लोकसम्मत्तिलाई मानेर जाने नेपालको राजसंस्थाको आफ्नै मौलिक क्यारेक्टरका कारण राजाले त्यसलाई कार्यान्वयन गर्न सहज बाटो दिएको हो ।

अर्को कुरा, एकछिन त्यसलाई बैध नै मान्ने हो भने पनि संविधान नै नवनाई संविधानसभा भंग भएपछि त्यसका निर्णयहरु त बदर भए । संविधानसभाले गरेका कुनै पनि निर्णहरु भोलि आउने संविधानसभाका लागि बाध्यकारी हुनेछैनन् । संविधानतः राजसंस्था जेठ १४ को अवस्थामा कायमै छ ।

 ० अब नयाँ संविधानसभा आएपछि फेरि राजतन्त्रको अन्त्य भएको घोषणा गर्नुपर्छ भन्न खोजनुभएको हो ?

-पर्छ नि । नयाँ आउनेले स्वीकार गर्छ कि गर्दैन भन्ने सकिन्न । गणतन्त्र अहिले संक्रमणकालीन अवस्था छ । किनभने अन्तरिम संविधानमा भएका सबै व्यवस्थालाई भोलिको संविधानमा हुबहु राख्नुपर्छ भन्ने जरुरी छैन ।

० तपाईको पार्टीले बहुमत ल्यायो भने राजतन्त्र पुनःस्थापना गर्छ ?

-विल्कुल गर्छौ ।

 ० त्यसोभए राजाले पनि त चुनावमा भाग लिएर दुई तिहाई बहुमत ल्याएर आफूलाई पुनःस्थापना गरे भैगो नि त ?

-मैले बुझेअनुसार राजामाथि ठूलो दबाव छ । विभिन्न क्षेत्रबाट, हुनसक्छ बाहृय शक्तिबाट राजा बाहिर फ्रन्टमा आउनुपर्‍यो, मुभमेन्ट गर्नुपर्‍यो भन्ने दबाव हुनसक्छ । तर, नेपालको राजाको आफ्नै खालको क्यारेक्टर छ । जनतासँग मूठभेड नगर्ने । चाहे माओवादी नै किन नहोस्, माओवादीविरुद्ध सेना परिचालन गर्न पनि राजाहरुमा धेरै ठूलो रिडप्टेड थियो । त्यसकारण राजा आफैं सक्रिय हुने भन्दा पनि मूठभेड नहोस् र सर्बसम्मत्तिबाटै होस् भन्ने चाहना हुनसक्छ ।

० तपाई विश्वास गर्नुहुन्छ, कुनै दिन नेपालमा सर्वसम्मतिमा राजतन्त्र पुनःस्थापना हुन्छ ?

-व्यक्तिगतरुपमा कुरा गर्दा मैले नाउँ नलिउँ तर, एकसेएक गणतन्त्रवादी भन्नेहरु कुनै न कुनै रुपमा चाहिने हरेछ भन्नुहुन्छ । उहाँहरु नै भन्नुहुन्छ राजालाई पाखा लगाएर विदेशीको चाकडी गर्न हामीले यो व्यवस्था सोचेको त हैन । आजको त्यस्तो भन्ने उहाँहरुले पनि रियलाइज गर्नुभएको छ । कुनै पनि गल्तीलाई सच्याउने पहिलो स्टेप रियलाइजेशन हो । रियलाइज भएपछि सुधार हुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2013/05/76332/#sthash.u0PEYmpD.dpuf

मंसिरमा चुनाव हुनेमा आशंकाः थापा


१६ जेठ, बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी मंसिरमा संविधानसभाको निर्वाचन हुनेमा आशंका व्यक्त गर्नु भएको छ ।

अन्तरिम चुनावी मन्त्रिपरिषद गठन भएको साढे दुई महिना बितिसक्दा सम्म पनि चुनावको मिति घोषणा गर्न नसक्नु, निर्वाचन सम्बन्धी ऐन तथा कानुन बन्न नसक्नु, चार दलको सिन्डिकेट कायम रहनु र आन्दोलनरत दललाई सहमतिमा ल्याउन नसक्नुले मंसिरमा चुनाव हुनेमा आशंका उत्पन्न भएको उनको भनाई थियो ।

भैरहवामा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले निष्पक्ष र धाधलीरहित निवाचन सम्पन्न गर्न चार दलिय समिति खारेज हुनु पर्ने बताउनुभयो । उहाँले आगामी चुनावमा सनातन हिन्दु धर्म र राजतन्त्र सहितको प्रजातन्त्रसहितको एजेण्डा लिएर जाने बताउनु भयो ।

मुलुकका चार शक्तिप्रति जनताको व्यापक बितृष्णा जागेको उल्लेख गर्दै थापाले आगामी निर्वाचन पछि राप्रपा नेपाल शक्तिको रुपमा उदय हुने दावी गर्नुभयो ।

कसले गर्दा भाँडियो स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ?


जेठ २३ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ । विभिन्न विद्यार्थी संगठनका नेताहरुसँगको छलफलपछि त्रिभुवन विश्वविद्यालयले निर्वाचन स्थगन गर्ने निर्णय गरेको हो ।

विद्यार्थी संगठनहरुले फर्जी विद्यार्थी भर्ना गरेको विषयमा विवाद गर्दै क्याम्पसमा तालाबन्दी गर्न थालेपछि चुनाव अनिश्चित कालका लागि स्थगित भएको हो । तपाईको विचारमा चुनाव हुन नसक्नुको वास्तविक कारण के होला ?

१. सबै संगठनले नक्कली विद्यार्थी भर्ना गरेकाले यस्तो स्थिति आएको हो ।

२. एमाओवादी-माओवादी समर्थित दुई क्रान्तिकारीको विवादले यस्तो भएको हो ।

३. त्रिवि प्रशासनको लाचारीका कारण चुनाब रोकिएको हो ।

कसले गर्दा भाँडियो स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ?

- See more at: http://www.onlinekhabar.com/2013/05/76601/#sthash.K14rSQH7.dpuf

कसले गर्दा भाँडियो स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ?

- See more at: http://www.onlinekhabar.com/2013/05/76601/#sthash.K14rSQH7.dpuf

Wednesday 29 May 2013

प्रचण्डले राजनीतिलाई चरम दुरुपयोग गरे : पोखरेल

१५ जेठ, काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सामाजिक सद्भावमाथि डढेलो लगाएर राजनीतिक बजारीकरण नगर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ । lपोखरेलले शान्ति प्रक्रिया सुरु भएदेखि शान्ति प्रक्रिया एवम् अन्य विषयमा सहमति गर्ने अनि सहमतिको मसी सुक्न नपाउँदै त्यसको विरोधमा कुरा गर्ने अध्यक्ष दाहालको चरित्रका कारण नेपाली राजनीतिप्रति जनताको वितृष्णा जागेको वताउनुभयो ।

प्रेस चौतारी नेपालले स्थापना गरेका तीनवटा पुरस्कार बुधवार काठमाण्डौमा वितरण गर्दै उहाँले एमाओवादी अध्यक्षलाई जातीय कुरा उठाएर राजनीतिलाई चरम दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो ।चौतारीद्वारा स्थापित हृदयचन्द्र पत्रकारिता पुरस्कार पत्रकार गोपाल बुढाथोकी र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार पत्रकार कुन्दन अर्याललाई प्रदान गरिएको थियो । साँघु साप्ताहिकमा चार दशकदेखि कार्यरत बुढाथोकीलाई प्रदान गरिएको हृदयचन्द्र पत्रकारिता पुरस्कारको राशि रु १५ हजार एकसय रहेको छ ।
पत्रकारिता विषयमा अध्यापन एवम् खोज अनुसन्धान गर्दै आउनुभएका पत्रकार अर्याललाई प्रदान गरिएको अग्निशिखा स्मृति पत्रकारिताको राशि पनि रु १५ हजार एकसय रहेको छ । त्यसैगरी चौतारीका पूर्व केन्द्रीय सदस्य वीरेन्द्र साहको स्मृतिमा स्थापित वीरेन्द्र पत्रकारिता पुरस्कार दैलेखका पत्रकार डेकेन्द्र थापालाई मरणोपरान्त प्रदान गरिएको थियो । रु सात हजार राशिको सो पुरस्कार दैलेखमा नै पुगेर स्वर्गीय थापाका परिवारलाई प्रदान गरिने छ ।

पुरस्कृत व्यक्तित्वद्वय बुढाथोकी र अर्यालले गणतन्त्र ल्याउन नेपाली पत्रकारिताले जुन भूमिका निर्वाह गरेको थियो त्यही भूमिका यसलाई संस्थागत विकास गर्न पनि निर्वाह गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा चौतारीका महासचिव माधव नेपाल, प्रा पि खरेल, नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेल, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालगायतले पत्रकारिताको विविध पक्षमा चर्चा गर्नुभएको थियो । रासस

नेपालको २०६३ को जना आन्दोलन आज फेरी हेरौ( आज गणतन्त्र दिवस)

आज नेपालमा गणतन्त्र स्थापना भएको ५ बर्ष भयो | कसरि स्थापना भएको थियो त जौ फेरी २०६३ सालमा

२०२५ र २०२० सालमा नेपाल कस्तो हुन्छ त (भिडियो हेर्नुहोस)


Sunday 26 May 2013

टाइपिस्टलाई कम्प्युटर इन्जिनियरमा बढुवा

कर्मचारी नेतृत्वको सरकारको उपाधि पाएको वर्तमान कर्मचारी प्रशासनमा दीर्घकालीन असर पार्ने निर्णय गरेको छ। नेपालका सरकारी कार्यालयमा कम्प्युटरले प्रवेश पाएस147गै त्यही बेलादेखि सरकारी कार्यालयमा काम गर्ने टाइपिस्टहरुको जागिर
धरापमा पर्न थालेको हो। लोकसेवा आयोगले ०५२ सालदेखि कम्प्युटर अपरेटरको न्यूनतम शैक्षिक योग्यता तोक्दै पाठ्यक्रम तर्जुमा गरेको भए पनि टाइपिस्ट र कम्प्युटर अपरेटरको द्वन्द्व ०६० सालदेखि सुरु भएको हो। यो विवाद अहिले फेरि सामान्य प्रशासन मन्त्रालयमा देखा परेको थियो। तर कर्मचारी नेतृत्वको सरकारले अहिले तीन सय टाइपिस्टलाई कम्प्युटर इन्जिनियर बनाइ147दैछ। निजामती सेवा तेस्रो संशोधन अध्यादेश (२०६९) ऐन, २०४९ ले करिब ३ सय टाइपिस्टलाई कम्प्युटर इन्जिनियर अधिकृत बनाउने बाटो खुल्ला गरेको छ। टाइपिस्टबाट सेवा परिवर्तन गराई कम्प्युटर अपरेटर ह147ुदै कम्प्युटर इन्जिनियर र अधिकृतमा बहुसंख्यक टाइपिस्ट अध्यादेशमार्फत ल्याइएको निजामती सेवा ऐनको तेस्रो संशोधनस147गै बढुवा समायोजन हुने भएका छन्। यी इन्जिनियर र अधिकृतको सेवा प्रवेश र बढुवा हु147दाका बखत कायम भएको न्यूनतम र माथिल्लो दुवै योग्यता, योग्यता प्रदान र समकक्षता निर्धारण गर्ने निकाय एवं अन्तर्राष्ट्रिय स्तरमा समेत प्राविधिक एवं व्यावसायिक प्रमाणीकरण हुन नसक्ने केही कर्मचारीको गुनासो छ। अहिले केही कर्मचारी भने कम्प्युटर इन्जिनियर र अधिकृतमा बढुवा गरिएको भन्दै कर्मचारीमा असन्तुष्टि देखि147दै आएको छ। यसरी सरकारले गरेको बढुवास147गै अब कम्प्युटर इन्जिनियरहरु कहा147 जाने भन्ने द्विविधा बढेको छ। असन्तुष्ट कर्मचारीहरुको तर्क के छ भने इन्जिनियर र अधिकृतजस्तो विशिष्टीकृत पदको परिकल्पना टाइपिस्ट र कम्प्युटर अपरेटरजस्ता सहायकस्तरको पदबाट गरिएको पाइ147दैन। त्यसैले टाइपिस्टहरूलाई इन्जिनियर र अधिकृत बनाउनुको साटो कम्प्युटर सहायक पदमा प्रतिस्थापन गरेर कम्प्युटर इन्जिनियरिङ अध्ययन गरेको नया147147 जनशक्तिलाई निजामती सेवामा भित्र्याइनुपर्ने माग एकथरी कर्मचारीको छ।

Saturday 25 May 2013

ओलीले भने-एमाओवादी बनमान्छे, कांग्रेस थोत्रो मादल

११ जेठ, सुर्खेत । नेकपा एमालेका नेताका नेता केपी शर्मा वलीले असली वामपन्थी एमाले भएको बताउनु भएको छ । एमाले सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको जनसभामा ओलीले मान्छे र वनमान्छेमा फरक भएझैँ एमाओवादी र एमालेबीच निकै फरक भएको दावी गर्नुभयो ।

नेता ओलीले कांग्रेसलाई थोत्रो मादलको संज्ञा दिँदै नेता ओलीमा थोत्रो मादलमा छाला, डोरी, गेडी केही नभएजस्तै कांग्रेससँग विचार, नीति र सिद्धान्त केहि पनि नभएको टिप्पणी गर्नुभयो । देश विकासका लागि चुनाव अपरिहार्य भएको भन्दै उहाँले एमाओवादीले विभिन्न बखेडा झिकेर चुनाव नचाहेको आरोप लगाउनु भयो ।

देशमा संविधान बन्नका लागि एमाले सहितका लोकतान्त्रिक दलहरुको बहुमत आवश्यक रहेको भन्दै उहाँले एमालेसहितका दलहरुको बहुमत नआए फेरि पनि संविधान नबन्ने दावी गर्नुभयो ।

भारतीय कांग्रेसका नेतामाथि माओवादी आक्रमण, १६ को मृत्यु

१२ जेठ, काठमाडौं । भारतको छत्तीसगठ राज्यमा सशस्त्र माओवादीको आक्रमणमा परी प्रदेशका कांग्रेस अध्यक्ष नन्दकुमार पटेल, उनका छोरा र बरिष्ठ कांग्रेस नेता महेन्द्र कर्मासहित १६ को निधन भएको छ । मारिनेमा केही प्रहरीसमेत छन् । माओवादीय आक्रमणमा पूर्व मुख्यमन्त्री एवं कांग्रेस नेता विद्याचरण शुक्ल समेत गम्भीर घाइते छन् । घटनापछि कांग्रेस आइ उपाध्यक्ष राहुल गान्धी घटनमास्थलतर्फ गएका छन् ।

बीबीसीले जनाए अनुसार कांग्रेसले सञ्चालन गरेको ‘परिवर्तन यात्रा’ अभियानमा सहभागी १ सय २० जना कांग्रेस नेता एवं कार्यकर्तामाथिमाओवादीका सयौं हतियारधारीले गोली प्रहार गरेका हुन् । छत्तीसगढको बस्तर जिल्लामा रुख ढालेर बाटो अवरुद्ध पारी माओवादीले गोली प्रहार गर्नुका साथै बम विष्फोट गराएका थिए ।

छत्तीसगढ माओवादी प्रभावित इलाका मानिन्छ । यसैवर्ष त्यहाँ हुन लागेको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अपि्रलदेखि ‘परिवर्तन यात्रा’ अभियान सञ्चालन गर्दै आइरहेको थियो । शान्तिपूर्ण अभियानमा लागेका नेतामाथि माओवादीले आक्रमण गरेपछि कांग्रेसआइ अध्यक्ष सोनिया गान्धीले घटनाको निन्दा गर्दै यसलाई लोकतन्त्र माथिकै आक्रमण बताएकी छन् ।हत्यापछि छत्तीसगढमा तीनदिन राजकीय शोकको घोषणा गरिएको छ ।

यस्ता छन् एमालेका नवप्रवेशी !


 धरानको सभागृह बाहिर युवाहरु चुरोटको धुवाँ बुङबुङ उठाउँदै भीड लागेर बसेका । कोही रफ शैलीमा मोटरसाइकल हुइक्याउँदै भित्र पस्दै त कोही हल्ला-खल्ला गर्दै बाहिरिँदै थिए । सुरुमा त दिउँसै डान्स पार्टी आयोजना भएछ जस्तो लाग्ने ।

कानमा मुन्द्रा लगाएका, झ्याप्ले र चुल्ठो बाटेका एक हुल युवा मोटरसाइकलमा तीन-तीन जना चढेका थिए । अगाडि छानो नभएको रफ देखिने गाडीमा पनि युवाहरु उभिएका थिए । झट्टै हेर्दा कतै झैझगडा परेछ कि जस्तो लाग्ने गरी दौडिएका युवाहरु धरान सभागृह पुगे । त्यहाँ झन गज्जबकै रमिता थियो । लस्करै उभिएका चल्ठे-मुन्द्रेलाई एमालेका महासचिव ईश्वर पोख्रल धमाधम टीका लगाइरहनुभएको थियो ।

आइतबार मध्यान्ह धरान सभागृहमा एमाले प्रवेश गर्ने युवाहरु देख्दा केही पुराना कम्युनिष्ट कार्यकर्ताहरु अब त कम्युनिष्ट भन्न पनि लाज हुने भयो भन्दै फर्किंदै थिए । एमालेले करिब १२ युवाको नाम बाचन गर्दै युवाहरुको लस्कर लगाएपछि महासचिव पोख्रेलले पसीना चुहाउँदै टीका लगाउनुभएको थियो । नव प्रवेशी युवाहरु सभागृह वरिपरि चुरोटको धुँवा उठाउँदै हल्ला खल्ला गर्दै बसिरहेको दृश्यले कुनै डान्स पार्टी वा नाइट क्लबको झल्को दिन्थ्यो ।

एमालेको छैठौं जिल्ला अधिवेशनको अवसरमा शनिबार नै युवाहरुलाई प्रवेश गराउने कार्यक्रम भएपनि दर्के पानीले बिथोलेपछि आइतबार सभागृहमा ती युवाहरुलाई लस्कर लगाइएको हो । एमालेको जिल्ला अधिवेशन भए पनि सभागृहमा पाका र बौद्धिक व्यक्तित्व भन्दा पनि ठेक्कापट्टा, टेन्डर, झैझगडा र डान्सपार्टीमा भेटिने युवाहरुको भीड देखिन्थ्यो । रोचक त के थियो भने शनिबार राति धरानको ओटु नामक बारमा अबेरसम्म बस्ने र झैझगडा गर्ने युवालाई प्रहरीले पक्राउ परेकालाई समेत रातारात एमालेका नेताहरु प्रहरी कार्यालय पुगेर छुटाएर त्यहाँ ल्याइएको थियो ।

एमालेमा प्रवेश गर्ने कोही चर्चित नाम देखिएनन् । अधिकांश नवप्रवेशीहरु भोटरलिष्टमा नामसमेत नभएका कलिला र होहल्लामा हिँड्ने युवाहरु थिए । नवप्रवेशी मुन्द्रेहरुको आगमनले एमालेका नेताहरु मख्ख परे पनि भविष्यमा यी उरन्ठेउला युवाहरु रुपान्तरिक हुने हुन् या नेताहरुलाई नै घाँडो हुने हुन् ? नेताहरु नै स्पष्ट छैनन् । तर, युवाहरु पार्टी भित्रकै गुटवीच झगडा पर्दा आफैं-आफैं काटाकाट गर्ने स्वभावका भएको पुराना कार्यकर्ताको टिप्पणी छ ।

दुई साता अघिमात्र एमालेमा ओली गुटका भनेर चिनिने युवा संघका केन्द्रीय सदस्य ज्ञानदीप लिम्बुले झलनाथ गुटका भनिने युवा संघका नगर अध्यक्ष राजेन्द्र राईलाई हात हालेपछि पार्टीमा तनाव भएको थियो । त्यो तनाव अझै साम्य भइनसकेको अवस्थामा कुण्डलेहरुको प्रवेशले कुनै दिन एमालेमा ठूलै दुर्घटना हुने संकेत देखिएको छ ।

रक्तचन्द तस्करी र ठेक्का-पट्टामा लगाउँदैनौं : ओली

धरानमा महासचिवले गरेजस्तै शनिबार साँझ काठमाडौंको कपनमा एमाले नेता केपी शर्मा ओली र केन्द्रीय सदस्य योगेश भट्टराईले पनि यस्तै उमेरका ठिटाहरुलाई टीका र माला लगाइदिनुभएको थियो । तर, ओलीको दाबी थियो-’हामी यी युवाहरुलाई रक्तचन्दन तस्करीमा लगाउँदैनौं । ठेक्काट्टा, कमिशन र ठेकदारलाई धम्क्याउने काममा पनि युवाहरुलाई लगाउँदैनौं । हामीले यसरी युवाहरुलाई टीको लगाएको देशको विकासका लागि हो ।’

‘ठिटा’कै हातमा छ देशको भविश्य

एमाले नेता ओलीले भनेजस्तै यी जोशिला युवाहरुले हुलदंगा र झैझगडा छाडेर आफूलाई रुपान्तरण गर्दै देश र समाजको उन्नतिमा लागे भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ । तर, उनीहरु पुर्शराम बस्नेतको बाटोमा लगे भने यसले पार्टीलाई मात्रै होइन, सिंगै समाजलाई पिरोल्ने छ । हेरौं, एमालेले अब यी युवाहरुलाई कुन बाटोमा अघि बढाउँछ ।

अहिले ‘ठिटा’ देखिने यिनै युवाहरु नेपालको भविश्य हुन् । यी युवाहरु सही मार्गमा लागे भने देश अघि बढ्छ, युवाहरु बिगि्रए भने सिंगो देशले र भावी पुस्तालेसमेत दुःख पाउँछ ।

Thursday 23 May 2013

गृहमन्त्रीको आश्वासनपछि पूर्व सभासद् हकको अन्त्येष्टि गर्न परिवार सहमत

१० जेठ, काठमाण्डौं । पूर्व सभासद् सदरुल मियाँ हकको हत्याको निष्पक्ष छानविनको माग गर्दै आन्दोलनमा उत्रिएका आपन्त र छिमेकीहरुको माग पुरा गर्न गृहमन्त्री सहमत भएपछि हकको अन्त्येष्टि गर्न परिवार सहमत भएका छन् । हकको आफ्नो संस्कार अनुसार अन्तिम संस्कार गर्ने तयारी सुरु गर्न लागिएको परिवारजनले जानकारी दिएका छन् ।

यसैबीच सडक आन्दोलनमा उत्रिएका स्थानीयबासीले पनि आन्दोलन फिर्ता लिएर अवरुद्ध रहेको राजमार्ग खुलाउने तयारीमा लागेका छन् । गृहमन्त्री आएर हत्या प्रकरणको उचित छानविन गर्नुपर्ने लगायतका प्रतिबद्धता नगरेसम्म आन्दोलन जारी राख्ने भन्दै स्थानीयबासीले सडक आन्दोलन सुरु गरेका थिए । स्थानीयबासीको मागलाई मध्यनजर गर्दै आज विहान घटनास्थल पुग्नुभएका गृहमन्त्री माधब घिमिरेले परिवार तथा आफन्तसँग छलफल गरी हत्यको उचित छानविन गरी केही दिन भित्रै हत्यारा पत्ता लगाउने र पीडितका  माग पुरा गर्ने आश्वासन दिनुभएको थियो । चार दिनदेखिको बन्दकाकारण लामो तथा छोटो दूरीका सवारी सप्तरीमै अड्किँदा सर्वसाधारण यात्रु मारमा परेका थिए ।

Wednesday 15 May 2013

ज्ञानेन्द्रलाई अझै बिन्तीपत्रको ओइरो


२ जेठ, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहको शासनसत्ता गुमेपनि उनलाई व्यक्तिगत कामदेखि राजनीतिक विषयमा बिन्तीपत्र आउने गरेका छन् । निर्मलनिवासमा शाहलाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन गरेर दैनिक दशवटासम्म बिन्तीपत्र दर्ता हुने गरेका छन् ।

नारायणहिटी छोडेर पूर्वराजा निर्मलनिवास गएपछिका सुरुका दिनमा भन्दा संविधानसभा विघटनयता बिन्तीपत्र दर्ता गर्ने क्रम बढेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

निर्मलनिवासको गेटमा हरेक दिन १० वटासम्म बिन्तीपत्र दर्ता हुन्छन्, बिन्तीपत्र बुझाउन अधिकांश आफैं पुग्ने र कोहीले भने अरुलाई पनि पठाउने गरेको पाइएको छ । साथै इमेल, फ्याक्स र चिठीबाट पनि बिन्तीपत्र आउने गरेका छन् ।

ज्ञानेन्द्रलाई आउने बिन्तीपत्रमा आर्थिक सहयोग लिन उपचार मिलाइदिन र छोराछोरीलाई विदेश पठाइदिनेसम्मका कुरा छन् । अधिकांशले पूर्वराजालाई सक्रिय हुन र आफुलाई कामको जिम्मेवारी दिन आग्रह गरेका छन् ।

बिन्तीपत्र स्वकीय सचिवले दुई-तीन पटक पढेर पूर्वराजालाई दिने र पूर्वराजाले सक्ने काम गरिदिन सहयोगीलाई आग्रह गर्ने गरेको स्रोतको दाबी छ ।
- See more at: http://www.onlinekhabar.com/2013/05/71320/#sthash.wwhW5v5B.dpuf

उर्मिला अर्याल एमाओवादी प्रवेशको तयारीमा


 जेठ, काठमाडौं । नेकपा एमालेकी नेतृ उर्मिला अर्याल एकीकृत नेकपा माओवादी प्रवेशको तयारीमा हुनुहुन्छ । अखिल नेपाल महिला संघको नेतृत्व चयन प्रक्रियाबाट असन्तुष्ट रहेकी अर्यालले पछिल्लो दिनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँगको भेट वाक्लो बनाउनु भएको छ ।

‘उहाँसँग विभिन्न चरणमा कुरा भएको छ’ प्रचण्ड निकटका एक नेताले अनलाइनखबरसँग भने-’तर कहिले पार्टी प्रवेश गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।’ स्रोतका अनुसार हालै एमाओवादी प्रवेश गरेका रामचन्द्र झामार्फत अर्याल प्रचण्डसमक्ष पुग्नु भएको हो ।

एमालेमा पोलिटव्युरो सदस्य रहेकी अर्यालले स्थायी समिति सदस्य माग गर्नु भएको

Friday 26 April 2013

भारतले मुखै फोर्यो ‘नेपालका नेता स्वार्थी’

 बीपीपछि भारत भ्रमणमा आएका नेपाली नेतामध्ये किसुनजी र अधिकारीले मात्र मुलुक र जनताको हतिमा अडान राख्दै सीधासीधा कुरा गरेको विदेश मन्त्रालयको आन्तरिक सर्कुलरमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले बीपी कोइरालापछि कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबाहेक नेपालका अरु कुनै नेताले आफ्नो देशको हितमा भारतसँग सीधा कुरा राख्न नसकेको दाबी गरेको छ ।
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबारदेखि गर्ने भारत भ्रमणको तयारीमा जुटेको मन्त्रालयको आन्तरिक सर्कुलरमा उक्त कुरा रहेकेा जानकारी मन्त्रालयका एक बरिष्ठ अधिकारीले दिए । ती अधिकारीले भने, ‘नेपालका नेताहरुबारे विगत ३० वर्षको प्रतिवेदन तथा नोट हेर्दा बीपीपछि किसुनजी र अधिकारीले मात्र देश विकास र जनताको हतिमा अडान राख्दै कुरा गरेको पाइयो । अन्य सबै नेताले आफ्नै स्वार्थका विषयमा मात्र कुरा गरेकेा पाइयो । अन्य सबै नेताले आफ्नै स्वार्थका विषयमा मात्र कुरा गरेका रहेछन् । धेरै नै हल्ला भएको विषयबाहेक अरु कुरा कतै छैन । अन्यले अहिलेसम्म यस्तो सुनाउनलायक विषय प्रस्तुत गरेका अभिलेख पाइदैन ।’

Tuesday 23 April 2013

तपाईको कामै दुनियाँ झुक्याउने हो प्रचण्ड: अब झुक्याउन सक्नुहुन्न, सबैले चिनिसके'-वैद्य '

१० बैशाख, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादी अध्यक्ष प्रचण्ड दुनियाँलाई झुक्याउन माहिर व्यक्ति भएको बताउनुभएको छ । एक समय प्रचण्डका राजनीतिक गुरु एवं नेतासमेत रहनुभएका वैद्य एमाओवादी अध्यक्ष प्रचण्डको मूल्यांकन गर्दै भन्नुहुन्छ- ‘उहाँ दोहोरो भूमिका खेलेर दुनियाँ झुक्याउन माहिर हुनुहुन्छ, उहाँको कामै यही हो र उहाँले सबैलाई यसै गर्नुहुन्छ ।’ प्रचण्डको मूल्यांकनबारे अनलाइनखबरले राखेको जिज्ञासामा वैद्यले थप्नुभयो- ‘तर, अब उहाँले झुक्याउन सक्नुहुन्न, उहाँलाई सबैले चिनिसके ।’‘म जेलबाट छुटेर आएपछि पनि केही समय ठिकै होला भनेर विश्वास गरें । त्यसबेला मलाई परिस्थिति बुझ्न अलिकति समय लाग्यो । साथीहरुलाई प्रचण्डले यसरी लडेर नजितिने भो, अब काठमाडौं जाऔं र विद्रोहबाट सत्ता लिनुपर्छ भन्नुभयो । तर, यता आएर विस्तारवादी शासक वर्ग र खासगरी कांग्रेस र एमालेसँग घुँडा टेक्नुभयो ।’ वैद्यको थप विश्लेषण छ – ‘हामी संसदीय व्यवस्थामा आउने भयौं, तपाईहरु विश्वास गर्नोस् भनेर उता ठिकठाक पार्नुभएछ । फेरि हामीतिर आएरचाँहि यही तरिकाले राज्यसत्ता कब्जा गर्ने हो भन्नुभयो ।”प्रचण्डजीले यति ठूलो धोका दिनुहोला भन्ने लागेको थिएन । मैले त यस्तो परिकल्पनै गरेको थिइँन ।’ माओवादी नेता वैद्यको गुनासो छ- ‘अलिअलि कमीकमजोरी त मान्छेमा हुन्छ, तर उहाँ त यसरी बदलिनुभयो कि उहाँ त जे पनि गर्न सक्नुहुनेरहेछ । वास्तवमा उहाँ यति अविश्वसनीय पात्र हो कि उहाँ जे पनि गर्न सक्नुहुन्छ ।’

रेग्मीजीले प्रचण्डलाई किन टेर्ने ?

माओवादी अध्यक्ष वैद्यले अब खिलराज रेग्मीले प्रचण्डलाई टेर्नुपर्ने हैसियत पनि नरहेको र कारण पनि नभएको दाबी गर्नुभयो । अब रेग्मीजीले प्रचण्डलाई टेर्नुपर्ने हैसियत पनि छैन, कारण पनि छैन । यही भएर उहाँहरु आन्दोलनमा जान्छौं भन्न थालिसक्नुभयो ।’ उहाँले भन्नुभयो । खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउने प्रस्ताव दक्षिण (भारत) बाट आएको र यसको सर्जक डा. बाबुराम भट्टराई भएको वैद्यको विश्लेषण छ । ‘हामीले सुनेअनुसार यो प्रस्ताव दक्षिणतिरबाट बाबुरामजीमार्फत आएको हो । प्रचण्डजीले थाहा पाइसकेपछि आफूलाई अझ बढी नजिक देखाउनका लागि उहाँले आफैं मुभ गर्नुभयो ।’ वैद्यको भनाइ छ- ‘पहिले यसबारे कांग्रेस र एमालेलाई पनि थाहा थिएन र शुरुमा उनीहरुले विरोध गरे । तर, पछि दक्षिणबाट आएको थाहा पाएपछि चुप लागे ।’

आशलाग्दो केटो जेठाजु

आफूले विश्वास गरेको र लगानी गरेको चिजप्रति बढ्ता विश्वास गरिने र अपेक्षा पनि गरिने वैद्यको तर्क छ । प्रचण्डलाई नेता बनाउन आफूले त्यस्तै लगानी गरेकाले विश्वास र अपेक्षा गरेको उहाँले अनलाइनखबरलाई बताउनुभयो । ‘हामी आफैंले उहाँलाई नेता बनाएको हो । त्यसैले हामीले प्रचण्डलाई बढ्ता विश्वास गर्यौं । जसप्रति बढी लगानी भएको छ, त्यहाँ बढी विश्वास गरिन्छ र त्यहाँबाट अलिकति अपेक्षा पनि गरिन्छ । यसअर्थमा हामीले उहाँलाई विश्वास गरेका थियौं ।’- वैद्य भन्नुहुन्छ, ‘प्रचण्ड, म, बादलजी, गौरबजी र देव गुरुङ्गजी हाम्रो लामो टिम हो, हामीले टिममा काम गरेका हौं । बाबुरामजीलाई पार्टीमा ल्याउनुपर्छ भनेर हामीले नै भनेका हौं । त्यसपछि हामीले बाबुरामजीलाई ल्याएका हौं ।’

Saturday 20 April 2013

मुसर्रफलाई आतंकवादको आरोप

इस्लामावाद,  पाकिस्तानका पूर्वसैनिक एवं पूर्वराष्ट्रपति पर्वेज मुर्सरफलाई सन् २००७ मा न्यायाधीशहरूलाई गैरकानुनी ढंगले पक्राउ गरेको अभियोगमा दुई सातासम्म न्यायायिक हिरासतमा राख्ने आदेश दिइएको छ ।

मुसर्रफले आफूविरुद्धको मुद्दालाई राजनीतिक रूपले प्रेरित भन्दै आएका छन् । उनले सन् २००७ मा मुलुकमा संकटकाल घोषणा गरेका थिए । यसविरुद्धमा बोल्ने न्यायाधीशलाई उनले बर्खास्त गरेका थिए । यही मुद्दामा मुसर्रफलाई गत साता मात्र अदालतले हाजिर हुन बोलाएको हो । उनी मेमा हुन लागेको आमनिर्वाचनमा सहभागी हुनका लागि पाकिस्तान आएका थिए । उनलाई निर्वाचनमा सहभागी हुनबाट अदालतले सुरुमा प्रतिबन्ध लगाएको थियो । मुसर्रफका वकिलले यसविरुद्ध उपल्ला अदालतमा अपिल गर्ने बताएका छन् ।
सन् १९९९ देखि २००७ सम्म सत्तामा रहेका उनलाई शुक्रबार पक्राउ गरिएको हो । उच्च न्यायालयले यो गतिविधिलाई आतंकवाद कार्य मानेको छ । अदालतले मुसर्रफलाई राजधानी इस्लामावादको आतंकवाद निरोधी अदालतमा उपस्थित गराएको छ । उनलाई  सर्वोच्च अदालतले बिहीबार पक्राउ आदेश दिएको थियो ।

Monday 15 April 2013

दुई कोरियाबीच तत्काल युद्ध हुँदैन : नेपाली दूतावास

सोल, चैत्र २३ - सोलस्थित नेपालीदूतावासले उत्तर र दक्षिण  कोरिया तत्काल युद्ध  गर्ने स्थितिमा नरहेको दाबी गर्दै   नेपाली समुदायलाई भयमुक्त रहन आग्रह गरेको छ ।

‘दक्षिण कोरियाली नागरिकहरुको जनजीवन सुचारु रुपले सञ्चालन भइरहेकाले नेपाली समुदाय त्रसित हुने स्थिति छैन’, शुक्रबार जारी सूचनामा जनाइएको छ । कोरिलायी शक्तिबीच कलह बढ्दै गएपछि यहाँ रहेका नेपालीहरुले युद्धको संभाब्यताबारे बुझ्ने गरेको जनाउँदै दूतावासले बिशेष सूचनामार्फत् प्राप्त जानकारी अनुसार युद्धको स्थिति नरहेको जनाएको हो ।

दुवै कोरियाबीच चेतावनीयुक्त आरोप प्रत्यारोप चलिरहेकाले परिस्थितिको मूल्यांकन गरेर नेपाली समुदायलाई जानकारी दिइने पनि  सुचनामा उल्लेख छ ।

Thursday 28 March 2013

विदेश बस्ने ३० लाख नेपालीले भोट दिन नपाउने


१५ चैत, काठमाडौं । पढाइ र रोजगारीका सिलसिलामा विदेश पुगेका करिब ३० लाख नेपालीले आगामी संविधानसभाको चुनावमा भोट दिन नपाउने पक्कापक्की भएको छ । सम्बन्धित दूतावास मार्फत उनीहरुलाई मताधिकारको व्यवस्था गर्न माग भइरहे पनि निर्वाचन आयोगले तत्काल त्यस्तो व्यवस्था गर्न नसकिने अनलाइनखबरलाई जानकारी दिएको छ ।
 ’विदेशमा रहेका नेपालीको मताधिकारका विषयमा हामी गम्भीर छौं, तर, अब हुने चुनावमै विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउन भने प्राविधिक हिसाबले समस्या छ ।’-निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अनलाइनखबरसित भन्नुभयो ।अध्ययन, काम र भ्रमणका लागि झण्डै ३० लाख नेपाली विदेशमा रहेको सरकारी तथ्यांक छ । गैरसरकारी संघसंस्थाको तथ्यांकअनुसार ५० लाख जति नेपाली विदेशमा छन् । डेढ करोड मतदाता रहेको मुलुकमा ३० लाख नेपालीले मतदान गर्न नपाउनु सामान्य विषय होइन ।

यसअघिको संविधानसभा चुनावमा पनि विदेशमा बस्ने नेपालीलाई सहभागी गराउनुपर्ने आवाज उठेको थियो । तर, प्राविधिक रुपमा असम्भव भन्दै त्यतिबेला पनि यो काम हुन सकेको थिएन । भावी दिनमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने नेताहरुले आश्वासन दिँदै आएका थिए । ४ वर्षे संविधानसभा र व्यवस्थापिका संसद रहँदा यसविषयमा नेताहरुले खासै चासो दिएनन् । आगामी चुनावमा छुट्टी नमिलेमा या आर्थिक वा अन्य कारणले आउन नसकेमा विदेशमा बस्ने नेपाली विगतमाझैं मताधिकारबाट बञ्चित हुने पक्का भएको छ । भोटै हाल्न भनेर स्वदेश फर्किएमात्रै विदेशमा बस्ने नेपालीले मत दिन पाउँछन् ।

विदेश घुमेर बनाएको प्रतिवेदन आयोगमा अलपत्र

मुलुक बाहिर अध्ययन, काम गर्न र भ्रमणमा गएका नेपाली नागरिकलाई उनीहरु रहेकै मुलुकमा मताधिकार दिने गरी सरकार र आयोगले यसअघि गृहकार्य पनि नगरेका चाँहि होइनन् । यसका लागि आयोग पदाधिकारीले विदेशमा रहेका नागरिकलाई कसरी र कुन प्रक्रियाबाट मताधिकार दिने, कहाँ कसरी मतदान केन्द्र राख्ने, साधनस्रोतको व्यवस्था कसरी गर्ने भनेर फिलिपिन्स, थाइल्याण्ड र दक्षिण कोरियासम्म पुगेर निकै महंगो अध्ययनसमेत गरेका छन् ।
‘हामीले अध्ययन प्रतिवेदन तयार पारेर आयोगलाई बुझाइसकेका छौं’ आयुक्त यादवले भन्नुभयो-’तर तत्काल यसलाई कार्यान्वयन गर्न समस्या छ ।’
स्रोतका अनुसार सम्बन्धित देशको दूतावासमा मतपेटिका राखेर चुनाव गराउन सम्भव भए पनि खर्च निकै लाग्ने भएको र अन्य प्राविधिक जटिलता भएकाले निर्वाचन आयोग तत्काल यसो गर्न नसकिने टुंगोमा पुगेको हो ।

Wednesday 20 March 2013

मलेसियामा पक्राउ परेका सबै नेपाली छुटे

 न्युनतम स्केलको तलब नदिएको विरोधमा अवैधानिक रुपमा आन्दोलन गर्ने तयारी गरिरहेको अभियोगमा पक्राउ परेका सबै  नेपाली छुटेका छन् । उनीहरु आइतबार अबेर छुटेको मलेसियाली दैनिक 'the star' दैनिकको अनलाइन संस्करणमा  अपडेट गरेको समाचारमा  छ ।

मलेसियामा यस बर्ष शुरुदेखि नै न्युनतमतलबको माग गर्दै विभिन्न दर्जनभन्दा बढी कम्पनीमा नेपाली लगायत विदेशी कामदार आन्दोलित भएकाछन् । मलेसियाली सरकारले लागू गरेको पछिल्लो न्युनतम पारीश्रमिक र लेबी नतिरेपछि यहाँ कामदारका समस्या बल्भिmँदै गएका छन् । एक साता अघि मुआरकै एक कम्पनीबाट अवैधानिक रुपमा आन्दोलन गरेकै अभियोगमा २३ जना नेपाली पक्राउ परेका थिए । उनीहरुबारे पछिल्लो जानकारी पाउन सकीएको छैन । यहाँ स्थित नेपालीदुतावासका अनुसार पक्राउ परेका नेपालीबारे कम्पनीपक्ष गतबिहीबार त्यहाँ स्थितप्रहरी चौकीमा पुगेको थियो ।
समाचार अनुसार मलेसियाली सरकारले हालै लागू गरेको न्युनतम पारिश्रमिकको माग गर्दै अवैध रुपमा रोजगारदाता कम्पनीविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको सूचनाको आधारमा उनीहरुलाई आइतबार मुआरस्थित जनामहारानी बसपार्क छेउछउ लगायत विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको थियो ।"प्रहरीको समूह उनीहरुको सम्भावित आन्दोलनलाई रोक्न सफलभएको छ ।" एक प्रहरी अधिकारीको भनाइ उदृत गर्दै अनलाइनले मुआर क्षेत्रमा करिब ५ हजार नेपालीकामदार कार्यरत रहेको जनाएको छ ।

Friday 15 March 2013

रेग्मीको शपथ नै अशुभ-ज्योतिष को भनाइ

 शपथ ग्रहणसँगै सडकबाट बिरोधको स्वर सुन्न र सहन बाध्य भएका मन्त्रिपरिषदका अध्यक्ष प्रमुख न्यायधिस खिलराज रेग्मीको कार्यकाल पनि खासै शुभ नरहेको ज्योतिषले बताएका छन् । शपथको बेला र समयले कार्यकाल फलदायी नहुने कुरा  ज्योतिष गोविन्दप्रसाद दुवाडीले बताउनुभयो ।
 
 दुवाडीले अनलाइनखबरसित भन्नुभयो-अहिले शुक्र अस्तको बेला यसै पनि अशुभ मानिन्छ’ ’त्यसमाथि बिहान ९:३० देखि १० बजेसम्मको समयमा लग्न वृष र लग्न स्वामी शुक्रअस्त रहेकाले शुभ फल देखिँदैन ।’

शपथ  उद्बेगको बेला परेकाले उद्विघ्न चिन्तनका कारण हृदयविदारक(अकल्पनीय) अवस्थाले काम गर्नुपर्ने उहाँले बताउनुभयो । चन्द्रमा पापकर्तरीमा रहेकाले रेग्मीले सधैं ट्रयाकमा रहेर काम गर्नुपर्ने ज्योतिषको भनाई 
छ ।

ज्योतिष दुवाडीले भन्नुभयो -‘उहाँलाई राजनीतिक दलहरुको असहयोगसँगै घरपरिवारबाट पनि कचकच भैरहन्छ’ ’वृष लग्नले कुम्भ नवमाम्सा हुने भएकाले रेग्मीको कार्यकाल राम्रो देखिँदैन, गरेका काम ढिलो सफल हुन्छ ।’

शत्रृगृही वृहस्पति लग्नमा रहेकाले सधैं शत्रु लाग्ने र स्वतन्त्र भएर काम गर्ने अवस्था पनि नदेखिएको ज्योतिषले बताएका छन् ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID