Saturday 25 May 2013

भारतीय कांग्रेसका नेतामाथि माओवादी आक्रमण, १६ को मृत्यु

१२ जेठ, काठमाडौं । भारतको छत्तीसगठ राज्यमा सशस्त्र माओवादीको आक्रमणमा परी प्रदेशका कांग्रेस अध्यक्ष नन्दकुमार पटेल, उनका छोरा र बरिष्ठ कांग्रेस नेता महेन्द्र कर्मासहित १६ को निधन भएको छ । मारिनेमा केही प्रहरीसमेत छन् । माओवादीय आक्रमणमा पूर्व मुख्यमन्त्री एवं कांग्रेस नेता विद्याचरण शुक्ल समेत गम्भीर घाइते छन् । घटनापछि कांग्रेस आइ उपाध्यक्ष राहुल गान्धी घटनमास्थलतर्फ गएका छन् ।

बीबीसीले जनाए अनुसार कांग्रेसले सञ्चालन गरेको ‘परिवर्तन यात्रा’ अभियानमा सहभागी १ सय २० जना कांग्रेस नेता एवं कार्यकर्तामाथिमाओवादीका सयौं हतियारधारीले गोली प्रहार गरेका हुन् । छत्तीसगढको बस्तर जिल्लामा रुख ढालेर बाटो अवरुद्ध पारी माओवादीले गोली प्रहार गर्नुका साथै बम विष्फोट गराएका थिए ।

छत्तीसगढ माओवादी प्रभावित इलाका मानिन्छ । यसैवर्ष त्यहाँ हुन लागेको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अपि्रलदेखि ‘परिवर्तन यात्रा’ अभियान सञ्चालन गर्दै आइरहेको थियो । शान्तिपूर्ण अभियानमा लागेका नेतामाथि माओवादीले आक्रमण गरेपछि कांग्रेसआइ अध्यक्ष सोनिया गान्धीले घटनाको निन्दा गर्दै यसलाई लोकतन्त्र माथिकै आक्रमण बताएकी छन् ।हत्यापछि छत्तीसगढमा तीनदिन राजकीय शोकको घोषणा गरिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID