Saturday 20 April 2013

मुसर्रफलाई आतंकवादको आरोप

इस्लामावाद,  पाकिस्तानका पूर्वसैनिक एवं पूर्वराष्ट्रपति पर्वेज मुर्सरफलाई सन् २००७ मा न्यायाधीशहरूलाई गैरकानुनी ढंगले पक्राउ गरेको अभियोगमा दुई सातासम्म न्यायायिक हिरासतमा राख्ने आदेश दिइएको छ ।

मुसर्रफले आफूविरुद्धको मुद्दालाई राजनीतिक रूपले प्रेरित भन्दै आएका छन् । उनले सन् २००७ मा मुलुकमा संकटकाल घोषणा गरेका थिए । यसविरुद्धमा बोल्ने न्यायाधीशलाई उनले बर्खास्त गरेका थिए । यही मुद्दामा मुसर्रफलाई गत साता मात्र अदालतले हाजिर हुन बोलाएको हो । उनी मेमा हुन लागेको आमनिर्वाचनमा सहभागी हुनका लागि पाकिस्तान आएका थिए । उनलाई निर्वाचनमा सहभागी हुनबाट अदालतले सुरुमा प्रतिबन्ध लगाएको थियो । मुसर्रफका वकिलले यसविरुद्ध उपल्ला अदालतमा अपिल गर्ने बताएका छन् ।
सन् १९९९ देखि २००७ सम्म सत्तामा रहेका उनलाई शुक्रबार पक्राउ गरिएको हो । उच्च न्यायालयले यो गतिविधिलाई आतंकवाद कार्य मानेको छ । अदालतले मुसर्रफलाई राजधानी इस्लामावादको आतंकवाद निरोधी अदालतमा उपस्थित गराएको छ । उनलाई  सर्वोच्च अदालतले बिहीबार पक्राउ आदेश दिएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID