Showing posts with label jankari. Show all posts
Showing posts with label jankari. Show all posts

Sunday 15 September 2013

महिलाको कुन अंगमा पर्छ पुरुषको पहिलो नजर ?

कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला ? पहिलोपटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ? धेरैको उत्तर हुनसक्छ वक्षस्थल । तर एक अध्ययनले भने यो कुरा झुटो सावित गरिदिएको छ । एक अन्तराष्ट्रिय सर्भेक्षणबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्दछ ।
?

पहिलो नजर महिलाको आँखामा जुधाइसकेपछि पुरुषले त्यसपछि महिलाको कुन अंग हेर्छ होला ? यसमा पनि तपाइँको अनुमान नमिल्न सक्छ । पुरुषले दोश्रो नजर महिलाको मुख अर्थात् मुस्कानमा लगाउँछ । तेश्रो नजर बल्ल महिलाको वक्षस्थल वा कम्मर भन्दा तल्लो भागतिर पर्छ ।
डेलीमेलमा छापिएको खबर अनुसार सर्भेक्षणमा सहभागि गराइएका ७० प्रतिशत पुरुषले पहिलोपटक महिलासँग भेट हुँदा आफ्नो पहिलो नजर महिलाको आँखामा पर्ने बताए । बेलायती संस्था ड्रपले १ हजार पुरुष र १ हजार महिलामा गरेको सर्भेक्षण अनुसार महिलाको वक्षस्थल पुरुषको हेराइएको तेश्रो प्राथमिकतामा पर्छ ।
सर्भेक्षण अनुसार कतिपय पुरुषले महिलाको वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन् । यी सबै कुरा राम्रो लागेपछि मात्र पुरुषले महिलाले लगाएका लुगा तथा महिलाको उचाइमा ध्यान दिन्छन् ।
पुरुषहरुले सबैभन्दा बढि बेवास्ता गर्ने वा सबैभन्दा पछि हेर्ने अंग भनेको महिलाको नाक रहेछ । अध्ययन अनुसार महिलाहरुले भने पुरुषको छातिमा पहिलो नजर पूराउँछन् । त्यसपछि पुरुषको उचाइ तथा छालाको रंगमा ध्यान दिन्छन् ।

Thursday 12 September 2013

महिलाले नानीदेखि नै ठान्छन् आफुलाई यौनको साधन

अमेरिकामा हालै भएको एक शोधले निकै अनौठो तथा रोमाञ्चक तथ्य बाहिर ल्याएको छ । शोध अनुसार अमेरिकामा बालिकाहरु ६ वर्षदेखि नै आफुलाई सेक्सको सामानका रुपमा बुझ्न थाल्छन् । यसअघिका विभिन्न शोधले महिला तथा किशोरकिशोरीहरुले मात्र आफुलाई सेक्सको सामान सम्भिmने गरेको देखाएको थियो तर पछिल्लो अध्ययनले उमेर पुगेका युवतीहरुले मात्र नभै बालिकाहरुले समेत आफुलाई यस्तो सम्भिmने गरेको तथ्य पत्ता लगाएको हो ।
जर्नल अफ सेक्स रोल्समा छापिएको समाचार अनुसार नक्स कलेजका मनोवैज्ञानिकहरुले शोधका क्रममा ६ देखि ९ वर्ष उमेर समूहका बालिकाहरुमा अध्ययन गरेका थिए । त्यसक्रममा उनीहरुले कागजको गुडियाको प्रयोग गरे । ६० जना बच्चीहरुलाई दुइ प्रकारका गुडिया देखाइयो । ती मध्ये एक प्रकारका गुडियालाई कामुक तथा टाइट र छोटा पहिरन लगाइयो भने अर्काथरी गुडियालाई लामा लुगा लगाइदिएको थियो ।

शोधकर्ताहरुले त्यसपछि बालिकाहरुलाई मनपर्ने तथा आफु त्यस्तै बन्न चाहने खालको गुडिया रोज्न लगाए । त्यसक्रममा ६८ प्रतिशत बालिकाहरुले आफु सेक्सी गुडियाजस्तै सेक्सी देखिन चाहने बताए । सयमा ७२ जनाले लामा लुगा लगाएको भन्दै छोटा लुगा लगाएको गुडिया लोकप्रिय हुने धारणा राखे ।

शोधकर्ता क्रिस्टी स्टारका अनुसार बच्चीहरु समेत आफुमा सेक्स अपिल होस् भन्ने चाहन्छन् । आफुमा सेक्स अपिल भएमा आफु पपुलर बन्न सक्ने र यसको सामाजिक फाइदा हुने धारणा उनीहरुमा हुन्छ ।

महिलाका १० कामुक अंग हरु !

अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा कामेच्छा जागृत हुन्छ । जसलाई फोटो फिचरसहित तल राखिएको छ ।
१) तिघ्राको भित्री भागः 
तिघ्राको भित्री भाग अत्यन्त संवेदनशील हुन्छ । उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ । त्यसैले यो भागलाई कामोत्तेजक मानिन्छ । यो भागमा स्नेहपूर्व भए, सुमसुम्याए वा चुम्बन गरे महिलाहरूमा कामोत्तेजना वृद्धि हुन्छ र उनीहरू यौनसम्पर्कका लागि बढी उत्प्रेरित हुन्छन् र त्यसबाट आनन्द पनि प्राप्त गर्छन् ।


२) हातका भित्री भागः 
हातको भित्री भागको छाला अत्यन्त पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छन् । यो भागमा प्रेमपूर्ण क्रियाकलाप गर्नाले तुरु न्तै मस्तिष्कसम्म संकेत पुग्छ । यो भागमा यौनसाथीको स्पर्श मात्र पनि महिलाहरूलाई कामोत्तेजित गर्न पर्याप्त छ ।






३) कानः 
कान पनि महिलाहरूको प्रमुख कामोत्तेजक अंगमध्ये एक हो । यो शारीरिक एवं मानसिक दुवै रूपमा कामोत्तेजित गर्न सहायक हुन्छ । महिलाहरू को कानमा प्रेमपूर्वक फुसफुसाए, चुम्बन गरे वा जिस्किए उनीहरूको कामोत्तेजना बढ्छ । यसबाहेक यौन सम्र्पकका बेला कामुक कुराकानी गर्दा पनि  उनीहरू कामोत्तेजित हुन्छन् ।




४) गर्दनको पछाडिको भागः 

गर्दन पछाडिको भागमा केश रेखाको ठीक मुनिदेखि लिएर कानपछाडिको भागसम्म अत्यन्त संवेदनशील हुन्छ । यो हिस्सामा  स्पर्श वा चुम्बन गर्नाले महिलाहरूमा कामोत्तेजना जागृत हुन्छ र उनीहरूले यौनसम्पर्कमा पर्याप्त आनन्द प्राप्त गर्छन् ।





५) आँखाको परेलाः  
 आँखाको परेला पनि महिलाहरूलाई कामोत्तेजित गर्न  सहयोगी हुन्छ । परेलामा प्रेमपूर्व चुम्बन उत्तेजित गर्नका लागि पर्याप्त हुन्छ ।  परेलाको छाला पातलो हुन्छ र कैयन् उत्तेजक तत्वको उपस्थितिले त्यसलाई संवेदनशील बनाउँछ ।





६) पाइतालाः 
मानिसहरू यो भागलाई बेवास्ता गर्छन्, तर आश्चर्यजनक रूपले यो कामोत्तेजक अंगमध्येको एक हो । यो स्थान नर्व एन्डिङबाट  भरिपूर्ण हुन्छ । फलस्वरूप यो भाग अत्यन्तै संवेदनशील हुन्छ । पाइतालाको स्पर्श मात्रले पनि महिलाहरूमा कामोत्तेजना जागृत गर्छ ।



७) जिब्रोः 
जिब्रो यौन सम्पर्कका सन्दर्भमा सबैभन्दा संवेदनशील अंग हो । जिब्रोमा चुम्बन गर्ने, चुस्ने वा चाट्ने कामले महिलाहरूमा कामवासना जागृत  हुन्छ ।




८) घुँडाको पछाडि भागः 
यहाँको छाला पातलो भएका कारण घुँडा पछाडिको भाग पनि अत्यन्त कामोत्तेजक हुन्छ । यो भागमा मुहार वा हातले रगड्नाले  कामोत्तेजना सिर्जना हुन्छ र महिलाहरू यौनसम्पर्कप्रति अग्रसर हुन्छन् ।





९) पेटको तल्लो भागः 
महिला शरीरको यो भाग पनि अत्यन्त संवेदनशील हुन्छ । यो भागमा हल्का हातले मसाज गर्दा वा थोरै काउकुती लगाउँदा  महिलामा कामोत्तेजना बढ्छ र उनीहरू यौनसम्पर्कका लागि तत्पर हुन्छन् ।




१०) पिठ्युँ: 
पिठ्युँ पनि पर्याप्त संवेदनशील हुन्छ । यहाँ चुम्बन गर्नाले महिलाहरू उत्तेजित त हुन्छन् नै साथै उनीहरूको तनाव पनि कम हुन्छ । यौनमा  सक्रिय बनाउन यो स्थानमा आफ्नो मुहार रगड्नुपर्छ ।

Wednesday 21 August 2013

Mothers are out of options, not 'opting out'

In the United States, mothers are increasingly finding themselves stuck between a rock and a hard place.
'The choice that is not really a choice' is one of the oldest tricks in parenting. Anticipating a tantrum or endless dawdling, the parent offers the babt a limited set of options: 'Would you like to wear the red shirt or the blue shirt? Would you like the carrots or the apple? It's your choice.'
The baby, being a child, feels empowered. He is the one in control; he gets to make the big decisions. But this deception only lasts for so long. Eventually the child grows older and starts to dream beyond his proscriptions. He realises there are not only two options, but a world of dazzling variety. He demands to be part of this world, but his requests are denied. He realises he never had options after all, but that choice itself was an illusion produced by the powerful.

If only his mother would realise the same.

On August 7, the New York Times ran an article called 'The Opt Out Generation Wants Back In' - a follow-up to a 2003 story about highly accomplished, well-educated American women who left the workforce to stay at home with their children. Ten years later, the mothers are seeking work that befits their abilities but most are unable to find it, causing them to question their original decision.
Freshers struggle to land jobs in US.

The NewYork Times piece frames the mothers' misgivings as a result of questionable planning and poor marriage partners, paying mere lip service to the tremendous change in the economy over the past ten years. Whether to work or stay at home is presented as an option that has to do with personal fulfillment and childrearing preferences, divorced from fiscal limitations.

But for nearly all women, from upper middle-class to poor, the "choice" of whether to work is not a choice, but an economic bargain struck out of fear and necessity. Since 2008, the costs of childbirth, childcare, health care, and education have soared, while wages have stagnated and full-time jobs have been supplanted by part-time, benefit-free contingency labour.

The assumed divide between mothers who work inside and outside the home is presented as a war of priorities. But in an economy of high debt and sinking wages, nearly all mothers live on the edge. Choices made out of fear are not really choices. The illusion of choice is a way to blame mothers for an economic system rigged against them. There are no "mommy wars", only money wars - and almost everyone is losing.

The media present a woman's fear of losing her career as the fear of losing herself. But the greatest fear of most mothers is not being able to provide for their children. Mothers with high-paying jobs go back to work to earn money for their kids. Married mothers with low-paying jobs quit to save money for their kids. Single mothers struggle to find work that pays enough to support their kids. Self-fulfillment is a low priority in an economy fuelled by worker insecurity.

Monday 12 August 2013

अस्लिल कुराहरु हेर्ने होसियार !!!

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

अश्लील फिल्म हेर्ने लतले व्यक्तिमा मनोवैज्ञानिक विकृति ल्याउने खतरा रहेको कुरा यसअघि पनि विज्ञहरुले बताउँदै आएका थिए । तर अश्लील फिल्मले मान्छेको आँखाको ज्योति समेत गुम्नसक्छ भन्ने तथ्य भने हालै मात्र पत्ता लागेको छ । हालै गरिएको एक अनुसन्धानले धेरै पोर्न फिल्म हेर्ने मानिसहरु, खासगरी महिलामा आँखाको ज्योति गुम्ने खतरा हुन्छ पोर्न फिल्म हेर्दा आउने उत्तेजनाले मस्तिष्कको दृष्टि निर्माण गर्ने भागमा असर पूराउने र त्यसले आँखामा रक्तसंचार गराउने नशामा गडबडी उत्पन्न गराएर महिलालाई अन्धो बनाउन सक्ने खतरा रहेको विज्ञहरु बताउँछन् । नेदरल्याण्डको ग्रोनिन्जेन विश्वविश्दालयका स्नायु विशेषज्ञ गर्ट होल्स्टेजले गरेको अनुसन्धानले अश्लील फिल्म हेर्दा उत्पन्न हुने उत्तेजनाले दृष्टि क्षमतामा असर गर्ने र कालान्तरमा महिला अन्धो बन्नसक्ने देखाएको छ । अनुसन्धानको क्रममा गर्टले महिलाहरुको समूहलाई ती भागमा विभाजन गरी एउटालाई सामान्य फिल्म, अर्कोलाई सफ्ट पोर्न र बाँकीलाई हार्डकोर पोर्न फिल्म देखाएका थिए । फिल्म हेरेपछि तिनै खालका महिलाको मस्तिष्कको परीक्षण गरिएको थियो । त्यसक्रममा हार्डकोर पोर्न फिल्म हेरेका महिलाको दृष्टि भागबाट जाने रक्तनलीमा रगतको बहाब असन्तुलित भएको पाइयो । महिलाहरुमा गरिएको यो अध्ययन पुरुषहरुको मामिलामा पनि लागु हुने विज्ञहरु बताउँछन

Tuesday 6 August 2013

कसरी पल्टियो सप्तकोशीमा डुंगा ?, १४ अझै बेपत्ता, ८ एकै गाउँका (भिडियो)


तपाइको आजको राशिफल

 भिडियो हेर्नको लागी माथिको बक्समा डबल क्लिक गर्नुहोस


विक्रमसंवत् २०७० साल श्रावण २३ गते बुधबार,
ईश्वीसन् २०१३ अगस्ट ०७, नेपाल संवत् ११३३,

आज गुँलाधर्म प्रारम्भ,
श्रावण शुक्लपक्ष (गुँलाथ्व), प्रतिपदा तिथि, भोलि बिहान ३ बजेर ३८ मिनेटसम्म, त्यसपछि द्वितीया तिथि,
चन्द्रमा कर्कट राशीमा, बेलुका १० बजेर ०२ मिनेटसम्म, त्यसपछि सिंह राशीमा,
अश्लेषा नक्षत्र बेलुका १० बजेर ०२ मिनेटसम्म, त्यसपछि मघा नक्षत्र,
व्यतिपात योग दिउँसो २ बजेर ४९ मिनेटसम्म, त्यसपछि वरीयान् योग,
किंस्तुघ्न करण दिउँसो ३ बजेर ०२ मिनेटसम्म त्यसपछि बब करण,
राहुकाल दिउँसो १२ बजेर ०१ मिनेटदेखि १ बजेर ४० मिनेटसम्म,
काल बारबेला बिहान ८ बजेर ४२ मिनेटदेखि १० बजेर २१ मिनेटसम्म,
रोग बारबेला दिउँसो १२ बजेर ०१ मिनेटदेखि १ बजेर ४० मिनेटसम्म ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरुले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

समय राम्रै छ । साथीभाइ जम्मा भई मनोरञ्जनमा दिन बित्ने छ । लामो समयदेखि गरेका कामको सही मूल्याङ्कन हुने समय आएको छ । जति सक्दो नयाँ झन्झटबाट मुक्त रहनु होला । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । शुभ कुराको संकेत मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

हिजोआज राम्रै समय चल्दैछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । घरमा विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न पाउनु हुनेछ । कुनै विशेष लाभदायक समाचार सुन्न पाइएला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आजको दिन सामान्य छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । सञ्चार क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन सकिनेछ । व्यापार व्यवसाय त्यसमा पनि साजसज्जा र श्रृङ्गारका सामाग्री विक्रेताका लागि विशेष लाभदायक छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक भोगविलासमा तिर्सना जाग्नेछ । माया प्रेमको लागि खर्च हुने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । समय राम्रो छैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

छोराछोरीबाट पनि सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । उपहार प्राप्त हुने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । भौतिक साधनको जोहो हुनाका साथै मनोरंजनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । जीवनसाथीको भरपुर सहयोग प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

चाहनाबमोजिम कार्य सम्पन्न हुनेछन् । अनावश्यक खर्चको योग छ तर व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकाले सजग रहनु होला । पारिवारिक सुख मिल्नुका साथै साथीहरुसित मनोरंजन गर्ने अवसर जुर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने महत्वपूर्ण दिन हो । त्यसैले आज साँझ पूर्व वा दक्षिण दिशाको यात्रा गर्नुहोस् अनि खोला वा पोखरीका जलजन्तुलाई चारा हाल्नुस् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । शुभ कुराको संकेत मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

खराब समय छ । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । यात्राको योजना छ भने स्थगित गर्नु बेस हुन्छ । शरीरमा पीडा हुनेछ । धेरै उमङ्ग नल्याउनु नै बेस होला । घाउचोट तथा अन्य वस्तुले पनि दुःख दिनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

दाम्पत्य जीवनमा समेत सामान्य खटपट हुने सम्भावना छ । मध्याह्नपछि त्यत्ति राम्रो छैन । भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, त्यसैले महत्वपूर्णकाम दिनको पूर्वार्द्धभित्रै सक्नु होला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

Monday 5 August 2013

बुढेसकालमा न टेक्ने ठाउँ छ, न समाउने !

 गोपाल दाहाल

२० साउन, धरान । ६४ बर्षीया मिठु कटुवाल जीवनमा पीडैपीडा लिएर बस्नुभएको । अहिले बिरामी अवस्थामा रहनुभएकी उहाँलाई औषधि किन्नसमेत समस्या छ ।गाडी दुर्घटनामा परी तेह्र बर्षकै उमेरमा दुबै खुट्टाको घुँडा मुनिको भाग गुमाएकी मिठूले अहिलेसम्म मागेर खानुभएको छैन । उहाँले अहिलेसम्म धरानको आचार्यलाइनमा चकलेट, चुरोट बेचेर जीवन चलाउँदै आउनुभएको छ । बत्ति कातेर पनि उहाँले अर्थोपार्जन गर्नुहुन्छ । तर, यतिबेला बिरामी भएपछि भने उहाँले यी काम पनि गर्न सक्नुभएको छैन ।

मधुमेहले च्यापेपछि पहिला काटिएका उहाँका खुट्टा सुन्निएर फोका उठेका छन् । तर औषधी किन्ने पैसा नहुँदा त्यसै बस्नुपरेको उहाँको गुनासो छ । उहाँलाई यतिबेला दमले पनि सताउन थालेको छ । एकल महिला मिठुका छोराछोरी पनि कोही छैनन् । आफन्त नभएको र आफु पनि हिँड्न नसक्ने भएकाले उहाँले अपाङ्ग परिचयपत्र बनाउन सक्नुभएको छैन । उहाँले एकल महिला भत्ता भने मासिक ५ सय रुपैयाँ पाउनुहुन्छ । तर, आफूले एकल महिला भत्ता लिन छाडेर मासिक एक हजार रुपैयाँ पाउने अपाङ्ग भत्ता लिन चाहे पनि बनाइदिने मान्छे कोही नभएर समस्या भएको बताउनुभयो ।

उहाँलाई विभिन्न रोगको औषधि किन्न मासिक झण्डै २ हजार लाग्छ । अपाङ्गका लागि काम गर्ने संघ संस्थाले उहाँलाई नक्कली खुट्टा पनि नदिएका होइनन् तर अहिले उहाँलाई ती खुट्टाहरु लगाउन समस्या भएको छ । नक्कली खुट्टाहरु गह्रौं छन्, उहाँ कमजोर हुनुहन्छ, नक्कली खुट्टा उचाल्नै सक्नुहुन्न । नक्कली खुट्टा लगाएपछि उहाँका खुट्टा झन् सुन्निने र पानी जम्ने हुन थालेपछि झनै अफ्ठ्यारोमा पर्नुभएको छ ।

मिठू आफु सबैका लागि बोझ बनेको बताउनुहुन्छ । उहाँलाई यतिबेला खान र बस्न भन्दा पनि सुरुमा औषधी किन्नै समस्या छ । अपाङ्ग, असहायहरुका लागि काम गर्ने संस्थाहरु प्रशस्तै भए पनि उहाँलाई साथ दिने कोही छैनन् । उहाँ यतिबेला औषधी किनिदिने मनकारीको खोजीमा हुनुहुन्छ ।मिठूकी भाउजू नाता पर्ने लक्ष्मी कटुवाल भन्नुहुन्छ- ‘आफ्नै भन्ने कोही छैनन्, हाम्रा घरमै बिरामी छन्, सँधै हेर्न र औषधी किनिदिन सकिंदैन, मान्छे हो, फाल्न पनि भएन । कसैले सहयोग गरे हुने थियो ।’

वृद्धाश्रमको खाँचो
मिठूजस्ता बूढाबूढी एवं अशक्तहरुलाई राजाको पञ्चायती शासनकालमा राज्यले कुनै सविधा दिएको थिएन । लोकतन्त्र आएपछि अपांग, बृद्ध र एकल महिलाहरुले थोरै भए पनि भत्ता पाउन थालेका हुन् । राज्य अझै लोक कल्याणकारी बन्ने हो भने मिठूजस्ता असहायका लागि सरकारी आवास एवं वृद्धाश्रमको व्यवस्था गरिदिए शायद यस्तो पीडाबाट मुक्ति मिल्थ्यो कि ?

Sunday 4 August 2013

दाह्री आएको छ ? पाल्नुस...(दाह्रीका ५ फाइदा सहित)

दाह्री बढेको छ र काट्न लाग्नु भएको छ ? रोक्किनुस। दाह्री बढ्यो भनेर गर्लफ्रेण्ड अथवा श्रीमतीले कचकच गर्ने गरेकी छ ? कुरै नसुन्नुस। दाह्री पाल्नुका फाइदा थाहा पाए तपाई आफै चकित पर्नु हुनेछ। हाम्रा पुर्खा र ऋषिमुनिले त्यसै दाह्री पालेका होइनन्, दाह्रीलाई खान लाउन दिनु पर्दैन,काट्दा बरु खर्च लाग्छ । नेपाली हेडलाइन्सले विभिन्न स्रोतको सहयोगमा दाह्रीका फाइदा सहित यो सामग्री तपाईहरुलाई तयार पारेको छ। दाह्री पाल्नै पर्ने पाँच कारण यस्ता छन.... १.छालाको क्यान्सरबाट बचाउँछ साउदर्न क्विन्सल्याण्डका खोजकर्ताका अनुसार दाह्री पाल्दा सुर्यबाट आउने अल्ट्राभाइलेट किरणबाट ९५ प्रतिशत सम्म सुरक्षा गर्दछ । खोजकर्ताले दाह्रीलाई सनस्क्रिन र कपडाका बराबार यसलाई प्रभावकारी मानेका छन्। २. संक्रमणबाट जोगिन्छ ओहियो स्टेट वेक्सनर मेडिकल सेन्टरका खोजकर्ताका अनुसार दाह्रीले छालामा पुने ब्याक्टेरियाको संक्रमणबाट पनि बचाउँछ। भने अनुहारको छालामा दाग आऊन पनि दिँदैन् भने शेभिङ भन्दा छाला कयौं गुना स्वस्थ र चमकदार रहन्छ। ३.एलर्जीबाट बचिन्छ जसरि नाक भित्र रहेका रौंले नाकमा प्रवेश गर्ने धुलाका कणहरुलाई रोक्छ त्यसै गरि दाह्रीले पनि बाह्य प्रदुषणबाट अनुहारको छालालाई सुरक्षित राख्दछ । एलर्जी र एस्थामा सेंटर अफ न्युयोर्क मेडिकल सेन्टरका विशेषज्ञहरुले दाह्रीले धेरै प्रदुषणका कण रोक्ने भएकाले दिनहुँ सफा गर्नु पर्ने बताएका छन्। ४. आकर्षक बनाउँछ इभोलुसन एण्ड ह्युमन बिहेवियर जर्नलमा प्रकाशित एक खोजका अनुसार महिलाहरु ती पुरुषलाइ मन पराउँछन् जसको दाह्री हुन्छ। दक्त खोजका अनुसार दाह्री पाल्ने युवाहरुको व्यक्तिव्मा पुरुषत्व झल्किन्छ । र ५. ड्राइ स्किनलाई अत्यन्तै फाइदा जनक

Monday 29 July 2013

पौडी खेल्ने क्रममा एकै परिवारका तीनजनाको मृत्यु

नवलपरासी, असार २७ । नवलपरासीको नारायणी गाविस वडा नम्बर ८ को उल्टीखोलामा पौडी खेल्ने क्रममा डुबेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तमसरिया गाविस ८ का लिला कुमालका १३ वर्षिया छोरीहरु एलिना, मेलिना र लिला कुमालका भाई गोपिका १५ वर्षिय छोरा सुशन रहेको प्रहरीले जनाएको छ ।

 घर नजिकै रहेको खोलामा पौडी खेल्न गएका उनीहरु एक्कासी खोलाको बिचमा पुगेपछि डुबेका थिए । खोलामा डुवेका उनीहरुलाई बेहोस अवस्थामा प्रहरीले उद्धार गरी डण्डास्थित मध्यविन्दु सामुदायिक अस्पतालमा लैजादा क्रममा उनीहरुको मृत्यु भएको हो ।

Thursday 25 July 2013

सबैभन्दा ठूलो अण्डरग्राउण्ड (फोटो फिचरसहित)


यो विश्वको सबैभन्दा ठूलो अण्डरग्राउण्ड हाइस्पीड रेल वे स्टेशन । हङकङस्थित ‘एक्सप्रेस रेल लिंक वेष्ट काव्लून टर्मिनल’ ४ दशमलव ३० लाख बर्गमीटरमा फैलिएको छ ।

यहाँ सांस्कृतिक कार्यक्रमका लागि एफीथिएटर पनि छ भने यात्रुहरु हिड्नका लागि रिबन जस्तै देखिने पाथ बे र सुन्दर बगैंचा पनि छ ।

यसलाई अन्तराष्ट्रिय आर्किटेक्टर कम्पनी एईडासले तयार गरेको हो । हङकङ र बेइजिङ्गको बीचमा बनेको ट्रान्जिट हबमा १५ रेल वे ट्राक छ ।




–एजेन्सीको सहयोगमा


 

Monday 22 July 2013

Wednesday 17 July 2013

यस्ता सपना देखे वैवाहिक सम्बन्धमा समस्या

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

श्रीमान श्रीमतीबीच सामान्य ठाकठुक हुनु त खासै ठुलो कुरा होइन् तर झगडा पर्ने क्रम रोकिएन् भने दुवैले सचेत हुनै पर्छ । एक अर्काप्रति विश्वास,आत्मियता, सम्मान बढाउन सके श्रीमान-श्रीमतीवीच हुने झगडा स्वत समाप्त हुन्छन्। यहाँ अलि फरक विषयमा माथि चर्चा गर्न लागिएको हो।

ज्योतिष शास्त्रका अनुसार सपनामा आउने विषयका आधारमा श्रीमान श्रीमतीबिच हुन सक्ने झगडाको पहिल्यै आँकलन गर्ने सकिन्छ र त्यसलाइ विभिन्न तरिकाबाट बच्न समेत सकिन्छ ।

यस्तो सपना देखेमा श्रीमान श्रीमतीको सम्वन्धमा समस्या आउन सक्दछ..
१.सपनामा कसैले बहुमुल्य आभुषण दिएमा
२.सपनामा लाश लगिरहेको देखेमा
३.सपनमा कोही व्यक्ति सुरुङगमा फसेको देखेमा

ज्योतिष शास्त्रका अनुसार कसैले यी कुरा सपनामा देखेमा सावधानी अपनाउनु पर्दछ । यी सपनाहरुले तपाईको वैवाहिक जीवन वा प्रेम जीवनमा अनिष्टको संकेत गर्दछन् ।

Saturday 13 July 2013

बुद्ध नेपालमा जन्मेका हैनन् भन्नेहरुलाई गतिलो जवाफ दियो बिश्व न्यालायले हेर्नुस भिडियो

पहिला भिडियो हेर्नुस माथिको बक्समा क्लिक गरि !

भिडियो हेर्नुस मुनिको बक्समा क्लिक गरि !

Thursday 11 July 2013

भ्यागुताको ढाडमा शंखेको रजाई…(फोटोफिचर)


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

शंखे भन्ने बित्तिकै हामीमध्ये धेरैलाई सिकसिक लाग्न सक्छ या त रिस उठ्न सक्छ । शंखेकिराले भ्यागुतालाई समेत आफ्नो बाटो बनाउँदा भ्यागुता भने चुपचाप शान्त देख्दा सायद तपाईलाई अचम्म लाग्न सक्छ । शंकेकिरा हिडिरहेको बाटोमा भ्यागुता सुतेपछी शंखेकिराले भ्यागुताको जिऊलाई नै बाटो बनाइदियो । निकै आनन्दसँग निदाएको भ्यागुताले शंखेकिराको उक्त कार्यलाई पत्तो पाएन ।

शंखेकिराले बाटोमा तेर्सिएको भ्यागुतालाई वेवास्ता गरेर उसैको शरिरबाट बाटो पार गर्यो । उक्त शंखेकिरालाई भ्यागुताको ढाड पार गर्नका लागि करिब ८ मिनेट लागेको थियो । ८ मिनेटसम्म शंखेकिराले ढाडमा रजाई गर्दा पनि भ्यागुताले सुइकोसम्म पाएन । यदी भ्यागुताले सुइको पाएको भए सायद उसले उक्त शंखेकिरालाई आफ्नो जिऊबाट जान दिने थिएन या सकेसम्म फ्याँक्ने प्रयत्न गर्ने थियो । तर, भ्यागुतोले त्यस्तो केही गरेन उसले मात्र शंखेकिरालाई ढुक्कसँग बाटो पार गर्ने मौका दियो त्यो पनि आफ्नै शरिरमाथिबाट ।

हेरौ उक्त घटनाका केही तस्विरहरू…







Tuesday 9 July 2013

अन्तरजातीय विवाह गर्दा गाउँबाटै विस्थापित


 जातीय विभेदको अन्त्य गर्न सरकारले विभिन्न कानुनको निर्माण गरे तापनि व्यावहारिकरुपमा यो कार्यान्वयन हुन नसक्दा रुपन्देहीको एक दलित परिवार गाउँबाट विस्थापित हुन परेको छ ।

रुपन्देहीको सिपुवा गाविस-८ पतिजिया निवासी घम्मल हरिजनका २१ बर्षका बिपत्त हरिजनले सोही गाउँकी माथिल्लो थरकी युवती विन्देश्वरी भरसँग प्रेम विवाह गर्नाका कारण हरिजनका २२ जना परिवारका सदस्यमध्ये १८ जना गत चैतदेखि विस्थापित हुनु परेको हो ।

विगत दुई वर्षसम्मको प्रेम सम्बन्धलाई विसं २०६९ चैत १ गते विवाहमा परिणत गरेका कारण आफूहरु गाउँका माथिल्लो थरका मानिसबाट विभिन्न डर, धम्की र त्रासका कारण गाउँ छोड्न बाध्य भएको दुलहा हरिजनले बताउनुभयो ।

हरिजनका अनुसार, विवाह गरेकै कारण हाम्रो परिवारलाई केटी पक्षकाले मानसिक र शारीरिक तनावमा पारेका छन् । दिदीबहिनी र भाउजूहरुको समेत इज्जत लुट्ने धम्कीका कारण गाउँमा बाजेबजैभन्दा अरुहरु बस्न नसकेको हो ।

गाउँमा बाजेबजैलाई रोपाइँ गर्नसमेत दुलही पक्षका बेचन यादव, सरदार नाउ, किरण नाउ, दुलहीका काका रामचरन भर र दुलहीका दाजु सञ्जय भरले दिएका छैनन् ।

दुलही विन्देश्वरी भर (हरिजन)का अनुसार, हामीले मन मिलेकाले विवाह गरेका हौँ तर जातीय कारण देखाउँदै यसलाई अपराध मानिएको छ ।

मेरो दुलहाको परिवारलाई र हामीलाई गाउँमा बस्न दिएका छैन । जसका कारण हामी तनावमा छौँ । राज्यमा कानुन छ भन्छन् तर न्याय माग्दै हामी सबै क्षेत्रमा पनि गयौँ तर आश्वासन दिन्छन् सहयोग कसैले गर्दैनन् ।

हामी गाउँमा बस्न चाहन्छौँ तर सहयोग कसले गर्छ ? न्याय खोज्दै स्थानीय प्रहरी सामाजिक सङ्घसंस्था हुँदै धेरै क्षेत्रमा जाँदासमेत विस्थापित परिवार पुर्नवास हुन नसकेको दुलहाका दाजुले सुगि्रम हरिजनले बताउनुभयो ।

हरिजनले प्रश्न गर्नुभयो, “हाम्रो परिवारले के पो त्यस्तो अपराध गरेका छौँ र गाउँमा नै बस्न नहुने ? गाउँमा बसे हामीलाई मारिदिने र हाम्रा चेलिबेटीको इज्जत लुट्ने डर, त्रास र धम्की आइरहेको छ । घरमा भएका बाजेबजैसमेत तनावमा बस्न बाध्य छन् । खेतसम्म रोप्न दिएका छैनन् ।”

दुवैलाई लोग्ने स्वास्नीको नाता प्रमाणित गराउन न्यायका लागि दौडिरहेको विस्थापित परिवारले जिल्ला अदालत रुपन्देहीबाट अझैसम्म न्याय पाएको छैन ।

बाइसजनाको संयुक्त परिवार रहेको उक्त दलित परिवार अहिले जातीय कारणले नै विस्थापित हुनु राज्यमा रहेको कानुनी शासनको धज्जी उडेको सरोकारवाला बताउँछन् ।

जिल्ला दलित समन्वय समितिका उपाध्यक्ष पदम विकले भन्नुभयो, “२१ औँ सताब्दीमा पनि मानिसमा गरिने यो मानवताविरुद्धको जघन्य अपराध हो । छुवाछूत ऐन, २०६८ को नियम नेपाल सरकारले पारित गर्दा पनि १८ औँ सताब्दीको जस्तो व्यवहार हुनु दलितमाथि अन्याय भएको हो ।”रासस

Saturday 6 July 2013

पूर्वराजाले लेखे नयाँ राष्ट्रिय गीत

भिडीयो हेर्नको लागि माथिको बक्समा क्लिक गर्नु होस्
२३ असार, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गद्दी त्याग गरेको झन्डै पाँच बर्षपछि पहिलोपटक फेरि एउटा राष्ट्रिय गीत रचना गरेका छन् । ‘हिमाल पहाड तराई’ शीर्षकमा भर्खरै राष्ट्रिय गीत रचना गरेको आइतबार प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
केही अघि पूर्वी तराईको भ्रमण गरेर फर्केका शाह आफ्ना समर्थक र शुभेक्छुकका बीच आइतबार ६७ औं शुभजन्मोत्सव मनाउँदैछन् ।
उनले विगतमा जी शाहका नाममा गीत तथा कविता रचना गर्दे आएका थिए । उनले रचना गरेका गीतको सीडीसमेत उनी गद्दीबाट हट्नुअघि सार्वजनिक भएको थियो ।
‘पहिला पनि गीत लेखिबक्सन्थ्यो,’ शाहका निकट सहयोगी फणी पाठकले भने, ‘२०६५ जेठ २९ मा सत्ताबाट हटिबक्सेपछि लेखेको यो नै पहिलो गीत हो ।’ उनले मुलुकको सामयिक स्थिति महसुस गरी गीत लेखेका छन् । जसमा विभिन्न जातजातिबीचको एकता र मुलुकको अखण्डता केन्द्रमा राखिएको छ ।
पूर्वराजाले लेखेको गीत यस्तो छः

Thursday 4 July 2013

पहिरन हो कि सुन्तला ?

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

बेलारुसको राजधानी मिस्कमा “मामोथ” फेशन फेस्टिवलमा एक मोडलले पहिरिएको पहिरन । यो पहिरन डिजाइनर एवगेनीय इवंचिक(Evgeniy Ivanchik)ले तयार गरेकी हुन् ।

यो पहिरन ( Dress)मा मोडललाइ देखेपछि मानिसहरु अचम्मित बनेका थिए ।

अनौठो परम्परा : महिला बन्नुपर्छ भुतकी श्रीमती, लोग्नेले लगाउँछ स्वास्नीका कपडा

अनौठो परम्परा : महिला बन्नुपर्छ भुतकी श्रीमती, लोग्नेले लगाउँछ स्वास्नीका कपडा

विश्वका केही आदिवासी समुदायमा निकै अनौठो परम्परा हुन्छ जो सुन्दै अचम्म लाग्छ । यस्तै अचम्म लाग्दो परम्परा अफि्रकी मुलुक केन्याका केही आदिवासी समुदायमा छ । ती आदिवासीहरुमा विवाह भएको एक महिनासम्म दुलाहाले दुलहीका कपडा लगाउनुपर्छ र स्वास्नीका कपडा लगाएरै हिँडडुल तथा आफन्तसँग भेटघाट गर्नुपर्छ ।
वास्तवमा एक पुरुषलाई महिला भएर जिउनु कति कठीन हुन्छ भन्ने कुराको महसुस गराउन यो परम्परा बसालिएको विश्वास गरिएको छ । तथापि यो समुदायका महिलाहरु निकै शोषित पीडित छन् । सानै उमेरमा उनीहरुको निकै पाका उमेरका पुरुषसँग बिहे हुन्छ । छोरी बिहे गरिदिएबापत बाउआमाले मोटो रकम पाउँछन् । बिहे गरेर लगेपछि त्यो पाको मान्छेले आफ्नी दुलहीलाई मनले चाहेको गर्न पाउँछ । यतिसम्मकी पत्नीले अरु कसैमा आँखा नलगाओस् भनि उनको योनीलाई समेत क्षतविक्षत पारिदिन्छ ।

यो आदिवासी समुदायमा पुरुषलाई धेरै जनामहिलासँग बिहे गर्ने र उनीहरुलाई आफ्नो इच्छा अनुसार भोग गर्ने छुट छ । पत्नीलाई पतिले बच्चापाउने मेसिनजस्तै गरी उपयोग गर्छ ।

केन्याको युकामबानी क्षेत्रस्थित एक आदिवासी समुदायमा महिलाहरु भुतकी पत्नी बन्ने अनौठो परम्परा पनि छ । खासगरी ३० वर्ष उमेर नपुग्दै मरेका पुरुषहरुको नाममा बिहे गरिदिने चलन छ ।

त्यसरी मरेका मान्छेको पत्नी बन्ने महिलालाई मुलेवा भनिन्छ । मुलेवाले आफुले बिहे गरेको भनिएको त्यो मृत मान्छेलाई कहिल्यैपनि भेटेकी हुँदैनिन् परन्तु उसको आत्मा जिउँदै रहेको र कुनै दिन भेट्ने विश्वास रहेको हुन्छ । अनौठो कुरा त के भने मरेको मान्छेसँग बिहे गर्ने ती महिला अर्थात् मुलेवालाई अन्य पुरुषसँग सम्भोग गरी बच्चा पाउने छुट छ । तर उनीबाट जन्मिएको बच्चाको बाउ भने त्यहीँ मरिसकेको मान्छे नै हुन्छ ।

Sunday 30 June 2013

खुल्दैछ ‘सोमरस मन्दिर’


हामीकहाँ मन्दिर भनेपछि पुजाआजा गर्ने, मूर्तिमा दूध, फूल तथा फल चढाउने र स्तूती गर्ने पवित्र ठाउँ हो । शिवरात्रीमा पशुपतिमा झुम्मिने गँजडी बाबाहरुको सन्दर्भ छाड्ने हो भने मन्दिरमा नशालु पदार्थको प्रयोग बर्जित छ । तर विदेशतिर भने जँड्याहाहरुका लागि मन्दिर खोलिँदो रहेछ ।

बेल्जियमको ब्रसेल्समा यस्तै हुँदैछ । ब्रसेल्सको पूरानो स्टक एक्सचेन्ज भवनमा मदिरा मन्दिर ‘बियर टेम्पल’ खुल्ने पक्कापक्की भएको छ ।

समाचार अनुसार चर्चित ग्राण्ड प्लेस नजिकैको १९ औँ शताब्दीको उक्त भवनमा ‘बेलायती बियरको मन्दिर’ खुल्न लागेको हो । १५ महिनाको अध्ययनपछि सरकारी अधिकारीहरुले यो परियोजना संचालनका लागि हरियो बत्ती बालिदिएका बताइएको छ । तर यो मदिरा मन्दिर २०१८ सम्ममा मात्र पूर्ण रुपमा संचालनमा आउनसक्ने र वर्षेनी ४ हजार मदिराप्रेमीहरु त्यहाँ आउने अपेक्षा ब्रसेल्सका मेयरले गरेका छन् ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID