Thursday 12 September 2013

महिलाले नानीदेखि नै ठान्छन् आफुलाई यौनको साधन

अमेरिकामा हालै भएको एक शोधले निकै अनौठो तथा रोमाञ्चक तथ्य बाहिर ल्याएको छ । शोध अनुसार अमेरिकामा बालिकाहरु ६ वर्षदेखि नै आफुलाई सेक्सको सामानका रुपमा बुझ्न थाल्छन् । यसअघिका विभिन्न शोधले महिला तथा किशोरकिशोरीहरुले मात्र आफुलाई सेक्सको सामान सम्भिmने गरेको देखाएको थियो तर पछिल्लो अध्ययनले उमेर पुगेका युवतीहरुले मात्र नभै बालिकाहरुले समेत आफुलाई यस्तो सम्भिmने गरेको तथ्य पत्ता लगाएको हो ।
जर्नल अफ सेक्स रोल्समा छापिएको समाचार अनुसार नक्स कलेजका मनोवैज्ञानिकहरुले शोधका क्रममा ६ देखि ९ वर्ष उमेर समूहका बालिकाहरुमा अध्ययन गरेका थिए । त्यसक्रममा उनीहरुले कागजको गुडियाको प्रयोग गरे । ६० जना बच्चीहरुलाई दुइ प्रकारका गुडिया देखाइयो । ती मध्ये एक प्रकारका गुडियालाई कामुक तथा टाइट र छोटा पहिरन लगाइयो भने अर्काथरी गुडियालाई लामा लुगा लगाइदिएको थियो ।

शोधकर्ताहरुले त्यसपछि बालिकाहरुलाई मनपर्ने तथा आफु त्यस्तै बन्न चाहने खालको गुडिया रोज्न लगाए । त्यसक्रममा ६८ प्रतिशत बालिकाहरुले आफु सेक्सी गुडियाजस्तै सेक्सी देखिन चाहने बताए । सयमा ७२ जनाले लामा लुगा लगाएको भन्दै छोटा लुगा लगाएको गुडिया लोकप्रिय हुने धारणा राखे ।

शोधकर्ता क्रिस्टी स्टारका अनुसार बच्चीहरु समेत आफुमा सेक्स अपिल होस् भन्ने चाहन्छन् । आफुमा सेक्स अपिल भएमा आफु पपुलर बन्न सक्ने र यसको सामाजिक फाइदा हुने धारणा उनीहरुमा हुन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID