Monday 29 July 2013

पौडी खेल्ने क्रममा एकै परिवारका तीनजनाको मृत्यु

नवलपरासी, असार २७ । नवलपरासीको नारायणी गाविस वडा नम्बर ८ को उल्टीखोलामा पौडी खेल्ने क्रममा डुबेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तमसरिया गाविस ८ का लिला कुमालका १३ वर्षिया छोरीहरु एलिना, मेलिना र लिला कुमालका भाई गोपिका १५ वर्षिय छोरा सुशन रहेको प्रहरीले जनाएको छ ।

 घर नजिकै रहेको खोलामा पौडी खेल्न गएका उनीहरु एक्कासी खोलाको बिचमा पुगेपछि डुबेका थिए । खोलामा डुवेका उनीहरुलाई बेहोस अवस्थामा प्रहरीले उद्धार गरी डण्डास्थित मध्यविन्दु सामुदायिक अस्पतालमा लैजादा क्रममा उनीहरुको मृत्यु भएको हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID