Thursday 11 July 2013

भ्यागुताको ढाडमा शंखेको रजाई…(फोटोफिचर)


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

शंखे भन्ने बित्तिकै हामीमध्ये धेरैलाई सिकसिक लाग्न सक्छ या त रिस उठ्न सक्छ । शंखेकिराले भ्यागुतालाई समेत आफ्नो बाटो बनाउँदा भ्यागुता भने चुपचाप शान्त देख्दा सायद तपाईलाई अचम्म लाग्न सक्छ । शंकेकिरा हिडिरहेको बाटोमा भ्यागुता सुतेपछी शंखेकिराले भ्यागुताको जिऊलाई नै बाटो बनाइदियो । निकै आनन्दसँग निदाएको भ्यागुताले शंखेकिराको उक्त कार्यलाई पत्तो पाएन ।

शंखेकिराले बाटोमा तेर्सिएको भ्यागुतालाई वेवास्ता गरेर उसैको शरिरबाट बाटो पार गर्यो । उक्त शंखेकिरालाई भ्यागुताको ढाड पार गर्नका लागि करिब ८ मिनेट लागेको थियो । ८ मिनेटसम्म शंखेकिराले ढाडमा रजाई गर्दा पनि भ्यागुताले सुइकोसम्म पाएन । यदी भ्यागुताले सुइको पाएको भए सायद उसले उक्त शंखेकिरालाई आफ्नो जिऊबाट जान दिने थिएन या सकेसम्म फ्याँक्ने प्रयत्न गर्ने थियो । तर, भ्यागुतोले त्यस्तो केही गरेन उसले मात्र शंखेकिरालाई ढुक्कसँग बाटो पार गर्ने मौका दियो त्यो पनि आफ्नै शरिरमाथिबाट ।

हेरौ उक्त घटनाका केही तस्विरहरू…







No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID