Showing posts with label international. Show all posts
Showing posts with label international. Show all posts

Wednesday 29 October 2014

अब कतार एयरवेजको पैसा भुक्तानी गर्न नयाँ अफलाईन सेवा शुरु

काठमाण्डौं, कार्तिक १२ – कतार एयरवेजले आफ्ना यात्रुहरुको सहजताको लागि वेब साईट www.qatarairways.com/np मार्फत टिकट बुुकिङ्ग गरेका यात्रुहरुले अफलाईन मार्फत नै पैसा भुत्तानी गर्न सकिने व्यवस्था शुरु गर्ने घोषणा गरेको छ ।

यो नयाँ प्रणाली मार्फत यात्रुहरुले अनलाईन मार्फत बुकिङ्ग गर्नु भएको टिकटको पैसा भुत्तानी गर्न ४८ घण्टा भित्र स्टान्डर्ड चार्टर बैंकको कुनै पनि नजिकको ब्रान्चमा गई चुक्ता गर्न सक्नेछन् । क्रेडिट कार्ड मार्फत पनि यो सुविधा उपयोग गर्न सकिने छ । यसरी यो नयाँ प्रविधि मार्फत प्राप्त गरिने सेवामा कुनै पनि थप शुल्क लाग्ने छैन ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अक्बर अल बकरले यात्रुहरुको सहजताको लागि पैसा भुत्तानीमा अरु पनि विकल्पका रुपमा यो योजना ल्यार्ईएको बताए । उनले भने, “हाम्रा यात्रुहरुलाई कुनै पनि बेला जहाँ पनि टिकट बुकिङ्गमा सहजताहोस भन्ने हेतुले यो योजना ल्याईएको हो । नविन प्रविधि अङ्गाल्दै आएको कतार एयरवेज आफ्ना यात्रुहरुलाई सधैं उच्च प्राथमिकतामा राखि सर्वश्रेष्ठ सेवा प्रदान गर्दै उच्चतम भ्रमणका लागि प्रतिबद्ध रहेको छ ।”

अन लाईन मार्फत टिकटिङ्गमात्र नभई, सुचारित फ्लाईट गतिविधि लगायत कतार एयरवेजको विभिन्न देशको विभिन्न होटलहरु र ट्याक्सी पार्टनरहरु संगको सहकार्य मार्फत यी सेवाहरु लिन पनि सकिनेछ । यसका अलावा टिकट बुकिङ्ग पश्चात गरिएको अफलाईन भुक्तानी पश्चात यात्रुहरुले आफ्नो रुची अनुरुप आफुले चाहेको सिट र खाना अर्डर गर्न सक्नुहुनेछ ।

कतार एयरवेजले हाल काठमाण्डौंबाट दैनिक तीन उडान भरिरहेको छ भने दोहा हुंदै विश्वको १ सय ४० स्थानहरुमा उडान भर्दछ । काठमाण्डौं देखि दोहा हुंदै उटान भर्ने प्रमुख गन्तव्य स्थानहरु लण्डन, फिलाडेल्फिया, वासिङ्गटन डिसी, फ्«याङफर्ट र न्युयोर्क रहेका छन् ।

स्थापनाको पहिलो बर्ष देखिनै तीब्र गति लिएको कतार एयरवेज १७ औं बर्षमा आईपुग्दा हाल १ सय ३६ विमान रहेको छ ।

अष्ट्रेलियाले १६ देशका नागरिकलाई भिसा नदिने....!

अष्ट्रेलियाले पश्चिम अफ्रिकाका १६ देशमा आवत जावतमा रोक लगाएको छ । इबोलाग्रस्त पश्चिम अफ्रिकी राष्ट्रहरुबाट इबोला अष्ट्रेलिया भित्रिने खतरा बढेको भन्दै अष्ट्रेलिया सरकारले यस्तो प्रतिबन्ध लगाएको हो । अष्ट्रेलियाका आप्रवासन मन्त्री स्कोट मोरिसनले सोमबार त्य

 तत्कालका लागि ती देशका लागि दिँदै आएको सहयोग समेत स्थगित गर्ने जानकारी मन्त्री मोरिसनले दिए । यस अघि नै भिसा लिएका नागरिक भने अष्ट्रेलिया प्रवेश गर्न पाउने छन् । यद्यपी कुनै पनि ब्यक्तिलाई भिसा नदिने वा निलम्बन गर्न सकिने उनले बताए । अमेरिका र युरोपमा इवोला संक्रमित ब्यक्ति भित्रिइसकेको भएपनि अष्ट्रेलियामा भने हाल सम्म यस्तो संक्रमण फेला परेको छैन ।
हाँको संसदमा बोल्दै अष्ट्रेलियाले इबोला संक्रमण रहेका देशमा जान र त्यहाँबाट अष्ट्रेलिया आउन चाहनेहरुलाई भिसा दिन रोक लगाएको जानकारी गराएका हुन् । इवोलाका कारण पश्चिम अफ्रिकामा ५००० भन्दा बढीको मृत्यु भैसकेको छ भने १०००० भन्द बढी संक्रमित भएको आशंका गरिन्छ ।

६ सेकेन्डमा यसरी स्वाहा भयो २० करोड अमेरिकी डलर (भिडियो सहित)

आन्तर्राष्ट्रिय स्पेस स्टेसनमा चाहिने सामग्री बोकेको मानवरहित रकेट अमेरिकाको भर्जिनिया राज्यमा प्रक्षेपणकै दौरान विस्फोट भएको छ ।
ओरबिटल साइन्स कर्पोरेसनले तयार गरेको १४ तले अन्टारेस रकेट समुद्रको छेउमा रहेको वालोप फ्ल्याइट फसिलिटीको लञ्च प्याडबाट उडेको केही सेकेण्डमा नै विस्फोट हुँदै आगोको लप्कामा परिणत भएको थियो ।

के कारणले उक्त रकेट दुर्घटना भयो भन्ने कुराको अझै पत्ता लागेको छैन ।

 सोमबार नै उक्त रकेटलाई प्रक्षेपण गर्ने भनिए पनि त्यस आसपासका क्षेत्रमा जहाजहरु भएपछि त्यसलाई एक दिन ढिला सरिएको थियो ।
रकेटले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रहेका ६ अन्तरक्षियात्रीहरुका लागि ५ हजार पाउण्ड (२२ सय केजी) बराबरको सामग्री लाने तयारी गरिएको थियो ।
ओरबिटल साइन्सेसका कार्यकारी उपाध्यक्ष फ्रांक कलबर्टसनले दुर्घटनाको बारेमा अध्ययन भएको जानकारी दिएका छन् । ‘यस्तो घटना यस क्षेत्रमा पहिले पनि भएको हो । यसबाट हामी फेरि उठ्ने छौं,’ उनले भने ।(एजेन्सी)

Tuesday 28 October 2014

बेलायती प्रधानमन्त्रीमाथि आक्रमण (भिडियो सहित)

(एजेन्सी)- बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनमाथि आक्रमण भएको छ । बाटोमा हिँड्दै गरेको अवस्थामा उनीमाथि आक्रमण भएको हो ।
द्रुत गतिको रेल सेवाबाट प्रचार गर्न उत्तरी शहरको भ्रमणमा रहेका क्यामरुनमाथि सरकारी योजनाको विरोध गरिरहेका प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् ।
आक्रमण भएपनि क्यामरुनलाई केहि पनि चोटपटक लागेको छैन । यद्यपी, बेलायतका प्रधानमन्त्री माथि दिनदहाडै आक्रमण हुनुमा त्यहाँको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
क्यामरुनमाथि आक्रमण गर्ने २८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेता पनि उनलाई एकै छिनमा छोडिएको छ ।

मृत्युदण्ड पाएकी इरानी युवतीको आमाको लागि मुटु नै छुने अन्तिम सन्देश

मृत्युदण्ड दिइएकी इरानकी २६ वर्षीया युवती रेहानाले मृत्युपश्चात सबै अंगहरु दान गर्ने इच्छा व्यक्त गर्दै आफ्नी आमालाई निकै मर्मस्पर्शी सन्देश पठाएकी छन् ।
अन्तर्राष्ट्रिय स्तरमा भएका अनेकन प्रयासका बावजुद २६ वर्षीया इरानी युवती रेहाना जब्बारीलाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्ड दियो ।

‘इन्टेरियर डिजाइन’ सम्बन्धी सल्लाह लिन भन्दै भेट गरेपछि जबरजस्ती करणीको प्रयास गर्ने पूर्व इन्टिलिजेन्स अफिसर अब्दोआली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा रेहानालाई इरानको सर्वोच्च अदालतले मृत्यु दण्ड दिएको छ । अदालतले हत्या जानी बुझी गरिएको बताएको छ ।
७ वर्षदेखि जेलमा सजाय भोगिरहेकी रेहानालाई २५ अक्टुबरमा फाँसी दिइयो । उनले मृत्युअघि आमालाई सन्देश पठाउँदै मृत्युपछि आफ्ना अंगहरु आवश्यकता भएकाहरुलाई दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।
रेहानाले गत अप्रेल महिनामै यो सन्देश पठाएको भए पनि रेहानाका समर्थकहरुले मृत्युको भोली पल्टमात्रै यो सन्देश सार्वजनिक गरे ।
उनकी आमाले न्यायाधीशसँग पूर्व इन्टिलिजेन्स अफिसर सरबन्दीको हत्या आरोपमा छोरीको सट्टा आफूलाई फाँसी दिन माग गरेकी थिइन् ।
मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेशलाई गलत ठहर गरेको छ । एम्नेस्टीका अनुसार जब्बारीले सरबन्दीको हत्या आफूले गरेको बताए पनि त्यसबेला घटनास्थलमा अर्को व्यक्तिको पनि उपस्थिति थियो र हत्या अर्कैले गरेको थियो ।
रेहानाको पत्रको भावार्थः
rehana_jabbariमेरी प्रिय आमा,
आजै थाहा पाएँ मैले किस्सास (इरानी विधि व्यवस्थामा प्रतिकार कानून) को सामना गर्नुपर्ने छ । म आफ्नो जीवनको अन्तिम अवस्था नजिकै आइपुगेकी छु भन्ने तपाइले अझै स्वीकार गर्न नसक्दा म खिन्न भएकी छु ।
तपाइको उदासीले मलाई निकै सताउँछ । एकपटक तपाइँ र बुवाको हात चुम्ने मौका मलाई किन दिनु हुन्न ?
आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ ।
मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै । त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन ।
मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन ।
तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ ।
आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन ।
हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको ? तर तपाइँको अनुभव काम लागेन त ।
जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन ।
आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ ।
जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास ।
न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् । तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् ।
र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु ।
यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो ।
मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य ।
मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।
मैले आफ्नो नासोका रुपमा केही हस्तलिखित दस्तावेज तपाइँका लागि छोडेकी छु ।
आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न ।
त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस ।
मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस ।
मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न ।
मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि ।
यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।
सृष्टिकर्ताको अदालतमा मैले ति सबै जसले अज्ञानताबस वा गलत मनसायले मेरो अधिकार खोसे र कहिलेकाहीं वास्तविकता बाहिर देखिए भन्दा फरक हुन्छ भन्ने तथ्यमा ध्यान दिन चाहेनन् ति सबैविरुद्ध आरोपपत्र प्रस्तुत गर्नेछु ।
कोमल हृदयकी मेरी आमा, अर्को संसारमा अरुहरु आरोपित हुनेछन जुनबेला आरोपपत्र दायर गर्ने तपाइँ र म मात्रै हुनेछौं । हेरौं भगवान के चाहँदा रहेछन् ।
नमर्दासम्म म तपाइँलाई अँगालोमा बाँधीरहन चाहन्थे । आइ लभ यु । -रेहाना

Sunday 26 October 2014

फेसबुकमा लभ परेर होटल बोलाइएकी युवती आफ्नी बुहारी

आजकल सामाजिक सञ्जाल लभ अफेयर चलाउने गतिलो साधन भएको छ । कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् । कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ ।

तर, चीनमा एउटा यस्तो घटना भएको छ, अनलाइनमा साथी बनेर भेट्न जाँदा ससुराबुहारी पो परेछन् । एकआपसमा भेट्दा यी दुबै जना लाजले पानी पानी मात्रै हुनु परेन्, बाबुले छोराको कुटाइसमेत खानुपरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
घटना चीनको हेलोगजियांग प्रान्तको हो । यी ससुरा र बुहारी दुबैले आफ्ना पति पत्निलाई झुक्काएर च्याट गर्थे ।
दुवै जनाले आफ्नो नाम र फोटो समेत बदलेका थिए । अनजानवश च्याटमा भएको भेट र कुराकानी माया प्रेममा परिणत हुन थाल्यो ।
यसो त ५७ बर्षीया वांगलाई अनलाइनमा साथी बनाउने र च्याट गर्ने लत नै थियो । वांग आफ्नै बुहारीसँग कुरा गर्दा आफू एउटा कम्पनीको निर्देशक भएको भनेर ढाँटथे, श्रीमतीको मृत्यु भइसकेकाले आफू एक्लै भएको ती महिलालाई बताउथें ।

बुहारी लिली पनि के कम ? उनी आफ्नो श्रीमान जेलमा रहेकाले छोरासँग मात्रै बस्दै आएको बताउँदै आएकी थिइन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । पछि फोटो पठाउने कुरा भयो । अनि दुबै जनाले आफ्ना साथीका राम्रा फोटो पठाइदिए । फोटो हेरिसकेपछि दुबैजनाले बेलुकी स्थानीय होटेलमा ६ बजे भेट्ने तय गरे । लिली र वांगबीच होटेलमा भेट्ने तय भएकै दिन लिलीका श्रीमान यात्राबाट घर पर्किए । उनले च्याटबारे सबै जानकारी पाएपछि दुबैलाई रंगेहात समात्न होटलतिर लागे । लिली जब होटेलमा गएर कोठा ढकढकाईन् त्यसपछि ढोका खोल्दा आफ्नै ससुरा पो परेछन् । पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासुबुहारीलाई केरकार गरिरहेको छ ।

अमेरिकी विदेश मन्त्रीले पनि मनाए दीपावली

एजेन्सी, वासिङ्टन : अमेरिकी विदेशमन्त्री जोन केरीले पनि अमेरिकामा हिन्दूहरुको महान चाड दिपावली मनाएका छन् ।

उनले बिहीबार अमेरिकी विदेश मन्त्रालयमा दिपावली गरेर हिन्दूहरुको चाड दिपावली मनाउनुभएको समाचारमा जनाइएको छ ।

उज्यालोको चाड दिपावली भारतका हिन्दु नागरिकले गत तीन दिनदेखि मनाइरहेका छन् । यो चाड अमेरिकी विदेशमन्त्रीले पनि विदेश मन्त्रालयमा बिहीबार मनाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन् ।

दर्जनौँ मैनबत्तीको उज्यालोमा सजिएको विदेश मन्त्रालयको बेन्जामिन फ्र्याङ्कलिन हलमा विदेशमन्त्री केरीले भन्नुभयो– दिपावली उज्यालोको चाड हो र यसले मानवमात्रलाई उज्यालो जीवनका लागि प्रेरित गर्ने गर्दछ ।

दिपावलीको उज्यालोले अध्यारोलाई विस्थापित गरेजस्तै मानवको अन्तरमनमा रहेको उज्यालोले पनि अध्यारोलाई विस्थापित गर्नसक्ने धारणा उनले बताए ।

मानिसको दिमाग र उत्साहलाई पुनर्ताजगी गर्ने काम यस दिपावलीको उज्यालोले गर्नसक्छ भन्दै उहाँले अगाडि भने– दिपावलीको उज्यालोजस्तै हामी मानवमा पनि एक मानव अर्काेका लागि कसरी उज्यालो बन्न सक्छौँ भनेर सोच्नुपर्छ ।

विश्वमा यतिखेर पनि हिंसा र द्वन्द्व विद्यमान नै छ भन्दै तर त्यो हिंसाको अन्त्यका लागि कसरी दिपावलीको उज्यालोजस्तै प्रकास छर्नसक्छौं भनेर सबैलाई सोच्न पनि उहाँले आग्रह गरे ।

जसरी अध्यारोले अध्यारो हटाउन सक्दैन र त्यहाँ उज्यालोको आवश्यकता पर्दछ त्यसैगरी घृणाले पनि घृणा हटाउन सक्दैन त्यहाँ माया र प्रेम चाहिन्छ भन्ने मार्टिन लुथर किङको भनाईलाई उनले सो अवसरमा उद्धृत गरे ।

उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि एक भिडियो सन्देश पठाउदै उज्यालोको यस पर्वले सबैमा उज्यालो छर्न सकोस भनी कामना गरे ।

Saturday 25 October 2014

नेपाली चेली अमृता रेग्मी अमेरिकामा चुनाबी दौडमा

उज्जवल भविष्यको परिकल्पना गर्दै अमेरिकामा नागरिकता लिएका नेपाली अमेरिकनहरु अमेरिकन राजनीतिक मुलधारमा प्रवेश गर्न प्रयास गर्न थालिसकेका छन् । आउँदो नोवेम्बर ४ तारिख अमेरिकामा निर्वाचनको लागि डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी एटलान्टा जर्जियास्थित प्रतिनिधिसभा सदस्यको लागि चुनाबी दौडमा छिन् भने उनको जित्ने सम्भावना आशाजनक रहेको छ । त्यो क्षेत्र रिपब्लिकनहरुको गढ भएता पनि यसअघि पनि तोडिँदै आएको छ ।

उत्तर अमेरिकाका नेपाली मूलका तीन जना पुरुष उम्मेदवार पराजित हुन् पुगेका छन् भने अहिलेसम्म अमेरिकन राजनीतिमा कसैले पनि खाता खोल्न सकेका छैनन । नेपालकी छोरी डा अमृता रेग्मीको उम्मेदवारीमा आफ्नै दलको कुनै पनि व्यक्ति प्रतिस्पर्धामा नभएको कारण आगामी नोवेम्बर ४ मा हुने चुनाबमा अमेरिकामा नेपाली जातिको सुनौलो इतिहास रच्ने अवसर सिर्जना हुन् सक्ने सम्भावना बढेर आएको छ । उनले प्रथम चरणको निर्वाचन जितिसकेकी छिन् भने दोश्रो चरण पुग्ने रेग्मी पहिलो नेपाली मुलकी भएकी छिन् ।
काठमाडौँमा जन्मिएकी डाक्टर अमृता रेग्मीले लामो समय अन्तर्राष्ट्रिय विकास परामर्श दाताको रुपमा काम गर्दै आएकी थिइन् । जर्जियामा रहेको पिचट्री कर्नर जोनिङग बोर्ड अफ अपिल तथा अन्य संस्थामा नेतृत्वदायी भूमिका निर्बाह गरेकी रेग्मीको चुनावी अभियानलाई जर्जियामा रहेका नेपालीहरुले पनि सघाइरहेका छन् ।

उत्तर अमेरिकामा सम्भवतः नेपाली समुदायको इतिहासमा दर्शन रौनियार अमेरिकाको तल्लो सदनको प्रतिनिधि सभाको लागि उम्मेदवार दिने पहिलो नेपाली अमेरिकन हुन् । उनी निर्वाचनमा पहिलो चरणबाटै बाहिरिएका थिए ।

उनको क्षेत्र वाशिंगटन रहेतापनि चुनाव प्रचारप्रसार गर्न सबै ठाउँमा सहभागी भएका थिए भने नेपाली समुदायको इतिहासमा नै पहिलो नेपाली उम्मेदवारी भएकोले सबै वर्गबाट अतुलनीय सहयोग पाएका थिए । संचार माध्यममा पनि जताततै छाए ।

तर आफनै चुनाबी क्षेत्र र आफनै डेमोक्रेटिक दलका प्रत्यासीसंग मुकवाला गर्न सकेनन, अन्तत्वगत्वा उनले ३,५३० मत मात्र प्राप्त गरि करिब ३ कुल मतको ३ प्रतिशत मत प्राप्त गरि प्राथमिक चरणमा पराजित हुन् पुगे । उनले २०१२ मा वाशिंगटनको क्षेत्र जिल्ला १ बाट आफ्नो उम्मेदवारी दिएका थिए भने उक्त क्षेत्रमा रिपब्लिकनका उम्मेदवार कोस्टर जोनले ४५ प्रतिसत मत हासिल गरेका थिए ।

२०१२ मा दर्शन रौनियारको पराजय नबित्दै २०१३ मा म्यारिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने एचबी भण्डारीले अमेरिकन प्रतिनिधि सभाका लागि जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएतापनि पहिलो चरणमा बाहिरिन पुगे ।

उनले आफ्ना दलका उम्मेद्वारसंग कडा प्रतिस्पर्धा गर्दा पनि चौथो स्थानमा नाम लेखाए । म्यारिल्याण्ड क्षेत्र बाट ३ हजार ८२८ मत १५ दशमवल ६ प्रतिशत मत ल्याए र उक्त क्षेत्रबाट बिजयी हुने उम्मेदवारले झन्डै १९ प्रतिसत ल्याई पहिलो चरणको निर्वाचनमा बिजयी भएका थिए । बिजयीहरुको दोश्रो चरणको निर्वाचन यही नोवेम्बर ४ तारिख हुदैछ ।

२०१२ मा भएको निर्वाचनमा दर्शन रौनियार प्रथम चरणमा नै बाहिरिएपछि त्यसको आंशिक नकारात्मक असर भण्डारीलाई पर्यो । आर्थिक संकलन गर्न भण्डारीलाई निक्कै मेहनत गर्नु पर्यो । अपेक्षा अनुसार जसरी रौनियारलाई सहयोग गरेका थिए, त्यस्तो आर्थिक सहयोग गर्न नसकिएको अवस्था रह्यो । नेपाली समुदायको भेला गर्दा पैसा चन्दा दिनुपर्ने भएकोले पछिल्ला समयमा सहभागिता राम्रो हुन् सकेन ।

भण्डारी बाल्टिमोरको एउटा सामुदायिक महाबिद्यालयमा अंग्रेजी बिषय पढाउँछन । नेपाली र अंग्रेजी दुवै भाषामा कलम राम्रो चलाउँछन भने डेमोक्राटिक दलको भातृ संगठनको युवा विभागका सचिब पनि छन् । उनी पहिलो चरणमा नै पराजित भएपछि नेपाली समुदायको आशामा तुषारापात लागेको छ । प्रतिभाशाली भएका कारण उनीसंग नेपाली समुदायले ठूलो आशा गरेको थियो । उनको क्षेत्रमा करिब ५ प्रतिशत मात्र एसियन समुदाय आँकडाले देखाएकोमा नेपालीहरुको जनघनत्व बाल्टिमोर क्षेत्रमा धेरै थियो । यसो त उनी नेपाली काँग्रेससंग सम्बधित हुन् । जसका कारण नेपालका अन्य राजनीतिक दलका समर्थकहरुले भोट नदिएको उनको विश्लेषण छ ।

जो उम्मेदवार आएपनि पहिलो चरणमा नै पराजित हुने भएकोले नेपाली समुदाय हतोत्साही भएका छन् । गत जुन ३० मा क्यानाडामा भएको निर्वाचनमा नेपाली मुलका र क्यानाडामा जन्मिएका दोश्रो पुस्ताका बेन्जामिन शर्मा पनि आखिर निर्वाचनमा पराजय भोग्नुपर्यो । पहिलो पुस्तामा ह्यारी एचबी भण्डारी तथा दर्शन रौनियार भएतापनि दोश्रो पुस्ताका शर्माप्रति नेपाली समुदाय ज्यादा आशाबादी भएता कन्जरभेटिव दलको प्रतिनिधित्व गर्दै केवल २ हजार २२ मत अर्थात् कुल मतको ५ दशमवल ४३ प्रतिशत मात्र प्राप्त गरि पराजित भए । उनका प्रतिद्वन्दी लिबेरल दलका एडम भुगानले ५३ दशमलव ६६ मत प्राप्त गरि शानदार बिजयी भए । बेन्जामिन शर्मा सम्भवत क्यानाडाको संसदको लागि उम्मेदवार दिने पहिलो नेपाली हुन् । उत्तर अमेरिकामा ३ जना पुरुष पराजित हुन् पुगे पनि अबको आशाकी बिन्दु भने डा अमृता रेग्मी नै हुन ।

राजनीति र पैसा

हुन त अमेरिकामा चुनाब जित्न जति पैसा मतदाताबाट संकलन गर्न सक्यो उम्मेवारको प्रतिष्ठा र गौरब बढ्छ । जसलाई अमेरिकामा त्यसलाई राम्रो मानिन्छ ।

चुनावका लागि जहाँ पनि पैसा चाहिन्छ । अमेरिकामा रकम लिँदा पनि अत्यन्तै पारदर्शी हुन्छ । आफूलाई उम्मेदवार बनाएर जनताबाटै रकम र मत दुवै उठाइन्छ । अमेरिकामा राजनीतिमा प्रणालीले नै चलाइदिन्छ र उम्मेदवारले पद्धतिको पालना गर्नुपर्छ । पालना नगरे उम्मेदवारी नै खारेज हुन्छ । पारदर्शिताका लागि कुन व्यक्तिका लागि कहाँबाट कति पैसा उठाएको छ भनेर उम्मेदवारले पारदर्शिता देखाउनुपर्छ ।

चन्दा उठाउँदा १८ वर्षमाथिका नागरिकबाटै उठाउनुपर्छ । प्राथमिक उम्मेदवारलाई एक व्यक्तिले ५ हजार डलरसम्म दिन सक्ने हुन्छ भने कर नतिरेको व्यक्तिले पैसा दिन पाउँदैन । एक व्यक्ति या संस्थाबाट मोटो रकम दिदा उम्मेदवारको गौरब बढ्नु भन्दा ५ डलर या ५० डलर अधिकांश मतदाता या व्यक्ति या संस्थाले दिए उम्मेदवारको गरिमा वृद्धि हुन्छ ।

भर्जिनियाको लाउडन काउन्टी डेमोक्रेटिक दल डलस जिल्लाका सभापति नेपाली मुलका लेखा परीक्षक हरि शर्माले अमेरिकाको निर्वाचनमा नेपालीहरुले बढी हतार गरेकाले समस्या देखिने गरेको बताए ।

उनका अनुसार, नेपाली मूलका सबै उम्मेदवार प्राथमिक चरणबाट नै पराजित हुने कारण छिटो नाम कमाउने उद्देश्य, अमेरिकाको राजनीतिको गहिरो अध्ययनमा कमी ,पुस्तौपुस्तादेखि राजनीतिमा संलग्न नभएको अनुभव, आफ्नै निर्वाचन क्षेत्रमा आधारशिला बलियो बनाउन नसक्नु, समुदायसंग पकड बनाउन नसकेको स्थिति, दल राजनीतिको ज्ञान गर्न नसक्नुको साथै प्रतिद्वन्दी भन्दा आफूले रकम जुटाउन नसकेको कारण नेपाली मूलका अमेरिकन नेपालीले चुनाबमा हार्ने गरेका छन् ।

भबिष्यमा नेपाली समुदायको पनि अमेरिकन राजनीतिमा प्रवेश हुनेछ आशा गर्दै उनले दोश्रो पुस्ताले यो इतिहास रच्नेमा बिश्वस्त रहेको बताए । त्यसका लागि धैर्य धारणको आवश्यता रहेको भन्दै उनले नेपालीहरु पनि वाशिंगटन डिसीस्थित क्यापिटल हिल छिट्टै पुग्ने आफूले देखेको बताए ।

अमेरिकाका नेपाली मुलका उम्मेदवारहरु पहिलो चरणबाटै बाहिरिएकोले समुदाय निराश हुनु स्वाभाविक हो । निर्वाचनमा हार र जित हुन्छ । कसैले हिम्मत गरेको थिएन तर दर्शन रौनियारले हिम्मत गरेर उम्मेदवारी दिए । जसबाट आउने पिँढीलाई ढोका खुल्यो । फलस्वरूप अन्य नेपाली समुदाय उत्प्रेरित हुदै धमाधम सभासदको लागि उम्मेदवारी दिने काम सुरु भैसकेको छ । अबको एक दशकमा अमेरिकाका नेपाली समुदायको अमेरिकी राजनीतिमा प्रतिनिधित्व हुनेछ भन्ने आशा नेपाली समुदायले गरेका छन । रौनियार, भण्डारी र शर्माले दिएको उम्मेदवारीलाई समुदायले सकारात्मक लिएका छन् किनभने अल्पसंख्यक नेपाली समुदायको आवाज अमेरिकन संसदमा पुर्याउने जमर्को भैसकेको छ । र , त्यो सपना छिट्टै साकार हुनेछ भन्ने आशा र विश्वास लिइएको छ ।

Thursday 23 October 2014

ओबामाद्वारा इबोला कार्यक्रमका प्रमुखसँग परामर्श

कात्तिक ५, वासिङ्टन  उक्त नीतिका लागि अमेरिकी प्रमुख रोन क्लेनले राष्ट्रपति ओबामालाई भेट्दै छन् । त्यस क्रममा उनले अमेरिका तथा विश्वमा नै यसको सङ्क्रमणका बारेमा राष्ट्रपति ओबामालाई जानकारी गराउनु छन् ।

क्लेनले हालैका दिनमा एक खतरानाक रोगका रुपमा देखिएको इबोलाको नियन्त्रणका लागि भइरहेका अमेरिकी र अन्य देशका प्रयासहरुका बारेमा जानकारी गराउने छन् ।

 अमेरिकामा पनि यस सङ्क्रमणको खतरा बढेपछि राष्ट्रपति ओाबामाले बारम्बार यसको खतरा रोक्नका लागि अमेरिकी अधिकारीहरुलाई आग्रह गरिरहेका छन् ।

साथै उनले संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन तथा विश्वका नेताहरुलाई नै टेलिफोन सम्पर्क गरी यसका विरुद्धमा आवश्यक प्रतिरोधक मापदण्डहरु अपनाउन आग्रह गरेका छन् ।
सुरुमा पश्चिम अफ्रिकी राष्ट्रहरुबाट सुरु भएको यसको सङ्क्रमण गत महिनादेखि नै अमेरिकामा पनि प्रवेश गरेको हो ।

यसले युरोपका पनि कतिपय देशमा त्रास फैलाएको छ । स्पेनमा त यसका बिरामी नै भटिएको र उपचार जारी रहेको बताइएको छ । यसको उपचार भने त्यति प्रभावकारी हुन सकिरहेको छैन ।
अमेरिकामा पनि इबोलाका सङ्क्रमितहरु भेटिएपछि त्यसको नियन्त्रणका लागि अमेरिकी सरकारले इबोलासम्बन्धी छुट्टै नीति निर्माण गरी प्रतिरोधात्मक कार्यक्रमहरु सञ्चालन गरेको छ ।
  – अमेरिकामा इबोला सङ्क्रमणसम्बन्धी अमेरिकी सरकारको पछिल्लो नीति एवम् कार्यक्रमका प्रमुखलाई राष्ट्रपति बाराक ओबामाले बुधबार ह्वाइट हाउसमा भेट्दै छन् ।

ओबामालाई एक प्रेमीको धम्की, ‘मेरी प्रेमिकालाई नछुनुस्’ -

(एजेन्सी) शिकागो – अमेरिकाको राष्ट्रपति बाराम ओबामा, संसारका सबैभन्दा शक्तिशाली सेनाका कमान्डर र संसारको सबैभन्दा शक्तिशाली देशको मुखिया हुन् तर जब एक प्रेमीले उनलाई धम्की दिए तब उनी यति शक्तिशाली हुँदाहुँदै पनि उनको यस्तो प्रतिक्रियामाथि केहि बोल्न सकेनन् ।  यो घटना त्यतिबेलाको हो जब ओबामा शिकागोमा मध्यावधी चुनावका लागि आफ्नो भोट हाल्न पुगेका थिए ।

मेरी प्रेमिकालाई प्लिज नछुनुस्
ओबामा जतिबेला शिकागो पुगे त्यहाँ भोट हाल्नका लागि उनको अगाडि एक निकै पोजेसिव प्रेमी आइपुगे । यी प्रेमीले भोटिङको समयमा ओबामालाई भने, ‘तपाईं कुनै शक्तिशाली देशको राष्ट्रपती त हुनुहोला तर मेरी प्रेमिकालाई छुने गल्ती कहिले पनि नगर्नुहोला ।’

वास्तवमा यी प्रेमीकी प्रेमिका ओबामासँगै उभिएकी थिइन् र आफ्नो भोट हाल्दै थिइन् । यद्यपी ओबामाले ती पुरुषको धम्कीलाई त्यति गम्भीर रुपमा लिएनन् । मार्टिन लुथर किंग जुनियर कम्युनिटी सेन्टरमा भोट हाल्नका लागि आइया कपुर नामकी ती महिला ओबामासँगै उभिएकी थिइन् ।

ओबामालाई देखेर मानिसहरु भए आश्चर्यचकित

 आइयाले आफ्नो प्रेमीद्वारा गरिएका उक्त प्रतिक्रियाका लागि ओबामासँग माफी मागेकी छिन् । उनले भनिन्, ‘मलाई थाहा थियो कि जोन्सले केहि रमाइलो कुरा नै गर्नेछन् तर मलाई थाहा थिएन उनले के यो बोल्नेछन् ।’
यद्यपी पछि राष्ट्रपति ओबामाले आइयालाई अंगालो हाल्दै चुम्बन गरे । पछि जोन्सले भने कि राष्ट्रपति बाराक ओबामालाई त्यहाँ देखेर सबैजना आश्चर्यचकित भएका थिए ।

Wednesday 8 October 2014

अमेरिकी सेनाद्वारा आईएस लडाकुको हतियार भण्डार ध्वस्त

अमेरिकी सेनाद्वारा आईएस लडाकुको हतियार भण्डार ध्वस्त 
काठमाडौं, आश्विन २३ ।  अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र टर्कीको सीमामा रहेको कोबान शहरमा इस्लामिक स्टेटका लडाकुविरुद्ध भीषण आक्रमण जारी राखेका छन् ।
हवाई आक्रमणमा लडाकूको हतियार भण्डार ध्वस्त गरिएको बताइएको छ । हवाई आक्रमण प्रभावकारी बन्दै गरेको र आईएस लडाकू पछि हट्न बाध्य हुन थालेका एक कुर्दिस अधिकारीले दावी गरेका छन् ।

तीन सातादेखिको संघर्षमा ४ सयभन्दा बढी व्यक्ति मारिनुका साथै एक लाख ६० हजारभन्दा बढी नागरिक अन्यत्र पलायन भएका छन् । कोबान शहर आईएसको नियन्त्रणमा आएमा सिरिया र टर्कीको लामो सीमा क्षेत्र नियन्त्रणमा जाने छ । आईएसले सिरिया र इराकको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएको छ ।

Monday 6 October 2014

कोबानमा आइएस लडाकु र कुर्द सेनाबीच भीषण लडाइँ जारी

कोबानमा आइएस लडाकु र कुर्द सेनाबीच भीषण लडाइँ जारी 
आश्विन २१ - काठमाडौं,  सिरिया र टर्कीको सीमावर्ती कोबान सहरमा कुर्द सेना र इस्लामिक स्टेट (आइएस)का लडाकुबीच भीषण लडाइँ भइरहेको छ । उक्त सहरमा आइएस लडाकुले कब्जा जमाउने आशंका गरिँदैछ ।
कुर्द सेनाको अवरोध तोड्दै सहरभित्र प्रवेश गरेका आइएस लडाकु र कुर्द सेनाबीच तीन दिनदेखि भीषण लडाइँ भइरहेको हो । कुर्द सेना र लडाकुबीच जमिनमै आमने–सामने युद्ध सुरु भएपछि हजारौं सर्वसाधारण घर छाडेर भागेका छन् ।
कोबान सहरको पूर्वमा रहेका भवनहरुमा आफ्नो झन्डा गाड्दै आइएस लडाकुहरु अगाडि बढेका छन् । सहरको पहाडी क्षेत्रमा आइएसले कब्जा गरिसकेको त्यहाँको एक अधिकारीले बताएका छन् ।

कोबान शहर बचाउन सिरियाई कुर्दहरुले सकेसम्म प्रयास गरेपनि आइएस लडाकुले घेराबन्दी गरिसकेका छन् । (एजेन्सी)

यो कस्तो संयोग रुसका राष्ट्रपति र कुकुरको अनुहार मिलेपछि…

असोज २० गते - मानिसहरुको अनुहार मिलेको त धेरै नै सुनिन्छ । तर, मानिस र जनावरको अनुहार मिलेको घटनाझैं विरलै छन् । तर, रुसीका राष्ट्रपति भ्लादिमिर पुटिनसँग एउटा कुकुरको अनुहार मिलेको विषयले यतिबेला निकै चर्चा पाएको छ ।
युक्रेनको एउटा कुकुरको अनुहार रुसी राष्ट्रपति पुटिनसँग मिलेको हो । युक्रेनको कालो रङको जर्मन सेफर्ड प्रजातिको कुकुरको अनुहार पुटिनसँग मिल्दोजुल्दो पाइएको समाचार पहिलोपटक रुसी भाषाको एउटा वेबसाइटले ब्रेक गरेको थियो ।
पुटिन र कुकुर दुवैका आँखा र नाक तिखा छन् र निधार फराकिलो छ । कुकुर मालिक र कुकुरको नाम खुलाइएको छैन । सुरक्षालगायत कारणले कुकुर मालिकले आफ्नो पहिचान खुलाउन नचाहेको बताइएको छ ।
रुसले युक्रेनमाथि हमला गरेपछि युक्रेनी जनतामाझ पुटिनविरोधी मानसिकता बढिरहेका वेला पुटिनजस्तो कुकुर पत्ता लगेपछि पुटिनका विरोधीहरूले यही तस्बिरका आधारमा पुटिनको उपहास गर्न थालेका छन् ।
‘कुकुर पुटिनजस्तो भन्दा पनि पुटिन कुकुरजस्तो बढी देखिएका छन्,’ पुटिनविरोधी एउटा वेबसाइटले लेखेको छ ।

Friday 3 October 2014

भारतको विषेश अदालतबाट भ्रष्टाचारी ठहर भएकी जयललिता कुनै समय अभिनेतृ थिइन । यति मात्र होइन स्कर्ट लाउने पहिलो तमिल हिरोइन थिइन जयललिता

स्कर्ट लाउने पहिलो तमिल हिरोइन थिइन जयललिता
मुम्बई । भारतको विषेश अदालतबाट भ्रष्टाचारी ठहर भएकी जयललिता कुनै समय अभिनेतृ थिइन ।

उनको पहिचान छोटो स्कर्ट लाउने पहिलो तमिल हिरोइनका रुपमा स्थापित भएको विभिन्न एजेन्सीले उल्लेख गरेका छन् ।

पहिलो पटक सन् १९६४ मा कन्नड भाषामा बनेको ‘चिनान्दा गोम्बे’ मा काम गरेकी थिइन् जयललिताले । त्यसपछि ‘भिनारा आदी’ मा काम गरेकी उनले तमिल फिल्ममा आफ्नो अभिनयको जादु देखाउन थालिन् ।


१५ वर्षकै उमेरमा पहिलो फिल्म खेलेकी थिईन् उनले । ‘आमाको प्रेरणाले फिल्ममा प्रवेश गरेकी जयललिता यस्ती हिरोइन् हुन् जसले तमिल समाजमा स्कटमा प्रस्तुत हुने हिम्मत गरिन् ।’ समाचारमा उल्लेख गरिएको छ ।

दक्षिण भारतीय चलचित्र उद्योगमा एक समय पकड जमाएकी जयललिताले १३० फिल्ममा काम गरेकी छिन् । तीन पटक सर्वोत्कृष्ट हिरोइनका लागि ‘फिल्म फेयर अवार्ड’ पाएकी उनी  सन् १९७७ मा राजनीतिमा प्रवेश गरेकी थिइन् ।

पाकिस्तानमा भएको हवाई आक्रमणमा १५ लडाकूको मृत्यु कयौ घाईते !

इस्लामाबाद:  अफगानिस्तानसँगको सीमामा अवस्थित पाकिस्तानको तनावग्रस्त आदिवासी जिल्लामा हवाई आक्रमणमा १५ विद्रोहीको मृत्यु भएको जानकारी सेनाले दिएको छ। यस क्षेत्रमा सेना इस्लामी समूहसँग एक दशकभन्दा बढी संङ्घर्षरत रहेको बताइएको छ।

शुक्रबार बिहान प्रभावकारी र सही हवाई आक्रमणमा आतङकवादी लुकेर बस्ने तीन स्थान नष्ट गरिएको र १५ आतङवादीको मृत्युभएको सेनाले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ। यहाँ तालिवान तथा अन्य प्रतिबन्धित लडाकू समूह लस्कर-ए-इस्लामले शरण लिने गरेको बताइएको छ।

अफगानिस्तानमा अमेरिकी नेतृत्वमा आक्रमण भएपछि अल-कायदाका लडाकूहरू पाकिस्तानतर्फ पलायन भई अर्धस्वायत्त क्षेत्रमा बसोबास गरेको र पाकिस्तानी सेनाले सन् २००४ देखि उनीहरूसँग सङ्घर्ष गरिरहेको जानकारी दिइएको छ।

कराची विमानस्थलमा रक्तपातपूर्ण आक्रमण भएपछि तथा विद्रोहीसँग यसै वर्षको आरम्भदेखि सुरु भएको शान्ति वार्ता टुटेपछि जुन महिनादेखि पाकिस्तानी सेनाले उत्तरी वजिरिस्तान जिल्लामा आतङ्कवादीमाथि कारवाही आरम्भ गरेको छ। उत्तरी वजिरिस्तान तेहरिक-ए-तालिवान पाकिस्तान (पाकिस्तानी तालिवान) को प्रमुख स्थल हो र उनीहरूले सन् २००७ मा सरकारविरुद्ध विद्रोह आरम्भ गरेका थिए।
यी लडाकूले अफगानिस्तानमा नेटोको सेनामाथि आक्रमण गरिरहेकाले अमेरिकाले यी समूहमाथि कारवाही गर्न निकै अगाडिदेखि आग्रह गरिरहेको थियो। यो कारवाही आरम्भ भएपछि एक हजारभन्दा बढी लडाकूको मृत्यु भएको र ८६ सैनिकले ज्यान गुमाएको पाकिस्तानी सेनाले जानकारी दिएको छ।
द्वन्द्वग्रस्त क्षेत्रमा पत्रकारलाई नियमित रूपमा पहुँच नदिइने भएकाले त्यस क्षेत्रमा भएका मृत्युका बारेमा स्वतन्त्ररूपमा पुष्टि भएको छैन। आलोचकहरूले त्यहाँ मारिएका धेरै व्यक्ति लडाकू नभएको बताएका छन्।

Tuesday 30 September 2014

मुख्यमन्त्री जय ललितालाई जेल सजायँ सुनाएपछि भारतमा १६ जनाले आत्महत्या गरे

Jayalalitha jailed for 16 committed suicide by the gospel in India.

मुख्यमन्त्री जय ललितालाई जेल सजायँ सुनाएपछि भारतमा १६ जनाले आत्महत्या गरे
मुख्यमन्त्रीलाई जेल सजायँ सुनाउँदा के त्यो राज्यका जनताले भावनामा बगेर धमाधम आत्महत्या गर्न सक्छन् ? झट्ट सुन्दा यो कुरा हास्यास्पद लागे पनि भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललितालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएपछि कम्तिमा १६ जनाले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यद्यपि यस्ता विषय पुष्टी गर्न सकिँदैन । तर, यो खबरलाई अभिनेत्री समेत रहेकी तमिलनाडुकी जयललितालाई भएको जेल सजायसँग जोडिएर हेरिएको छ ।

समाचारहरुका अनुसार जयललितालाई जेल पठाएपछि केहीले आत्महत्या गरेका छन् भने केहीलाई हृदयघात भएको छ ।

द्रविड आन्दोलनका संस्थापक डा. सीएन अन्नादुरैको मृत्युपछि पनि केही मानिसले आत्महत्या गरेका थिए ।

मनोचिकित्सकहरु भने आत्महत्याको यस्तो घटनाका पछाडी सामाजिक एवं सांस्कृतिक कारण हुने बताउँछन् ।

मनोचिकित्सक डा. एन रंजराजन भन्छन्-‘धेरै मानिसको उनीहरुसँग कुनै चिनजान हुँदैन । यस्तमा मानिसहरुको पहिचान कुनै नेता, अभिनेता वा खेलाडीको प्रशंसक हुन्छ । तमिलनाडु जस्तो राज्यमा यी हस्तीलाई भगवानको रुपमा हेरिन्छ ।’

Sunday 28 September 2014

२१ औं शताब्दी एसियाको हो: नरेन्द्र मोदी

आश्विन १३, काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ औं शताब्दी एशियाको भएको बताएका छन् । राष्ट्रसंघको महासभामा भाग लिन अमेरीका पुगका मोदीले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारत विश्वमा उदाउँदो शक्तिको रुपमा स्थापित भइसकेको बताए ।
मंगल ग्रहमा सफलतापूर्वक यान पठाएर भारतले आप्mनो क्षमता पुष्टी गरिसकेको मोदीको भनाई थियो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीको यो पहिलो अमेरिका भ्रमण हो । गुजरा
Narendra Modi
तमा भएको धार्मिक दंगापछि मोदीलाई अमेरीकाले आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाएको थियो ।
तर मोदी भारतको प्रधानमन्त्री निर्वाचित भएलगत्तै उनीमाथिको प्रतिवन्ध हटाएपछि मोदीको अमेरीका भ्रमणको बाटो खुलेको हो । न्युयोर्कको प्रसिद्ध म्याडिसन स्क्वायर गार्डेनमा आयोजित कार्यक्रममा भारतीय मूलका हजारौं अमेरीकीले मोदीको भव्य स्वागत गरेका थिए ।
म्याडिसन स्क्वायर प्रसिद्ध रकस्टार स्वर्गीय जन लेनन र बक्सर मोहोमद अली लगायतका विश्वस्तरीय हस्तीहरुले प्रदर्शन गर्ने स्थल हो । त्यहाँ कुनैपनि विदेशी अतिथिलाई यती धेरै सम्मान र प्रतिक्षा गरिएको यो पहिलो अवसर भएको बीबीसी ले जनाएको छ ।

जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोट, ३० को मृत्यु

Japan volcano Mount Otake detonated, 30 killed

काठमाडौं, आश्विन १२ ।  जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोटमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ । माउण्ट ओन्टेकको शिखर नजिक अचेत अवस्थामा भेटिएका ३० जना यात्रु चिकित्सकिय जांच पनि मृत घोषित भएका हुन् ।

ज्वालामुखी विष्फोट हुंदा पर्यटकिय आकर्षण मानिने त्यस क्षेत्रमा फसेका २ सय ५० जनालाई सुरक्षित निकालिएको अधिकारीहरुले जनाएका छन् ।
राजधानी टोकियोबाट २ सय किलोमिटर पश्चिममा अवस्थित माउण्ट ओटेक ज्वालामुखी स्थानिय समय अनुसार शनिवार विहान सक्रिय भएको थियो । ज्वालामुखी विष्फोटका सम्बन्धमा कुनै पूर्व सुचना जारी गरिएको थिएन् ।

अफगान गाउलेले चारजना तालिवानलाई झुण्डाए

असोज १२, काबुल  – अफगानिस्तानको घाज्नी प्रान्तका गाउलेले चारजना तालिवानलाई झुण्डाएर मारेका छन् ।
उनीहरुले गाउका सार्वसाधारणलाई समेत हालैका दिनमा अत्याचार गरेको भन्दै चारजनालाई झुण्डाएर मारेको बताएका छन् ।
pakistan-south-waziristan-taliban-fighters
प्राप्त समाचारमा तालिवानले गतहप्तामात्र त्यहाँका करिब एक सयजना गाउले र प्रहरीको हत्या गरेका थिए ।
गतहप्तादेखि उनीहरुले सुरु गरेको सो कारबाहीका क्रममा ठूलो सङ्ख्यमा गाउले मारिएको भन्दै त्यसको विरोधमा गाउले तालिावनका विरुद्ध जाइलागेका थिए ।
प्रहरीले जनाएअनुसार तालिवानको ज्यादति सहन नसकी गाउलेले ती तालिवानको हत्या गरेका हुन् ।
उक्त गाउमा लुकेर बसेका तालिवानले गाउलेलाई सुरक्षाकर्मीका विरुद्धमा ढालको रुपमा प्रयोग गर्ने गरेका र उनीहरुको अत्याचार सहन नसकेकाले हत्या गरेका बताइएको छ ।
सो गाउमा अझै कम्तीमा १०० जना जति तालिवान लुकेर बसेका र प्रहरी र सेनाको सहयोगमा उनीहरुको खोजी कार्य जारी नै रहेको पनि अधिकारीहरुले जनाएका छन् । रासस/एएफपी

Wednesday 3 September 2014

अर्का अमेरिकी पत्रकारको घाँटी रेटी हत्या

 'ओबामा म फेरि फर्केर आए, हाम्रो चेतावनी दिंदादिंदै पनि तिमीले बम बर्साउन छाडेनौं', मास्कधारी व्यक्तिले भिडियोमा भनेका छन्,'हाम्रो मान्छेलाई मिसाइल खसाउदा हामी पनि तिम्रा मान्छेको घाँटीमा चक्कु चलाउछौं ।'

एजेन्सी, भाद्र १८ - इस्लामिक स्टेट विद्रोहीको कब्जामा रहेका अमेरिकी पत्रकार स्टिभन सटलफको टाउको काटिएको भिडियो सार्वजनिक भएको छ । ३१ वर्षीय सटलफ एक वर्ष अघि सिरियामा विद्रोहीको कब्जामा परेका थिए ।

सटफलले टाइम म्यागेजिन, फरेन पोलिसीका लागि काम गरिसकेका छन् । उनले इजिप्ट, लिबिया र सिरियाबाट रिपोर्टिङ गरेका थिए । केही दिन अघि मात्रै अमेरिकी पत्रकार जेम्स फोलेको पनि यसैगरी हत्या गरिएको थियो ।

भिडियोमा देखिएको कालो वस्त्रधारी व्यक्तिले आफ्नो कब्जामा रहेका एक वेलायती नागरिकको समेत हत्या गर्ने धम्की दिएका छन् । अमेरिकाले भिडियोको आधिकारीकताबारे चाँडै बुझ्ने जनाएको छ।

'ओबामा म फेरि फर्केर आए, हामीले चेतावनी दिंदादिंदै पनि तिमीले बम बर्साउन छाडेनौं', मास्कधारी व्यक्तिले भिडियोमा भनेका छन्,'हाम्रो मान्छेलाई मिसाइल खसाउदा हामी पनि तिम्रा मान्छेको घाँटीमा चक्कु चलाउछौं ।'

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID