Sunday 28 September 2014

अफगान गाउलेले चारजना तालिवानलाई झुण्डाए

असोज १२, काबुल  – अफगानिस्तानको घाज्नी प्रान्तका गाउलेले चारजना तालिवानलाई झुण्डाएर मारेका छन् ।
उनीहरुले गाउका सार्वसाधारणलाई समेत हालैका दिनमा अत्याचार गरेको भन्दै चारजनालाई झुण्डाएर मारेको बताएका छन् ।
pakistan-south-waziristan-taliban-fighters
प्राप्त समाचारमा तालिवानले गतहप्तामात्र त्यहाँका करिब एक सयजना गाउले र प्रहरीको हत्या गरेका थिए ।
गतहप्तादेखि उनीहरुले सुरु गरेको सो कारबाहीका क्रममा ठूलो सङ्ख्यमा गाउले मारिएको भन्दै त्यसको विरोधमा गाउले तालिावनका विरुद्ध जाइलागेका थिए ।
प्रहरीले जनाएअनुसार तालिवानको ज्यादति सहन नसकी गाउलेले ती तालिवानको हत्या गरेका हुन् ।
उक्त गाउमा लुकेर बसेका तालिवानले गाउलेलाई सुरक्षाकर्मीका विरुद्धमा ढालको रुपमा प्रयोग गर्ने गरेका र उनीहरुको अत्याचार सहन नसकेकाले हत्या गरेका बताइएको छ ।
सो गाउमा अझै कम्तीमा १०० जना जति तालिवान लुकेर बसेका र प्रहरी र सेनाको सहयोगमा उनीहरुको खोजी कार्य जारी नै रहेको पनि अधिकारीहरुले जनाएका छन् । रासस/एएफपी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID