Friday 3 October 2014

पाकिस्तानमा भएको हवाई आक्रमणमा १५ लडाकूको मृत्यु कयौ घाईते !

इस्लामाबाद:  अफगानिस्तानसँगको सीमामा अवस्थित पाकिस्तानको तनावग्रस्त आदिवासी जिल्लामा हवाई आक्रमणमा १५ विद्रोहीको मृत्यु भएको जानकारी सेनाले दिएको छ। यस क्षेत्रमा सेना इस्लामी समूहसँग एक दशकभन्दा बढी संङ्घर्षरत रहेको बताइएको छ।

शुक्रबार बिहान प्रभावकारी र सही हवाई आक्रमणमा आतङकवादी लुकेर बस्ने तीन स्थान नष्ट गरिएको र १५ आतङवादीको मृत्युभएको सेनाले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ। यहाँ तालिवान तथा अन्य प्रतिबन्धित लडाकू समूह लस्कर-ए-इस्लामले शरण लिने गरेको बताइएको छ।

अफगानिस्तानमा अमेरिकी नेतृत्वमा आक्रमण भएपछि अल-कायदाका लडाकूहरू पाकिस्तानतर्फ पलायन भई अर्धस्वायत्त क्षेत्रमा बसोबास गरेको र पाकिस्तानी सेनाले सन् २००४ देखि उनीहरूसँग सङ्घर्ष गरिरहेको जानकारी दिइएको छ।

कराची विमानस्थलमा रक्तपातपूर्ण आक्रमण भएपछि तथा विद्रोहीसँग यसै वर्षको आरम्भदेखि सुरु भएको शान्ति वार्ता टुटेपछि जुन महिनादेखि पाकिस्तानी सेनाले उत्तरी वजिरिस्तान जिल्लामा आतङ्कवादीमाथि कारवाही आरम्भ गरेको छ। उत्तरी वजिरिस्तान तेहरिक-ए-तालिवान पाकिस्तान (पाकिस्तानी तालिवान) को प्रमुख स्थल हो र उनीहरूले सन् २००७ मा सरकारविरुद्ध विद्रोह आरम्भ गरेका थिए।
यी लडाकूले अफगानिस्तानमा नेटोको सेनामाथि आक्रमण गरिरहेकाले अमेरिकाले यी समूहमाथि कारवाही गर्न निकै अगाडिदेखि आग्रह गरिरहेको थियो। यो कारवाही आरम्भ भएपछि एक हजारभन्दा बढी लडाकूको मृत्यु भएको र ८६ सैनिकले ज्यान गुमाएको पाकिस्तानी सेनाले जानकारी दिएको छ।
द्वन्द्वग्रस्त क्षेत्रमा पत्रकारलाई नियमित रूपमा पहुँच नदिइने भएकाले त्यस क्षेत्रमा भएका मृत्युका बारेमा स्वतन्त्ररूपमा पुष्टि भएको छैन। आलोचकहरूले त्यहाँ मारिएका धेरै व्यक्ति लडाकू नभएको बताएका छन्।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID