Showing posts with label Kollywood. Show all posts
Showing posts with label Kollywood. Show all posts

Thursday 6 November 2014

निर्देशक आलोक नेम्वाङद्धारा आत्महत्या


काठमाडौ, कार्तिक २० – चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङ धापासीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

 नेम्वाङको तेस्रो चलचित्र ‘अझै पनि’ रिलिज हुने तयारीमा रहेको थियो ।

दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङले सानो संसार र कोही मेरो चलचित्रको निर्देशन गरेका थिए । उनी अविवाहित थिए ।

सञ्जय दत्तलाई हेर्ने भन्दै कक्षा आठमा पढ्दा पढ्दै मुम्बई भागेका नेम्बाङ पछि गएर नेपालका चर्चित म्युजिक भिडियो र चलचित्र निर्देशक बने । नेपाली सिनेमा नयाँ युगको सुरुवात गर्ने नेम्बाङले आफ्नो करियरको शुरुवात इमेज च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा गरेका थिए ।

नबिन के भट्टराईको लाखौं पटकबाट उनी नेपाली संगीत क्षेत्रमा म्युजिक भिडियो निर्देशकको रुपमा प्रवेश गरेका हुन् । नबिर्से तिमीलाई, नपाएँ तिमीलाई, पूरानो हुँदैन माया, डुब्न देउ लगाउत चर्चित भिडियो निर्देशन गरेका नेम्बाङ अब सदाका लागि बिदा भएका छन् ।

 उनको आत्महत्याको कारणबारे अझै केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
गत साता नेम्वाङसँग शुक्रबार साप्ताहिककी सजना बरालले अन्तरंग कुराकानी गरेकी थिइन्। त्यसमा उनले आफू एक्लै बस्न रुचाउने व्यक्ति भएको बताएका थिए। पढ्नुहोस् अन्तर्वार्ता विस्तृतमाः

 घर सर्नु भएछ...
सरेँ। धेरै वर्ष भाटभटेनी बसियो। पहिले–पहिले त्यो एरिया शान्त थियो। रमाइलो लाग्थ्यो। अचेल हल्लाखल्ला बढी हुन्छ। मलाई कोलाहल मन पर्दैन। शान्त ठाउँमा एक्लै बस्न रुचाउँछु। मान्छेहरू आउजाउ गरेको पनि त्यति मन पर्दैन। त्यहाँ छँदा धेरैले मेरो घर चिनेका थिए। त्यसैले, आउजाउ बढी हुन थाल्यो। मैले आफूलाई टाइमै दिन सकिनँ। निस्सासिएजस्तो भयो। त्यसैले त्यो ठाउँ छोडेँ। नयाँ घर शान्त ठाउँमा छ। आनन्द लाग्छ।

घरमा एक्लै बस्नुहुन्छ। दिन काट्न गाह्रो हुँदैन?
कुकुर, बिरालो पालेको छु। बंकी, न्होलो, अल्छी, मैली र सल्टी गरी पाँचवटा कुकुर–बिराला छन्। यिनीहरूसँगै खेलेर बस्छु। यिनीहरूकै हेरचाह गर्छु। केही पाइनँ भने एक्लै धुमधुमती बस्छु। त्यसो गर्न पनि रमाइलो लाग्छ। घरको सरसफाइ आफैँ गर्छु। समय बिताउन गाह्रो छैन। बरु, म त कहिले काम सकिएला र घर गएर एक्लै बसौँला भनेर कुरिरहन्छु। मलाई मेरो साथ प्यारो लाग्छ।

सबै कुकुर, बिराला किनेरै ल्याउनु भएको हो?
होइन। मैले यिनीहरूलाई सोखले पालेको पनि होइन। म त 'मी टाइम' धेरै चाहिने मान्छे भएकाले जीवजन्तु केही पाल्दिनँ, फुक्काफाल भएर बाँच्छु भन्ने सोचमा थिएँ। तर, यिनीहरू सडकमा बेहाल भएर हिँडेको देखेपछि मन थाम्न सकिनँ। घर ल्याएँ। सल्टीलाई इमेज एफएममा छँदा नै फेला पारेको हुँ। एकदम लुते, जीउभरी खटिरा भएको अवस्थामा अफिसअगाडि आएको थियो। साह्रै माया लाग्यो। उठाएर घर ल्याएँ। बंकी बिरालोलाई चाहिँ तीन महिनाअघिमात्रै भेट्टाएको हुँ। यो पनि खान नपाएर हाड र छालाको मात्रै थियो। अहिले मोटाएर ढुस्स भा'छ।

 जनावरको त्यस्तो माया लाग्छ?
एकदमै माया लाग्छ। मलाई मान्छेमा त्यति लगाव छैन। तर, पशुपक्षीप्रति भयंकर अट्याचटमेन्ट छ। यिनीहरूको दुःख हेर्नै सक्दिनँ। यिनीहरू छटपटाएको देख्दा असाध्यै पीडा हुन्छ मलाई। धेरै समयसम्म दुःखी भइरहन्छु। एकातिर मान्छे मर्न लागेको छ र अर्कोतिर जनावर घाइते भएर छटपटाइरहेको छ भने म जनावरको पीडा देखेर कहालिन्छु। मान्छेको अवस्थाप्रति चासो हुँदैन। यी दुईमध्ये कसलाई केयर गर्ने भनियो भने म निसंकोच जनवारपट्टि लाग्छु। सुन्दा अनौठो लाग्ला। तर, मेरो स्वभाव यस्तै छ।

मान्छे चाहिँ केही होइनन् तपाईंका लागि?
म पनि मान्छे भएकाले मलाई पनि अरू मान्छे चाहिन्छ। समाज चाहिन्छ। मेरो व्यवसाय मान्छेहरूसँग घुलमिल हुनैपर्ने खालको भएकाले बाध्यतावश अरूसँग बोल्ने, फाट्टफुट्ट पार्टीतिर गइदिने, अन्तर्वार्ता दिने गर्छु। मेरो रुचि र स्वभावमा अन्तर नहुँदो हो त म यो सबै केही गर्दैन थिएँ। मान्छे भनेका रिप्लेसेबल चिज हुन् भन्ने लाग्छ मलाई। एउटा मान्छे गए अरू दशजना उसको ठाउँमा आइपुग्छन्। 'यो मान्छे सबैभन्दा महत्त्वपूर्ण छ, योबिना जिन्दगी नै चल्दैन, योबिना कामै बन्दैन' भन्नेमा विश्वास लाग्दैन। मान्छे भन्ने जातका कतिपय कुरा मलाई चित्त बुझ्दैनन् पनि। कहिलेकाहीँ त मान्छेहरू प्लास्टिकजस्ता देख्छु। उनीहरूको व्यवहार र आडम्बरले त्यस्तो छनक दिन्छ। त्यसकारण मान्छेप्रति श्रद्धा जाग्दैन। हामीमा इमानदारी र बफादारी भइदिएको भए हामी पनि चार हातखुट्टा टेकेर हिँड्ने थियौँ भन्ने लागिरहन्छ सधैँ।

मान्छेप्रति लगावै नभएर हो बिहेवारी नगर्नु भएको?
बिहे किन गर्ने? दुइटा उत्तर छन्। एक, वंश अगाडि बढाउन। दोस्रो, सहाराका लागि। यी दुवै कुरा तत्कालका लागि मलाई चाहिएका छैनन्। जतिबेला मलाई खाँचो पर्छ, त्यतिबेला गरौँला। अहिले म बिहेका लागि मानसिक रूपमा तयार छुइनँ। बिहे गरेपछि सामना गर्नुपर्ने प्रश्नका ओइरोदेखि तर्सिन्छु। 'कहाँ गएर आएको? किन गएको?' यस्ता प्रश्न मलाई मन पर्दैनन्। मलाई त मेरो आमु, दिदी–भिनाजुले समेत 'तँ त बिहे नै नगर, आफ्नै तरिकाले बाँच्' भन्नुहुन्छ।
किन?
भनेँ नि, म बिहेको लागि अहिले रेडी (तयार) छुइनँ। उहाँहरूले मलाई र मेरो स्वभावलाई बुझ्नुभएको छ। त्यसैले त्यस्तो प्रतिक्रिया दिनुहुन्छ। तर, एउटा रमाइलो कुरा के छ भने हाम्रो समाजमा बिहे नगरी बसेका महिला या पुरुष, दुवैप्रति अनेक आशंका गरिँदा रहेछन्। उनीहरूमाथि धेरै प्रश्न उठाइँदा रहेछन्। जस्तो, किन बिहे नगरेको? के भएर नगरेको? आदि। बिहे नै सबथोक हो भन्ने मान्यता छ यहाँ। संसारमा अरू कुरा पनि हुन्छन् भन्ने थाहै छैन। मान्छेको स्वभावको विविधताबारे आइडियै छैन। ममाथि चाहिँ यस्ता प्रश्न उठाउनुको तुक किन पनि छैन भने, मैले भन्दै आएको छु नि, मलाई समग्र मान्छेप्रति नै लगाव छैन। लगावै नभएपछि म कुनै मान्छेसँग नजिक हुने वा आत्मीय हुने त चान्स नै छैन।

आजका मितिसम्म मान्छे जातको कसैसँग पनि तपाईं आकर्षित हुनुभएन?
भएँ नि। मान्छेप्रति लगाव छैन, पर्सनल स्पेस बढी चाहन्छु भन्दैमा मभित्र मान्छेका गुणहरू नै छैनन् भन्ने होइन। जिन्दगीको एउटा एपिसोडमा मायाप्रेम पनि गरियो। अहिले जति पर्सनल स्पेस चाहिन्छ, मलाई त्यो बेला यतिविघ्न चाहिँदैन पनि थियो। अमेरिकामा छँदा मेरो ताल देखेर साथीहरू छक्क पर्थे। 'ओ माई गड तँ त...' भन्थे। तर, ती सबै क्षणिक थिए। अफेयर, रोमान्स, गर्लफ्रेन्ड सबै कुराका आ–आफ्ना समय हुँदा रहेछन्। मैले त्यो समय पार गरिसकेँ। तर, एउटा सत्य चाहिँ के भने मलाई त्यो बेला पनि बिहे गरौँ भन्ने रहर चाहिँ कहिल्यै जागेन।
सबैसँग टाइम–पासमात्रै गर्नुभयो...
केटा र केटी दुवैको समझदारीमा भएका चिजलाई टाइम पास भन्न मिल्दैन। एउटाले आफ्नो फाइदाको लागि मात्र प्रेमको नाटक गर्छ भने त्यसमा खोट हुन्छ। मैले त्यस्तो गरिनँ। कहिल्यै कसैको चित्त दुखाइनँ।

 यसपालि पनि सुदर्शन थापासँगै काम गर्नु भएछ। फेरि पनि उही लभ–स्टोरी फिल्म बनाउने हो?
होइन। यसपालि हामीले पहिलेका जस्ता सिनेमा बनाएका छैनौँ। 'अझै पनि' सामाजिक प्रकारको फिल्म हो। यसमा काँठ क्षेत्रको कथा समेटिएको छ। यसमा ठेट नेपालीपनको सुगन्ध आउँछ भन्नेमा हामी विश्वस्त छौँ।

फिल्मको विधा किन फेर्नुभएको?
शहरिया वातावरणको, माया–प्रेममा आधारित फिल्म बनाइसकेँ। यसपालि अलि फरक गरौँ भनेर विशेषतः ग्रामीण समाजको विषयवस्तु रोजेको हुँ। फेरि, हामी जतिसुकै आधुनिक बन्न खोजे पनि आफ्नो मूल्य र मान्यतालाई बेवास्ता गर्न सक्दैनौँ। देश/विदेश जति चहारे पनि आखिर आफ्नै ठाउँ प्यारो लाग्छ, आफ्नै गाउँ प्यारो लाग्छ। त्यसकारण, शहरिया रिवाजको कथाभन्दा अलि पर गएर मैले हाम्रो असली संस्कृति, मूल्य र मान्यतामा आधारित फिल्म बनाएको छु यसपालि।

प्रायः एउटै टिमसँग काम गर्नुहुन्छ तपाईं। म्युजिक भिडियोमा झरना वज्राचार्य, नम्रता श्रेष्ठ आदिलाई लिनुहुन्छ। फिल्ममा पनि सुदर्शन थापा, आर्यन सिग्देलसँग काम गर्नुहुुन्छ। किन यस्तो?

यसको एउटै उत्तर छ– मसँग बिर्यानी खाने औकात छ भने म किन उसिनेको चामलको भात खान्छु? मैले झरना वज्राचार्य, नम्रताजस्ता सिपालु कलाकारसँग काम गर्न पाउँछु भने केही जान्दै नजानेका, मार्केट भ्यालू पनि कम भएकासँग किन काम गर्नु? नेपालमा झरनाबाहेक क्यामरामा त्यतिविघ्न फ्यानट्यास्टिक र त्यतिविघ्न सेक्सी देखिने अर्को मोडल भेटेको पनि छुइनँ मैले। यसो भनेर अरूलाई कम आँकेको होइन। प्रियंका कार्की, केकी अधिकारीहरूसँग पनि नियमित काम गरिरहेको छु। तर, झरनामा बेग्लै क्वालिटी छ।

 तर, जतिसँग काम गर्नुहुन्छ, उनीहरूसँग सम्बन्ध टिकाइराख्न सक्नुहुन्न रे नि?
सम्बन्ध भन्ने चिज दिगो हुनै सक्दैन। आमा र छोराछोरीको सम्बन्ध त सधैँ उस्तै रहँदैन भने व्यावसायिक जीवनमा भेटिएका साथीभाइसँगको सम्बन्ध तलमाथि हुनु नौलो कुरै होइन। फेरि, सम्बन्ध नटिक्नुको अर्थ यो हुन जरुरी छैन कि एकआपसमा मनमुटावै भएको होस्। झरना, नम्रतालाई मैले त्यो बेलादेखि चिनेको हो जतिबेला उनीहरू करिअर सुरु गर्दै थिए। उनीहरूले मसँग धेरै काम गरे। बीचबीचमा के कसो गर्ने भनी मसँग सल्लाह पनि मागे। पछि, आफैँ निर्णय गर्न सक्ने भए। मेरो आवश्यकता परेन। आवश्यकता परेको भए केही गडबडी छ भनेर बुझ्नुपर्थ्यो। कि त उनीहरू परिपक्व हुन नसकेका भनेर बुझिन्थ्यो कि हामीहरूबीच केही खिचडी पाकेको छ भन्ने। त्यस्तो भएन। यसको अर्थ हामीहरूको सम्बन्ध सुमधुर र निर्मल छ।

म्युजिक भिडियोको कन्सेप्ट फुराउन कत्तिको समय लाग्छ?
हेरी, हेरी हुन्छ। कहिले छिनका छिन फुर्छ। कहिले हप्तौँ सोच्दा पनि क्लिक हुँदैन। तर, नेपालमा म्युजिक भिडियो बनाउन खासै गाह्रो छैन। यहाँ थरीथरीका गीतै बन्दैनन्। सबै गीत उही मिलन र बिछोडका बारेमा गाइन्छन्। एउटै भावलाई अनेक तरिकाले देखाइरहनुपर्दा आफैँलाई वाक्क लाग्छ कहिलेकाहीँ। उही कुरो कतिचोटि, कति प्रकारले देखाउनु जस्तो लाग्छ। कसैले त पातको, आकाशको बारेमा गीत गाइदिए पनि हुन्थ्यो झैँ पनि लाग्छ कहिले त। तर, नेपालीलाई पीडा नै सुन्न मनपर्दो रहेछ। पीडै बिक्छ यहाँ। अरू विषयका गीत गाएर के काम?

कामको चाप कत्तिको छ अहिले?
चाडपर्वले गर्दा धेरै काम अधुरा रहेका थिए। तिनलाई सल्टाउनु पर्नेछ। मेरो तेस्रो सिनेमा 'अझै पनि' को काम पनि धमाधम भइरहेको छ। सुटिङ सकिसक्यो। डबिङ हुँदै छ। दुईचारवटा म्युजिक भिडियो पनि खिच्नु पर्नेछ। चापै छ भन्नुपर्‍यो।

Tuesday 28 October 2014

यी नायिका स्क्रिप्ट नपढी फिल्म खेल्दिनन, ब्यबसायिक बन्दै नेपाली हिरोइन

काठमाडौ । निश्चल बस्नेत निर्देशित ‘लुट’ मा जम्मा तीन सिनमा अभिनय गरेकी छिन ऋचा शर्माले । तर पनि उनलाई फिल्म हेर्ने दर्शकले पछिसम्म सम्झिए ।
जबकि साढे दुई घण्टाको फिल्ममा २०/२५ सिनमा देखिएका हिरोइनले समेत दर्शकको मष्तिष्कमा ठाउँ बनाउन सकेका हुँदैनन् ।

कुनै पनि फिल्ममा अभिनय गर्नु अघि स्क्रिप्ट पढेर मात्रै निर्णय गर्ने गरेकी ऋचाले आफ्नो भुमिका कति छ भन्नु भन्दा पनि सिनेमाको विषय बस्तु कस्तो छ ध्यान दिने बताउँछिन् । ‘म कहिल्यै मेरो कति सिन छ भनेर गन्दिन, विषयबस्तु कस्तो छ ध्यान दिन्छु ।’ उनले भनिन् ।

प्रायः हिरोइन थोरै सिन भएको फिल्म खेल्न राजी हुन्नन् । धेरै सिन भयो भने मात्रै आफु स्थापित होइन्छ भन्ने मान्यता राख्ने हिरोइनहरु विषयबस्तु भन्दा पनि आफ्नै भुमिकालाई जोड दिन्छन् । यो मान्यतासँग असहमति जनाउँछन् ऋचा शर्मा, दिया मास्के, नम्रता श्रेष्ठ, केकी अधिकारी लगायतका नयाँ पुस्ताका हिरोइनहरु ।

सानो संसारमा काम गरेपछि नम्रतासँग मेरो फिल्ममा काम गर्नु पर्‍यो भन्ने निर्माताहरु थुप्रै थिए ।
आफुलाई काम गराउन चाहने निर्मातासँग फिल्मको विषय ध्यान दिएर सुनेपछि चित्त बुझेको अवस्थामा स्क्रिप्ट मागेर पढेकी नम्रताले धेरैलाई ‘सरी’ भन्नु पर्‍यो । नम्रता सम्झिन्छिन् । ‘हप्तामा ४ वटासम्म स्क्रिप्ट रिजेक्ट गर्नुपर्‍यो ।’

विषयबस्तु चित्त नबुझेर फिल्ममा काम गर्दिन भन्दा कतिपय निर्देशकले घमण्डी बनेको अझै बिर्सेकी छैनन् अर्कि नायिका दिया मास्केले । स्क्रिप्ट पढ्न मागेकै कारण आलोचनाको शिकार भएकी थिइन् निशा अधिकारी पनि ।

महंगा पनि छन् यी हिरोइन
विषयबस्तु बुझ्ने मामलामा मात्रै हैन पारिश्रमिक लिने सवालमा पनि महंगा छन् यि हिरोइन । नेपालमा चलेका हिरोइनले ६०/७० हजारमा काम गरिरहेको बेला नम्रताले ‘सानो संसार’ मा डेढ लाख पारिश्रमिक लिएकी थिइन् ।
त्यसपछि पनि कतिपय फिल्म पारिश्रमिकमा कुरा नमिलेकै कारण छाडेकी थिइन् उनले । काम अनुसारको उचित पारिश्रमिक लिनुपर्छ भन्ने ऋचा शर्मा पनि पारिश्रमिकमा सम्झौता गर्न खोज्ने मान्छेसँग सकेसम्म काम नगर्ने बताउँछिन् ।

पछिल्लो समयकी प्रियंका कार्की, केकी अधिकारी, दिया मास्के उचित पारिश्रमिक लिएर काम गर्ने नायिकाको रुपमा चिनिन्छन् ।
ब्यबसायिकताका बाधक निर्देशक नै ?

आर्यान सिग्देलले फिल्मको स्क्रिप्ट पढ्न मागेकै कारण निर्देशक मदन घिमिरेले फिल्मवाट निकालेको घोषणा गरेका थिए । निर्देशक घिमिरेले आर्यानलाई निकालेको घोषणा गर्दै भनेका थिए ‘फिल्म कस्तो बनाउने भन्नेमा निर्देशकले चिन्ता गर्ने हो हिरो-हिरोइनले होइन ।’

निर्देशक घिमिरे मात्रै हैन आफुलाई तन्नेरी पुस्ताका भन्ने निर्देशक समेत हिरो हिरोइनले स्क्रिप्ट पढ्न मागे भने नदिन पाए हुन्थ्यो भन्नेहरु धेरै छन् । कलाकारलाई स्क्रिप्ट पढाएपछि मात्रै उनीहरु विषयको गहिराइमा पुग्छन् भन्ने ज्ञान धेरैलाई छैन ।

राम्रो कलाकारले उचित पारिश्रमिक माग्नुलाई अस्वभाविक रुपमा हेर्ने चलन छ । कुनै नयाँ कलाकारले यति पैसा नभइ काम गर्दिन भन्यो भने पुरानो कलाकारको नाम लिंदै भन्ने चलन छ ‘फलानोले त यतिमा काम गर्छ ।’

पारिश्रमिकमा सम्झौता नगर्ने कलाकारको आलोचना गर्ने काममा सब भन्दा सक्रिय तिनै निर्देशकहरु छन् । यस्तै सोच राख्ने निर्देशकका कारण फिल्मको ब्यबसायिक विकासमा वाधा परेको कलाकारहरुको भनाइ छ ।

Tuesday 14 October 2014

श्रीकृष्ण निधनको २ महिना पछि स्वेताले सम्वन्ध फेरिन्

पती श्रीकृष्ण श्रेष्ठको निधन भएको दुई महिना पछि नायिका श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठ परिवारसँग सम्वन्ध परिवर्तन गर्ने बताएकी छिन् । बुहारीको रुपमा श्रेष्ठ परिवारमा रहेकी स्वेताले अब भने श्रीको परिवारको छोरी बहिनी भएर अघि बढ्ने बताएर श्री परिवारबाट बिवाह गरेर जाने संकेत दिएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा श्रीको परिवारको फोटो राख्दै स्वेताले लेखेकी छन्(‘मबाट वितेका दिनहरुमा अन्जानमा कसैको मन दुखाएको भए यही सन्देशमार्फत माफी चाहन्छु । हजुरहरुको माया र साथलाई म भित्र मनदेखि धन्यवाद दिन चाहन्छु ।’

'म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असर छोरी बहिनी भएर हजुुरहरुको इज्जत राखेर अघि बढ्ने प्रयास गर्नेछु ।’ स्वेताले उल्लेख गरेकी छिन् ।

कुनै गल्ती भए सुधार्ने मौका मागेकी स्वेताले फेसबुकमा यस्तो लेखेपछि उनले अब श्री परिवारमा बुहारीको रुपमा नभई विवाह गरेर पठाउने छोरीको रुपमा रहने बताएकी छिन् । यसबाट स्वेताले नयाँ बिहेको सोच बनाउन थालिसकेको अड्कल काटिएको छ ।

श्रीको निधन आफ्नो लागि मात्र नभए सबै परिवार दाइ, भाइ आमा सबैलाई खपी नखक्नु भएको भन्दै स्वेताले परिवारका सबैले आफ्नो पीडा लुकाएर आफूलाई सम्हाल्न शक्ती दिएको भन्दै स्वेताले परिवारका सदस्यहरु प्रति आभार समेत व्यक्त गरेकी छिन् ।

Monday 13 October 2014

`आगो २` को सेन्सरप्रति आक्रोश

`आगो २` को सेन्सरप्रति आक्रोश

फिल्म 'आगो २' को निर्माणपक्षले चलचित्र सेन्सर बोर्डप्रति आक्रोश व्यक्त गरेको छ । फिल्मको सेन्सरका लागि बारम्बार समय दिएर पनि आलटाल गरेको भन्दै निर्माणपक्षले आफूहरुलाई ठूलो क्षती भएको जनाएको छ ।

निर्माता कर्ण थापा र एस.के. एन सिनेमा प्रालीका अध्यक्ष किसान पोख्रेलले जारी गरेको विज्ञप्तीमा सेन्सरका आलटालका कारण असोज ३१ गते तोकिएको प्रदर्शन मिति सरेको जनाइएको छ ।

सेन्सरको व्यवहार गणतन्त्र आएपछि पनि परिवर्तन नभएको भन्दै यसको निर्माणपक्षले आफूहरु वाध्य भएर अदालतसम्म पुग्ने बताएको छ । यसअघि निर्माण भएको फिल्म 'आगो'लाई पनि राज्यले दुख दिएको थियो ।

मदन घिमिरेको निर्देशनमा तयार भएको यो फिल्ममा सुशिल क्षेत्री, गणेश गिरी, सारिका घिमिरे लगायतका कलाकारको अभिनय छ ।

अनमोलको `जेरी` कति गुलियो ?

 'होस्टेल' फिल्मपछि पर्दामा नदेखिएका अभिनेता भूवन केसीका छोरा अनमोल केसी 'जेरी' मार्फत दर्शकमाझ आउँदैछन् । कात्तिक २८ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्मलाई 'होस्टेल'कै निर्देशक हेमराज वीसीले निर्देशन गरेका हुन् ।

मनोज शेरचनले लगानी गरेको यो फिल्मभित्र अनमोलको साथमा अन्ना शर्मा, अभिषेकमान शेरचन, एस शमशेर लगायतका कलाकारको अभिनय छ । भिन्न शैलीमा प्रस्तुत गरिएको फिल्मको ट्रेलर र लोकेशनलाई मन पराइएको छ । फिल्ममा सम्राट गौचनको कथा, शैलेन्द्र कार्कीको छायांकन छ ।

'होस्टेल'पछि पर्दामा नदेखिंदा अनमोल हराएको चर्चा समेत फिल्म बजारमा चल्न थालेको थियो । 'होस्टेल' चल्नुमा अहंम भूमिका खेलेका अनमोलको 'जेरी'ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । 'जेरी'ले दर्शकलाई कत्तिको स्वादिलो बनाउँछ रिलिजसम्म कुर्न पर्ने हुन्छ ।

मोडल तिर्सना बुढाथोकीले पुन भित्रि अंग प्रस्ट देखाउदै तस्वीर शेयर

काठमाण्डौ । मोडल तिर्सना बुढाथोकीले पुन भित्रि अंग प्रस्ट देखाउदै तस्वीर शेयर गरेकी छिन । यसअघि पनि विभिन्न अश्लीलता झल्किने तस्वीरका कारण चर्चामा आएकी उनले पुन नग्न र उत्तेजक
उनले आफ्नो फेसबुक वालमा लेखेको जस्ताको तस्तै -
तस्वीर समाजिक सञ्जालमा शेयर गरेकी हुन । तस्वीरमा उनी एैना अघि उभिएको र भित्री बस्त्र नलगाएको प्रस्ट हुन्छ । उनले लगाएको बाहिरी बस्त्रले मुस्किलले उनको स्तन छोपिएको छ । तस्वीरसँगै उनले आफ्नो अभिब्यक्ति पनि लेखेकी छिन । उनले लेखेकी छिन ल भन्नुस के के भन्नुछ, कुरो तपाईको, बुझाई तपाईको, फोटो मेरो, सहने शक्ति छ मेरो ।

Saturday 11 October 2014

नेपालका 10 महिला सेलिब्रिटी मध्य - 6. झरना बज्रचार्य :

6) Jharna Bajracharya : 

Jharna Bajracharya
Jharana Bajracharya Rashid is a Nepali model-turned-film actress. She was crowned Miss Nepal in 1997, at the age of sixteen. Winner of Miss Nepal 1997 were she was placed as 1sr runner up and was the 1st Miss Nepal to participate in Miss World. She started her journey in the Nepali entertainment field after being crowned Miss World Nepal in 1997 at th
Jharana Bajracharya, made her debut in Hatiyar playing a second fiddle to the leading lady Karishma Manandhar co-starring opposite Rajesh Hamal. On 6 October 2007, Jharana Bajracharya got engaged to North American Citizen Karar Hill in private ceremony in Kathmandu.
e age of 16 and represented Nepal in Miss World contest held at Baie Lazare, Seychelles on November 22, 1997.

नेपालका 10 महिला सेलिब्रिटी मध्य - 5. नम्रता श्रेष्ठ :

5) Namrata Shrestha : 

http://xpressvdo.blogspot.com/Namrata Shrestha (born 14 June, 1986, Dharan
In 2008, Namrata debuted her movie career from Alok Nembang’s Sano Sansar where she played the lead role of Reetu. After Sano Sansar’s Nepal release raised her profile, she was cast for Mero Euta Saathi Cha which was produced by Sudarshan Thapa and made a huge hit in 2009. She has also appeared on the cover of Wave Magazine , VOW Magazine & other magazines. The Kathmandu Poston it’s edition of February 21, 2005 featured Namrata Shrestha Picture as one of the top 5 models in Nepal. Actress Namrata Shrestha is also seen in new nepali movie chaddke with the gangster looks and a picture of her riding bullet in the promotional picture looks simply awesome.
Nepal) is a Nepali model, RJ, presenter and actress.

Friday 10 October 2014

किन चल्यो ‘हिम्मतवाली’ किन चलिन् रेखा

किन चलिन् रेखा, किन चल्यो ‘हिम्मतवाली’ 
आमिर खानको नेपाल भ्रमणले ३ दिन नेपाली मिडिया तात्यो । एउटा बलिउडको सुपरस्टारको आगमनले देशमा चर्चा पाउनु नयाँ कुरा होइन । यता, असोज १५ गतेदेखि प्रदर्शनमा आएको रेखा थापाको चलचित्र ‘हिम्मतवाली’ बक्स अफिसमा आक्रामण कलेक्शनका साथ अगाडि बढेको छ । नेपालमा बक्स अफिसको प्रचलन नुहँदा कमाइको सही आँकडा भन्न मुश्किल छ ।

रेखाको सिनेमाले कती कमायो भन्दा पनि किन चल्यो भन्ने बिषय मुख्य हो । बर्षमा एक सय सिनेमा बनेर ५ वटाले लगानी उठाउने बजार हो हाम्रो । साउन २३ गते प्रदर्शनमा आएको ‘कोहिनुर’को ब्यापार घटनाले निम्त्याएको परिणाम थियो । जसलाई बक्स अफिससँग तुलना गर्नु तर्कसंगत नहोला ।
रेखाले ‘हिम्मतवाली’मा मात्र होइन, आफ्ना हरेक सिनेमामा यही फर्मुला अपनाएकी छिन् । काठमाण्डौमा पपकर्न टोक्दै ‘ब्याङ ब्याङ’ र ‘हैदर’ हेर्ने दर्शकका लागि ‘हिम्मतवाली’ पाच्य नहोला । तर, नेपाली समाज र दर्शक अझै पनि क्रिमडोल र समोसामा रमाउँदै सिनेमा हेर्न रुचाउँछन् । जुन यथार्थको नजिक रेखा थापा देखिन्छिन् ।
‘हिम्मतवाली’ एउटा नारीप्रधान सिनेमा हो । नेपाली सिनेमा महिला हलमा ओइरिए चल्छ । रेखा थापा तिनै महिलाको प्रतिनिधी बनेर सिनेमा बनाउँछिन् । सलमान खानले ‘किक’मा हानेको एक्सन भन्दा रेखा थापाले फाइट हान्दा दर्शक बढी ताली बजाउँछन् । कारण, सलमानका लागि एक्सन सामान्य देखिन्छ, रेखा लागि विशेष ।
मानिस पुरुषको भन्दा महिलाको साहसमा बढी हौसिन्छ । उसलाई प्रेरणा र साथ दिन्छ ।

नेपाली सिनेमाले समाजको प्रतिनिधित्व गर्न सक्नुपर्छ । कलाकारमा दर्शकले आफू पाउनुपर्छ ।

रेखाले बर्षमा अफर आएका जस्ता सिनेमा पनि खेलिनन् । सस्तो रुपमा जहाँ पनि भेटिइनन् । लोकगीतदेखि म्यूजिक भिडियोमा दैनिक रुपमा टीभीको माध्यमबाट घर-घरमा पुगिनन् । उनलाई हेर्न दर्शकले एक बर्ष नै कुर्नु पर्‍यो । कलाकार सिनेमाको पर्दा र समाजसेवाबाट दर्शकसँग नजिक हुन सक्छ । तर, सस्तो रुपमा देखिनु आफ्नै लोकप्रियता घटाउनु जस्तै हो ।
 
काठमाण्डौका पाँच तारे होटलमा पिज्जाको स्वाद लिएर, र्‍याम्पमा दौडने अनि समाज नसुहाउने फेशनमा रमाउने धेरै कलाकारका सिनेमाले नेपाली बक्स अफिसमा हावा खाएका छन् ।

चलचित्र चल्नुको अर्को कारण,  सुदर्शन गौतम पनि बने । दुबै हात नभएका सुदर्शन लाखौ नेपालीका प्रतिनिधी पात्र हुन् । जसले, शारीरिक रुपमा सशक्त र असक्त दुबैलाई प्रेरणा दिने काम गरे । उनको भूमिकाले समाजलाई सन्देश दिन्छ, जसका कारण चल्यो ‘हिम्मतवाली’ ।

उसो त रेखा थापाका फर्मुला सिनेमाले सधै उनलाई साथ दिन्छ भन्ने पनि छैन । सधै मारपिट र आफै हिरो बन्ने रेखाको फर्मुला दर्शकका लागि सधै प्रिय र नयाँ हुन्छ भन्न सकिदैन । यो बिषयमा उनले पनि ध्यान दिनु जरुरी छ ।

नेपालका 10 महिला सेलिब्रिटी मध्य - 4. रिचा शर्मा :

4.) Reecha Sharma: 
She was a top 10 semi finalists in the Miss Nepal 2007 pageant Reecha Sharma was born and raised in Kailali; she has been living and studying in Kathmandu.
She started her career with the Alok Nembang music video for Yash Kumar song, in which she played a violinist who loses her eyesight. After that she went on to host “Music of Your Choice” and “Top Ten” on Image Channel and “Superstar” on NTV.
She represented her town in Miss Nepal 2007 pageant in which she ended up as a top 10 semi-finalists and after that she started her acting career. She got huge critical acclaim for her first television series Hamro Team, in which She played the lead character of Seema, a female coach for all boys football team. As per the news, the sports series might return for its second season.

नेपालका 10 महिला सेलिब्रिटी मध्य - 3.माल्भिका सुब्बा

3) Malvika Subba: 

Malvika Subba (born: July 19, 1981, Kathmandu) is one of the talented women in Nepal At the age of 21, Malvika was crowned as Miss Nepal 2002.
She is an actress, television host, beauty queen, model and entrepreneur, and is an activist for positive social change, speaking out as an Ambassador against Human Trafficking and raising awareness with regard to HIV/AIDS. Since being crowned as Miss Nepal in 2002 at the age of 21, Malvika Subba has been appearing on Kantipur Television as the host of the famous TV show Call Kantipur.
I am an independent woman, My life, is the few friends that I have, I thrive on love, care and affection. At the end of the day, I love to have a peace of mind. I believe in forgive and forget, and live and let live. I love to travel and see new places. I don’t like being judgmental and wish the same from other people.
In 2008, she has acted in movies & dramas like God Lives in The Himalayas, Good Bye Kathmandu & Hamri Shiwani.
From April to October in 2011, she worked as the chief editor for one of Nepal’s leading fashion and lifestyle magazine, Navyaata. In 2011, Subba established her own retail clothing store with in-house designers. She is the Co-Founder and Creative Director of House of Alternative Apparel also known as HAA & Himalayan Climate Initiative (HCI).

नेपालका 10 महिला सेलिब्रिटी मध्य - 2. रेखा थापा

2.) Rekha Thapa : 

Rekha Thapa (born 5 July 1975, Morang) is a very popular Nepali actress. Rekha Thapa was seen dancing with prachanda, was seen kissing worlds smallest man Khagendra Thapa Magar due to these news she is one of the rumored actress in Nepali media.
She has done over 70 movies and is seen in over 7 movies a year; she also owns her own film production house called Rekha Entertainment. Apart from modeling and acting she owns one of the popular film production house in Nepal. When we hear her name we Nepali feel something strong, yes definitely she is one the the bravest actress in Nepal.

नेपालका 10 महिला सेलिब्रिटी मध्य 1.सृष्टी श्रेष्ठ

1) Shristi Shrestha: (सृष्टी श्रेष्ठ)
Shristi shrestha miss nepal 2012 Shristi Shrestha is winner of Miss Nepal 2012. She was born 18 October 1988, in Narayangarh, Chitwan. Shristi Shrestha wins the most coveted beauty pageant title of Miss Nepal 2012 held today at Hotel de l’ Annapurna in Kathmandu. Competing with 15 other beauty with brains, Shristi Shresthamade it to the crown that was previously held by Malina Joshi just seven months ago in 2011. She represented Nepal in Miss World 2012 which wa
Although, she finished 25th in the entire Miss World pageant She has been placed as Top 10 Dancers in Miss World 2012.
s held on August 18, 2012 in Inner Mongolia, China.Shristi Shrestha’s pictures are so charmng that het pictures are all over the internet by now.She started a B.Sc. Nursing course, however, she failed to complete the course and continued to pursue a career in modelling in London.

Thursday 9 October 2014

Film Himmatwali released all over Nepal and Gopi Krishna Theater

 In spite of the government instruction to the film theaters not to release the movie, Rekha Thapa‘s new movie ‘Himmatwali‘ is released in theaters all over Nepal including Gopi Krishna Theater in Kathmandu.

The government had asked the theater owners to ‘implement the agreement’ and

The producer, director and actress of the movie Rekha Thapa has stated that the movie was released in Gopi Krishna theater and it is houseful in its first show. Based on its promotion and festive environment, the initial turn in in theater is going to be strong. The collection in later days will depend on how the public perceive the movie.
release new Nepali films only on Fridays in theaters in Kathmandu. But the theater owners have broken the decade-long trend of releasing new movies on Fridays by releasing Himmatwali in one of the theaters in Kathmandu.

Dipa Basnet became the first by directing Shree Paanch Ambare

 Deepa Basnet is not the first female director in Nepali movie industry. But, she sure is the FIRST female director who has directed her second movie. So far, no female director had directed more than one movies. In our investigation on female directors in Nepali film industry, there are only 5 female directors and they had directed one movie each.
Deepa Basnet‘s directorial debut was ‘Antaral’. Although the movie was liked by critics, it wasn’t successful in theater. She had also won the best director award in D Cine Award. She reportedly was very frustrated by the politics of release and holdover in theater. She had told that she wouldn’t direct another movie. But, the producers of ‘Shree Paanch Ambare’ convinced Dipa to direct another movie.

Deepa’s movie ‘Shree Paanch Ambare’ is releasing on theater on November 21. The movie featuring Saugat Malla, Keki Adhikari, Ashishma Nakarmi, and Priyanka Karki. The movie made on the story and screenplay by Abhimanyo Nirabi is cinematographed by Ganesh Kumar Shrestha.

Tuesday 7 October 2014

‘म युवतीको मामालामा असफल’

‘म युवतीको मामालामा असफल’
गायक राजेश पायल राई अझै अविवाहित छन् । अविवाहित रहेकाले पनि गायक राइलाई यस बिषयका प्रश्नहरु धेरै नै खेप्नु पर्दछ । अनलाइनखबरसँगको एक भेटमा गायक राजेश पायल राइले आफू प्रेम र विवाहको बिषयमा असफल भएको स्विकार गरे ।

तपाई प्रेमको मामालामा असफल हो भन्ने प्रश्नमा गायक राइले भने-‘हो अब यसै भन्नु पर्ला । गरेको केही प्रेम पनि असफल भए । यसपछि मैले बिहे गर्छु भन्दा कहिले जुरेको छैन ।’

बुबा आमा विदेशमा भएकाले पनि आफूले बिहे गर्न नपाएको रा

तर, राजेशले अनलाइनखबरसँग भने-‘यूवती र प्रेमको मामालामा असफल भएपनि म भर्जिन भने छैन ।’ जीवनको यात्रामा सेक्सको सुख आफूले पनि प्राप्त गरेको उनले खुलाए ।
राजेशले जीवनमा आफूले बिहे चै पक्कै गर्ने जनाएका छन् ।
जेशको भनाई छ । विश्वका अधिकांश देशमा पुगिसकेका यी गायकलाई नेपालमा राइ इज किङको उपनामले पनि चिनिन्छ । तर, गायनमा सफल यी गायक बिहे र प्रेममा भने असफल देखिएका हुन् ।

आफ्नो नाङ्गो शरिर हेर्दा मख्ख पर्छु

 आफ्नो नाङ्गो शरिर हेर्दा मख्ख पर्छु

चलचित्रमा आउनुको कारण ?
सानैदेखिको चाहना

रहर हो की वाध्यता हो सिनेमा क्षेत्र ?
मेरा लागि चाहिं रहर

चलचित्रमा नआएको भए के हुन्थ्यो ?
म आर्मी पेसामा हुन्थें । किनकी मेरो परिवार नै आर्मीमा छ ।

कत्तिको गाह्रो रहेछ सिनेमा क्षेत्रमा आउन ?
यहा फाइदा लुट्नेहरु धेरै नै छन् । त्यसैले प्रतिभा भएर पनि आउन गाह्रो छ ।

नव नायिकाहरुले काम पाउन निर्माता निर्देशकको बेड तताउनुपर्छ रे ?
मैले फाइदा लुट्न खोज्ने भनेर यसैतर्फ ईङ्िगत गर्न खोजेको हो । तर, मलाई भने त्यस्तो परेन ।

सपना कत्तिको देख्नुहुन्छ ?
म एक मिनेट निदाए भने पनि सपना देख्छु ।

सपनामा के-के देख्नुहुन्छ ?
सुपरस्टार भएको देख्छु ।

सपनामा सेक्स गरेको कत्तिको देखिन्छ ?
सेक्स गरेको त देखेकी छैन । तर, चुम्बन गरेको भने धेरैपटक देखेकी छु ।

किस गरेको सपना देखेपछि बिहान उठ्दा कस्तो हुन्छ ?
मैले कस्तो सपना देखेछु भनेर एकछिन रोमान्चित हुन्छु । तर, यस्तो सपना देखेपछि विहान उठ्दा म सधै सिरानी च्यापिरहेको हुन्छु ।

एटिएम सिनेमाबाट त खुवै बिबादमा आउनुभयो नी ?
मैले सिनेमामा त्यस्तो दृश्य दिएकी छैन । एउटा संवाद मात्र अलिकती अश्लिल हो । तर बोरमा एउटा आलु कुहिंदा सवै कुहिन्छ भनेजस्तै भयो मेरो लागि ।

अनि नायक दिनेश थापाको पाईन्टको जिफरमा हातले समातेको अश्लिल थिएन र ?
ब्ाास्तवमा भन्ने हो भने त्यो दृश्यमा मैले उसको सटको वटममा समातेको छु । तर, क्यामेरामा जिफरमा समातेको देखिन्छ । अर्कोतिर मैले आईसक्रिम खाएको दृश्य पनि आलोचित भयो । रियल लाईफमा सधै आईसक्रिम नै खान्छु ।

कस्तो युवकले आकर्षण गर्छ ?
स्मार्ट, मनको सफा, हेर्दा पनि ह्यान्डस, लामो कपाल भएको केटाले आकर्षण गर्छ ।

यस्ता युवकहरु कत्तिको आउाछन् सपनामा ?
आउने नै त्यस्ता युवकहरु नै हुन् । जसले मलाई सपनामा धेरै नै जिस्काउाछन् । उनीहरुसाग धेरैपटक किस गरेकी छु ।

नेपालमा कुन सेलीव्रेटीले आकषण गर्छ ?
मलाई नायक राज घिमिरे र जीवन लुइर्ाटेलले खुवै आकर्षण गर्छन् ।

कुन सेलीव्रेटीसाग चुम्बन गर्न मन छ ?
साहिद कपुर, उसको ओठ नै साह्रै सेक्सी लाग्छ ।

कुन सेलीव्रेटीलाई देख्दा सेक्सको चाहना उत्पन्न हुन्छ ?
त्यस्तो त कोही पनि छैन । सेक्सलाई मैले विहेपछि सााचेर राखेकी छु ।

कस्तो बनिबनाउ जवाफ दिनुभएको ?
म सत्य बोल्दै छु । म आजसम्म भर्जिन नै छु ।

अव कस्तो सिनेमा खेल्न मन छ ?
अब मलाई बोक्सीको आरोप लागेको महिला र पागलको भुमिका गर्न मन छ ।

आफ्नो कुन अंग एकदमै सेक्सी लाग्छ ?
ओठ एकदमै सेक्सी र कामुक लाग्छ । केटाहरुले पनि मेरो ओठ सेक्सी छ भन्छन् । म ऐनामा मेरो ओठ २४ घन्टामा २५ पटक हेर्छु ।

आफ्नो नाङ्गो शरीर हेर्दा कस्तो लाग्छ ?
मलाई मेरो फिगर खुवै सेक्सी लाग्छ । मैले शरीर त पाएको नै हो भनेर मख्ख पर्छु आफै ।

पहिलो प्रेम याद छ ?
९ कक्षामा पढ्दा एउटा केटाले प्रस्ताव गरेको थियो । भ्यालेनटाईनमा मलाई चिठ्ठी पठाएको थियो । तर मेल अस्विकार गरिदिएा । यसपछि हाम्रो वोलचाल नै वन्द भयो । यसपछि प्रेम भएन ।

सिनेमामा कत्तिसम्मको सिन दिन सक्छु भन्ने लाग्छ ?
हुनत म वेड सिन पनि दिन तयार छु । तर, वेड सिनलाई कसरी प्रस्तुत गर्ने भन्ने एउटा मेकरको हातमा छ । म एउटा कलाकार हुा, भुमिका आए गर्न तयार छु ।

कथाले माग्यो भने कत्तिसम्म दिने ?
मलाई टु पिससम्म दिन कुनै आपत्ति छैन ।

कहिलेसम्म सिनेमा खेलिरहने ?
मेरो नशा नशामा कलाकारिता छ । म सधै सिनेमा खेलिरहन चाहान्छु ।

एटिएमकी नायिका जिया के.सी र तपाई विचको लफडा के हो ?
मलाई ए.टि.एम सिनेमामा लिएर जाने नै जिया के.सी हो । तर अहिले हाम्रो वोलचाल नै छैन । एटिएमको एक दृश्यमा जियाले मलाई खुट्टामा कुल्चनु पर्ने दृश्य थियो । तर, उसले मलाई निक्कै दुख्ने गरि नै कुल्चीदिई । यसपछि हाम्रो झगडा सुरु भएको हो ।

Sunday 5 October 2014

ईतिहाश मै पहिलो पटक हिन्दी सिनेमा ब्यांग ब्यांग पछी पार्दै रेखाको "हिम्मतवाली "अगाडी

 नेपालि जनताहरुको महान चाड बडा दशैंको शुभ अबसरमा शुभकामना सहित प्रदर्शनमा आएको नायिका रेखा थापाद्वारा निर्देशित र अभिनित चलचित्र "हिम्मतवाली" प्रदर्शनमा आएदेखि अहिले सम्म राम्रो ब्यापार गर्न सफल भएको छ । स्वो नायक श्री कृष्ण श्रेष्ठको चलचित्र "कोहिनुर" को सफल पर्दशन पछी नेपालि सिने क्षेत्रमा ठुलै हलचल मचियो कतिले अबको केही महिना नेपालि फिल्म चल्दैन भनिरहेको बेला रेखाको हिम्मतवालिले भने भन्नेहरुको मुखमा बुझो लगाई दिएको छ । राम्रो फिल्म र
नेपालि जनहरुको महान चाड बडा दशैं यसरि मनाए नेपालि कलाकारहरुले ..तस्बिर संगालो
अभिनेत्री रेखा थापा निर्देशित एबम निर्माण  गरिएको चलचित्र ” हिम्मतवाली”ले राजधानीमा मात्र चार दिनमा करिब ४५ लाख भन्दा बडीको कलेक्सन गरेको बताए वितरक कम्पनीले । राजधानी बाहिर ८० लाख भन्दा बडीको कलेक्सन गरेको चलचित्रका वितरक गोपाल कायस्थ र उज्जल पौडेलले जानकारी दिनु भएको छ । स्मरण रहोश यो कलेक्सन शनिबार सम्मको मात्र हो " ।
राम्रा कथा भए जस्तो घडीमा पनि नेपालि फिल्म चल्छ भन्ने कुरा साबित गरेको छ  "हिम्मतवाली "  ले फूलपातीबाट प्रदर्शनमा आएको चलचित्र " "हिम्मतवाली " ले प्रदर्शनको ४ दिनमा करिब १ करोड २० लाख भन्दा माथिको कलेक्सन गरेको छ । फिल्मी अपडेट लाई प्राप्त जानकारी अनुशार  "हिम्मतवाली " को दर्शक फ्लो अझ बढ्ने छ । फिल्मी अपडेट डटकमको लागि नेपाल शहकर्मी प्रणप् सुबेदी राजधानीको सानो हल मध्यको एक कोटेस्वोरको पुष्पान्जली सिनेमा घरमा दर्शक संगै बसेर हेर्दा दर्शकरुले सिनेमाको तारिफ गरेको उनले बताए । चलचित्रको क्लाईमेक्स मात्र हेर्न पुगेका हाम्रा सहकर्मी सुबेदीले उठेर नै सिनेमा हेर्नु परेको थियो  । चलचित्रको सफल प्रदर्शन र व्यापारिक सफलताले नि रेखा र उनको चलचित्रलाई दर्शकहरुले मन पराएको बुझ्न सकिन्छ । ताजा जानकारी अनुशार चलचित्र "हिम्मतवाली "ले लालबन्दीमा हिन्दी सिनेमा ब्यांग ब्यांग लाई पनि उत्रिन बाट बाध्य बनाएको छ र "हिम्मतवाली " लागेको छ । त्यस्तै राजधानिका अधिकांस सिनेमा घरहरुमा पनि   हिन्दी सिनेमा ब्यांग ब्यांग  पछाडी छ । लालबन्दीमा मात्र हैन देशका धेरै ठाउँमा हिन्दि सिनेमा बिस्थापित भएको छ ।

Saturday 4 October 2014

नेपाली फिल्म Tribeni

The short Nepali film Tribeni is a common story of Nepali Youth who are well educated but they have not get any employments, due to the unemployment different youth are involve in different illegal work. This film is presented different kinds problem of the student who are come from countryside for higher education. The unemployment youth are try to search job in different company and place but they has not get any job after many time they are involve in Bank robbery but they are arrested by Nepal police. This film is directed by Srijana Khadka, produce by Deepa Bishwo and the actor and actress of this movie are Shankar BC/Sashi Kahadka/Menuka Pradhan/Sagun Shrestha/BinodShrestha/Sapana Kunwar Surbir Pandit/Hom Dhita etc. For more detail watch on video.

Thursday 2 October 2014

Malvika Subba debuts as a filmmaker, How Funny

Miss Nepal 2002 and model Malvika Subba(माल्विका सुब्बा) is debuting as a filmmaker with Nisha Adhikari, Keki Adhikari, Priyanka Karki, Dayahang Rai and Anup Bikram Shahi starrer movie ‘How Funny’. The movie to be directed by Nilu Doma Sherpa is also made on her story and concept. The script of the movie is written by Shan Basnet.

It’s not only the a movie with funny name, the banner is also named funny – Tiny but Big Pictures. The crews (and the colorful name) indicate that the movie is going to be somewhat related to modeling and fashion industry.

In an announcement ceremony held at Hotel Radisson the executive producer Subba told that she was alwa
ys attracted towards films and she wanted to make a good movie. The movie will feature the cinematography of Hari Humagain, music of Suresh Adhikari etc.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID