Monday 13 October 2014

`आगो २` को सेन्सरप्रति आक्रोश

`आगो २` को सेन्सरप्रति आक्रोश

फिल्म 'आगो २' को निर्माणपक्षले चलचित्र सेन्सर बोर्डप्रति आक्रोश व्यक्त गरेको छ । फिल्मको सेन्सरका लागि बारम्बार समय दिएर पनि आलटाल गरेको भन्दै निर्माणपक्षले आफूहरुलाई ठूलो क्षती भएको जनाएको छ ।

निर्माता कर्ण थापा र एस.के. एन सिनेमा प्रालीका अध्यक्ष किसान पोख्रेलले जारी गरेको विज्ञप्तीमा सेन्सरका आलटालका कारण असोज ३१ गते तोकिएको प्रदर्शन मिति सरेको जनाइएको छ ।

सेन्सरको व्यवहार गणतन्त्र आएपछि पनि परिवर्तन नभएको भन्दै यसको निर्माणपक्षले आफूहरु वाध्य भएर अदालतसम्म पुग्ने बताएको छ । यसअघि निर्माण भएको फिल्म 'आगो'लाई पनि राज्यले दुख दिएको थियो ।

मदन घिमिरेको निर्देशनमा तयार भएको यो फिल्ममा सुशिल क्षेत्री, गणेश गिरी, सारिका घिमिरे लगायतका कलाकारको अभिनय छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID