Monday 13 October 2014

अनमोलको `जेरी` कति गुलियो ?

 'होस्टेल' फिल्मपछि पर्दामा नदेखिएका अभिनेता भूवन केसीका छोरा अनमोल केसी 'जेरी' मार्फत दर्शकमाझ आउँदैछन् । कात्तिक २८ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्मलाई 'होस्टेल'कै निर्देशक हेमराज वीसीले निर्देशन गरेका हुन् ।

मनोज शेरचनले लगानी गरेको यो फिल्मभित्र अनमोलको साथमा अन्ना शर्मा, अभिषेकमान शेरचन, एस शमशेर लगायतका कलाकारको अभिनय छ । भिन्न शैलीमा प्रस्तुत गरिएको फिल्मको ट्रेलर र लोकेशनलाई मन पराइएको छ । फिल्ममा सम्राट गौचनको कथा, शैलेन्द्र कार्कीको छायांकन छ ।

'होस्टेल'पछि पर्दामा नदेखिंदा अनमोल हराएको चर्चा समेत फिल्म बजारमा चल्न थालेको थियो । 'होस्टेल' चल्नुमा अहंम भूमिका खेलेका अनमोलको 'जेरी'ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । 'जेरी'ले दर्शकलाई कत्तिको स्वादिलो बनाउँछ रिलिजसम्म कुर्न पर्ने हुन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID