Friday 26 December 2014

अब सबैसँग हुनेछ आइफोन, आउँदैछ सस्तो मोडल !

आफूसँग पनि आइफोन होस् भन्ने तपाईंको भित्रि इच्छा छ भने अब तपाईंको इच्छा सायद पूरा हुनेछ । खबरका अनुसार एप्पल कम्पनीले चाँडै नै एउटा यस्तो फोनको विकास गर्दैछ जो निकै सस्तो हुने बताइएको छ । यससँगै एप्पलले सामसुङको पाइला पछ्याएको विश्लेषकहरु बताउँछन् ।
टेक टाइम्सका अनुसार एप्पलले यो नयाँ र सस्तो आइफोनलाई तयार गर्नको लागि काम सुरु गरिसकेको छ । यो फोनलाई कम्पनीले एप्पल आइफोन सिक्स एस को नाममा पेश गरिने बताइएको छ । यो आइफोनमा ४.७ इन्चको डिस्प्ले स्क्रिन दिइने बताइएको छ जुन आइफोन सिक्स प्लसभन्दा निकै सानो हुनेछ । यसका साथसाथै अर्को नयाँ ४ इन्चको स्क्रिन भएको आइफोनसमेत बजारमा भित्र्याउने तयारी भइरहेको बताइएको छ ।
टिमोथी आर्कुरी, कोवेन एण्ड कम्पनीका विश्लेषकले लगानीकर्ताहरुलाई एक पत्र जारी गर्दै एप्पलले सन् २०१५ का लागि आइफोन सिक्स एस मिनि नाम भएको ४ इन्चको आइफोन बजारमा भित्र्याउन सक्ने अनुमान गरेका छन् ।
यद्यपी अहिलेसम्म आइफोन सिक्स एस र आइफोन सिक्स एस मिनिको मूल्यको बारेमा केहि पनि खुलासा भएको छै्रन तर यो निकै प्रतिस्पर्धात्मक र निकै सस्तो हुने अनुमान गरिएको छ । खबरलाई मान्ने हो भने यो सस्तो आइफोनले सामसङ, एचटीसी, सोनी, एलजी तथा मोटोरालाका टप मोडल र स्मार्टफोनलाई चुनौती दिने बुझिएको छ । - See more at: http://www.ratopati.com/2014/12/26/193210.html#sthash.bikNVrqy.oaN9Pf5E.dpuf

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID