Thursday 25 December 2014

गाउँछिन् कि देखाउँछिन् ? ज्योति मगर

 काठमाडौं । ज्योति मगर हुन त आफूलाई लोक गायिका मान्छिन् र भन्छिन् पनि । तर उनको हर्कत र फेसन शैली हेर्दा उनी मोडल बढी देखिन्छ । अनावश्यक रुपमा अंग प्रदर्शन गरेकोमा बेला बेलामा ज्योतिको आलोचना पनि हुने गरेको छ ।

कतिसम्म भने छातिको उभार बढी देखिएको भन्दै केही समय अघि ज्योतिको अन्तर्वार्ता समेटिएको कार्यक्रम नै नेपाल टेलिभिजन र हिमालयन टेलिभिजनले प्रसारण गर्न रोक लगाएको थियो । तर कुकुर भुक्दै गर्छ हात्ती पनि लम्किदै जान्छ भने जस्तै त्यस्ता झिनामसिना घट्नाहरुले ज्योतिको देखाउँने अभियानमा कुनै बाधा पुर्याएको छैन ।

त्यहीक्रममा केही समय अघि कार्यक्रमको लागि डेनमार्क पुगेकी ज्योतिले आफ्नो पूरानै अदा दोहोर्याईन् । निलो रंगको कपडामा स्टेजमा आएकी ज्योतिले गाउँनलाई त लोक गीत नै गाईन् तर त्योसँगै आफ्नो नारी अंगको पनि भरपुर प्रदर्शन गरिन् । मण्डला अनलाइन रेडियोले आयोजना गरेको उक्त कार्यक्रममा ज्योतिको एक्सपोज हद देखेर डेनमार्कवासी नेपालीले समेत जिब्रो टोके । त्यही भीडमा कानेखुशी पनि चल्दै थियो–होइन ज्योतिले गाउँछिन् कि देखाउँछिन् ?

उनै ज्योति मगर नयाँ वर्षको अवसरमा जापानमा आयोजना हुन लागेको कार्यक्रमका लागि यही जनवरीमा टोक्यो आउँदैछिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID