Tuesday 9 December 2014

धनीका छोरा पट्याउने यी हुन् चालु नायिका

 नेपाली रजतपटमा जति नयाँ नयाँ कलाकारहरुको आगमन हुने क्रम बाक्लिएको छ । त्यस्तै फिल्म नचलेर या कलाकारितामा जम्न नसकेर बाहिरिनेहरुको संख्या पनि बढीरहेको छ ।
बर्षमा केही फिल्मले मात्र राम्रो गरे पनि नयाँ–नयाँ अनुहारहरु नेपाली फिल्म उद्योगमा ठूला सपना बोकेर भित्रिनेको ठुलो होडबाजि चल्नुको पछाडि नायक नायिका चाहना नै हो । छिटो चर्चामा आउने महत्वकांक्षा पुरा गर्न नयाँ हिरोइनहरु जस्तो पनि हर्कत गर्न पछि हट्दैनन् । त्यसैले त नेपाली सिनेमाहरुमा ‘ग्ल्यामर’भन्दा पनि ‘भल्गारिटी’ बढि देखिने गरेको छ भन्छिन् नव नायिका महिमा सिलवाल ।
‘कतिपय केटीहरुले ग्ल्यामरको नाममा आफुलाइ भल्गर रुपमा प्रस्तुत गरेकाले पनि हाम्रा विषयमा मान्छेहरुले नराम्रो कुरा गर्छन् ।’ महिमाले भन्छिन् ‘नेपालमा हिरोइनको कमाइ राम्रै भएपनि केही युवतीको बद्मासीका कारण समाजको हेराइ नकारात्मक भएको छ ।’

महिमा पनि छोटो लुगा लगाएर क्यामेरा अगाडी उभिने मामलामा भने निकै अगाडी छिन् । मिसन फोर ट्वान्टी लगायतका फिल्ममा निकै छोटो लुगा लगाएर प्रस्तुत भएकी महिमाले आफुले कहिल्यै भद्दा अभिनय नगरेको दाबी समेत गर्छिन् ।

‘हिरोइन भएपछि अलिकति सेक्सी त हुनैपर्छ तर, भल्गर हुन हुन्न’ महिमाले भन्छिन्, ‘त्यो फिल्ममा मेरो सुन्दरता प्रस्तुत भएको छ भल्गारीटि छैन ।’ फिल्ममा धनीमानीका छोरा पट्याउने एउटी चालु युवती भुमिका निर्वाह गरेकी महिमा त्यस्तो भुमिकामा पनि आफु सम्वेदनशील भएको बताउँछिन् ।  ‘मिसन फेर ट्वान्टीमा चाहेको भए म पनि भल्गर रुपमा प्रस्तुत हुन सक्थेँं, तर, त्यस्तो गरिन’ उनले भनिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID